बिपी र कांग्रेसको कार्यनीति
०४ पौष २०७९
•
७ मिनेट पाठ
बिपी र कांग्रेसको कार्यनीति
विभिन्न उतारचढाववीच यतिबेला नेपाली कांग्रेस गुज्रिरहेछ। जेठो पार्टीका नाताले अभिभावकत्व एकातिर निभाउनुपर्ने देखिन्छ भने पार्टीभित्रबाट चरम असन्तुष्टिका आवाज पनि सुनिन थालेका छन्। गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धनको नीति अवलम्बन गरेर देशभरी कांग्रेस पार्टीले मिश्रित प्रतिफल पायो। त्यसकै निरन्तरता कायम रह्यो गत मंसिर ४ गतेको राष्ट्रिय चुनाव।  




संकट आइपर्दा देशको माटो हातमा लिनु्, आफ्नो ब्रह्मले जे गर भन्छ त्यही काम गर्नू भन्ने बिपीको सल्लाह वर्तमानमा कांग्रेसजनले पालना नगरेको प्रष्टै देखिन्छ। यसलाई पालना गरेको भए समाज लोकतान्त्रिक संस्कार उन्मुख हुन्थ्यो, पार्टीको नीति र सिद्धान्त व्यवहारमा लागु भएको अनुभूति हुन्थ्यो। लोकतन्त्रका जराजरामा जल सिँचित हुने बेलामा पार्टीभित्र नै लोकतन्त्रको जरा सुक्न थालेको विश्लेषण गरिँदैछ। कांग्रेसको सिद्धान्तका कुरा गरे गठबन्धनमा आएर टुंगिन्छन्, लोकतन्त्रको बहस गरे, देशको भौतिक विकासको बहस गरे पनि गठबन्धनमा विचारहरू ठोक्किन्छन्। गठबन्धन अर्थात लेनदेनको राजनीति, सिटहरू बाँडफाँटको राजनीति। अनि सिद्धान्त एकातिर स्वार्थपरक राजनीति अर्काेतिर देखिन्छ। पार्टीलाई मलजल दिलाएर, जीवन अर्पण गरी हुर्काएका मेची महाकालीका लाखौँ कांग्रेसीजनलाई पुर्पुरोमा हात राखेर राम राम भन्नुबाहेक अब के नै रह्यो र बाँकी यतिबेला।  

२०१५ सालमा १०९ सिटमा ७४ सिट ल्याएर दुईतिहाइको सरकारका प्रधानमन्त्री बन्न पुगेका बिपी कोइरालाले सिंहदरबारको भित्तामा किसानले हलो जोत्दै गरेको तस्बिर राख्न लगाए। बिपीको समाजवाद किसानपरक थियो। कृषिप्रधान मुलुक नेपालमा बिपी आर्थिक क्रान्ति गर्न चाहन्थे, कलकारखाना खोलेर स्वदेशमै युवाहरूलाई रोजगार दिलाउन चाहन्थे, जमिन्दारी प्रथा उन्मूलनका लागि अभियान चलाएका थिए। धेरै कुराको सुधार गरिनुपर्ने छ समाजमा भन्ने गर्थे। प्रजातन्त्रको नजरमा देश गरिब छैन, गरिब तुल्याइएको छ। सुधारको खाँचो छ। हामीमा इमानदारिता हुनु जरुरी छ। राष्ट्रियता भनेको जनभावना हो, देशको सिमाना मात्र होइन। खोव्रmो राष्ट्रियताले देश सम्पन्न बन्दैन। दौरा सुरुवाल र टोपी त आवरण मात्र हुन् राष्ट्रियताका। राष्ट्रियता ब्रेन (दिमाग)बाट नै आउनुपर्छ, ब्रेड (रोटी) त उदरपूर्तिको माध्यम मात्रै हो। समाजवाद गरिबको चुलोमा बाँचेको हुन्छ। एउटा दुहुनु गाई हुनु, एक हल गोरु पाल्ने हैसियत हुनु दुई छाक भरपेट खान पाउने वातावरण हुनु। बालबालिकालाई शिक्षाको प्रबन्ध मिलाउने व्यवस्था गरिनु, स्वास्थ्यका लागि प्राथमिक उच्चारण गरिने प्रबन्ध मिलाउनु, यिनै कुरामा राष्ट्रियता र समाजवाद लुकेको हुन्छ, प्रजातन्त्र फस्टाएको हुन्छ। बिपीको यो दार्शनिक विचार ६४ वर्ष (२०१५–२०७९ साल) पछि नेतृत्व वर्गमा घाम जस्तै छर्लङ्ग छ कि पुस महिनामा तराईमा लाग्ने हुस्सुझैँ गुम्सिएको छ ? अन्य लोकतन्त्रवादीहरूलाई बुझ्न त्यति गाह्रो छैन।  

२०५४ देखि स्थानीय चुनाव सम्पन्न हुन नसकेको अवस्थामा २० वर्षपछि २०७४ सालमा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा बनेको सरकारका पालामा सम्पन्न गरिनु र पुनः समयमा नै स्थानीय चुनाव २०७९ वैशाखमा सफलतापूर्वक सम्पन्न गरिनुलाई सरकारको सफल कार्य मान्न सकिन्छ। सि.के. राउतको पार्टीले निर्वाचनमा भाग लिनु उपलब्धिपूर्ण कार्य हो। यसैगरी हाल कारागारबाट राजनीति गरिराखेका रेशम चौधरी नेतृत्वको पार्टीले पनि बर्दिया र कैलाली टीकापुरमा आफ्नो वर्चश्व कायम गर्नुलाई कम मूल्यांकन गरिनुहुन्न। रञ्जिता श्रेष्ठ (बुहारी) र लालवीर चौधरी (ससुरा) जनप्रतिनिधि भएर निर्वाचित हुनुलाई जनताको मागको प्रतिफलका रूपमा हेर्नुपर्छ।  

झण्डै दुईतिहाइ बहुमतको के.पी. ओली सरकारको पतनपछि देशमा धेरै राजनीतिक नदी बगिसके। वामपन्थीहरूको नेतृत्वमा बनेको तत्कालीन सरकारको पतनपछि कांग्रेसलाई नेतृत्वका लागि प्रचण्ड र माधव नेपालले किन याचना गरे, सबै विज्ञजनले बुझेकै कुरा हो। नेपालका वामपन्थी दलहरू आपसमा जुट्नु र फुट्नुमा ताŒिवक अर्थ रहन्न अब। तर माओवादी अध्यक्ष प्रचण्ड नेपालको राजनीतिक घटनाक्रममा किन प्रमुख पात्र बनिरहेछन्, किन स्थिर मनस्थितिमा राजनीति गर्दैनन् ? अहम् प्रश्न छ। भर्खर सम्पन्न राष्ट्रिय चुनावमा कांग्रेसले ८९ सिट (५७+३२) मा विजय हासिल गरे तापनि यो सन्तोषजनक कार्य होइन। ने.का.ले आफ्नै बलबुताले चुनावमा भाग लिनुपथ्र्यो। २०४८ र २०५६ सालको चुनावमा २०५ मा ११४ सिट ल्याउन सफल यो पार्टीको इतिहास सम्झनलायक छ। २०५६ सालमा त्यसबेलाका प्र.म. ७४ वर्षीय गिरिजाप्रसादले एकैदिन १७ वटा आमसभामा सम्बोधन गर्न भ्याएका थिए।  

कांग्रेस पार्टीका लागि विगतमा गठबन्धन गरेर चुनावमा जनादेश लिनु हितकर थिएन। तर बाध्यता भयो। वामपन्थीहरूको आपसी कलहबाट वाक्क भएका आमनागरिकले त्यसबेला कांग्रेसको एकमना सरकार बनेको हेर्न चाहेका थिए। चार दिशातर्फ मुख फर्काएर आपसको मिलीभगत गरिरहेका वामपन्थीलगायतका दललाई सरकारमा पनि सम्मिलित गराउन सिपालु ने.का.का पार्टी सभापति एवम् प्र.म. शेरबहादुर देउवा बोलीमा भन्दा व्यवहारमा सफल राजनीतिक खेलाडीका रूपमा चिनिएका नेता हुन्। तर पार्टीभित्र उनका बारे र गठबन्धन संस्कृतिबारे चर्काे आलोचना पनि सुनिँदै आएका छन्। जिन्दगीभर पार्टीका लागि र लोकतन्त्र रक्षाका लागि लडिरहेको ठूलै पंक्ति चुनावी गठबन्धनका कारण राजनीतिबाट विमुख हुँदैछ। जुन राष्ट्रका लागि र लोकतन्त्रको रक्षाका लागि सोचनीय विषय पनि हो।  

२०३५÷२०३६ सालको विद्यार्थी राजनीतिमा लागेर लोकतन्त्रका पक्षमा कलिलो उमेरदेखि प्रौढावस्था हुँदै २०६२÷२०६३ को जनआन्दोलनसम्म आइपुग्दा उमेशजङ्ग रायमाझी, देवराज चालिसे, नन्दकृष्ण जोशी, पुरुषोत्तम दाहाल, चन्द्र के.सी., जगतप्रसाद जोशी आदिलाई पार्टीले बेवास्ता गरिनुहुन्न भन्ने पनि पार्टी पंक्तिको आवाज बढ्दो छ। एकातिर समानुपातिकतर्फबाट झण्डै ३ लाख जति मत कम हुनु अर्काेतिर बन्द सूचीमा जनताले चाहना राखेको व्यक्ति नपर्नुलाई पार्टी पंक्तिले अर्थपूर्णरूपमा हेरेको छ। विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदीप पौडेल, बद्री पाण्डे, धनराज गुरुङ प्रत्यक्ष चुनावबाट एकमात्र महिला जनप्रतिनीधि सीता गुरुङको प्रतिनीधि सभामा प्रवेश गरिनुलाई सुखद पक्षका रूपमा हेरिएको छ। बिपीको समाजवादी सिद्धान्तको हितविपरित पार्टी पंक्ति वामपन्थीका सामु लम्पसार हुनुलाई पनि हालैको चुनावमा पार्टीले सोचे जस्तो परिणाम नआएको मान्न सकिन्छ। जिन्दगीभर रुखमा छाप लगाउने बानी परेका देशभरका लाखौँ कार्यकर्ता एवम् आममतदाताले यसपटक अमिलो अनुहार गर्दै हँसिया हथौडा र कलम चिह्नमा छाप लगाएर टुलुटुलु आपसमा आँखा जुधाउँदै घर फर्कनुप¥यो। यति गर्दागर्दै पनि कांग्रेसीजनले चुनावमा धोका दिए भन्ने दोषबाट यो लोकतान्त्रिक पार्टी बच्न सकेन। दोषारोपणका यी बाछिटाहरू कांग्रेसी जमातमा सुकेका छैनन्।  

यसपटक राष्ट्रका महŒवपूर्ण पदहरूमा नयाँ अनुहार देखा पर्दैछन्। कार्यकारी प्रमुखमा कांग्रेसका तर्फबाट वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा देखापरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलको चाहना आफू प्रधानमन्त्री पदमा चुनिन पाए हुन्थ्यो भन्ने रहेको छ। यसका लागि प्र.म. देउवाको साथ अपरिहार्य छ। यसैगरी महामन्त्री गगन थापाको प्र.म. पदका लागि आफू योग्य रहेको व्यक्तव्य पुरानो नै भइसक्यो। यसका लागि नयाँ पिँढीको सहयोगका रूपमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको समर्थन रहेको बताइन्छ। कोइरालाको विरासतका लागि डा. शेखरको नाम पनि सो पदका लागि उत्तिकै चर्चामा छ। तर पल्ला भारी भने देउवाकै देखिन्छ।  

राष्ट्रपति, उपराष्ट्रपति पद पनि यसैपटक रिक्त हुँदैछन्। इतिहासका हरेक कालखण्डमा सँगसँगै क्रान्ति गरेर अगाडि बढेका नेपाली कांग्रेस र एमालेबीच कहीँ न कहीँ मिलनविन्दु हुनु राष्ट्रका लागि जरुरी देखिन्छ। राजनीतिमा जिन्दगीभर कोही पनि कसैका लागि शत्रु र मित्र बन्न सक्दैन। राजासँग मेरो घाँटी जोडिएको यही कारणले हो भन्ने नेपाली राजनीतिका शिखर पुरुष बिपीले त्यतिबेला बोलेका कुराहरू वर्तमानमा अझ टड्कारो भएर लागु हुँदैछन्। एकातिर पार्टीका असन्तुष्टि स्वरहरू मत्थर गरी सबैलाई समान न्याय दिलाउनु, अर्काेतिर गठबन्धन निर्माण गरी लोकतान्त्रिक सरकार ५ वर्षसम्म कायम गरिनु नेपाली कांग्रेस पार्टीका सभापति एवम् वर्तमान प्र.म. शेरबहादुर देउवाका अगाडि जटिल समस्या भएर देखापरेका छन्।  

अध्यादेशमार्फत केही पार्टीका कार्यकर्तालाई रिहाइ गर्नु र सरकारमा अपुग सिटका लागि रित्तता कायम गरिनुलाई औचित्यहीन कार्य भनेर वर्तमान सरकारको विरोध भैराखेको देखिन्छ। कांग्रेस पार्टीका महामन्त्रीद्वय र अधिकांश नेता÷कार्यकर्ताले यसो गरिनुहुन्न भनेर प्र.म. देउवालाई दबाब दिइरहेका छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस