समस्या बढेपछि तात्ने तर बेला नबित्दासम्म बेवास्ता गर्ने प्रवृत्तिले अर्थतन्त्र पनि गम्भीर संकटमा पर्ने जोखिम बढाएको छ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स आर्जन गत वर्षको त्यही अवधिको तुलनामा ६.५ प्रतिशतले मात्र बढ्दा सर्वत्र चर्चा भयो। यसप्रति चिन्ता व्यक्त गर्दै दर्जनभन्दा बढी सेमिनार, गोष्ठी र अन्तरक्रिया आयोजना गरिए। पत्रपत्रिकामा विज्ञ, प्रशासक र व्यवसायीका लेख प्रकाशित गरिए। रकारको ध्यान आकर्षित भया र प्रधानमन्त्री स्वयंले आफ्नो धारणा व्यक्त गर्नु पर्यो। तर स्थितिमा सुधार ल्याउने सम्बन्धमा सरकार गम्भीर हुन भ्याउँदानभ्याउँदै नेपाल राष्ट्र बैंकले पाँच महिनाको प्रतिवेदन सार्वजनिक गर्यो। त्यसमा रेमिटेन्स आर्जनमा केही सुधार भएको अर्थात् १०.४ प्रतिशतले बढेको देखियो। त्यसपछि यस सम्बन्धी चर्चा ठयाक्कै बन्द भयो। अहिले त्यस सम्बन्धमा कुनै चर्चा वा टिप्पणी भइरहेको छैन। यो नेपालको स्थायी प्रवृत्ति नै भएको छ।
यस्तै प्रवृत्तिका कारण नेपाल अहिले सबै क्षेत्रमा समस्यै समस्याको पहाडले थिचिएको छ। अर्को प्रतिवेदनमा रेमिटेन्स घटेको देखियो भने चर्चा र टिप्पणी फेरि सुरु हुनेछ। रेमिटेन्स अघिल्लो महिनामा ६.५ प्रतिशतले मात्र बढेको अकारण थिएन। त्यसका गम्भीर कारण थिए र ती कारण अहिले पनि कायमै छन्। तर जिम्मेवार निकायहरू यस सम्बन्धमा संकट टर्यो झँै गरेर निश्चिन्त रहेका छन्।
नयाँ सरकार बनेको सुरुको महिना खुब चुरीफुरी देखाउँछ। यो गर्छु र त्यो गर्छु भनी जनआकांक्षा बढाउँछ। मंत्रालयका समस्या बुझ्न, बधाई र स्वागत ग्रहण गर्न र गृह जिल्ला भ्रमण गर्नमा केही महिना बितेपछि सरकार परिवर्तनको चर्चा चल्न थाल्दछ। त्यसपछि विदेश भ्रमणको कार्यक्रम बनाउने र रकम बटुल्ने (केही अपवादलाई छोडेर) धन्दा सुरु हुन्छ। अनि नभन्दै सरकार ढल्छ। अर्को सरकारको नियति पनि यसभन्दा फरक हुदैन। नेपालमा यो शंृखला सुरुदेखि नै चलिरहेको छ। कहिलेसम्म चल्ने हो अनुमान गर्नै नसकिने भएको छ। यस्तो स्थितिमा मुलुकले प्रगति गरेन भनेर गुनासो गर्नुको कुनै अर्थ हुदैन।
जनआन्दोलन २०४६ को सफलतापछि राजनीतिले स्थिरता र स्थायित्व लेला भन्ने स्वभाविक अपेक्षा पुरा भएन। अस्थि।तको शृंखला स्थायी रूपमै टुटाउन नेपाली जनता दास्रो जनआन्दोलन सडकमा ओर्ले र आन्दोलन सफल पनि भयो। तर त्यसको चार वर्ष पुग्नलाग्दा पनि मुलुकले बाटो भेट्टाउन सकिरहेको छैन। अहिले त बाटो खोज्ने सामूहिक प्रयास नै शिथिल बन्दै गएको छ। यस्तो स्थितिमा मुलुकको अर्ततन्त्रतर्फ कस्ले ध्यान दिने? यसरी नेपालको अर्थतन्त्र बेवारिसजस्तो भएको छ।
यस्तै कारणले अघिल्लै सरकारको पालामा तयार भएको नयाँ औद्योगिक नीति र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीति विगत एक वर्षदेखि अलपत्र छन्। अन्य क्षेत्रका नीतिको अवस्था पनि यस्तै होला। यस्ता नीति पारित गर्न संसद्मा जानु पर्दैन। हुँदाहँुदा यस पटक दसैँ तिहारको अवसरमा जनताले बैंकहरूबाट आफ्नो रकम भुत्कानी पाउन सकेनन्। विगत केही महिनादेखि अर्थतन्त्रमा नगदको (तरलता)े चरम अभाव रहेकोले बैंकहरूले ऋण लगानी गर्न पाएका छैनन्। त्यसैगरी गत वर्षसम्म बीसाँैं अर्ब रुपैयाको शोधानान्तर बचत भएकोमा यस वर्षदेखि त्यति नै रकमको घाटा भएको छ। यसबाट मुलुकको बैंकिंग तथा वित्तीय क्षेत्र कुन बेला कस्तो भड्खालोमा पर्ने हो भन्ने चिन्ता बढेको छ।
नेपाल राष्ट्र बैंकको पाँच महिनाको आर्थिक प्रतिवेदनले नेपालको वैदेशिक व्यापारको अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको देखाएको छ। दुनियामा कुनै यस्तो मुलुकको कल्पनासम्म गर्न सकिँदैन जस्को कुल वैदेशिक व्यापारमा निर्यातको अंश केबल १४.१ प्रतिशत र आयातको अंश ८५.९ प्रतिशत होओस्। तर नेपालमा अहिले यसो भएको सो प्रतिवेदनको तालिका नं ३६ ले देखाएको छ। त्यसैगरी दुनियामा यस्तो मुलुक पनि भेट्न सकिदैँन जस्को कुल निर्यातले कुल आयातको १६.४ प्रतिशत अंशमात्र पूर्र्ति गरेको होस्। नेपालमा यो स्थिति रहेको पनि त्यही तालिकाले देखाएको छ। यस अवधिमा नेपालको कुल निर्यात १८.७ प्रशितले ह्रास र आयात ३२.८ प्रतिशतले वृद्धि भई व्यापार घाटा ५१.८ प्रतिशतले बढेको छ। नेपालको वैदेशिक व्यापारको स्थिति यो वर्षमात्र बिग्रेको भने होइन। विगत वर्षका तुलनामा यस वर्ष ह्रासोन्मुख प्रवृत्तिमा थप तीब्रता आएको मात्रै हो। यसो हुनुमा विश्व आर्थिक संकट पनि जिम्मेवार हुन सक्छ। यस अवस्थामा मुलुकको शोधनान्तर स्थिति ऋणात्मक हुनु र विदेशी मुद्राको संचिति घट्नु आश्चर्य हँुदैन।
आश्चर्य चाहिँ के हो भने वैदेशिक व्यापारको अवस्था यसरी दिनानुदिन बिग्रदैजाँदा पनि सरकारभित्र र बाहिरसमेत यस सम्बन्धमा कुनै चिन्ता र चासो व्यक्त गरिएको पाइदैँन। सबै सामान्य र ठीकठाक चलिरहेजस्तो पो छ। विगतमा नेपालको तेश्रो मुलुकतर्फको निर्यातमा महत्वपूर्ण स्थान भएको तयारी पोसाक र उनी गलैचाको अवस्था अहिले धेरै खस्केको छ। यस अवधिमा उनी गलँैचाको निर्यात ३६.९ प्रतिशतले र तयारी पोसाकको निर्यात २०.८ प्रतिशतले घटेको छ। यो क्रम विगत धेरै वर्षदेखि चलिरहेको छ। स्थिति यसरी बिग्रेर जाँदा पनि जिम्मेवार निकायबाट सुधारका लागि कुनै गम्भीर कदम चालिएको छैन। रेमिटेन्सले चाहिएभन्दा बढी विदेशी मुद्रा दिई रहेसम्म त ठीकै छ, काम चलिरहेको छ भन्न सकिन्थ्यो तर त्यो स्रोतबाट विदेशी मुद्रा घट्न थालेपछि के गर्ने हो कसैसंग कुनै जबाफ हँदैन। यस्तै रहने हो भने नेपालको अर्थतन्त्र कुनै पनि बेला डरलाग्दो संकटमा पर्ने अवश्यम्भावी छ।