१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

सुर्खेत - कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।

सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन–२०७५, कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन–२०७५ सचिवालयमा दर्ता भए पनि संसद्मा टेबुल भएका छैनन् ।

यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक–२०७५, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन्।

 

प्रकाशित: १० जेष्ठ २०७५ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App