सरकारको उल्टो गन्ती
१६ फागुन २०६६
•
१७ मिनेट पाठ
सरकारको उल्टो गन्ती
संविधान जारी गर्ने निर्धारित मिति (१४ जेठ २०६७) नजिकिए सँगै माधवकुमार नेपालले नेतृत्व गरेको सरकारको पनि दिन गन्ती सुरु भएको छ। वर्तमान सरकारको मुख्य कार्यभार देशमा शान्ति सुरक्षा कायं गर्ने र संविधान निर्माण गरी घोषित मितिमा जारी गर्ने हो। दुवै काममा सरकार सफल हुन सकेन। गृहमन्त्रीले विशेष सुरक्षा योजनाका नाममा अर्बौँ खर्च गरे पनि शान्तिसुरक्षामा तात्विक सुधार देखिएन। संयुक्त सरकार भएका अवस्थामा शान्ति सुरक्षाजस्तो विषयमा विशृष योजना लागू गर्दा मन्त्रिपरिषद्मा मात्र हैन सम्बन्धित दल र सरोकारवालासँग समेत छलफल गर्नुपर्थ्यो। तर। एक्लै जस लिने गृहमन्त्रीको मानसिकता र संयुक्त सरकार संचालनको न्यूनतम कार्यविधि र संयन्त्र निर्माण नगरी सत्तामा साझेदारी गर्दे दलहरूका कारण सहकार्य हुन सकेन। सरकारमा सँगै बसेकाहरूको आरोपप्रत्यारोप र भागबन्डाको नौटंकीमा ९ महिनाको उपलब्धि हात लाग्यो शून्य भएको छ।
अन्य दलका मन्त्रीले मात्र होइन प्रधानमन्त्रीकै पार्टीका मन्त्रीसमेतले उनलाई सहयोग गरेको देखिएन। मैना सुनुवार काण्डमा मुछिएका र राष्ट्र संघद्वारा फिर्ता पठाइएका मेजर निरञ्जन बस्नेतलाई नागरिक अदालतमा बुझाउने विषयमा प्रधानमन्त्री र रक्षामन्त्रीबीचको मतभेद सार्वजनिक विवादको विषय बन्यो। मन्त्रीहरू विदेश जाँदा प्रधानमन्त्रीलाई जानकारीसम्म दिइँदो रहेनछ। अरूलाई कार्यवाहक नदिई गृहमन्त्री चीन भ्रमणमा गएका बेलामा राजधानीमा जमिम शाहको हत्या हुँदा विभागीय मन्त्री नभएकाले दुई दिनसम्म अनुसन्धान अगाडि बढाउन र आवश्यक निर्देशन लिन सुरक्षा निकाय अन्योलमा पर्‍यो। मन्त्रीहरूमा सामूहिक दायित्व र जिम्मेवारी बोध देखिएन। प्रधानमन्त्रीय पद्धतिअनुसार चल्नुपर्ने सरकार 'चेन अफ कमान्ड' टुटेको अराजक जमातसरह चलिरहेछ। मन्त्रीले आफ्नो जिल्लामा निजी काममा जाँदा दैनिक भ्रमण भत्ता नलिने २००७ सालदेखिको चलन पनि वर्तमान मन्त्रीपरिषद्का सदस्यले तोडेका छन्। आफूले भनेअनुसारको काम नहुँदा कर्मचारीलाई कुटपीट गर्ने मन्त्रीलाई कार्बाही गर्ने सार्वजनिक प्रतिबद्धताबाट सरकार गिर्ने डरले प्रधानमन्त्री नेपाल पछि हटे।




जमिम शाहको हत्याको प्रहरी अनुसन्धानको प्रारंभिक प्रतिवेदनले शान्ति सुरक्षाको अत्यन्त डरलाग्दो तस्बिर प्रस्तुत गरेको छ। शाहको हत्यामा अन्तर्राष्ट्रिय माफिया गिरोहसँग आफ्ना कनिष्ठ मात्र होइन वरिष्ठ अधिकृतहरूको पनि संलग्नताको आशंका प्रहरीले नै गरेको छ। केही वर्ष यता अवैध साना हातहतियारको चोरी पैठारी बढेको प्रहरीका तथ्यांकमा देखिन्छ। विशेषगरी तराई र पूर्वी पहाडमा सुरक्षा स्थिति बिग्रेको छ। विभिन्न अपराधी समूहले फिरौतीका लागि कर्मचारी र सर्वसाधारण जनताको अपहरण र हत्या गर्ने क्रम रोकिएको छैन। पैसा नदिए अपहरण वा हत्याको जोखिममा पर्ने भयले तराईका अधिकांश जिल्लामा गाविस सचिवहरू सदरमुकाममा बस्छन्। गाउँमा सरकारको उपस्थिति छैन।

विकासका गति पनि मन्द छ। आर्थिक प्रगति सरकारले प्रक्षेपण गरे भन्दाकम हुने स्वयं मध्यावधि मूल्याङ्कनले देखाएको छ। चीन र भारतको आर्थिक विकास दर ९ र ७ प्रतिशत रहेकोमा नेपालको ४ प्रतिशतभन्दा माथि जान सकेको छैन। सामान्य खर्च अनुमान गरेभन्दा धेरै बढेर १२/१३ अर्बको पूरक बजेट प्रस्तुत गर्ने तयारीमा सरकार लागेको छ। महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगजस्ता संवैधानिक अंगमा पदाधिकारी नहुँदा मन्त्रीदेखि कर्मचारी सबै छाडा भएका छन्। आर्थिक अनुशासन भंग भएको छ। दैनिक उपभोगका सामानमा भएको मूल्य वृद्धिले जनताको जीवन कष्टकर भएको छ। यही आर्थिक वर्षमा ६-७ महिनामा चिनीको मूल्य ७७ प्रतिशत बढेको छ। अरू खाद्य पदार्थ, खाने तेल र खाद्यान्नको भाउ आकाशिएको छ। भारतमा चिनी र खाद्यान्नको भाउ बढेपछि प्रतिपक्षले सरकारको विरोध गर्दा प्रधानमन्त्रीले हस्तक्षेप गरेका थिए तर नेपालमा सरकार त मुकदर्शक भएको छ नै प्रतिपक्षी दल पनि मौन रहेको छ।

यी सबै कारणहरू शान्ति सुरक्षाको बिग्रदो अवस्था, चर्को मूल्यवृद्धि र विकासमा आएको शिथिलताले पनि वर्तमान सरकारको औचित्य समाप्त भएको पुष्टि गरेका छन्। तर यो सरकार हटेपछि कसको र कस्तो सरकार बन्ने भन्ने प्रश्नको भने सिधा उत्तर देखिँदैन। सरकार गिरे पनि प्रमुख प्रतिपक्षी एनेकपा( माओवादी)को सत्तामा जाने संभावना एकदमै न्यून छ। आफूबाहेक सबै दललाई रिमोट कन्ट्रोलबाट चल्ने, प्रतिक्रियावादी र विदेशी दलालजस्ता निकृष्ट आरोप लगाउने बोली र अरू दलका कार्यकर्तामाथि गर्ने भौतिक आक्रमणका कारण संसद्मा भएका दलहरू माओवादीलाई समर्थन गर्ने मनस्थितिमा देखिँदैनन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले पनि अहिले माओवादीको नेतृत्वमा सरकार बन्नसक्ने देखिदैन। विगतमा ९ महिनासम्म सरकारमा रहँदा उसले अन्य दलहरूसँग गरेको व्यवहार र ठेक्कापट्टादेखि अनेक अवैध धन्दाबाट आफ्ना कार्यकर्ताको भरणपोषणमात्र लक्ष्य बनाएको माओवादीलाई सत्ताको नेतृत्व सुम्पनु उसैले भन्ने गरेको 'सत्ता कब्जा' गर्ने वैधानिक बाटो खुला गरिदिनु हो भन्ने धारणा अन्य दलमा देखिएको छ। केका लागि पुनः सत्तामा जाने हो भन्ने माओवादीले पनि स्पष्ट गर्न सकेको छैन। संसद्मा सबभन्दा ठूलो दल भएकैले सत्ताको नेतृत्व पाउनुपर्ने तर्कमा खासै दम छैन। हिजोका गल्ती नदोहोर्‍याउने र लोकतन्त्रप्रतिको प्रतिवद्धतामा अन्य दललाई विश्वस्त पार्न नसके उसको सरकारमा जाने सम्भावना र औचित्य देखिँदैन।

घोषित मितिमा संविधान जारी नभए पनि यही सरकारको निरन्तरता प्रमुख प्रतिपक्षलाई मात्र होइन सत्ताधारी नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पनि मान्य हुने छैन। अहिले नै एमालेको केन्द्रीय समितिमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्तावमा सरकार असफल भएको निष्कर्ष निकालिएको थियो। आफूलाई असहयोग गर्ने हो भने १५ वर्षको महासचिव भएको अनुभवको आधारमा अरूलाई पनि सफल हुन नदिने प्रधानमन्त्री माधवकुमार नेपालको धम्की सुनेपछि अध्यक्ष झलनाथ खनालको प्रस्तावलाई नरम पारियो। तैपनि एमालेभित्रको विवाद भुसको आगोसरह सल्किरहेको छ र कुनै पनि बखत दन्किन सक्छ। त्यस अवस्थामा सल्कने आगो निभाउन अध्यक्ष खनाल, उपाध्यक्ष वामदेव गौतम र अशोक राई, महासचिव ईश्वर पोखरेललगायतका पदाधिकारी बाल्टीमा पानी लिएर अगाडि आउने छैनन्। आफ्नै पार्टी एक ढिक्का नभएका अवस्थामा सरकारको नेतृत्व गर्ने नैतिक साहस गर्न प्रधानमन्त्री नेपालले सक्ने छैनन्।

देशमा यसरी उत्पन्न हुने राजनीतिक संकट र शून्यमा नेपाली कांग्रेस दह्रो र भरपर्दो शक्तिका रूपमा खडा हुनुपर्ने थियो। तर, कांग्रेस आन्तरिक संकटको दलदलमा फसेको छ। यसैबीचमा कांग्रेसको महाधिवेशन हुँदैछ। कांग्रेसको ६० वर्ष बढीको इतिहासमा अब हुने महाधिवेशनबाट नेतृत्व दोस्रो पुस्तामा सर्नेछ। नेतृत्व पुस्तान्तरण हुँदा निश्चित् रूपमा हलचल हुने छ। अबको कांग्रेसको नेतृत्व कसले लिने भन्नेमा तीव्र होडबाजी सुरु भइसकेको छ। वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति सुशील कोइरालाले अबको कांग्रेसको नेतृत्वको दावी गर्दै सभापतिको उम्मेदवारी घोषणा गरी जिल्ला भ्रमण गरी रहेछन्। कांग्रेसभित्रको मनस्थिति, उनीहरूको काम गर्ने शैली र मुलुकको जटिल राजनीतिक अवस्था हेर्दा सभापतिका अरू उम्मेदवार पनि मैदानमा उत्रने संभावना छ। महाधिवेशनबाट जो सभापति भए पनि तत्कालै नेतृत्व सर्वस्वीकार्य हुने कमै संभावना छ। आदर्शमा सामूहिक नेतृत्व र आन्तरिक प्रजातन्त्रको जतिसुकै दुहाइ दिए पनि त्यसलाई व्यवहारमा उतारेर सर्वस्वीकार्य तुल्याउन हुने कठिनाइ एमाले भित्रको हालको कचिंगल नै देखाएको छ। अध्यक्ष निर्वाचित भए पनि एमालेभित्र झलनाल खनालको नेतृत्व सर्वस्वीकार्य हुन सकेको छैन। अधिवेशन भएको आठ महिनासम्म उहाँले केन्द्रीय समितिको वैठक बोलाउन सकेनन् र हालै सम्पन्न केन्द्रीय समितिमा उनले प्रस्तुत गरेका राजनीतिक प्रस्ताव पनि चर्को विरोधका कारण परिमार्जन गर्न वाध्य हुनुपर्‍यो। कांग्रेसको अवस्था यसभन्दा पनि खराब हुनसक्छ। कांग्रेस अहिलेसम्म एकमना सभापतीय पद्धतिबाट चलेको पार्टी हो। विधानमा संशोधन गरेर बहुपदीय पद्धति बनाइए पनि नेताहरूको मानसिकतामा परिवर्तन आएको देखिँदैन। सामूहिक नेतृत्व र आन्तरिक प्रजातन्त्रलाई पार्टीको जीवन पद्धति बनाउन नेताहरूको छाती निकै ठूलो हुनु जरुरी हुन्छ। नेताको छाती ठूलो भएको अनुभव अहिलेसम्म कांग्रेसका कार्यकर्ताले गर्न पाएका छैनन्।

महाधिवेशनपछि त्यस्तो अनुभव गर्न पाए नेपाली कांग्रेसका कार्यकर्ताका लागिमात्र नभएर शान्ति, स्थिरता र लोकतन्त्रका पक्षधर नेपाली जनताका लागि पनि खुसीको विषय हुनेछ।

जेठ १४ गते संविधान जारी नहुनु मुलुकमा संकट लम्मिनु हो। यस्तो अवस्थामा जटीलता थपिदै जाने छन्। अबको सरकार स्पष्ट उद्देश्य भएको र दरिलो हुनु आवश्यक छ। जनताले ठूलो आशा राखेर संविधानसभाको चुनावमा भाग लिएका थिए। मुख्य तीन दललाई संविधान बनाउन जिम्मेवारी सुम्पिएका जनता सत्ताको लागि नेताहरूले गरेको लुछाचुँडी र समयमा संविधान नबन्ने देखेपछि निराश भएका छन्। विशेषगरी संविधानसभाको सबभन्दा ठूलो दल माओवादी नेपालमा सदियौंदेखि कायम सामाजिक र जातीय सद्भाव समाप्त गर्ने गरी प्रस्तुत भएकोमा जनता थप निरश भएका छन्। दुई वर्षभित्र संविधान बनाउने प्रतिवद्धताका साथ सत्तामा गएको माओवादीले ९ महिनासम्म सरकारको नेतृत्व गर्दा संविधानको प्रारंभिक रूपरेखासम्म प्रस्तुत गर्न सकेन। त्यसपछि सत्ताको नेतृत्व संहालेको एमालेले पनि संविधान निर्माण गर्न आवश्यक राष्ट्रिय सहमति जुटाउन सकेको छैन। संविधानसभामा प्रस्तुत प्रस्ताव हेर्दा कांग्रेस र माओवादी नदीका दुई किनारा भएका छन्। त्यसमा सहमति कायम गर्ने सार्थक प्रयत्न अहिलेसम्म भएको देखिँदैन। आफ्नै पार्टीका वरिष्ठ नेताको नेतृत्वमा सरकार बने पनि एमालेभित्र सरकार र संविधानका मूलभूत विषयमा सहमति बन्न सकेको छैन।

हुनत, मुलुकमा जति नै जटिल परिस्थिति भए पनि राज्य सरकारविहीन अवस्थामा रहन सक्तैन। दुईवटै कम्युनिष्ट पार्टीले समयमा नै संविधान बनाउन र मुलुकमा शान्ति स्थापना गरी द्वन्द्वलाई तात्विक परिणतिमा पुर्‍याउन नसकेपछि इतिहासले अबको जिम्मेवारी नेपाली कांग्रेसलाई सुम्पने तरखर गरेको छ। यसैले कांग्रेसले पर्याप्त गृह कार्य गरेर राष्ट्रिय सहमति कायम गरी मुलुकलाई निकास दिनुको विकल्प देखिँदैन। कांग्रेस पनि असफल भयो भने उग्रदक्षिणपन्थी शक्तिको प्रभुत्व बढ्न सक्छ। यसको सबैभन्दा बढी ख्याल माओवादीले गर्नु जरुरी छ।

(लेखक नेपाली कांग्रेसका नेता हुन्।)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस