१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार एआइजी हेडक्वार्टरमा

काठमाडौं- सर्वोच्च अदालतको आदेशले गत चैतमा बढुवा भएका चारजना अतिरिक्त महानिरीक्षक (एआइजी) बिहीबार प्रहरी प्रधान कार्यालयमा हाजिर हुने भएका छन्। एआइजी यादव कोइराला, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र पर्शुराम खत्री बिहीबार प्रहरी प्रधान कार्यालयमा हाजिर हुने भएका हुन्।

गृह मन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै गृहमा सात महिनादेखि हाजिर गर्दै आएका एआइजीलाई हेडक्वार्टरमा हाजिर गराउन निर्देशन दिएको हो। हाल प्रहरी प्रधान कार्यालयमा रहेका चार एआईजीले विभाग प्रमुखको जिम्मेवारी सह्मालेका छन्। प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान, मानवस्रोत, प्रश्ाासन र कार्य विभाग छन्।

प्रहरी प्रवक्ता डिआईजी हेमन्त मल्लले गृहको निर्देशनअनुसार बिहीबार चार एआईजीले प्रहरी प्रधान कार्यालयमा हाजिर गर्ने बताए। उनले कसलाई कुन जिम्मेवारी दिने भन्ने निर्णय भइनसकेको बताए। 'पत्र आएको छ, हाजिर गराउने भन्ने हो, जिम्मेवारीका विषयमा हाजिर भएकै दिन थाहा होला,' मल्लले भने।

हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल समूहकै चार एआईजी सात महिनादेखि गृहमा हाजिर हुँदै आएका थिए।

प्रकाशित: २ मंसिर २०७३ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App