१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रोकियो हलिउड र चीनको फिल्मवार्ता

लसएञ्जल्स – चीनको बजारमा थप पहुँच बढाउने हलिउड फिल्मको प्रयास फेरि एक पटक बिना निर्णय टुंगिएको छ। हलिउडले चीनमा आफ्नो फिल्मको कोटा बढाउन अघिल्लो सालदेखि प्रयास गरिरहेको छ। फिल्मकोे संख्या बढाएसँगै हलिउड फिल्मले चीनको प्रदर्शनबाट पाउने रकमको वृद्धिमा पनि बढोत्तरीका लागि माग गरिरहेको थियो। यदि यो वार्ता भंग भएका हलिउडले चीनको ८६ अर्ब अमेरिकी डलर बराबरको बजार गुमाउने छ।

‘हामीले विदेशी फिल्म ल्याए पनि नल्याए पनि घरेलु फिल्मको व्यापारमा खास प्रभाव पर्नेछैन,’ बेइजिङ फिल्म एकेडेमीका उपाध्यक्ष यु जियानहोङले भने, ‘यो कुरामा दुवै पक्ष सहमत छन्। त्यसबोहक कुरा मिलेन भने दुवै पक्षका लागि योे सुखद खबर होइन।’

चीनको कोेटा प्रणालीले त्यहाँ वर्षभरिमा ३४ वटा विदेशी फिल्मलाई मात्र प्रदर्शनको अनुमति छ। त्यसैगरी यसरी प्रदर्शन हुने फिल्मबाट निर्माताले जम्मा २५ प्रतिशत रकम मात्र लैजान पाउँछन्। चीनबाट निर्माताले पाउने यो प्रतिशत विश्वभरमै कम हो । यसबाहेक सन् २०१६ देखि केही विदेशी फिल्मले सांस्कृतिक आदानप्रदानका नाममा चीनको बजारमा प्रवेश पाउने गरेका छन्।

चीन र अमेरिकाबीच चलिरहेको बृहत्तर व्यापार वार्ताको केन्द्रमा परेको यो मुद्दालाई दुवै पक्षका सरकारले प्रतिष्ठाको विषय बनाएका छन्। चीन हलिउडलाई थप पहुँच दिएबापत अन्य व्यापारमा पहुँच खोजिरहेको छ जसमा अमेरिका सहमत हुन सकेको छैन । चीनले हलिउडललाई थप फिल्म प्रदर्शनको पहुँच दिएबापत आफ्नो व्यापार घाटामा व्यापक कटौतीको माग गरिरहेको छ।

अमेरिकाका स्टुडियोहरू दुवै सरकार सहमतिमा आउने अपेक्षामा थिए। तर चीनको सि जिन पिङको सरकार थप शक्तिशाली बनेपछि उसले फिल्मको मामलामा झन् कठोर नीति अख्तियार गरेको छ। योसँगै दुवै देशको व्यापारको मुद्दा उठेपछि यसको सिधा असर हलिउड स्टुडियोमा देखिएको छ।

‘तत्काललाई फिल्म सम्बन्धी कुराकानी रोकिएको छ,’ दुवै देशको वार्तालाई नियालिरहेका एक विज्ञले भने, ‘चीनले फिल्मलाई हतियार बनाइ अरु व्यापारमा अमेरिकाका घुँडा टेकाउन खोजिरहेको छ।’ चीन हलिउड स्टुडियोका लागि मुख्य बजार मानिँदै आएको छ। गत साल युनिभर्सलले रिलिज गरेको फिल्म ‘फास्ट एन्ड फ्युरियस’ले चीनमा दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको थियो। गत वर्षकै ‘एभेन्जर्स’ले पनि २५ लाख अमेरिकी डलर कमाइ गरेको थियो। चीनको बजार गतसालभन्दा १३.४५ प्रतिशतले बढेको थियो। अमेरिका चीन व्यापार परिषदका उपाध्यक्ष ज्याकोब पार्करले नाफाको भागबन्डामा पनि दुवै देशको चासोमा रहेको बताए र ‘नाफाको बाँडफाँड दुवैको प्राथमिकताको मुद्दा हो। स्टुडियो २५ प्रतिशतबाट बढाएर चीनले ४५ प्रतिशत दिनु पर्ने माग गरिरहेका छन्। र, यो हलिउड फिल्म लाग्ने जुनसुकै देशमा पनि यति नै प्रतिशत हो,’ पार्करले भने।

प्रकाशित: ११ जेष्ठ २०७५ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App