१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

घरघरमा धारा

खानेपानीको मुललाईन तयार पार्दै ठाटीकाँधका स्थानीयहरु। तस्बिर/ नागरिक

दैलेख – ठाटीकाँध गाउँपालिकाका ३ वटा वडाका घरघरमा धारा जोडिने भएको छ । खानेपानीको चरम समस्या झेल्दै आएका ठाटीकाँध गाउँपालिकाका ती वडाका स्थानीयले एक वर्षभित्र चौबीसै घण्टा पानी पाउने भएका हुन्।

ठाटीकाँध गाउँपालिकाले दुई आर्थिक वर्षको १ करोड १८ लाख १ सय ३ रुपैयाँ र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले प्राविधिक सहयोगका साथै  साझेदारी रकम ६० लाख २२ हजार १ सय १७ रुपैयाँ खर्च गर्ने भएको हो । ठाटीकाँध खानेपानी तथा सरसफाई आयोजनाका लागि अनुदान रकम १ करोड ७८ लाख २२ हजार २ सय १९ रुपैयाँ रहेको छ । स्थानीयको जनश्रमदान ६५ लाख ३२ हजार ९ सय ९६ रुपैयाँ हुने गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिकका १, २ र ६ वडाका बासिन्दा आयोजनाबाट लाभान्वित हुनेछन्।

गाउँपालिकाको २ नम्वर वडाको जौचौरबाट ११ हजार ४ सय ५७ हजार मिटर मुख्य पाईपलाईनबाट पानी ल्याईने जलस्रोत प्राविधिक केसर शाहीले जानकारी दिए । मुख्य लाईनबाट टंकीमा पानी झारीसकेपछि २३ हजार ६ सय १७ मिटर वितरण लाईन मार्फत ३ वटा वडाका २ सय ६७ वटा धारा बनाईनेछ।

प्रकाशित: १० जेष्ठ २०७५ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App