नयाँ सरकार र मधेसका मुद्दा
११ साउन २०७३
•
९ मिनेट पाठ
नयाँ सरकार र मधेसका मुद्दा
राजनीतिको अन्तिम लक्ष्य सत्ता प्राप्ति भए पनि सत्ता प्राप्तिका लागि संवैधानिक मर्म र जनआकांक्षाको  बेवास्ता गर्नुहँुदैन। एमाओवादी अध्यक्ष प्रचण्डका अनुसार राजनीतिमा कुनै कुरा असम्भव नहुने र सम्भावनाको मार्ग प्रशस्त हुने भनेझैँ सत्ता कुनै एकै शक्तिको हातमा रहिरहन सक्दैन। जब कुनै शक्तिले सत्ता आफ्नो हातमा लामो समयसम्म राखिराख्ने चाहना राख्छ तब निरंकुशता जन्मन्छ। लोकतान्त्रिक मूल्य/मान्यता धराशायी हुन्छ। राजनीतिमा नैतिकको पनि ठूलो महत्व हुन्छ। सत्ता यस्तो कुरा हो जुन जनताले जसलाई जहिले पनि दिन सक्छन् र कसैबाट कुनै बेला पनि खोस्न सक्छन्। अमेरिका जस्तो विकसित मुलुकमा एक जना उमेदवारको पक्षमा कनिष्ट नेता बाराक ओबामाले आकर्षक भाषण गरेका कारण उनलाई राष्ट्रपतिको उमेदवार बनाइयो। जनताले पनि दुई पटकसम्म निर्वाचित गरे। बाराक ओबामाभन्दा धेरै सिनियर नेता हुँदाहँुदै पनि उनलाई अवसर यस कारण दिइयो कि उनमा खुबी थियो। दुई पटकको कार्यकालमा उनीउपर एक पटक पनि अविश्वासको प्रस्ताव यस कारण आएन कि उनमा खुबी थियो। उनमा अमेरिकाको समृद्धि र अमेरिकी जनताको एकता वृद्धि गराउने क्षमता थियो र छ पनि। भारतका पूर्वप्रधान मन्त्री मनमोहन सिंहले दुई कार्यकाल निर्वाधरूपमा चलाए तर कहिल्यै अविश्वासको प्रस्ताव सामना गर्नुपरेन।




२००७ सालदेखि नै नेपालमा प्रजातन्त्रको अभ्यास गरिए पनि अहिलेसम्म न लोकतन्त्र मजवुत हुन सकेको छ न त समृद्धि नै भएको छ। यसर्थ नेपाली लोकतन्त्र र विकास कहिले परिपक्व हुने? भन्ने प्रश्न उठ्ने गर्छ। नेपाल पछाडि पर्नुको मुख्य कारण यहाँका नेतामा नैतिकता अभाव छ भने दक्षताको कदर छैन। जति कमजोरी गरे पनि नेपालमा कुनै मन्त्रीले स्वेच्छाले राजीनामा गरेको इतिहास छैन भने पार्टीभित्र जस्तोसुकै योग्य नेता भए पनि संस्थापन पक्षको काखी नच्यापे अवसर नै पाउँदैन। शीर्ष नेता अक्सिजनबाट जीवित रहे पनि भेन्टिलेटरमा बाँच्नुपरे  पनि मरणोपरान्त कुर्सीमा बसेको हुनैपर्छ। यसर्थ यहाँ दक्षता होइन, व्यक्तिको महत्व छ। यहाँ निश्पक्षता, होइन पक्षपातीहरु हावी छन्। सबैभन्दा ठूलो विडम्बना त के छ भने निश्पक्ष सुझाव दिने न्यायकर्मीको अभाव  छ। उही कानुन पढेका एउटा कानुनविद्ले एउटा सुझाव दिन्छ भने अर्को कानुनविद्ले अर्को सुझाव दिन्छ। वास्तवमा भन्ने हो भने विवादको कारक कानुनी सलाहकार नै छन्। अहिलेकै विवादमा संविधानको एउटै धारा २९८ को व्याख्या सतापक्षधर वकिलले एउटा गरेका छन् भने प्रतिपक्षका वकिलले अर्कै। वास्तविकता दुवैलाई थाहा छ तर यथार्थ बोल्न सकिरहेका छैनन्। किनभने उनीहरु स्वार्थबाट घेरिएका छन्। सल्लाह पनि उसैसँग लिने गरिएको छ जो स्वतन्त्र र निश्पक्ष छैनन्। जो वादबाट घेरिएका छन्।

मधेसीउपर बन्दुक प्रहार हँुदा तिनै प्रचण्डले अफसोस पनि गरेनन् तर यतिखेर आफू प्रधान मन्त्री बन्नलाई मधेसीको पीडा पोख्दैछन्। मधेसवादी पनि उनकै साथ देखिएका छन् जबकि मधेसको सवालमा ओली, प्रचण्ड र देउवामा केही फरक छैन। मधेसको सवाल तबमात्र पूरा हुन्छ जब संविधान संशोधन हुन्छ। संविधान संशोधन हुन दुई तिहाई चाहिन्छ। दुई तिहाई पुग्न तीन ठूला दल मिल्नैपर्छ। यसर्थ देउवा र प्रचण्डलाई समर्थन गरी ओलीलाई बाइपास गरेर मधेसवादीले केही पाउने अवस्था देखिन्न। सुशील कोइरालालाई प्रधान मन्त्रीमा मत दिन संसद्मा भाग लिएर गरेको गल्ती मधेसकेन्द्रित दलले पुनः दोहोर्‍याए। जसबाट फेरि मधेसी एकपटक अझ धोका खाने निश्चित छ। केही नेताहरु सरकारमा जालान् तर संविधान मानेका छैनौं भन्ने आधार गुमेको छ।

अर्काेतर्फ यही कारण आन्दोलनको नैतिक आधार समाप्त हुन्छ। यसर्थ मधेसवादीले गम्भीर चिन्तन मनन गर्नुपर्थ्यो यो विषयमा। संविधानमा एकपछि अर्को गर्दै देखिएका भ्वाङले सबैलाई भन्न बाध्य पारेको छ कि संविधानमा थुप्रै त्रुटि रहेछन्। त्यसैले मधेसकेन्द्रित दलले उठाएका आवाज जायज रहेछन् भन्नेहरु बढ्दैछन्। यस्तो अवस्थामा हामी सबैले बुझ्नैपर्ने दुईवटा कुरा के हो भने कुनै पनि बहुदलीय व्यवस्थामा संविधानमा जस्तो व्यवस्था लेखिए पनि संसद्मा बहुमत प्राप्त गर्नेले मात्र सरकार चलाउँछ। अर्को कुरा अब्राहम लिंकनले भन्नेजस्तै जस्तोसुकै परिस्थितिमा पनि सत्य बोल्न डराउनुहँुदैन। सत्य र न्यायको पक्षमा जहिले पनि उभिनुपर्छ। अनिमात्र लोकतन्त्र एवं समृद्धिमा टेवा पुग्छ। राजीनामा दिइसकेका प्रधान मन्त्रीले पनि मधेससँग अनुचित व्यवहार गरेको स्वीकार गर्नुपर्छ। यसरी सबै मिलेर जारी संविधानमा धेरै कमजोरी छन् भने कुरा आत्मसात गरी समयमै सच्याउन जरुरी छ। होइन भने संघीयतामात्र असफल हुँदैन, राष्ट्रिय एकता एवं अखण्डतामा पनि खतरा बढ्न सक्छ।

अब प्रचण्ड प्रधान मन्त्री बन्दैछन्। उनले यसबीचमा महँगी बढेको, जनतालाई विभेदमा पारिएको, छिमेकीसँगको सम्बन्ध बिगारेको दोष लगाएका छन्। यस्ता असफलताको जिम्मेवार ओलीमात्र हुन् त? त्यसमा प्रचण्डको भागिदारी छैन? यदि प्रचण्डको भागिदारी छ भने उनी पनि असफल भएको ठहर्छ र एउटा सरकारमा असफल भएको नेतालाई पुनः अर्को सरकारको जिम्मेवारी दिँदा सफलता पाउने आधार के? विश्लेषणलायक विषय छ। वर्तमान संविधान निर्माण र सरकार गठनको मूल नाइके नै प्रचण्ड हुन्। उनी मधेसमैत्री भइदिएका भए ३६ पटकको वार्ता पनि असफल हुने थिएन र सयकडौँ मधेसी मर्नुपर्ने पनि थिएन। उनकै नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र पनि गठन भएकाले उनले यस्ता काम रोक्न सक्थे तर रोकेनन्। अर्कोतर्फ छिमेकी र मधेसको सवालमा जति कटाक्ष ओलीले गरे त्योभन्दा कम प्रचण्डले पनि गरेका छैनन्। अन्धराष्ट्रवादको कुरा गर्नेमा पनि उनी ओलीभन्दा कमरूपमा प्रस्तुत भएनन्। यसबाट भन्न सकिन्छ कि वर्तमान सरकारको असफलतामा ओलीभन्दा प्रचण्डको भूमिका बढी छ। यी सबै कुरालाई शिरोपर गर्दै मधेसकेन्द्रित दलहरु यो सरकारसँग पनि निकै सतर्क भएर अघि बढ्नु जरुरी छ।

अधिवक्ता
अर्को समाचार
मधेसका मुद्दा सम्बोधन गरिएमात्र सहमतिको सरकार : मधेसका तीन दल
२४ असार २०६७
•
२ मिनेट पाठ
मधेसका मुद्दा सम्बोधन गरिएमात्र सहमतिको सरकार : मधेसका तीन दल
काठमाडौँ, असार २४- मधेसवादी तीन दलका शीर्ष नेताले मधेसका मुद्दालाई सम्बोधन गरिए आफूहरु राष्ट्रिय सहमतिको सरकारको पक्षमा रहने बताएका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई-मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी तथा नेकपा (एमाले) बीच भएको बैठकमा उनीहरुले त्यस्तो बताएका हुन्।




आज सदभावना पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले मधेसवादी दलहरु मधेसका मुद्दामा गम्भीर रहेकाले राष्ट्रिय सहमतिको सरकार बन्नुअघि मधेस मुद्दाप्रति सम्वेदनशील भई समाधानका पक्षमा एकजुट हुनुपर्ने बताए।

उनले सरकारको नेतृत्वका बारेमा भने बैठकमा छलफल नभएको तथा त्यसलाई आपसी परामर्शमा पछि टुङ्गो लगाउने सहमति भएको जानकारी दिए। 

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अब सहमति हुँदा प्रमुख तीन राजनीतिक दलले आफूहरुलाई पनि सहभागी गराएर मधेसका मुद्दालाई सम्बोधन गरिनुपर्ने धारणा व्यक्त गरेका बताए।

बैठकमा एमालेले सरकारका लागि आफ्नो नेतृत्व दावी नगरेको र अहिलेकै अवस्थामा एकीकृत नेकपा (माओवादी) लाई नेतृत्व दिन पार्टी तयार नभएको धारणा सो पक्षबाट आएको जानकारी पनि उनले दिए।

बैठकमा एमाले अध्यक्ष खनाल, संसदीय दलका प्रमुख सचेतक भीम आचार्य, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, नेता हृदयेश त्रिपाठी, मृगेन्द्रकुमारसिंह यादव, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार तथा सदभावना पार्टी अध्यक्ष महतो र सहअध्यक्ष कर्णको उपस्थिति थियो।
- रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस