१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले खोले हिलारीभन्दा कम मत आउने कारण

वासिङटन–अमेरिकी राष्ट्रपति ट्रम्पले अवैधानिक मतका कारण आफू  लोकप्रिय मतमा हिलारीभन्दा पछि परेको दाबी गरेका छन् । तर उनले यसको पर्याप्त प्रमाण भने पेश गर्न सकेका छैनन् । हिलारीले विस्कनसिन राज्यमा फेरि मतगणना गर्नु पर्न पक्षमा आफू पनि रहेको बताएसँगै ट्रम्पको निर्वाचनका सम्बन्धमा नयाँ धारण आएको हो ।

लोकप्रिय मतमा क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेर राष्ट्रपतिको कुर्सी पक्का गरेका थिए ।  ट्रम्पले लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरेका थिए । । विस्कनसिन राज्यमा पुनः मतगणनाको कुरा उठिरहँदा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले झिनो मतले विजय हासिल गरेका थिए ।  

सो लगत्तै पुनः मतगणनाको कार्य हुन नदिन ट्रम्प तथा उनका सहयोगीहरूले प्रयास थालेको बताइएको छ । उनले पुनः मतगणनाको चर्चा चलेसँगै  क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्विट गर्दै आएका छन् । चुनावी अभियानका दौरान भने उनले आफूले हारे निर्वाचन परिणाम नस्वीकार्न चेतावनी दिएका थिए ।  

 निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने बताउँदै परिणाममा आफूलाई विश्वास नहुने बताएका थिए तर अनपेक्षित रूपमा विजय हासिल गरेपछि भने उनले यस विषयमा टिप्पणी गरेका छैनन् ।
ट्रम्पले ट्विटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाएका छन् ।      कुनै पनि निर्वाचन सुपरिवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन ।

प्रकाशित: १४ मंसिर २०७३ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App