एक ट्याबलेट सिटामोल खाँदा हनहनी ज्वरो आएको बिरामीको तापक्रम घट्छ, रोग निको हुन्छ। तर त्यही सिटामोलका एक दर्जन गोटी एकै पटक सेवन गर्दा स्वस्थ मानिसको कलेजो खराब हुन सक्छ, व्यक्ति सिकिस्त बन्न सक्छ। ओखतीको मात्रा सन्तुलित हुँदा रोग निको हुने अनि औषधि अत्यधिक हुँदा थप समस्या आउँछ। आवश्यकताअनुसार सानो मात्रामा खानुपर्ने ओखतीको मात्रा तल–माथि पर्दा त ठूलो शारीरिक समस्या आउँछ भने बिहान/बेलुकाको भोजनमा सन्तुलन बिग्रँदा जटिलता आउनु अस्वाभाविक भएन। कार्बोहाइडे«ट अत्यधिक सेवन गरेका कारण युवावस्थामै महुमेह लागेका मानिस धेरै देखिन्छन्। तेल/घीउ धेरै खाँदा उच्च रक्तचापलगायतका विभिन्न मुटु रोगले सताएका घटना मनग्य पाइन्छ। भात तथा चिल्लो खाँदा विविध किसिमका रोग लाग्ने भएकाले बिहान बेलुकै माछा/मासु सेवन गर्दा स्वस्थ हुन सकिन्छ भन्ने सोच बढेको देखिन्छ। उक्त धारणाले मान्यता पाउनुमा डाक्टरी परामर्शले भूमिका खेलेको देखिन्छ। भात थोरै अनि मासु धेरै खान सल्लाह दिने मात्र होइन, छाकैपिच्छे ठूलै चिकेनको खुराक चाहिने चिकित्सकको संख्या सानो छैन। कार्बोहाइडे«ट तथा फ्याट भन्दा प्रोटिन खाँदा स्वस्थ होइन्छ भन्ने सोचसँगै आम्दानी उकासिएपछि माछा÷मासु खाने संख्या बढेको छ। आखिरमा प्रोटिन के हो ? अनि यसको स्रोत र आवश्यक मात्राका सम्बन्धमा स्थापित वैज्ञानिक संहिताको चर्चा यो आलेखको लक्ष हो।
स्वस्थ जीवन बिताउन खानामा कार्बोहाइडे«ट, प्रोटिन, फ्याट, भिटामिन तथा मिनरल्स र पानीसमेत गरी ५ किसिमका पोषण पदार्थको आवश्यकता पर्छ। भात, अन्नबाली, चिनी, आलुलगायतका खाद्य पदार्थमा पाइने कार्बोहाइडे«ट शरीरलाई चाहिने ऊर्जाको मुख्य स्रोत हो। मस्तिष्क तथा मुटु जस्ता अंगलाई अनवरत ऊर्जाको आपूर्ति गर्न चाहिने ग्लुकोजको मुख्य स्रोत कार्बोहाइडे«ट हो। शारीरिक ऊर्जाको मुख्य स्रोत भएकाले स्वस्थ मानिसलाई सबै भन्दा बढी कार्बोहाइडे«ट आवश्यक हुन्छ। त्यस्तै प्रोटिन शारीरिक हर्मोन, एन्टिबडी, छाला, मांसपेशी, कपाललगायतका तन्तुको स्याहारसुसारका लागि आवश्यक पर्छ। तेल घीउ जस्ता तेलजन्य पदार्थले शरीरलाई चाहिने फ्याटको आवश्यकता पूर्ति गर्छ। पछिल्लो समयको आवश्यकता धान्न भकारीमा अन्न भण्डारण गरेझैं फ्याटले बिरामी परेर खान नसक्ने क्षणमा वैकल्पिक ऊर्जाको आपूर्तिमा सघाउँछ। अनि, चिल्लोले फ्याट सोलुबुल भिटामिनहरू ए, डि, इ, के ...लाई शारीरिक संयन्त्रमा पुर्याउन सहयोग गर्छ।
कार्बोहाइडे«ट, प्रोटिन र फ्याटले अल्पकालीन र दीर्घकालीन ऊर्जा आपूर्तिको समस्या समाधान गर्नुका अतिरिक्त तन्तुहरूको मर्मत तथा संहारमा भूमिका खेल्ने भए तापनि धेरै फिजियोलोजिकल कार्यहरू कुशलतापूर्वक सम्पन्न गर्न भिटामिन्स र मिनरल्सको हात हुन्छ। जस्तो मिनरल क्याल्सियम अनि भिटामिन डिको पर्याप्त आपूर्ति नभए हड्डी स्वस्थ बन्न सक्दैन। धेरै शारीरिक प्रक्रियामा अहम् भूमिका खेल्ने भएकाले स्वस्थ जीवन बिताउन विभिन्न किसिमका मिनरल्स र भिटामिनको आवश्यकता पर्छ। कुन भिटामिन र मिनरल्स कति खाने भन्ने सम्बन्धमा सामान्य त मौसमअनुसार उपलब्ध भएका फलफूल तथा सागसब्जीहरू मिसाएर खाँदा सबै मिनरल तथा भिटामिनको आवश्यकता पूरा हुन्छ भन्ने बुझ्दा हुन्छ। हाम्रो शरीरको बनोटमा पानीको मात्रा सर्वाधिक रहेकाले त्यसको चर्चा सान्दर्भिक रहेन। खाना नखाइकन हप्तौँ बाँच्न सकिन्छ तर पानी नखाइ केही दिन पनि टिक्न नसकिने यथार्थले पानीको महत्व भन्छ नै।
हर्मोन, एन्टिबडी, मांसपेशी तथा तन्तुको निर्माण तथा मर्मत संहारमा भूमिका खेल्नुका अतिरिक्त कार्बोहाइड्रेट तथा फ्याटले झैं ऊर्जा आपूर्तिमा समेत सघाउने भएकाले प्रोटिनको बेग्ले स्थान छ। त्यस्तो महत्वपूर्ण प्रोटिनको निर्माण र आपूर्ति शरीरमा कसरी हुन्छ त ?
विभिन्न रंग र ढाँचाका मोतीका दानाहरू फरक मात्रामा मिलाएर पृथक किसिमका माला बनाएभैmँ २० किसिमका एमिनो एसिडहरू चेनमा मिलेर बस्दा प्रोटिनहरू बन्छन्। अनि कुन एमिनो एसिड कुन स्थानमा रह्यो भन्ने कुराले प्रोटिनको चरित्र भन्छ। २ सय एमिनो एसिडले बनेको एउटा प्रोटिनमा केबल एउटा मात्र एमिनो एसिडले स्थान परिवर्तन गर्दा प्रोटिनको चरित्रमा धेरै फरक आउन सक्छ। हर्मोन, एन्टिबडी तथा मांसपेशीका प्रोटिनका चरित्र फरक हुनुमा एमिनो एसिडहरूको मिश्रण र स्थानले भूमिका खेल्छ।
२० एमिनो एसिडहरू मध्य मानवीय शरीरमा बायोलोजिकल प्रक्रियाले केबल ११ किसिमका एमिनो एसिडहरू मात्र बनाउन सक्छ। तसर्थ, बाँकी ९ एमिनो एसिडहरू आपूर्तिका लागि हामीले तद्नुरूपको खाना खानुपर्छ। ती ९ एमिनो एसिडहरू खानाबाट मात्र पूर्ति गर्न सकिने भएकाले तिनीहरूलाई इसेन्सिएल एमिनो एसिड भनिन्छ।
सामान्य त प्रोटिन बन्नका लागि सबै एमिनो एसिडहरू चाहिने भए पनि सबै प्रोटिनमा बिसै एमिनो एसिडहरू हुन्छन् भन्ने छैन। चाहिने सबै एमिनो एसिडहरू पूर्ति गर्न सक्ने खान्कीलाई पूर्ण प्रोटिन (इसेन्सिएल प्रोटिन) भनिन्छ। तर आवश्यक सबै एमिनो एसिड आपूर्ति गर्न नसक्ने प्रोटिनलाई अपूर्ण प्रोटिन (इन्कम्प्लिट प्रोटिन) भनिन्छ। उदाहरणका लागि मासु, अन्डा, दूध दही, भटमासमा हामीलाई चाहिने सबै एमिनो एसिडहरू पाइने भएकोले तिनीहरू पूर्ण प्रोटिन हुन। तर मसुरो, रहर, बदाम, तरकारी तथा ड्राइफ्रुट्स अपूर्ण प्रोटिनको श्रेणीमा पर्छन्। सबै इसेन्सिएल एमिनो एसिड्सहरू नपाइने भएकाले तिनीहरूलाई इन्कम्प्लिट प्रोटिन भनिन्छ। तर उल्लिखित खानाहरूमा पाइने एमिनो एसिडहरू फरक फरक हुने भएकोले दाल र तरकारी मिसाएर खाँदा सबै किसिमको एमिनो एसिडको आवश्यकता पूर्ति हुन्छ। तसर्थ शाकाहारी मानिसका लागि भटमास तथा भटमासबाट बन्ने परिकार अथवा दाल तरकारी मिसाएर खान आवश्यक हुन्छ। वैष्णवका लागि धेरैवटा गेडागुडीको मिश्रण क्वाटी हितकर छ।
हामीले खाएको कुनै पनि किसिमको प्रोटिन शरीरमा पुगेपछि पाचन प्रक्रियापछि एमिनो एसिडमा टुक्रन्छन्। पुरानो घरको इँटाहरू नयाँ भवन निर्माणमा प्रयोग गरिएझैं खानाबाट प्राप्त एमिनो एसिडहरू रिसाइकल भइ आवश्यक प्रोटिनहरू बन्छन्। प्रोटिन बनाउन मात्र होइन, बरु एमिनो एसिडहरू विभिन्न रासायनिक प्रक्रियामा समेत प्रयोग हुन्छन्। उदाहरणका लागि एमिनो एसिड हिस्टिडिनबाट इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) को आवश्यक रासायनिक पदार्थ हिस्टामिन बन्छ। हाम्रो शरीरमा नबन्ने भएकाले हिस्टिडिन खानाबाट प्राप्त हुन नसकेको खण्डमा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, रोग लाग्ने संभावना बढ्छ। त्यस्तै, एमिनो एसिड ट्रिप्टोफ्यानबाट सेरोटोनिन भन्ने दिमागको केमिकल बन्ने भएकाले यो एमिनो एसिडको कमी भएको खण्डमा दिमागी क्षमतामा ह्रास आउँछ। भ्यालिन भन्ने एमिनो एसिडले अंगका मसल बनाउन भूमिका खेल्ने भएकाले यसको कमी भएको खण्डमा शारीरिक चोट निको हुन लामो समय लाग्न सक्छ। यसरी प्रोटिनले मांसपेशी मर्मत तथा संहारमा मात्र भूमिका नखेल्ने बरु प्रतिरक्षा प्रणालीको सबलीकरणदेखि स्मरण क्षमतालाई समेत निर्देशित गर्ने भएकाले भोजनमा प्रोटिनको मात्रा मिलाउन आवश्यक छ। अब यस्तो महŒवपूर्ण प्रोटिन हामीलाई कति चाहिन्छ त ?
सामान्य दिनचर्या भएको ७५ किलो वजन भएको मानिसका लागि दैनिक ६० ग्राम प्रोटिन खाँदा पर्याप्त हुन्छ। सामान्य भाषामा भन्नुपर्दा एक किलो मासु पकाएर १० जनाको परिवारले खाँदा उक्त दिनको प्रोटिनको आवश्यकता धान्ने देखियो। बढी वजन भएकोे, अत्यधिक शारीरिक परिश्रम गर्ने अनि बढ्दो उमेरको मानिसलाई अलि बढी प्रोटिन आवश्यक पर्छ। अधिक प्रोटिन सेवन गर्दा मांसपेशी दरिलो हुने ठान्नेका लागि विशेषज्ञ राय फरक देखियो। मसल बनाउनका लागि अतिरिक्त प्रोटिन सेवन गरेर मात्र नपुग्ने बरु शारीरिक व्यायाम जरुरत पर्छ। दिनैपिच्छे आवश्यकता भन्दा अधिक प्रोटिन खाँदा मिर्गौलामा दबाब पर्ने अनि अन्ततः मृगौला रोगका कारण बन्न सक्ने ठान्छन् विज्ञहरू। साथै, खाएको अतिरिक्त प्रोटिन पछिल्लो समयका लागि जगेडामा नबस्ने बरु तुरुन्तै बोसोका रूपमा शरीरमा सञ्चित हुने भएकाले धेरै प्रोटिनको सेवन कार्बोहाइडे«ट तथा तेल घीउ खानु भन्दा फरक छैन। अत्यधिक मासु सेवन गर्ने मानिसको रगतमा लिपिडको मात्रा आकासिएर मुटुको रोगको सिकार हुन सक्ने संभावना छ। शरीरले एक पटकमा करिब ४० ग्राम प्रोटिन मात्र सजिलै पचाउन सक्ने भएकाले त्यसैअनुसारको खाना लाभप्रद् हुन्छ। एउटा अध्ययनले ब्रेकफास्ट र लन्चमा प्रोटिन खाँदा तेल व्यवस्थापनमा सहयोग पुग्ने देखिएकाले भरिसक्य बेलुका मासु नखानु लाभप्रद् पाइएको छ।
महत्वपूर्ण पोषण पदार्थका रूपमा रहेको प्रोटिन माछा/मासु, दूध/दही, तरकारी, दाल, गेडागुडीसमेतमा पाइन्छ। अनि सामान्य दैनिकी भएको मानिसका लागि प्रतिदिन ६० ग्राम भन्दा अधिक प्रोटिनको आवश्यक छैन। चाहिने भन्दा अधिक प्रोटिन खाँदा विभिन्न शारीरिक समस्या आउँछ। तसर्थ, शरीरलाई प्रोटिनको मात्रा पुग्यो/पुगेन भनेर चिन्ता गर्नु भन्दा वर्षौँदेखि नेपालीले खाँदै आएको दूध दही, दाल, तरकारीलाई खानाको दैनिक तालिकामा राखी हप्तामा एक दुई पटक आधा किलो मासु ल्याएर ४ जनासम्मको परिवारले बाँडीचुँडी खाँदा प्रोटिन अभाव नहुने मात्र होइन, बरु अत्यधिक प्रोटिन सेवनले लाग्न सक्ने रोगको सिकार पनि हुनु पर्दैन। ‘सामान्य नेपाली खाना खाउँ’ भन्ने अभियानलाई जनमानसमा पुर्याउँ।