पछिल्लो समय लैंगिकरूपमा महिला र पुरुषलाई बराबरीको आँखाले हेर्न थालिएको छ। पुरुष सत्ता नेपाली समाजको इतिहास हो। महिला वर्ग पछि पर्यो। थिचोमिचो भयो। हिंसा बढे। त्यसैलाई निमिट्यान्न पार्न आरक्षण र नयाँ नयाँ कानुनी व्यवस्था लागु गरिए।
इतिहास पनि कोल्टो फेर्दैछ । पहिले पुरुषबाट प्रताडित महिला बढी थिए । अहिले पुरुष पनि महिलाबाट प्रताडित हुन थालेका घटना बाहिर आउन थालेको छ । महिलाको पहँुच मोबाइल, फेसबुक, ट्विटर जस्ता प्रभावशाली सञ्चारका माध्यममा बढ्न थालिसकेको छ । घरभित्रमात्र सीमित हुने महिलाको संख्या घट्दैछ । शिक्षासँगै कामकाजी महिला वृद्धि हुँदैछन् । घरबाहिर एक्लै हिँड्ने, काम गर्ने, योजना बनाउने र नीति निर्माण तहमा प्रतिस्पर्धा गर्ने महिला नेपालमै प्रशस्तै भइसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र न्यायाधीश सुशीला कार्की यसका ज्वलन्त उदाहरण हुन् । जो पुरुषबाट पीडित भएर हैन पुरुषसँग कुममा कुम दाँजेर उच्च पदमा आसिन छन् ।
इतिहासले कोल्टे फेरेका प्रमाण यतिबेला प्रहरी कार्यालयहरुमा पाइन्छ । गएको वर्ष (सन् २०१५) काभ्रेपलान्चोक जिल्लामा मात्र १९ जनाले आफू श्रीमतीबाट पीडित भएको भन्दै प्रहरीमा उजुरी दिए । सम्बन्ध विच्छेद, घरेलु हिंसा जस्ता कतिपय मुद्दामा न्यायिक र अर्धन्यायिक निकायहरु महिलामैत्री व्यवहारलाई प्राथमिकता दिन्छन् । जसले गर्दा घुमन्ते युगमा जस्तै धेरै कुरा यतिबेला महिलाको प्रभुत्वमा रहन थालेको छ ।
समाजशास्त्री कमला भसिनको कथन छ– कुनै पनि पुरुषभित्र स्त्रीत्व र महिलाभित्र पुरुषत्व हुन्छ । तर समाजले त्यसलाई मौलाउन दिएन । यस अर्थमा लैंगिक आधारमा भेदभाव हुनुमा समाज दोषी छ । र त आज समाजका विभिन्न अंग आफैँ सक्रिय भएका छन् यसलाई सच्च्याउन । त्यही कारण त अब मनुले भनेझैँ छोरी जन्मेपछि बाबुको, विवाहपछि श्रीमान्को र वृद्धावस्थामा छोराको आश्रयमा रहने जमाना गयो । आफ्नै निर्णयको आश्रयमा रहने दिन आइसक्यो ।
धर्मशास्त्रहरुमा पनि महिलालाई हेपिएका प्रसंगमात्र छैनन् । देवी आदिशक्तिका रूपमा पुज्ने आदेश पनि त्यहाँ पाइन्छन् । 'जहाँ स्त्रीको पूजा हुन्छ त्यहाँ ईश्वर पनि खुसी रहन्छन्' भन्नुको तात्पर्य महिलामाथिको सम्मान नै हो । यति हुँदाहुँदै पनि तिनै देवी मानव संसारमा हिंसा, घृणा र पीडाको पात्र बनेका कुरा सत्य हुन् । र, अहिले क्रमशः यो अवस्थामा नपत्याउँदो हिसावले परिवर्तन आइरहेको कुरा पनि उत्तिकै सत्य हो ।
सन् १९७५ लाई विश्व संस्था संयुक्त राष्ट्र संघले महिला वर्षका रूपमा मनाएपछि महिलाविरुद्धका भेदभाव र उत्पीडनमा क्रान्तिकारी छलाङ आएको मान्न सकिन्छ । त्यसयता महिलाका पक्षमा धेरै कानुन र सन्धि बने । त्यसैले त न्यायालयहरु महिलामैत्री बन्ने क्रम सुरु भएको छ । प्रहरीमा महिला मुद्दा हेर्नका लागि छुट्टै व्यवस्था छ । जागिर र विभिन्न निकायमा आरक्षणको व्यवस्था छ । पढ्ने छोरीलाई सुविधाको व्यवस्था छ । न्यायालयमा महिलाका मुद्दा फास्ट ट्रयाकमा हेर्ने नीति आयो । समग्रमा नेपाली समाज क्रमशः महिलामैत्री बन्दैछ भन्ने प्रमाणित हुन्छ ।
हो, नेपालमा महिलामैत्री वातावरण र सोच अझै चाहिने जति उन्नत अवस्थामा पुगेको छैन । त्यसो त विश्वकै सर्वशक्तिमान मुलुक अमेरिकामा पनि महिलालाई मतको अधिकार दिएको सन् १९५० मा मात्र हो । दक्षिण अफ्रिकामा अझै पनि महिला र पुरुषको शौचालय एउटै बनाउनु हुन्न भन्ने चेतना नआइसकेको अवस्थामा नेपाली महिलाका लागि भएका व्यवस्था सराहनीय छन् । यस अर्थमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्ने अवस्थामा नेपाली महिला छन् यतिखेर ।
महिलालाई हेपिन र विभेदको शिकार हुनबाट बचाउने धेरै व्यवस्था छन् । यसले पनि उनीहरुलाई पछिल्ला दिनमा अघि बढ्न मार्ग सहज भएको छ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) १९७९, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि इच्छाधीन आलेख १९९९ र महिला तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९९५ बेइजिङले महिलाका महत्वपूर्ण सरोकारका क्षेत्रमा काम गरिरहेको छ ।
त्यसैगरी बेश्यावृत्तिका लागि महिला र बालबालिकाको जीउ मास्ने बेच्ने काम रोकथाम गर्ने र सोविरुद्ध संघर्ष गर्नेसम्बन्धी सार्क महासन्धि २००२, लंैगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०६३, राष्ट्रिय महिला आयोग ऐन २०६३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली २०६५, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ र नियमावली २०६७, लैंंिगक हिंसा (निवारण) कोष नियमावली २०६७ महिला अधिकार तथा उनीहरुमाथि हुने हिंसाविरुद्ध गतिलो पिलरका रूपमा खडा भएका छन् । यसबाट पनि समाज विस्तार महिलामैत्री सोचतर्फ अघि बढिरहेको प्रतीत हुन्छ भने त्यसयताका गतिविधिले पनि यस विषयलाई पुष्टि गर्छन् । जुन समन्यायिक समाज सिर्जनाका दृष्टिकोणले निकै राम्रो प्रगति मान्न सकिन्छ ।
अधिकारकर्मीहरु संविधानले निर्दिष्ट गरेका कानुनी प्रावधानले सबैलाई बराबरी न्यायको परिकल्पना गरेको उल्लेख गर्छन् । तर केही निश्चित विषयमा महिलाको अवस्था सबल नभइसकेकाले त्यसमा महिलाका हकमा कानुनहरुको व्याख्या र विश्लेषण फरक ढंगले गरिनुपर्ने दाबी पनि उनीहरुको छ । यो केही हदसम्म ठीक पनि हो तर जबसम्म राज्यका निकाय तथा समाजको सोच महिलामैत्री हुन्न तबसम्म कानुन र नियमको छर्राले मात्र विभेद र पक्षपातपूर्ण सोच निमिट्यान्न पार्न सक्दैन । पछिल्लो समय नेपाली समाजमा खासगरी पुरुषमा विकसित महिलालाई हेर्ने सकारात्मक दृष्टिकोण नै महिला उन्नतिको प्रमुख कारण हो भन्न हिच्किचाउनुपदैन । त्यसैगरी महिलालाई समान व्यवहार गर्नका लागि यही प्रक्रियालाई बढावा दिनुपर्नेमा पनि दुई मत रहनु आवश्यक देखिन्न ।