१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शिक्षकले जगाए विद्यार्थीमा आशा

चीन - चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।

गत एक वर्ष भन्दा बढी समयदेखि कार्यरत उनको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ।सन् २०१७ को जुलाईमा चेङ २३ वर्षको थिए । मध्य चीनको हुवेइ प्रान्तमा रहेको हौझोङ कृषि विश्वविद्यालयबाट उनले त्यतिबेला भर्खर स्नातक गरेका थिए।

राष्ट्रिय स्वयमसेवी शिक्षक कार्यक्रम सन् २००३ देखि लागु भएको हो । जसले विद्यार्थीहरूलाई स्वयमसेवी शिक्षकको रूपमा गरिब, आदिवासी र अल्पसंख्यक समुदाय रहेको क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको छ।उनले सन् २०१६ मा हुवेईको प्राथमिक विद्यालय भ्रमण गरेपछि स्वयमसेवी शिक्षक बन्ने निर्णय गरेको बताए।

“म चकित र दुःखी भएँ की म गएका ठाँउका गरिब बालबालिकाहरूले पाएको दुःख र उनीहरूको अवस्था देखेर । बालबालिकाहरू विद्यालयदेखि घरसम्म आउन जानका लागि दैनिक घण्टौं हिड्ने गरेको पाएँ,” चेङले बताए ।उनले थपे, “त्यही बेला देखि मैले स्वयमसेवी शिक्षकको रुपमा काम गर्ने र उनीहरूलाई सघाउने अठोट गरेको हुँ।”

त्यतिबेलाको जुलाईमा केही दिनको तयारी पछि चेङ सहित उनका चार जना सहपाठीहरूले आफ्नो सहर छाडेर त्यो दुर्गम गाँउतर्फ लागेका थिए । उनीहरू गुइझाओकोे प्राथमिक विद्यालयमा गएका थिए ।सो विद्यालय रहेको डासी गाउँ ठूलाठूला पहाड र गरिबीले घेरिएको छ । निकै साघुँरा पहाडी बाटोहरू पार गरेर मात्रै त्यो ठाँउमा पुग्न सकिन्छ।

गाउँको सो प्राथमिक विद्यालयमा रहेका ७० जना विद्यार्थीलाई पढाउन तीन जना मात्रै शिक्षक थिए । तीनै विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्न चेङ अाएका हुन्।“हामीले हरेक हप्ता कडा मेहनेतका साथ पठाउने गरेका थियौं, मैले तीन कक्षाका विद्यार्थीलाई चिनियाँ भाषा र गणित पढाउने गरेको थिएँ, चार कक्षाका विद्यार्थीलाई अङ्ग्रेजी र एक कक्षालाई खेलकुद पढाउने गरेको थिए,” चेङले भने।पहिला पहिला खासै पढ्न र नियमित विद्यालय आउन जाँगर नगर्ने, बीचैमा पढाई छाड्ने विद्यार्थीहरूले पनि अहिले भने खुशी भएर पढ्ने र भविश्यप्रति आशावादी हुने गरेको उनको भनाई छ।रासस

 

प्रकाशित: १२ जेष्ठ २०७५ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App