१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

दार्चुला– नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

वर्तमान अवस्थामा सत्तापक्षको उग्रता र प्रतिपक्षको निराशा विकास र समृद्धिका लागि बाधक हुनेछ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुलाई कांग्रेसले सकारात्मक रुपमा लिएको उनले बताए। दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै यसलाई पार्टीले सकारात्मक रुपमा लिएको तर नयाँ दलमा उग्रता कायमै रहेको शर्माको भनाई छ। 

‘दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ। दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउँछ’, शर्माले भने, ‘त्यस हिसाबले नेपाली कांग्रेसले कुनै पनि दलको एकतालाई स्वागत गर्छ भने आफ्नो प्रतिस्पर्धी मुख्य दलहरुबीचको एकतालाई पार्टीले स्वागत नै गरेका छौं। यसमा हामीले शुभकामना पनि दिए, तर प्रधानमन्त्रीले उग्रता प्रदर्शन गरिहेकोले लोकतन्त्र कमजोर हुने संकेत गरेको  छ।’ प्रधानमन्त्रीले कांग्रेसलाई प्रतिपक्षी दल नभई सहयोगी भनी दिएको अभिव्यक्ति उग्रता प्रदर्शन तथा अधिनायकताबादी चरित्र भएको उनको तर्क छ।

सत्ताको दम्भमा आएका ओलीका अभिव्यक्ति  हलुका ढंगका रहेको र त्यसप्रति पार्टी सधैं चनाखो भइराख्ने उनले स्पष्ट पारे।  

प्रकाशित: ६ जेष्ठ २०७५ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App