१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ मुग्लिन सडक जोखिमपूर्ण

चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम सकिनै लाग्दा सवारी सुरक्षाका संरचना निर्माण थालिएको छ। सडक सहज हुँदै जाँदा सुरक्षाका संरचना नहुँदा दुर्घटना बढेका छन् । सडकको धेरै जसो क्षेत्रको एकातर्फ त्रिशूली नदी र अर्कोतर्फ अग्लो पहाड भएकाले सो सडकखण्ड जोखिमपूर्ण सडकका रुपमा लिइन्छ। 

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर पुष्कर रेग्मीका अनुसार सडक यात्राका क्रममा सुरक्षित यात्रा गर्न र सडक सुरक्षाका लागि आयोजनाले विभिन्न संरचना निर्माण गरिरहेको छ। उनका अनुसार दुर्घटना नहोस् भन्नका लागि कालोपत्र सडकमा दायाँ र बायाँ पहेलो रंग र बीचमा सेतो रंगले एज मार्किङ गरिँदैछ। जसबाट सवारी चालकले आफ्नो लाइनमा सवारी चलाउने र दुर्घटना कम हुने विश्वास गरिएको छ।

सडकखण्डको हरेक मोड र व्यस्त क्षेत्रमा ट्राफिक साइनबोर्ड राखिनेछ। बाटोको अवस्था झल्काउने र सडकमा सुरक्षित यात्राका लागि दिने संकेत सहितको ट्राफिक साइनबोर्ड रहनेछन्। जसका कारण बाटोमा यात्रा गरिरहँदा सडकको अवस्थाका विषयमा जानकारी प्राप्त गर्न सकिनेछ। सडकखण्डमा पर्ने पुलमा संकेत दिनका लागि रम्बल स्टिप राखिनेछ। नारयाणगढदेखि मुग्लिनसम्म १८ वटा पुल रहेका छन्। सवारी चलाएर सडकमा यात्रा गरिरहँदा पुलको मुखैमा राखिएको रम्वल स्टिपमा सवारी गुड्दा पुल आएको संकेत मिल्नेछ। 

सो सडकखण्डमा सडक सहज बनेसँगै पछिल्ला तीन महिनामा दुर्घटनाको संख्या बढेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार फागुनमा ६, चैतमा आठ र वैशाखमा नौ वटा दुर्घटना भएका छन्। जसबाट तीन महिनामा १० को मृत्यु र ७९ जना घाइते भएका छन्।

प्रकाशित: १० जेष्ठ २०७५ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App