१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुन:मत गणना माग गर्दै भएको प्रदर्शनमा हिलारी सहभागि

वासिङटन- अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा डेमोक्र्याटको तर्फबाट उम्मेदबार भएकी हिलारी क्लिन्टनले वासिङटनमा पुनः मत गणना गर्न माग गदै भएको प्रदर्शनमा सहभागि भएकी छन्।  

“हामीलाई यो अत्यावश्यक लागेको छ, कानुनी व्यवस्था हेर्दा पनि यो गर्न मिल्ने देखिन्छ,” क्लिनटनका वकिल मार्क एलिसले एक वक्तव्य जारी गरी बताएका छन्।

पुन मतगणनाको गणनाको निर्णयमा पुर्‍याउन दवाव स्वरुप अभियान चलाइएको र मत गणना पुनः हुनेमा क्लिन्टन समूह विश्वस्त देखिएको छ।

ग्रीन पार्टीका उम्मेदबार जिल स्टेनले गत शुक्रबार मत फेरी गणना गर्न माग गर्दै निवेदन दर्ता गर्नुभएको थियो । त्यही माग गर्दै स्टेनले गराएको प्रदर्शनमा क्निटन सहभागी हुनु भएको हो।

राष्ट्रपतीय निर्वाचनमा निकै कम मतान्तर रहेका तीन ओटा राज्यमा पुनः मत गणना गर्न माग गरिएको छ।

क्लिनटनले नतिजा उल्ट्याएर डोनाल्ड ट्रम्पलाई ह्वाईट हाउस जानबाट रोक्न भने धेरै नै ‘इलेट्रोरल’ भोटको आवश्यकता पर्दछ। रासस/सिन्ह्वा

 

प्रकाशित: १२ मंसिर २०७३ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App