१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

खोलामा डुबेर मृत्यु

तेह्रथुम–  यहाँको ओयाक्जुङ–९ मा खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। आयोक्जुङ–९ बस्ने १५ वर्षीय रोशन पुर्कुटीको खोलामा डुबेर मृत्य भएको हो ।

साथीहरूसँग खाम्लालुङको कोया खोलामा पौडी खेल्नेक्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याङलुङ बजार बस्दै आएका रोशन घरमा काममा जाने भनेर हिँडेको परिवारजनले बताएका छन् । मृतकको शव जिल्ला अस्पतालमा पोस्टमार्टमनिम्ति पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: १० असार २०७३ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App