सादा पलङमा सुत्ने माधवको नाम फजुलखर्ची, छाडा र बर्बादकारी पात्रको पर्याय बन्न पुगेको छ। मौकामा लुट्ने हो, खाने हो। यही भएको छ माधवीय जीवन दर्शन।
घरमूली विवेकवान्, नैतिकवान्, जिम्मेवार, दूरदर्शी र किफायती भए घर व्यवस्थित, अनुशासित र बस्न लायक हुन्छ। घरमूली छाडा भयो कि घर भाँडियो। मुलुकको कार्यकारी प्रधानमन्त्री मुलुक नामक विशाल घरको मूली हो। हिजो मूली पुष्पकमल थिए, आज माधवकुमार छन्। आफू प्रचण्ड छँदाताका पुष्पकमलहरू त्याग र बलिदानका आदर्श कुरा खुबै गर्थे। व्यक्तिवादी भोग र चौतर्फी लुटको जनमारा रोगले थला परेको नेपाली समाजमा यिनै आदर्श वचनका कारण माओवादी लोकप्रिय भएको पनि हो। ऊबेला चरित्र र प्रवृत्ति केलाउँदा एकातिर माओवादी पर्थ्यो, अर्कोतिर पर्थे खाओवादीहरु। लोकले यिनलाई यसरी नै चिन्थ्यो र यसै भन्थ्यो। माओवादीले चुनावमा बाजी मार्नुको गाँठी कारण आखिर यही त थियो। तर, जब पुष्पकमल प्रधानमन्त्रीको गद्दीमा विराजमान भए, प्रचण्डकालीन आदर्शहरूलाई तिनले भुसुक्कै बिर्सिदिए। हिजोसम्म खाओवादी जे गर्थे, तिनले करिबन त्यही गरे। खुँदिएको बाटो उही पुरानो, हिँडाइको ताल उस्तै, मुद्रा र शैली उस्तै। प्रधानमन्त्री पुष्पकमल उही पत्रु विरासतका आज्ञाकारी पथिकतुल्य दृष्टिगोचर भए। लोकले सुनाएर मैले भनेको हो। लोक भन्छ - यिनको अपकीर्ति गाथा सवा लाखको पलङबाट सुरु भयो। यिनकेा लवाइको तडकभडकमा उही पुरानो सामन्त वा भतुवा पुँजीवादीको प्रेत झल्कियो। सडक सवारीको यिनको तामझाम र धुमधाममा नागरिकलाई उही पुरानो राजसी सास्तीको झल्झली आद आयो। शुभचिन्तकले यीसँग चित्त दुःखाए, परचक्रीले यिनलाई गिज्याए। तर, यिनले एक कानले सुने र अर्को कानले उडाइदिए। र, सामान्य मानिसका मुखबाट निराशाको उही पुरानो सुस्केरा पोखिन थाल्यो - जुन जोगी आए पनि कानै चिरेको, पाखण्डै भिरेको।
प्रारब्धका कृपाले जब माधव प्रधानमन्त्री भए, यिनको हैकम यिनको चरित्रविपरीत एक कृत्रिम अभिनयबाट आरम्भ भएथ्यो। यिनले सादा जीवन, उच्च विचारको भाकामा भनेथे - विलासी पुष्पकमल सुतेको सबा करोडको पलङमा म सुत्दिनँ। तर, प्रधानमन्त्रीको गद्दीमा आठ महिना बिताउनु के थियो, यिनी नेपालको इतिहासैभरिका सबैभन्दा फजुलखर्ची, निकम्मा र कान्तिशून्य कार्यकारी साबित भएका छन्। राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीको वर्षभरिको खर्च यिनले आउरे-पाउरे र धुपौरेलाई बाँडेर र खाएर छ महिनामै सके। लावालस्करसाथ कालापत्थर र कोपनहेगन सबारी भएर यिनले अर्को एक रास रकम खरानी बनाए। जस्तो घरमूली उस्तै ऊमुनिका सदस्यगण। घरमूली माधवको सिको गर्दै उनीमुनिकी उपप्रधानमन्त्री सुजाताले सिंगापुरमा प्रति दिन लाखौँ रकम स्वाहा पारिन्। उनै माधव गुरुका अगस्ती पाइला पछ्याउँदै उनकै दलका गृहमन्त्री भीम रावलले डेढ करोड रकमको त हेलिकप्टरै चढिसके। आफ्ना गुरुजीप्रति भक्ति प्रदर्शन गर्दै यिनका गनिनसक्नु मन्त्रीले निरर्थक स्वदेश र विदेश भ्रमणमा कति रकम बर्बाद गरे कति! झेलको खेलबाट आइलागेको कुर्सी जोगाउन माधव गुरुले गठबन्धका महागुरुजीहरूलाई टक््रयाएको नजराना त झन् कति हो कति! त्यसैले अहिले सादा पलङमा सुत्ने माधवको नाम फजुलखर्ची, छाडा र बर्बादकारी पात्रको पर्याय बन्न पुगेको छ। राज्यकोषको रकम आफ्ना बाउको वा आफ्नो पसिनाको आर्जन होइन क्यारे। त्यो नागरिकका रगत र पसिनाबाट सञ्चित भएको हो। मौकामा लुट्ने हो, खाने हो, मोज गर्ने हो। आखिर मरेको भोलिपल्ट त दुई दिन भइहाल्छ। बस्, यही हो माधवीय जीवन दर्शन। यही दर्शनबाट सञ्चालित छ उनको अनुपम हैकम।
लोकस्मृतिमा माधवीय अपकीर्ति गाथाको लामै शृङ्खला छ। जब जाजरकोट भेगमा झाडापखालाजस्तो मामुली रोगको उपचार नपाएर अकिञ्चनहरू भुतुभुतु मर्दैथिए, माधव गुरुको मस्त मुद्रामा काइरो सवारी भएको थियो। र, यिनका स्वास्थ्यमन्त्री चौधरी अलमस्त तालले जर्मनीमा हल्लिँदै थिए। यिनले बिर्से होलान्, जाजरकोट भेगका पीडित मनुवाले कसरी बिर्सँदा हुन् र? जब चवालीसे माधवगण अहोरात्र राज्यकोषको रकममा लुछाचुँडी गर्नमा लिप्त थियो, कैलाली भेगमा खोस्रीखाने माटो र टाउको लुकाउने छाप्रो माग्ने गरिबमाथि अन्धाधुन्ध गोली चलाइयो। यिनले बिर्से होलान्, तर मृतकका आफन्त जनले कसरी बिर्सँदा हुन् र? जब यी सत्तावासी लामा हात गरी थुपारेको अकुत वैभवको चाङमाथि उभिएका थिए, त्यही क्षणमा रुकुममा ओली परिवारका तीनजनाले घिटिघिटी सास फेर्ने साधनसम्म नपाएर एकमुष्ट आत्महत्या गरे। यिनको मानसमा त्यो विद्रूप समाचारले कुनै आघात पुर्याएन होला। तर, त्यस्तो दुरावस्थाको सिकार भइरहेका थुप्रै मानिसका मानसमा त्यो घटनाको अथाह आह धेरै दिनसम्म रहिरहने छ।
शोषण, दमन, बेरोजगारी, गरिबी, भोक र रोगग्रस्त समाजका नागरिक शासकले लुटिखाएको चुनदाम रकमको हिसाब राख्छन्। हिजो संसदीय कुशासनमा तिनले पजेरो नामक लुटको धन्दाको हिसाब राखे। मन्त्री र सांसदले आत्मविक्रयको क्रीडा गर्दै सुरासुन्दरी र बैंकक सयरमा उडाएको रकमको हिसाब राखे। र, यी रकमभक्षी पात्रलाई चुनावमा तिनले यथोचित दण्ड प्रदान गरे। राजा वीरेन्द्रका पालामा दरबारको भत्ताजीवी गोलो ठूलो थियो। तर, वार्षिक भत्ता थियो जम्मा बाह्र करोड रुपियाँ। दरबार हत्याकाण्डमा एक लट भत्ताजीवी स्वर्गे भए। तर, फौजी नरेश ज्ञानेन्द्रले के गरे? ती 'दाजुलेझैँ जनताका आँसु टुलुटुलु हेरेर नबस्ने' करुणामयी दानवीरले दरबारको भत्ता आफूखुसी बढाएर वार्षिक अठ्सठ्ठी करोड पुर्याए। र, जनजनका हृदयमा तिनले बास पाउने ठाउँ कतै बाँकी थियो भने त्यो शेष भयो। लाग्छ, तिनको सिंहासन उभिन्डो पर्नुमा तिनको असीमित लोभको भयङ्कर योगदान हुनगयो।
पहिले नागरिकका ढाडमाथि कुदाउन तीन करोडको विलासी गाडी किन्दा ज्ञानेन्द्र शाह लोकका नजरमा हुनुसम्म छिःछिःदूरदूर भएका थिए। अहिलेका शासक मानौँ उनै ज्ञानेन्द्रका आज्ञाकारी अनुचर भएर त्यही छिछिदूरदूरको इनाम प्राप्त गर्न आतुर छन्। त्यसैले त होला गरिबका मार्क्सवादी-लेनिनवादी नेता भनिन रुचाउने गृहमन्त्री रावलले तीन करोडको गाडी झिकाएका। त्यसैले त होला विलासी र दम्भी राजा ज्ञानेन्द्रलाई माथ गर्दै राष्ट्रपति रामवरण यादवले सात करोडको गाडी चढ्न रहर गरेका। यी हुन्, गरिब मुलुकका धनी शासकहरू। यी हुन्, यथार्थका प्रक्रियाबाट काटिएका, जनआकाङ्क्षाबाट विमुख र जनजनका सपना धुजाधुजा पार्न तम्सिएका इतिहासका महान् खलपात्र! लाग्छ, यिनलाई फेरि चुनाव लड्नु छैन। लडे गुल्टिइन्छ भन्ने विश्वास यिनमा प्रगाढ छ। लाग्छ, मौकामा चौका दाउ हान्नुसिवाय यिनको कुनै अभीष्ट छैन।
गर्ने नै भए चवालीसे जम्बोरी मन्त्री परिषद्को कामकर्तव्य शान्तिको सुनिश्चितता र संविधान लेखनको पूर्णतातर्फ पाइला चाल्नु हो। तर, यिनका पाइला अव्यवस्था, अराजकता, असुरक्षा, विग्रह, कलह र सर्वनाशतर्फ गतिमान् छन्। साना दललाई जसरी हुन्छ भाग्योदय चिट्टामा आइलागेको एक थान मन्त्री पद जोगाउनु छ। ठूला दललाई जसरी हुन्छ आफ्ना इसारामा चल्ने माधव सरकारलाई चिरञ्जीवी बनाउनु छ। यिनलाई लोकहितकारी शान्तिको चिन्तै छैन। यिनलाई लोकतन्त्र र सामाजिक न्यायको जग बसाउने संविधानको पर्वाहै छैन। हिजो राजा ज्ञानेन्द्रमा यस्तै प्रवृत्ति देखिएथ्यो। आज यिनमा उनैको भूत सवार भएको प्रतीत हुन्छ। चालु द्वन्द्वका वृत्तहरू विस्तारित हुँदै मुलुक युद्धमा जाँदा यी सब श्रीहजुरहरू कुन दूरस्थ र शान्त टापूमा सुरक्षित हुँदा हुन्?
शासनतन्त्रमा घरमूली त्यस्ता छन्। तिनलाई काँध थाप्ने बाइसे बगाल यस्तो छ। घर भाँडिएर झन्झन् विग्रह र विनाशतर्फ ओरालो लाग्ने खतरा दिन दुगुना रात चौगुना बढ्दो छ। माधवीय भीडतन्त्र र भाँडतन्त्रलाई निर्विकल्प ठानेर निःसर्त र अटुट काँध थाप्ने कथित मार्क्सवादी, लेनिनवादी र समाजवादीहरू आआफ्ना भविष्यबारे के सोच्दा हुन्? के सबै कुरा बिगारिसकेपछि महाकोलाहलको बीचमा तिनको उद्धार गर्न चतुर्मुखी ब्रह्माजी धरतीमा अवतरित होलान् र?