१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ठेकेदारको ढिलासुस्तीले स्थानीयवासीलाई सास्ती

अछाम – अछामको मुख्य व्यापारिक केन्द्र साँफेबगर बजार भित्रको सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको छ। 

बजार भित्रको ३५० मिटर लम्बाइको सडक कालोपत्रे गर्ने कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। सडक निमार्णमा ढिलाइ हुन थालेपछि स्थानीयवासी आक्रोसित हुन थालेका छन्। 

स्थानीयवासीले ठेकेदारको मनपरीका कारण आफूहरुले हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्या भोग्नुपरेको व्यापारी रुपबहादुर कुँवरले बताए। “यही सडकमा केन्द्रदेखि प्रदेशका सांसद हिँड्छन् तर सडक अहिलेसम्म किन बनेन भनेर कसैले चासो देखाएनन् ”कुँवरले भने। 

जिल्ला समन्वय समितिका सभापति र साँफेबगर नगरपालिकाका प्रमुखसमेत यही बजारमा बस्छन् तर सडकप्रति ध्यान भने कसैलाई छैन।’ 

सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन कडा दबाबमूलक कार्यक्रम गर्ने अर्का व्यापारी पुरन कुँवरले बताए। 

उनले भने, “अब त जनप्रतिनिधि आइसकेपछि विकास निमार्णका कार्य तीव्रगतिमा अगाडि बढ्छ भन्ने सोचेका थियौ तर यहाँ त ढलेको सिन्को समेत उठाउने कोही छैनन्। काम नगर्ने ठेकेदार जति नेताको संरक्षणमा छन्। अनि काम कसरी हुन्छ ? एक महिनामा सक्ने काममा एक वर्ष बित्यो।” सडक एक महिनाभित्र कालोपत्रे गरीसक्ने गरी २०७४ जेठमा सम्झौता भएको थियो । रु ८० लाखको लागतमा कालोपत्रे हुनलागेको सडक एक वर्ष बित्न लाग्दा समेत सडकको साइड नाली बनाउने काम मात्र सकिएको छ । काम गर्ने जनशक्तिको अभाव र आवश्यक स्रोत साधनको अभावका कारण देखाउँदै निमार्णमा ढिलाइ भएको सडक निमार्णको जिम्मा लिएका केएम निमार्ण सेवाका सञ्चालक टंक कुँवरले बताए । 

प्रकाशित: १२ जेष्ठ २०७५ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App