'यसरी मुठी कस्ने।' प्रकाशमानजीले भन्नुभो-'सोझै नाकमा ताक्ने।' थप्नुभो-'अनि हान्ने।'
जिल्लाका विवाद मिलाउन बसेको केन्द्रीय कार्य समितिको बैठक समक्ष प्रतिवेदन प्रस्तुत गर्ने क्रममा उहाँले भन्नुभो, अन्यथा महाधिवेशन सम्भव छैन।
'महाधिवेशन नभएमा प्रजातन्त्र जोगिँदैन।' एक केन्द्रीय पदाधिकारीले भन्नुभो-'प्रजातन्त्र नजोगिए हामी सबैको ज्यान जोखिममा पर्छ।'
'ज्यान जोखिममा पार्नु हुँदैन।' अर्का पदाधिकारीले भन्नुभो-'हाम्रो ज्यान प्रजातन्त्रको प्राण हो।'
'आफ्नो ज्यान जोखिममा नपार्न के गर्ने?' पहिलो नम्बरका पदाधिकारीले प्रस्ताव राख्नुभो-'यस विषयमा छलफल गरौँ।'
'कुरो सफा छ।' खुमबहादुरजीले भन्नुभो-'आफ्नो ज्यान जोखिममा नपार्न अर्काको ज्यान धरापमा पार्ने।'
'कसरी?' रामचन्द्रजीले जिज्ञासा जाहेर गर्नुभो-'यो सम्भव छ?'
'यसका लागि अभ्यास चाहिन्छ।' प्रकाशमानजीले जवाफ दिनुभो-'त्यसपछि सम्भव हुन्छ।'
'हामी अभ्यासमै छौ।' रामचन्द्रजीले भन्नुभो-'विगत साठी वर्षको प्रजातान्त्रिक अभ्यास हाम्रो गन्तव्य हो।'
'तपार्इँले भनेको अभ्यासको काम छैन।' खुमबहादुरजी कड्््किनुभो-'अबको अभ्यास 'एक्सन ओरिएन्टेड' हुनुपर्छ।'
'भन्नाले कस्तो?' रामचन्द्रजीले सोध्नुभो-'हामी एक्सनमा छैनौ र?'
'छैनौ।'खुमबहादुरजीले भन्नुभो-'त्यसो भएको भए पार्टीको हालत यस्तो हुने थिएन।'
'त्यस्तो अभ्यासले इन्स्टिच्युसन बन्छ?' कार्यवाहक सभापति सुशील कोइरालाजीले प्रश्न गर्नुभो-'हामीले यसतर्फ पनि ध्यान दिनुपर्छ।'
'इन्स्टिच्युसन पनि बन्छ।' खुमबहादुरजीले भन्नुभो-'कन्स्टिच्युसन पनि बन्छ।'
'तर कसरी?' पुन रामचन्द्रजी जिज्ञासु हुनुभो-'तपाईले भनेको अभ्यास गर्ने कसरी?'
'यसका लागि प्रकाशमानजीले प्रकाश पार्नु ठीक होला।' खुमबहादुरजीले भन्नुभो-'उहाँसँग ताजा अनुभव छ।'
'कस्तो अनुभव?' केन्द्रीय पदाधिकारीहरू उत्सुक हुनुभो-'ताजा अनुभव सुन्न रमाइलो हुन्छ।'
'धन्यवाद।' प्रकाशमानजीले कृतज्ञता ज्ञापन गर्दै सोध्नुभो-'सुनाउँ?'
'सुनाउनोस्।' खुमबहादुरजीले आग्रह गर्नुभो-'लाज नमानी सुनाउनोस््।'
'लाज मान्ने चान्सै छैन।' प्रकाशमानजीले सोध्नुभो-'मैले किन लाज मान्ने?'
'त्यही भएर सुनाउनोस् भनेको।' खुमबहादुरजीले अनुरोध दोहोर्याउनुभो-'सबैलाई छटपटी भैसक्यो।'
'म भरखरै एकजनालाई ढालेर पसेको।' प्रकाशमानजीले बताउनुभो-'मेरो ताजा अनुभव यही हो।'
'किन ढाल्नु भएको?' कार्यवाहक सभापतिले सोध्नुभो-'हामी पस्न त त्यसो गर्न परेन।'
'मैले नढालेको भए उस्ले ढाल्ने थियो।' प्रकाशमानजीले भन्नुभो-'त्यही भएर ढाल्नु पर्यो।'
'प्रकाशमानजी ढलेको भए।' खुमबहादुरजीले भन्नुभो-' महाधिवेशन धरापमा पर्नेथियो।'
'महाधिवेशन धरापमा परे प्रजातन्त्र जोखिममा पर्छ।' प्रकाशमानजीले भन्नुभो-'प्रजातन्त्र जोगाउनु हामी सबैको कर्तव्य हो।'
'यसरी प्रकाशमानजीले कर्तव्य निर्वाह गर्नुभो।' खुमबहादुरजीले भन्नुभो-'यस्तो कर्तव्य हामी सबैले निर्वाह गर्नुपर्छ।'
' यसरी कर्तव्य निर्वाह होला?' रामचन्द्रजीले अनुहार बिगार्नुभो-'मेरो चित्तले मानेन।'
'तपाईको चित्त विशेष साइजको छ भन्छन््।' खुमबहादुरजीले भन्नुभो- 'त्यस कारण राम्रा कुरा मान्न कठिन हुन्छ।'
'तपाईको चित्त चाहिँ कुन साइजको छ?' रामचन्द्रजीले सोध्नुभो-'भन्न सक्नुहुन्छ?'
'मेरो चित्त मेरै साइजको छ।' खुमबहादुरजीले भन्नुभो-'तपाईको साइजको छैन।'
'सबैको चित्त आआफ््नै साइजको हुन्छ।' कार्यवाहक सभापतिजीले भन्नुभो-'मेरो पनि मेरै साइजको छ।'
'हामी चित्तको साइजबारे बात मार्न आएका हाँैं?' कुनै पदाधिकारीले प्रश्न गर्नुभो-'मेरो विचारमा त्यसो गर्न आएका होइनौ।'
'निश्चित्रूपले चित्तको साइज छलफलको विषय होइन।' अर्का पदाधिकारीले भन्नुभो-'महाअधिवेशनको तिथि तय गर्न हामी जम्मा भएका हाँै।'
'महाअधिवेशन त्यसबेला सम्भव छ।' खुमबहादुरजीले भन्नुभो-'जब तीन दर्जन जिल्लाको विवाद मिल्छ।'
'विवाद त्यस बेला मिल्छ।' प्रकाशमानज्ाीले भन्नुभो-'जब उचित पहल हुन्छ।'
'कसरी हुन्छ उचित पहल?' कार्यवाहक सभापतिले सोध्नुभो-'विवाद त मिलाउनैपर्छ।'
'मुठी कस्ने।' प्रकाशमानजीले भन्नुभो-'नाकमा ताक्ने अनि हान्ने।' थप्नुभो-'उपाय यत्ति नै हो।'
'अरू विकल्प छैन?' कार्यवाहकले भन्नुभो-'छ भने भन्नोस्।'
'विवाद मिलाउन महिनौ पहल भयो।' प्रकाशमानजीले सोध्नुभो-'केही भयो?'
'भएन।' कार्यवाहक सभापतिले भन्नुभो-'यो बढो दुःखद कुरा हो।'
'सुखद कुरा चाहिँ के हो भने।' प्रकाशमानजीले भन्नुभो-' मुठी कसेर नाकमा ताकेपछि कुरो मिल्छ, तपाई ढुक्क हुनुहोस्।'
सुनिन्छ, कार्यवाहक सभापतिजी ढुक्क हुनुभो। तपाईँ हुनु भएन?