१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्ततः सर्वोच्च उपस्थित भए लोकमानसिंह कार्की

काठमाडौं–अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा उपस्थित भएका छन्। यसअघि म्याद तामेलीमा अबरोध गर्दै आएका कार्कीले अदालतको अवहेलना मुद्दामा आफैं सर्वोच्चमा उपस्थित भएका हुन्।

यसअघि मुख्य निवेदन कर्ता ओमप्रकाश अर्यालले म्याद तामेलीमा अबरोध गर्ने विरुद्ध दर्ता गरेको मुद्दामा सर्वोच्चमा आफैं उपस्थित हुने आदेश गरेको थियो। सर्वोच्च अदालतले अर्यालको उक्त निवेदनमा कार्कीलगयात अबरोध गर्ने समूहलाई सात दिनभित्र उपस्थित हुन आदेश दिएको थियो।

यसअघि पूर्वकानुन सचिव प्रमोद कार्की लिखित जवाफ लिएर उपस्थित भएका थिए। त्यसको एकदिनपछि लोकमानसिंह कार्की लिखित जवाफ बोकेर सर्वोच्च पुगेका हुन्।  कार्कीले आफ्नो लिखित जवाफमा अदालतको अवलेहना गर्ने कुनै मनसाय नभएको जिकिर गरेका छन्।

म्याद तामेलीमा आफ्नो कुनै अबरोध नरहेकोपनि कार्कीले दाबी गरेका छन्। म्याद तामेलीको समयमा आफू नेपालमा नभएको र कसले अबरोध गर्यो भन्ने विषयमा जानकारी नभएको जिकिर गरेका छन्। कार्कीले यस्तो जिकिर गरेपनि सर्वोच्च अदालतका म्याद तामेली गर्न गएका टोलीलाई कार्कीका आफन्तले बानेश्वरस्थित निवासमा म्याद  टास्न दिएका थिएनन्।

 

प्रकाशित: ३० कार्तिक २०७३ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App