राजेन्द्र ज्ञवाली, काठमाडौं माघ ४- दुई सातापछि बङ्गलादेशको राजधानी ढाकामा हुने एघारौं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपाली खेलाडीको डोपिङ (प्रतिबन्धित शक्तिबर्द्धक औषधी सेवन गरे/नगरेको परीक्षण) प्रक्रिया २ दिनपछि थालिने भएको छ।
'परीक्षणका लागि नमूना लिने सामान भर्खरै आइपुगेको छ। एक/दुई दिनभित्र प्रक्रिया थाल्ने छौं,' राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ चिकित्सक अजय राणाले भने। प्रतियोगितापूर्व (आउट अफ कम्पिटिसन) गरिने डोपिङ परीक्षणका लागि २५/३० खेलाडी छनोट गरिएको उनले बताए। 'डोपिङ परीक्षण प्रक्रिया निकै महङ्गो हुने हुनाले सबै खेलाडीको परीक्षण गर्न नसकिएको हो'- उनले भने।
डोपिङ परीक्षणको सुविधा मलेसियामा मात्र रहँदै आएकोमा केही समययता त्यो सुविधा भारतको नयाँ दिल्लीमा पनि उपलब्ध भएको छ।
दुई वर्षअघि श्रीलङ्कामा सम्पन्न दसौं सागमा ५ हजार मिटर दौड र ३ हजार मिटर स्टेपल चेज स्पर्धामा स्वर्ण पदक जितेका राजेन्द्र भण्डारी डोपिङमा असफल भएपछि उनको स्वर्ण खोसिएको थियो। 'आउँदो सागमा डोपिङ हाम्रो मुख्य चिन्ताको विषय हो', नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष ध्रुबबहादुर प्रधान भन्छन्- यस सम्बन्धमा हामी गम्भीर हुनुपर्छ।
डोपिङ परीक्षणका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग पत्राचार गरिसकेको जानकारी उनले दिए। अधिकांश खेलाडी आवश्यक जानकारीका अभावमा डोपिङमा पर्ने गरेको एनओसी मेडिकल समितिका चिकित्सक सरोजकृष्ण श्रेष्ठ बताउँछन्।
विशेषगरी रूघाखोकीको औषधीमा त्यस किसिमका प्रतिबन्धित तत्त्व हुने उनी बताउँछन्। यसबीच राखेपले एघारौं सागमा सहभागी खेलाडीलाई विभिन्न चरणमा डोपिङसम्बन्धी जानकारी उपलब्ध गराएको छ। 'हामीले प्राजेक्टरको सहयोगमा खेलाडीलाई डोपिङबारे जानकारी गराइसकेका छौं'- चिकित्सक राणाले भने।