दलका नाइकेले शक्तिको दुरुपोग गरी आआफ्ना अपराधीलाई पञ्च खत माफ दिने र सैन्य बलका दोषीलाई काँधमा बोक्ने गरेपछि समाजमा अव्यवस्था, अराजकता र हिंसाको बिगबिगी नभएर अरू के होस्?
हे भगवान्,
प्रणाम।
कुनै अविदित लोकमा तिम्रो अस्तित्व होला भन्ने ठानेर मैले तिमीलाई गुहारेको होइन, भगवान्। यो कथित नेपाल सरकार भएको नेपाल नामक देशको भयावह सुरक्षा स्थितिमा नागरिकहरूको चरम असहाय र निरीह अवस्थाको दुःखपुकारा हो। भगवान्को स्रष्टा मानिसै हो। मानिसको अज्ञान, अन्योल र भयबाट उत्पन्न आत्महीन मनोदशाको धरालतमा तिम्रो सृष्टि भएको हो। आफ्नो लघुताको जगमाथि मानिसले तिम्रो विराट् रूपको रचना गर्यो। र, मानिसले अभाव, अज्ञान, अन्योल र भयका कष्टकर क्षणमा तिमीमा सहारा, ढाडस र सान्त्वना खोज्यो। राज्यविहीन र सरकारविहीन यो अराजक कोलाहलमा तिमीलाई गुहारेर तिमीबाट मैले खोजेको पनि यही नै हो, भगवान्।
कत्राकत्रा सङ्घर्ष र आत्मबलिदानको जगमाथि कत्रो विजयोल्लास र हर्षोद्गारबीच सङ्घीय लोकतान्त्रिक गणतन्त्रको न्वारान भएथ्यो। तर, भगवान्, माधव सरकारको आयु पौने वर्ष पुग्दा नपुग्दै नेपाल रौरव नर्कतुल्य हुन पुग्यो। नागरिक जीवन सर्वथा मूल्यहीन भयो। आततायी अपराधीहरूद्वारा धम्की दिइनु, अपहरित हुनु, प्रताडित हुनु वा मारिनुसमेत पनि ख्यालठट्टाजस्तो भइसक्यो। अब त भगवान्, मारिएर समाचार बन्न पनि सार्वजनिक व्यक्तित्व हुनुपर्ने भयो। शासनको आसनमा बस्ने पाषाण हृदयीका नजरमा जनसाधारण मारिनु र कमिला मारिनुमा कुनै भेद रहेन।
असली सञ्चारकर्मी निमुखाको आकाङ्क्षा र मर्कालाई वाणी दिने जागरुक, जोदाहा र जोखिममुखी जीव हो। तर, भगवान्, यो मूल्यवान् जीवको भौतिक अस्तित्व नै खतरामा परिसक्यो। सञ्चार उद्यमी जमिम शाह राजधानीको नाभिस्थलमा कथित कडा सुरक्षा घेराभित्र मध्ये दिनमा फिल्मी शैलीमा मारिए। यतिका दिन बित्दा पनि तिनको बध गर्ने व्याधाको अत्तोपत्तो छैन। दुराचार र भ्रष्टाचारको आहालमा डुबेको सरकार नामक भीडलाई कुनै पिरोलो छैन। जनकपुरका लोकप्रिय समाजसेवी र सञ्चार उद्यमी अरुण सिंहानिया रङ्ग उत्सवको सुखद् क्षणमा जनकपुर नगरीको नाभिस्थलमै मारिए। तिनको हत्याको नियति पनि सके जमिमकै जस्तो होला। निकम्मा सरकारले लोकका आँखामा छारो हाल्न एउटा कर्मकाण्डी आयोग बनाउला, अपराधीलाई माटामुनिबाटै भए पनि खोजेर निकाल्छु भनी अनर्थ बकबक गर्ला र सदाझैँ अपराधिक काण्ड फासफुस होला। नागरिकको नून खाएपछि सरकारले तिनको जिउज्यान र मानको रक्षा गरी नूनको सोझो गर्नुपर्ने हो। तर, भगवान्, माधव सरकार नमकहराम ठहरियो। को, कहाँ, कुन बेला मारिने हो केही ठेगान छैन। असुरक्षाबाट उत्पन्न विकराल भयको घनघटामुनि सिङ्गो समाज निसास्सिइरहेछ। सरकार नामक संवेदनहीन, दायित्वहीन, लम्पट र भ्रष्ट निकायबाट नागरिकको सुरक्षार्थ केही नहुने भो। कतै छौ भने तिमी केही गर्न सक्दा हौ कि, भगवान्?
सुनिन्छ, नागरिक सुरक्षाको जिम्मा लिई बसेको प्रहरी संस्थाका नायकहरू स्वयं नै असुरक्षाबाट आतङ्कित हुँदा छन्। काठमाडौँका सुरक्षा इन्चार्ज नवराज सिलवालले त मुख खोलेरै भनिसके। यस्तो निरीह सुरक्षा सञ्जालबाट नागरिकले के आशा गर्ने, भगवान्? जमिन हत्या प्रकरणमा अहिलेका र पहिलेका प्रहरी अधिकृतहरू नै मुछिएको कथाले नागरिकहरूलाई झनै आतङ्कित तुल्याएको छ। प्रहरी प्रधान कार्यालयको गुनासो छ, सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न न स्रोतसाधन पर्याप्त छ न जवान पर्याप्त छन्। तर, भगवान्, माधव सरकारले राज्यको कोष लुटेर र हसुरेर सखापै पारिसक्यो।
सरकार जस्तो छ मातहतका निकायहरु त्यस्तै हुनु कुन आश्चर्यको कुरा हो र? हारेका, लोकदृष्टिमा गिरेका र दुनियाँले छिःछिःदूरदूर गरेका खलपात्रहरूको विद्रूप योगबाट बनेको छ माधव सरकार। नागरिकको सुरक्षा र मर्यादा, शान्तिप्रक्रियाको सुरक्षा र प्रबर्द्धन तथा संविधान लेखनमा माधव सरकारको न चासो छ न चिन्तै छ। यसको चासो र चिन्ता फगत लूट र भ्रष्टाचारको धन्दामा, अराजक वातारणको सिर्जनामा, राजनीतिक एवं नैतिक प्रदूषणको प्रसारमा र जसरी हुन्छ आफ्नो अवाञ्छित आयु लम्याउनुमा छ। भुक्तभोगी लोक हाक्काहाक्की भन्न थालिसक्यो, छयालीस सालयताको यो सबैभन्दा निकम्मा र भ्रष्ट सरकार हो। भगवान्, बिहान नागरिकले माधव सरकारका सकल खलपात्रलाई सम्झ्यो भने उसको दिन नै बिग्रन्छ। बेलुका सम्झे सपना भयावह हुन्छ। जहाँ मन्त्रीका हातबाट सीडीओ आफ्नो कुर्सीमै कुटिन्छ र अपराधमार्गी सरकारले कुटनेलाई पुरस्कृत र कुटिनेलाई दण्डित गर्छ त्यस्तो सरकारबाट नागरिकले सुरक्षाको अपेक्षा गर्नुभन्दा ठूलो मूर्खता के हुँदो हो, प्रभु? नागरिक असुरक्षाको स्रोत माधव सरकार स्वयं हो। यो पङ्गु र पत्रु सरकारबाट हामी नागरिकलाई मुक्त गर्ने केही उपाय होला कि, भगवान्?
नातावाद, कृपावाद र दण्डहीनता माधव सरकारको प्रिय धर्म र नित्य कर्म बनेको छ। सुरक्षा निकायमा योग्यता, दक्षता, अग्रसरता र इमानलाई कहीँ कतै ठाउँ छैन। सबैतिर खलनायकी सरकारका आफ्ना मान्छे र पत्रु मान्छेलाई मात्र ठाउँ र भाउ छ। अनि सुरक्षा निकायमा दायित्वबोध, अग्रसरता र इमान कसरी कायम हुन्छ? राजनीतिक दलका कतिपय उन्मादी कार्यकर्ता अपराध कर्ममा मुछिन्छन्। ती चिनिन्छन्। तर, दण्डित हुँदैनन्। दल नाइकेहरू दलीय शक्तिको घोर दुरुपोग गरी आआफ्ना अपराधीलाई पञ्च खत माफी दिन्छन्। सैन्य बलका दोष किटान भएका अधिकृतलाई काँधमा बोकेर सरकार दण्डहीनताको पगरी गुथाइ माग्छ। तब भगवान्, समाजमा अव्यवस्था, अराजकता र हिंसाको बिगबिगी किन नहोस्? माथिका देखिनेहरूलाई हेरेर तलकाले सिको गर्ने त हुन्।
भनिसकेँ भगवान्, माधव सरकार यति विधि पंगु, नमकहराम, भ्रष्ट र अराजकताबर्द्धक छ। तैपनि, यसैलाई सरकार भन्न हामी नागरिक अभिशप्त छौँ। यस्तो सरकारलाई सरकार भन्नु त भगवान्, सरकार नामक संज्ञाकै उग्र मान मर्दन हो। र, यस्तो सरकारको चर्चा गर्नु कागतलाई प्रदूषित तुल्याउनु हो। तर, के लाग्छ भगवान्, पत्रकार महासंघ यही कुरूप सरकारसामु सञ्चारजगत्को सुरक्षाका लागि गुहार माग्न विवश छ। सम्पादकगण यही सरकारसामु हात पसार्न लाचार छ।
माफ पाऊँ भगवान्, मैले जन्मजात उपहासको पात्रमा गनिएको माधव सरकारबारे यति धेरै शब्द खर्च गरेर सुन्दर अर्थबाहक शब्दकै अपमान गरेँछु। औँलो उठाउनु पर्ने त यो पाङ्दुरे सरकार बनाउने र यो नभए घाँटीबाट गाँसै छिर्दैन भनेझैँ गर्ने बाइस दलतर्फ पो हो। हे भगवान्, माधव सरकारका परम् भक्त, पूजक र रक्षक बाइस दललाई फकाइफुल्याई र सम्झाइबुझाई गरेर, त्यतिले नमाने हप्कीदप्की गरेर, त्यतिले पनि नामने चराचर जगत्का अभिभावकका नाताले प्रेमपूर्वक एकाध हल्का चड्कन प्रदान गरेर यो सरकार मिल्काइपाऊँ, प्रभु। भगवान्का मुखारविन्दबाट बाइसे गुरुजीले सुनून् - सारा जगत्का नाकमा यो सरकार गन्हाइसक्यो, तिमीहरूको नैतिक घ्राणशक्ति के भएको हो? माधव सरकारका वचन, कर्म र आचरणबाट तिमीहरूका निधारभरि कलङ्कका हेरिनसक्नु सहस्र दाग लागिसके, ती दाग हेर्ने नैतिक ऐना तिमीहरूसँग छैन?
भगवान्, अटल अनिश्वरवादी र कडा भौतिकवादी कमरेड प्रचण्डसमेत आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने दिशामा कुनै पनि राजनीतिक उपायले काम नगरेपछि हारथाक र लाचार भएर महिष पूजनको शरण परेका छन्। भन्देखिन् मैले प्रभुको पुकारा गरेर अर्घेल्याइँ गरेँजस्तो लाग्दैन। हे भगवान्, असुरक्षाबाट भयभीत र आतंकित हामी निरुपाय जनप्रति करुणा प्रदर्शन गर! अव्यवस्था र अराजकताको धमिलो पानीमा माछा मार्न तम्सिएका मण्डले भन्दा छन् - राजा आऊ, हामीलाई बचाऊ। तर, म भन्छु - भगवान्, छौ कतै भने तिमी आऊ, हामीलाई बचाऊ। पुनःपुनः मेरो प्रणाम, भगवान्।