झट्ट देख्दा उदार देखिए पनि ऐनमौकामा अत्यन्त अनुदार जातिवादी गाउँमा मेरो जीवनको गाडी चलिरहेको छ। भक्तपुरको दक्षिणस्थित क्षेत्री बहुलता रहेको गाउँमा कति अर्थमा नेवार र दलितको हैसियत उस्तै छ। नेवार भएर जन्मनु अभिशाप। नेवार निम्छरोपन र आत्महीनताका पर्याय। नेवार नामले होइन, आज पनि त्यहाँ उसलाई होच्याइने जातिगत उपनामले पुकारिन्छ।
प्राथमिक कक्षामा छँदा अंग्रेजी पढाउने सरको हिज्जे र माने घोकाउने अनौठो तरिका हुन्थ्यो। कक्षा ४ बाट एबीसीडी सुरु हुने जमानामा कक्षाभरिमा 'सपकिपर'को हिज्जे र माने भन्नसक्ने ममात्र हुन्थेँ। नआउने सहपाठीलाई लहरै उभ्याइन्थ्यो र तिनलाई मैले गाला चड्काउनुपर्थ्यो। तिनका मायाले म चड्काएजस्तो मात्र गर्थेँ। चड्काउने तरिका सिकाउन एक पल्ट सरले मेरै गाला बत्ती बल्नेगरी चड्काएका थिए। कक्षाबाहिर निस्केपछि चड्कन खाने सहपाठी त सधैँ चट्याङ पर्ने गरी मेरा गाला चड्काउँथे। प्रतिशोध लिँदा ती मेरो जातीयतालाई होच्याइरहेका हुन्थे। गाउँका मेरा कतिपय सहपाठी तिनका आमाबाबुबाट बेलाबेलामा कुटाइ खान्थे। कारण, तिनलाई 'मान्छे' नगनिएको नेवार परिवारको बालकले पढाइमा धेरै पछाडि छाडिदिएको हुन्थ्यो। एक पल्ट चड्कन खाने एउटा सहपाठीको बाबु जातीय होचोअर्घेली गर्दै मेरा बासँग पाखुरा सुर्कन आएका थिए।
संघीयता अब अपरिहार्य भइसक्यो। तर, त्यसको आधार जातीयतालाई बनाउने तयारी भइरहँदा अपमान र आत्महीनतामा थिचिएको मेरो बाल्यकालको चिसो स्याँठले बारम्बार मलाई हिर्काउँछ। काठमाडौँभित्रै यस्तो छ भने गाउँगाउँमा दलितको हालत कस्तो होला? झट्ट हेर्दा यसमा जातिविशेष दोषी देखिए पनि यसको जरा वर्णाश्रम व्यवस्थाले फैलाएको जातिवादमा छ जो तत्काल मैले सम्झेसम्म संसारकै सबैभन्दा घृणित व्यवस्था हो। (मैले आफ्नो नाममा 'अभय' उपनाम राख्न थालेको छु जुन त्यही नाममा अवतरित भएर जातीयताको चिह्न नराख्ने अभियानको पूर्वाभ्यास हो।) मेरै गाउँको एउटा घटना, जहाँ इनार छोएबापत दलितलाई क्षत्री र नेवार मिलेर सजायस्वरूप इनारको पूरै पानी फाल्न लगाइएको र पूजापाठ गरी चोख्याइएको थियो। नेवारले दमाई, कसाई, सार्की, मधेशीलाई र दलितमै सार्कीले दमाईलाई, दमाईले कामीलाई, कामीले गाइनेलाई होचोअर्घेली गरेका उदाहरण अनेक छन्। हिन्दू समाज कानुनभन्दा बढी धर्मशास्त्रले चलेको छ जसका कारण अघोषितरूपमा बाहुन, क्षत्रीको उच्चता छ। लाग्दैछ, अब त्यही उच्चताको अभ्यास आदिवासी जनजाति घोषितरूपमा गर्न खोज्दैछन्। यो, एक खाले जातीय सर्वोच्चता अन्त्य गरेर अर्को खाले जातीय सर्वोच्चता लाद्ने अभ्यास हो। त्यसो हो भने जातिवाद जस्तातस्तै रहने भयो। हिजोको जातीय श्रेष्ठताको बर्बर युगले नयाँ नेपालको पनि गाला चड्काइरहने भयो।
हो, चरम हिन्दूवादी आदर्शले निर्मित समाजमा सत्ता र ज्ञानमा बाहुन, क्षेत्रीको पहुँच धेरै बढी रह्यो। हिन्दू समाजमा जात कति अर्थमा जातमात्र नभएर वर्ग पनि हो। जस्तोः दलित। नयाँ नेपालको रूपरेखा कोरिन लाग्दा महिला, दलित, उत्पीडित, थिचिएका, मिचिएकाहरूले आफ्नो आत्मगौरवपूर्ण अस्तित्वको आवाज उठाए। फलस्वरूप भाषा, संस्कृति संरक्षण र आरक्षणका प्रावधान सुरु भए। यो समतामूलक समाज निर्माणका पक्षमा भएको सुन्दर पहल हो। यसलाई निश्चित् अवधिका लागि अझै व्यवस्थित गर्नु जरुरी छ। त्यसमा दलितले पहिलो प्राथमिकता पाउनुपर्छ। (विडम्बना, दलितको पक्षमा त्यस्तो कुनै अभ्यास हुने छाँट देखिएन।) दुई दशकअघि भारतमा तत्कालीन प्रधानमन्त्री वीपी सिंहले हरिजनका लागि आरक्षणको व्यवस्था नगरेका भए आज भारतको सत्ता र राजनीतिमा उनीहरूको स्थान सपनामा पनि सम्भव थिएन। ढिलै भए पनि नेपालमा यो अभियान सुरु भएको छ। समतामूलक समाज बनाएर जातिवादको अन्त्य गर्ने यो राम्रो उपाय हो। जातिवाद अन्त्यको अर्थ जातीयता र पहिचानकै अन्त्य होइन। यो भनेको जातीय उँचनिचको अन्त्य हो। जातीय राज्य विरोधका नाममा क्षत्रीबाहुनले फेरि अर्को जातिवादको आँधी ल्याउँदैछन्। आदिवासी, जनजाति आफ्नो अधिकारका लागि उठ्नु जायज कुरा हो। त्यसको अर्थ राजनीतिलाई अर्को जातिवादले निर्देशित गर्नुपर्छ भन्ने होइन। हामीलाई चाहिएको जातिवादको अन्त्य हो।
पुराण युगमा शुद्र भएकै कारण एकलव्यलाई ध्वस्त पार्न द्रोणाचार्यले गुरुदक्षिणावापत उनको बुढी औँला लिए। द्रोणाचार्यलाई थाहा थियो, बुढी औँलाबिना वाण हान्नै सकिन्न। धर्मशास्त्र खारेर तपस्या गरेबापत महाराज रामले शम्बुक नामका शुद्रको टाउको काटिदिए। त्यसको प्रतिशोधस्वरूप द्रोणको बुढी आँैला र रामको टाउको काट्नुपर्छ भन्नु उही बर्बर युग फर्काउनु हो। महिला, दलित, उत्पीडित, आदिवासीले भन्नुपर्ने अर्कै छ। पहिला हामीमाथि हुनसम्म अत्याचार भयो, अब त्यही अत्याचार तिमीहरूमाथि गरेर हामी अर्को बर्बर युगलाई निरन्तरता दिन चाहँदैनौ। बरु अत्याचारी युगको अन्त्य गरी आत्मसम्मानपूर्ण, सहअस्तित्वमूलक, न्यायमूलक समाज निर्माण गर्न चाहन्छौँ। नयाँ नेपालको एउटा महत्वपूर्ण सर्त जातिवादको अन्त्य हो। कहिले आउला त्यो दिन?