coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयको सर्वत्र निन्दा

भारतीय राष्ट्रपति प्रणव मुखर्जी

काठमाडौं—भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकोप्रति सर्वसाधारणले आक्रोस पोखेका छन्। सामाजिक सञ्जाल ट्विटर तथा फेसबुकमार्फत उनीहरुले भारतसँग समानताको सम्बन्ध हुनुपर्ने भन्दै सरकारी निर्णयले चीनको नाम बेचेर भारतको सेवा गर्न खोजेको भन्दै निन्दा गरेका छन्।

'पहिला राजा जाँदा/आउँदा विदा हुन्थ्यो। आफ्ना राजा फालियो अब छिमेकी देशकै राष्ट्रपतिलाई राजा सरह मानौं भनेको हो मन्त्रिपरिषद?'

मुखर्जी आगमनमा विदा दिने निर्णयलाई राष्ट्रिय स्वाभिमानसँग जोडेर धेरै टिप्पणी भएका छन्। पत्रकार दीपक भट्टराई लेख्छन्, 'पहिला राजा जाँदा/आउँदा विदा हुन्थ्यो। आफ्ना राजा फालियो अब छिमेकी देशकै राष्ट्रपतिलाई राजा सरह मानौं भनेको हो मन्त्रिपरिषद?' नारायण गाउँले सरकारको निर्णयले राष्ट्रिय स्वाभिमानलाई झुकाएको बताउँछन्। 'राष्ट्रिय स्वाभिमान, स्वाधिनता र सार्वभौम सत्ताप्रतिको यो भन्दा ठूलो अपमान के होला?', उनले फेसबुकमा लेखेका छन्।

नेपालका राष्ट्रप्रमुख भारत जाँदा विदा सार्वजनिक विदा नदिने भन्दै धेरैले सरकारको निर्णय समानतामा आधारित नभएको तर्क गरेका छन्। पत्रकार माधव धिताल लेख्छन्, 'नेपालका राष्ट्रपति भारत-चीन भ्रमणमा जाँदा त्यहाँ सार्वजनिक हुन्छ कि हुन्न?'

सरकारले बिहीबार भारत र चीनका राष्ट्रपति नेपाल आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यो निर्णयलाई सामाजिक सञ्जालमा 'चीनको नाम बेचेर भारतको सेवा गर्ने प्रयास'को रुपमा टिप्पणी गरिएको छ। सामाजिक र राजनीतिक मुद्दामा ट्विट गर्ने जादु२४ ह्यान्डल लेख्छ, 'भारतको सेवा गर्न चीनको नाम बेच्ने सरकार। चीनका राष्ट्रपति आउने टुङ्गो छैन विदा रे।'

जीवन कँडेल नागरिकन्युजको ट्विटर ह्यान्डलमा रिप्लाइ गर्दै भन्छन्, 'भारतको चाकरी गरेर मर्ने भो नेपाल सरकार। यी बिकेका नेताहरुले अब नेपाललाई भारतको प्रान्त बनाउन मात्र बाँकी भो।'

लेखिका आन्विका गिरी ट्विटरमा लेख्छिन्, 'दुनियाँ भरका राष्ट्रपतिज्यूहरू कृपया नेपाल नआउनुस। आफू आउँदा बन्द हुने मुलुक आउँदा तपाइँहरूलाइ नि के स्वाद लाग्ला र !'

केहीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाललाई भुटान र सिक्किम गर्न प्रारम्भिक अभ्यास गरिरहेको आरोप लगाएका छन्।  रामजी बलामी नेपाल फेसबुकमा लेख्छन्, 'पहिले भारतमा मात्र बिशेष दुत पठाउदा बिरोध होला भनेर चीनमा पनि दुत पठाए तर भारतमा राष्ट्रघाती पत्रसहित पठाए। चीनमा रित्तो हात पठाए। अहिले फेरि भारतीय राष्टपति आउने भएकै कारण चीनलाई पनि बहाना बनाएर सार्वजनिक बिदा घोषणा गरे। नेपालकै प्रधानमन्त्री मर्दा राष्ट्रिय सम्मान समेत नदिने तर छिमेकी मुलुकको प्रमुख आउदैमा सार्वजनिक बिदा दिन जरुरी थियो ? के यो लम्पसारवाद होइन ? अब पनि हनुमानागिरीमै रमाउने कि चेत्ने?'

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको १७ कात्तिकदेखि हुने नेपाल भ्रमणको स्वागतमा पहिलो दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो। 

प्रतिनिध प्रतिक्रिया हेर्नुहोस्

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App