बजेट र अपांग
२१ असार २०७३
•
५ मिनेट पाठ
बजेट र अपांग
नेपालका अपांग अपहेलित र पीडित छन्। त्यो पनि आफ्नै परिवारदेखि राज्यबाटसमेत। हुँदाहुँदा केही दिनपछि लागु हुने बजेटले समेत दृष्टि पुर्‍याउन सकेन। सरकारले बजेटमार्फत सामाजिक भत्ता दोब्बर बढाएको उल्लेख गर्‍यो तर अपांगलाई भने यसमा समेटिएन। यसबाटै पनि थाहा हुन्छ कि परिवार, समाज त अपांगप्रति असहयोगी भयो, भयो, सिंगै राज्यसमेत यो समुदायप्रति कत्ति पनि सहिष्णु बन्न सकेन। जसले धेरै अपांगको मन दुःखाएको छ। सरकारसँग ठूलो र निकै आशा संगालेर बसेकाप्रति अन्याय गरेको छ। तर विडम्बना, यसबारे न कतै चर्चा हुन्छ न त सरकारले नै गल्ती महसुस गर्छ।




विदेशीले निकालेका तथ्यांकअनुसार नेपालमा ३० लाख अपांग छन्। सबैतिरबाट अपहेलित भएकै कारण धेरै अपांगहरु मठमन्दिर, सडक, पाटीपौवालगायतका ठाउँमा शरण लिन बाध्य छन्। कुनै पनि स्थान तथा संरचना अपांगमैत्री छैनन्। यही कारण उनीहरु राज्यप्रदत्त सीमित सुविधा लिन पनि असमर्थ छन्। एकातिर बजेटको आकार ठूलो भयो, यो लागु हुनै सक्दैन भनेर कोलोहोलो मच्चाउनेहरु उत्तिकै छन् अर्कोतर्फ यति ठूलो बजेटमा पनि आफ्नै मुलुकका अपांगता भएकाहरु अटाउँदैनन्। यस्तो अवस्थालाई राज्यले नै एउटा ठूलो समुदायलाई हेला वा पक्षपात गरेको अर्थमा किन नबुझ्ने? के अपांगता भएकालाई खान पर्दैन? स्वास्थ्य उपचार गर्नुपर्दैन? हिँडडुल गर्नुपर्दैन? महँगीले उनीहरुलाई चाहिँ छुँदैन? कर्मचारीलाई मात्र बढेको हो महँगी र समस्या? हैन भने किन उनीहरुलाई मात्र हेला गर्ने सबै मिलेर? प्रश्न बडो गम्भीर छ।

एकातर्फ गाउँ समाजले पूर्वजन्मको पापका रूपमा व्याख्या गर्दै तिरस्कार र असहयोग गर्ने, अर्कोतर्फ राज्यद्वारा सञ्चालन हुने सामाजिक कल्याणका कार्यक्रममा पनि नअटाउने भएपछि अपांगता भएकाले गरुन्चाहिँ के? कि उनीहरुले सक्ने काम दिनुपर्छ हैन भने उनीहरुको बसोबास र खानपिनको व्यवस्था मिलाउनुपर्छ कि पर्दैन? एउटै समयमा लागु भएको वृद्ध भत्ता पटक पटक बढाइयो, यो अनुचित छैन तर सँगै वृद्धि भएको अपांग भत्ताचाहिँ नबढाउनुको कारण के हो? ठूलो संख्याका अपांग समुदायले यो प्रश्नको उत्तर खोजिरहेका छन् यतिखेर। तर उत्तर पाउन सकेका छैनन्। भन्ने बेलामा नेताहरु जीविकोपार्जन गर्न पुग्ने भत्ता दिने चिल्ला आश्वासन दिने गर्छन् जब कार्यान्वयनको बेला आउँछ, ठ्याक्कै उल्टो खस्रो व्यवहार देखाउँछन्। यसले अपांगता भएकाको मन कति दुःखाएको होला भन्नेबारे सोचेका छन् सत्तासीनहरुले कहिल्यै?

सरकारी नियमअनुसारको कर अपांगले पनि तिरेकै हुन्छन्। त्यसैले राज्यका सबै निकायमा समान सहभागिता यो समुदायको पनि माग हो। गर्न सक्नेलाई सिप र दक्षताअनुसारको काम तथा कामै गर्न नसक्ने अवस्थाका व्यक्तिलाई जीविकोपार्जनको व्यवस्था गर्नु राज्यको कर्तव्य नै हो। तर न विगतका सरकारले यसप्रति ध्यान दिए न त वर्तमान सरकारले नै अपांग समुदायका समस्या बुझ्न सक्यो। के अपांग मतदानका बेलाबाहेक अरु बेला एक कौडीको पनि मूल्य नभएका समुदाय हुन? हैन भने किन जति रोए/कराए पनि यो समुदायको माग सुनिन्न? हैन भने किन विश्वस्तरका र नेपाली कानुन तथा सम्झौताले नै सुनिश्चित गरेका व्यवस्था पनि लागु हुन्नन्? यस्तो अवस्थाले एकातिर अपांगता भएकाको हालत दिन/प्रतिदिन खराब बन्दै गएको छ भने अर्कोतिर आफैँले बनाएका नियम पनि लागु नगर्ने लज्जित सरकारको भूमिकामा झरेको छ।
अर्को समाचार
अपांगमैत्री बजेट
१७ असार २०७०
•
५ मिनेट पाठ
अपांगमैत्री बजेट
नेपालमा कति अपांग छन् भन्ने एकिन तथ्यांक नभए पनि करिब ३० लाख भएको अनुमान छ। यति ठूलो संख्यामा रहेका अपांगको हितमा सामान्य काम पनि हुन सकेको छैन। हरेक वर्षको असार मसान्तमा नयाँ बजेट आउँछ। बजेट ल्याउने तयारी पनि भइरहेको छ। त्यसैले यतिबेला अपांग हितका लागि सोचिनुपर्ने विषय उठाउनु सान्दर्भिक नै हुनेछ। देशका प्रायः सबै भागलाई यो बजेटले समाउँछ अपांगलाई भने यतिखेरसम्म छुन सकेको छैन। अर्थात् देशको राष्ट्रिय बजेटले अपांगका लागि कुनै काम गर्दैन।
साधारण र विकास खर्चसमेत भनेर नेपालमा सबै जनताका लागि बजेट आउँछ तर यही देशमा रहेका अपांग भने त्यसमा अटाउँदैनन्। केही अपांगले पाउनेगरी दैनिक ९ रुपियाँ ८६ पैसाका दरले व्यवस्था त भएको छ तर भिखजत्तिकै यो रकमले उनीहरुको जीविकामा कुनै सहयोग भने पुर्‍याउँदैन। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सुरु गरिएको यस्तो व्यवस्था केही व्यक्तिमा सीमित छ। नेपाली अपांगलाई यतिसम्म हेपिएको छ कि यही समाजका ७० वर्ष पुगेका वृद्ध र ६० वर्ष पुगेका विधवालाई हरेक माहिना ५ सय रुपियाँका दरले भत्ता दिइन्छ तर अपांगलाई भने मात्र ९ रुपियाँ ८६  पैसा दिइन्छ। यो कम्ता पक्षपात हैन। त्यही पनि सबैले पाउने अवस्था छैन। एउटा मुद्दामा सर्वाेच्च अदालतले समेत मासिक कम्तीमा ५ सय र शारीरिक अवस्था हेरी मासिक ३ हजारसम्म दिनू भनेर सरकारका नाममा गत साल नै आदेश दिएको थियो। तर योसमेत कार्यान्वयन भएको छैन।
यसबाट स्पष्ट हुन्छ, सरकार अपांगप्रति राम्रो दृष्टिकोण राख्न चाहँदैन। बाबुराम भट्टराईको  सरकारले यस्तो भत्ता दिने उमेर ७० बाट घटाएर ६५ वर्षमा ल्याउने र मासिक भत्ता ५ सयबाट बढाएर ७ सय ५० रुपियाँ गराउने सोच अघि सारेको थियो। तर यतिबेला पनि अपांगका लागि छुट्टै सोचिनुपर्ने आवश्यकता ठानिएन। त्यसैले कम्तीमा पनि वृद्ध भत्ताभन्दा कम नहुनेगरी अपांग भत्ता दिन यो सरकारले गम्भीर भएर सोच्नु आवश्यक छ। यस्तो अवस्थामा मात्र अपांगले पनि आफूमाथि पक्षपात नभएको महसुस गर्न सक्नेछन्। लामो समयदेखि एकथरीले राज्यकोषबाट अनेक सविधा पाउने तर अर्कोथरी भने वर्षौंदेखि पीडित र शोषित भइ नै रहने अवस्था स्वीकार्य हुनै सक्दैन। गुलिया नारा दिएर जनता पछि लगाउने माओवादी सरकारमा पुगेका बेलासम्म अपांगका लागि केही नहुनुले सबैलाई निराश बनाएको छ र उसको नियत पनि प्रष्टिएको छ।
दुई पटक शासन गरे पनि माओवादीले अपांग जस्ता पीडितलाई हेर्दै हेरेन। अरु त बुझेनन्, गरेनन्, माओवादीले अपांगको पीडा बुझ्नुपर्दैनथ्यो? के अपांगलाई खानुपर्दैन? यतिसम्म पनि उसले सोचेन। ऊ पनि 'मै खाउँ, मै लाउँ...' को मार्गमा हिँड्यो। त्यसैले उसले पनि जनतामा आशा जगाएरमात्र गयो, केही गरेन। अपांग पनि त्यसको मारमा परे। आखिर अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पनि आफ्नो सक्कली अनुहारमात्र प्रदर्शन गरे प्रधानमन्त्री बनेर। अरु केही गरेनन् वा गर्न आवश्यक ठानेनन् पनि।
यतिबेला प्रधान न्यायाधीशकै नेतृत्वमा सरकार बनेको छ। त्यसैले कानुनी मुलुकमा अदालतले दिएका आदेश मान्नुपर्छ भन्ने उनलाई सिकाउनै परेन। जहाँसम्म अन्य मन्त्रीको कुरा छ, अदालत र यस्तै निकायको आदेश पालना गर्ने उच्च निकायमा धेरै समय बिताइसकेका सचिवहरु नै अहिले फेरि कार्यान्वयन गर्ने ठाउँमै रहेकाले उनीहरुलाई पनि यसबारे बताउनु दुस्साहस हुनेछ। अर्थात् अदालतले अपांगलाई भत्ता दिने विषयमा गरेको आदेश कार्यान्वयन गर्नु र त्यसका लागि बजेट विनियोजन गर्नु यो सरकारको प्राथमिकतामा पर्नुपर्छ। जसका लागि बजेट घोषणाअघि नै तात्नु जरुरी छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस