१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस दुर्घटनामा एकको मृत्यु, कम्तीमा तीस जना घाइते

इटहरी– कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी आपगाछीमा आज बिहान भएको बस दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ । बस दुर्घटना हुँदा कम्तीमा तीस जना यात्रु घाइते भएका छन् ।

सिराहाबाट धरानका लागि आउँदै गरेको ना ४ ख ४२५८ नम्बरको तिब्र गतिका कारण अनियन्त्रित भएर पल्टिदा एक जना यात्रुको मृत्यु भएको हो । बिहान १०.३० बजेतिर भएको दुर्घटनामा मृतक पुरुष यात्रुको सनाखत हुन सकेको छैन् ।

 घाइते हुने यात्रुमध्ये कतिपयको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कतिपयको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।   

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App