संविधान विरोधको औचित्य
०७ वैशाख २०७३
•
११ मिनेट पाठ
संविधान विरोधको औचित्य
भारत नेापलको सबैभन्दा ठूलो आर्थिक र राजनीतिक सहयोगी हो। नेपाललाई सदैव आफ्नो चाहनाविरुद्ध जान नदिने र आज्ञाकारी बनाइराख्ने उसको भित्री मनसुवा हुन सक्छ। त्यसै कारणले विगतमा चाहे हिमालयस्थित भारतीय चेकपोस्ट हटाउने कुराले होस् वा नेपालले चीनसँग सम्बन्ध विस्तार गर्ने कुराले होस् वा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दै जाने कुरालेे होस्, भारतको टाउको दुख्ने गर्थ्यो।

परिणामस्वरूप नेपालले विगतमा पनि पटकपटक भारतीय नाकाबन्दी बेहोर्दै आएको यथार्थ छ। त्यतिमात्र हैन, नेपालसँगको कुनै पनि परिघटनामा भारतले आफ्नो मनसुवा पूरा नहुनासाथ नेपाललाई दिँदै आएको तेल कटौती गर्ने, हरेेक साल वर्षा याममा सीमा स्तम्भ नेपालतिर सारेको सार्यैन गर्ने, खुन पसिना चुहाएर भारतमा कमाएको पैसा लिएर चाडपर्वमा परिवार भेट्न आउँदै गरेका नेपालीलाई भारतीय सीमा प्रहरीले सताउनुसम्म सताउने गर्दै आएको छ।

चीनसँग लिपुलेकको बाटो प्रयोग गर्ने सम्झौता गर्दा नेपाललाई एक शब्द नसोध्नु, हतियारसहित भारतीय प्रहरी बिनाअनुमति अनेक बहानामा नेपाल प्रवेश गरिरहनु, सीमाछेउ नयाँ सिद्धार्थनगर तयार गरी बुद्ध भारतमा जन्मेको अनर्गल प्रचार गर्नु, व्यापार सहजीकरण गर्न सीमित भूमिकाका लागि भारतलाई खोल्न दिइएको वीरगन्ज अफिस मधेसी मोर्चा भड्काउने काममा दुरुपयोग गर्नु, बाढीपीडितलाई सहायता गर्न क्षणिक अवधिका लागि भारतीयलाई बस्न दिइएको विराटनगर अफिस काम सम्पन्न भएपछि पनि हटाउन नमान्नु जस्ता घटनाले ऊ नेपालमाथि कस्तो व्यवहार गर्दैछ भन्ने प्रष्ट हुँदै आएको छ। इतिहासकालदेखि भारत नेापलकोे चौतर्फी सहयोगी र अभिन्न भित्र हो भनेर नेपालले आफूउपर भएको थिचोमिचो/अन्यायप्रति दरिलो आवाज उठाउनै सकेको छैन। मात्र भारत सरकारको ध्यानाकर्षण गर्न दमित स्वरमा केही पटक सामान्य असन्तुष्टि जनाउनेबाहेक।

२०६२।६३ को आन्दोलनपश्चात् नेपालले नयाँ संविधान बनाउने जमर्को जब गर्न थाल्यो, तबदेखि देशी/विदेशी शक्तिका आडमा यति सानो भूगोल भएको नेपालमा पनि जातीय र क्षेत्रीय राज्य माग्न थालियो। यही कचिङ्गलले गर्दा २०७२ असोज ३ गते मात्रै नेपालको पहिलो संघीय गणतान्त्रिक संविधान जारी भयो। पहिलो मस्यौदा जारी भएलगत्तै छुट्टै तराई प्रदेशको माग अधुरो रहेको भन्दै मस्यौदा जलाएको मधेसी मोर्चाले संविधानको औपचारिक घोषणा रोक्नका लागि भारत गुहार्यो । नेपालप्रति भारतको हेपाहा प्रवृत्तिले निरन्तरता पाएको र नेपालीले सहँदै आएको स्थितिले गर्दा भारतीयले नेपालीलाई गर्ने व्यवहारमा अन्तर्राष्ट्रिय अनुशासन र कूटनीतिक मर्यादा पनि बिर्सिसकेको छ। मधेसी मोर्चाको माग सम्बोधन गरेरमात्र संविधान घोषणा गराउन दबाब दिन आएका भारतीय विदेश सचिवले नेपालको प्रमुख राजनीतिक दलका नेताहरुलाई हप्काउनसमेत पनि पछि परेनन्।

संविधान बनाउने क्रममा राज्यबाट सबैका माग सकेसम्म समेटेर नयाँ संविधान जारी भएको छ। राज्यको साधनस्रोतमा सबैको उचित पहुँच र सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ। यसमा कतै संविधान चुकेको छ भने बसेर छलफल गर्दा हुन्छ तर मधेसलाई मात्रै छुट्टै प्रदेश दिँदा अरु, जस्तै– नेवा, मगरात, ताम्सालिङ, तम्बुवान, खम्बुवान, लिम्बुवान, थारुहट आदिका छुट्टै प्रदेशको मागलाई के गर्ने? यी समस्यालाई पनि मध्यनजर गरेर माग राख्नुपर्ने हुन्छ। नेपाल सार्वभौमसत्ता सम्पन्न एक स्वतन्त्र राष्ट्र हो। नेपालका ९१ प्रतिशत सभासद्ले अनुमोदन गरेको संविधानलाई भारतले अपूर्ण भन्न मिल्दैन । लोकतन्त्रमा बहुमतको कदर गर्नैपर्छ। राजनीतिक, आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक सबै दृष्टिकोणले भारत दक्षिण एसियाकै नेता हो भन्दा अत्युक्ति नहोला। त्यसैले होला, श्रीलङ्काका पूर्व राष्ट्रपति जयवर्धनेले पनि दक्षिण एसियाको आर्थिक विकासको साँचो भारतसँग छ भनेका थिए। ९८३ किलोमिटर दूरीको खुला सीमाका कारण लाखौँ नेपाली भारतमा काम गर्छन्, भारतको सुरक्षासमेत गरेका छन् भने लाखौँ भारतीयले नेपालमा व्यापार तथा अन्य काम गर्छन्। यसर्थ भारत र नेपालको अन्योन्याश्रित सम्बन्ध छ।

भारतले नेपाल जस्तो सानो मुलुक तर ऐतिहासिकरूपमा हितैषी मित्रलाई पेल्न खोज्नु कुनै पनि अर्थमा न्यायोचित भन्न मिल्दैन। भूपरिवेष्ठित मुलुक र अन्य विविध कारणले गर्दा नेपाल हरेक कुरामा पछाडि छ। यहाँ मधेसीमात्रै पिछडिएका छैनन्। मधेसमा त बरु यातायातको सुगमताले गर्दा रोजगारीको सम्भावना बढी छ, भोकभोकै मर्न पर्दैन। तर पहाडका विकट बस्तीको हालत अत्यन्त पीडादायी छ, रोजगारीको सम्भावना छैन, आफूले जन्माएका बच्चालाई खान दिन नसकेर आमाले आत्महत्या गरेकी छिन्। आर्थिक अभाव र शिक्षाको कमीले दलित बस्तीका बालबच्चा नाकभर सिँगान र अनुहारभर झिँगा भन्काएर बस्न बाध्य छन्। सामान्य जिन्दगी जीउन पनि मधेसमा भन्दा पहाडमा धेरै धेरै कठिन छ। यस्तो यथार्थ अवस्थालाई बेवास्ता गरेर भारतले मधेसलाई मात्र काखी च्याप्न मिल्दैन।

मधेसी मोर्चाको आन्दोलनको बहानामा नेपालको सबैभन्दा बढी सामान आयात हुने नाका वीरगन्ज ठप्प गरियो। नेपालीको चुलोमाथि नै प्रहार भयो। यति गर्दा पनि नेपालले भारतसँगको कूटनीतिक मर्यादालाई ख्याल राखेर अघोािषत नाकाबन्दी भन्यो। उल्टै भारतीय प्रतिनिधिले जेनेभाको मानव अधिकार बैठकमा नेपालको संविधानको विरोध गरे भने भारतीय प्रधान मन्त्री स्वयंले बेलायत र ब्रसेल्स पुगेर यही संविधानप्रति विरोध जनाए। उनको यो अन्तर्राष्ट्रिय स्तरको विरोध अभियान भोलि अन्तर्राष्ट्रिय मुद्रा कोष, डब्लुटिओ जस्तो मञ्चहरुमा पनि नपुग्ला भन्न सकिन्न। हालै नेपालले चीनसँग गरेको पारबहन र यातायात सम्झौताबाट रुष्ट भएर मोदी सरकारले नेपालविरुद्ध यो अभियान थालेको हुन सक्छ तर यो सम्झौता भारतकै कारणले भएको हो, नेपाललाई दोष दिन मिल्दैन। यो अभियानले नेपाललाई भन्दा भारतलाई ठूलो घाटा हुन्छ। नेपाल जस्तो सानो मुलुकलाई पेलेकामा भारतलाई कसैले धन्यवाद दिँदैन। अतः नेपाल र भारतको सम्बन्ध पहिले जस्तो बनाउँदै जान सबैले पहल गर्नुपर्छ।

राज्यका साधनस्र्रोत सबैका लागि खर्चिनुपर्छ। यसका लागि नेतृत्व तहमा जनजाति, दलित, महिला, मधेसी र अन्य पिछडिएको समुदायको उचित उपस्थिति वा प्रतिनिधित्व आवश्यक छ। यसैका लागि संयुक्त आन्दोलन देशभित्रै हुनु पर्छ। यसका निम्ति हामीभित्रै एकता जरुरी छ। दिल्ली धाउनुको सट्टा मधेसी मोर्चाका नेताहरु कोही ताप्लेजुङ, कोही जोमसोम, कोही जाजरकोट, कोही सल्यान, कोही डोटी र कोही बैतडी धाउनुपर्छ। सुरुसुरुमा केही असहज होला तर पछि सहज हुन्छ र तिनै आत्मीय हुन्छन्। त्यसले संयुक्त आन्दोलनका लागि एकता मजबुत हुन्छ र एकताको संयुक्त आन्दोलनले राज्यलाई घुँडा टेकाउन सकिन्छ। मधेसी मोर्चाका प्रायः नेता राज्यसत्तामा बसिसकेका परिपक्व राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ। आशा गरौँ, सबैले सुझबुझका साथ समझदारीमा सबैसँग मिलेर निकास खोज्नु नै हुनेछ।

पूर्वसदस्य, राज्य पुनर्संरचना सुझाव समिति
अर्को समाचार
संविधान विरोधको औचित्य
०६ वैशाख २०७३
•
११ मिनेट पाठ
संविधान विरोधको औचित्य
भारत नेापलको सबैभन्दा ठूलो आर्थिक र राजनीतिक सहयोगी हो। नेपाललाई सदैव आफ्नो चाहनाविरुद्ध जान नदिने र आज्ञाकारी बनाइराख्ने उसको भित्री मनसुवा हुन सक्छ। त्यसै कारणले विगतमा चाहे हिमालयस्थित भारतीय चेकपोस्ट हटाउने कुराले होस् वा नेपालले चीनसँग सम्बन्ध विस्तार गर्ने कुराले होस् वा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बढ्दै जाने कुरालेे होस्, भारतको टाउको दुख्ने गर्थ्यो।परिणामस्वरूप नेपालले विगतमा पनि पटकपटक भारतीय नाकाबन्दी बेहोर्दै आएको यथार्थ छ। त्यतिमात्र हैन, नेपालसँगको कुनै पनि परिघटनामा भारतले आफ्नो मनसुवा पूरा नहुनासाथ नेपाललाई दिँदै आएको तेल कटौती गर्ने, हरेेक साल वर्षा याममा सीमा स्तम्भ नेपालतिर सारेको सार्यैन गर्ने, खुन पसिना चुहाएर भारतमा कमाएको पैसा लिएर चाडपर्वमा परिवार भेट्न आउँदै गरेका नेपालीलाई भारतीय सीमा प्रहरीले सताउनुसम्म सताउने गर्दै आएको छ।

चीनसँग लिपुलेकको बाटो प्रयोग गर्ने सम्झौता गर्दा नेपाललाई एक शब्द नसोध्नु, हतियारसहित भारतीय प्रहरी बिनाअनुमति अनेक बहानामा नेपाल प्रवेश गरिरहनु, सीमाछेउ नयाँ सिद्धार्थनगर तयार गरी बुद्ध भारतमा जन्मेको अनर्गल प्रचार गर्नु, व्यापार सहजीकरण गर्न सीमित भूमिकाका लागि भारतलाई खोल्न दिइएको वीरगन्ज अफिस मधेसी मोर्चा भड्काउने काममा दुरुपयोग गर्नु, बाढीपीडितलाई सहायता गर्न क्षणिक अवधिका लागि भारतीयलाई बस्न दिइएको विराटनगर अफिस काम सम्पन्न भएपछि पनि हटाउन नमान्नु जस्ता घटनाले ऊ नेपालमाथि कस्तो व्यवहार गर्दैछ भन्ने प्रष्ट हुँदै आएको छ। इतिहासकालदेखि भारत नेापलकोे चौतर्फी सहयोगी र अभिन्न भित्र हो भनेर नेपालले आफूउपर भएको थिचोमिचो/अन्यायप्रति दरिलो आवाज उठाउनै सकेको छैन। मात्र भारत सरकारको ध्यानाकर्षण गर्न दमित स्वरमा केही पटक सामान्य असन्तुष्टि जनाउनेबाहेक।

२०६२।६३ को आन्दोलनपश्चात् नेपालले नयाँ संविधान बनाउने जमर्को जब गर्न थाल्यो, तबदेखि देशी/विदेशी शक्तिका आडमा यति सानो भूगोल भएको नेपालमा पनि जातीय र क्षेत्रीय राज्य माग्न थालियो। यही कचिङ्गलले गर्दा २०७२ असोज ३ गते मात्रै नेपालको पहिलो संघीय गणतान्त्रिक संविधान जारी भयो। पहिलो मस्यौदा जारी भएलगत्तै छुट्टै तराई प्रदेशको माग अधुरो रहेको भन्दै मस्यौदा जलाएको मधेसी मोर्चाले संविधानको औपचारिक घोषणा रोक्नका लागि भारत गुहार्यो । नेपालप्रति भारतको हेपाहा प्रवृत्तिले निरन्तरता पाएको र नेपालीले सहँदै आएको स्थितिले गर्दा भारतीयले नेपालीलाई गर्ने व्यवहारमा अन्तर्राष्ट्रिय अनुशासन र कूटनीतिक मर्यादा पनि बिर्सिसकेको छ। मधेसी मोर्चाको माग सम्बोधन गरेरमात्र संविधान घोषणा गराउन दबाब दिन आएका भारतीय विदेश सचिवले नेपालको प्रमुख राजनीतिक दलका नेताहरुलाई हप्काउनसमेत पनि पछि परेनन्।

संविधान बनाउने क्रममा राज्यबाट सबैका माग सकेसम्म समेटेर नयाँ संविधान जारी भएको छ। राज्यको साधनस्रोतमा सबैको उचित पहुँच र सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ। यसमा कतै संविधान चुकेको छ भने बसेर छलफल गर्दा हुन्छ तर मधेसलाई मात्रै छुट्टै प्रदेश दिँदा अरु, जस्तै– नेवा, मगरात, ताम्सालिङ, तम्बुवान, खम्बुवान, लिम्बुवान, थारुहट आदिका छुट्टै प्रदेशको मागलाई के गर्ने? यी समस्यालाई पनि मध्यनजर गरेर माग राख्नुपर्ने हुन्छ। नेपाल सार्वभौमसत्ता सम्पन्न एक स्वतन्त्र राष्ट्र हो। नेपालका ९१ प्रतिशत सभासद्ले अनुमोदन गरेको संविधानलाई भारतले अपूर्ण भन्न मिल्दैन । लोकतन्त्रमा बहुमतको कदर गर्नैपर्छ। राजनीतिक, आर्थिक, भौगोलिक, सामाजिक, सांस्कृतिक सबै दृष्टिकोणले भारत दक्षिण एसियाकै नेता हो भन्दा अत्युक्ति नहोला। त्यसैले होला, श्रीलङ्काका पूर्व राष्ट्रपति जयवर्धनेले पनि दक्षिण एसियाको आर्थिक विकासको साँचो भारतसँग छ भनेका थिए। ९८३ किलोमिटर दूरीको खुला सीमाका कारण लाखौँ नेपाली भारतमा काम गर्छन्, भारतको सुरक्षासमेत गरेका छन् भने लाखौँ भारतीयले नेपालमा व्यापार तथा अन्य काम गर्छन्। यसर्थ भारत र नेपालको अन्योन्याश्रित सम्बन्ध छ।

भारतले नेपाल जस्तो सानो मुलुक तर ऐतिहासिकरूपमा हितैषी मित्रलाई पेल्न खोज्नु कुनै पनि अर्थमा न्यायोचित भन्न मिल्दैन। भूपरिवेष्ठित मुलुक र अन्य विविध कारणले गर्दा नेपाल हरेक कुरामा पछाडि छ। यहाँ मधेसीमात्रै पिछडिएका छैनन्। मधेसमा त बरु यातायातको सुगमताले गर्दा रोजगारीको सम्भावना बढी छ, भोकभोकै मर्न पर्दैन। तर पहाडका विकट बस्तीको हालत अत्यन्त पीडादायी छ, रोजगारीको सम्भावना छैन, आफूले जन्माएका बच्चालाई खान दिन नसकेर आमाले आत्महत्या गरेकी छिन्। आर्थिक अभाव र शिक्षाको कमीले दलित बस्तीका बालबच्चा नाकभर सिँगान र अनुहारभर झिँगा भन्काएर बस्न बाध्य छन्। सामान्य जिन्दगी जीउन पनि मधेसमा भन्दा पहाडमा धेरै धेरै कठिन छ। यस्तो यथार्थ अवस्थालाई बेवास्ता गरेर भारतले मधेसलाई मात्र काखी च्याप्न मिल्दैन।

मधेसी मोर्चाको आन्दोलनको बहानामा नेपालको सबैभन्दा बढी सामान आयात हुने नाका वीरगन्ज ठप्प गरियो। नेपालीको चुलोमाथि नै प्रहार भयो। यति गर्दा पनि नेपालले भारतसँगको कूटनीतिक मर्यादालाई ख्याल राखेर अघोािषत नाकाबन्दी भन्यो। उल्टै भारतीय प्रतिनिधिले जेनेभाको मानव अधिकार बैठकमा नेपालको संविधानको विरोध गरे भने भारतीय प्रधान मन्त्री स्वयंले बेलायत र ब्रसेल्स पुगेर यही संविधानप्रति विरोध जनाए। उनको यो अन्तर्राष्ट्रिय स्तरको विरोध अभियान भोलि अन्तर्राष्ट्रिय मुद्रा कोष, डब्लुटिओ जस्तो मञ्चहरुमा पनि नपुग्ला भन्न सकिन्न। हालै नेपालले चीनसँग गरेको पारबहन र यातायात सम्झौताबाट रुष्ट भएर मोदी सरकारले नेपालविरुद्ध यो अभियान थालेको हुन सक्छ तर यो सम्झौता भारतकै कारणले भएको हो, नेपाललाई दोष दिन मिल्दैन। यो अभियानले नेपाललाई भन्दा भारतलाई ठूलो घाटा हुन्छ। नेपाल जस्तो सानो मुलुकलाई पेलेकामा भारतलाई कसैले धन्यवाद दिँदैन। अतः नेपाल र भारतको सम्बन्ध पहिले जस्तो बनाउँदै जान सबैले पहल गर्नुपर्छ।

राज्यका साधनस्र्रोत सबैका लागि खर्चिनुपर्छ। यसका लागि नेतृत्व तहमा जनजाति, दलित, महिला, मधेसी र अन्य पिछडिएको समुदायको उचित उपस्थिति वा प्रतिनिधित्व आवश्यक छ। यसैका लागि संयुक्त आन्दोलन देशभित्रै हुनु पर्छ। यसका निम्ति हामीभित्रै एकता जरुरी छ। दिल्ली धाउनुको सट्टा मधेसी मोर्चाका नेताहरु कोही ताप्लेजुङ, कोही जोमसोम, कोही जाजरकोट, कोही सल्यान, कोही डोटी र कोही बैतडी धाउनुपर्छ। सुरुसुरुमा केही असहज होला तर पछि सहज हुन्छ र तिनै आत्मीय हुन्छन्। त्यसले संयुक्त आन्दोलनका लागि एकता मजबुत हुन्छ र एकताको संयुक्त आन्दोलनले राज्यलाई घुँडा टेकाउन सकिन्छ। मधेसी मोर्चाका प्रायः नेता राज्यसत्तामा बसिसकेका परिपक्व राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ। आशा गरौँ, सबैले सुझबुझका साथ समझदारीमा सबैसँग मिलेर निकास खोज्नु नै हुनेछ।
पूर्वसदस्य, राज्य पुनर्संरचना सुझाव समिति
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ

बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस