१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले गरे ताइवानी राष्ट्रपतिलाई टेलिफोन

वासिङटन– अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानका राष्ट्रपति त्साइ इंग वेनसँग टेलिफोन   संवाद गरेका छन्। ट्रम्पले अमेरिकाको दशकौं पुरानो राजनीतिक नीति तोड्दै ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका हुन्।

ट्रम्पको सो कदमप्रति चीनले आपत्ति जनाउन सक्ने विष्लेशकहरुले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि ताइवानका राष्ट्रपतिले बधाइ दिएका थिए।

शुक्रबार ट्रम्पले ताइवानी राष्ट्रपतिलाई टेलिफोन गरेका थिए।  एसियाली देशका नेतासँग  ट्रम्पको कुराकानीको श्रृंखलाका रुपमा यसलाई हेरिएको बताइएको छ।  दुई राष्ट्रपतिबीच अर्थव्यवस्था र अमेरिका–ताइवानबीचको सुरक्षा व्यवस्थाका विषयमा कुराकानी भएको थियो।

प्रकाशित: १८ मंसिर २०७३ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App