पत्रकारले सोधे- शान्ति सुरक्षा नदिने मन्त्रीको राजीनामा माग्नु कसरी अनुचित हुन्छ?'
'किनभने यसले मगन्ते संस्कृति प्रोत्साहित हुन्छ।' मन्त्रीजीले भन्नुभो- मगन्तेहरू प्रोत्साहित हुँदा मुलुक गरिब हुन्छ।
पार्टी बैठकमा गृहमन्त्रीको राजीनामा माग भएको घटना बारे पत्रकारले गरेको प्रश्नको जवाफमा मन्त्रीजीले भन्नु भो- 'यो मुलुकविरुद्ध षड्यन्त्र हो।'
'कसरी?' पत्रकारको यस प्रश्नको जवाफमा गृहमन्त्रीले भन्नुभो- 'विगतको रेकर्ड हेर्नोस्, अहिलेको रेकर्डसँग दाज्नोस् स्थिति आफै प्रस्ट हुन्छ।'
'एक महिनामा दुइजना ठूला सञ्चार उद्यमीको हत्या भयो। ' पत्रकारले भने- पहिलेभन्दा अहिलेको रेकर्ड खराब छ भन्ने यसले पुष्टि गर्दैन?
'कसरी गर्छ?' मन्त्रीजीले प्रश्न गर्नुभो- 'पहिले दिनमा दर्जनौ मर्थे, अहिले त्यस्तो छैन।' मन्त्रीजीले मन्त्रालयलाई उपलब्ध तथ्यांक सञ्चारकर्मी समक्ष प्रस्तुत गर्दै भन्नुभो- 'खुम बहादुरजीको पालामा दैनिक औसत एक दर्जन मर्थे, गोविन्दराजजीको पालामा समेत यस्तै थियो, अहिले मेरा पालामा स्थिति त्यस्तो छैन।'
'तर, अब दिउँसोमासै मारिन थाले।' पत्रकारले भने- जमिम शाह दिनको दुई बजे मारिए, अरुण सिंहानिया समसाँझै मारिए यसो हुनु राम्रो हो?
'राम्रो हो।' मन्त्रीजीले भन्नु भो- 'पहिले प्रायः राती मारिन्थे अहिले दिउँसो मारिन थाले यो समेत सकारात्मक संकेत हो।'
'रातको अंधकारको साटो दिउँसै मान्छे मारिनु कसरी सकारात्मक हुन्छ?' पत्रकारले चित्त बुझाएनन्- 'यो अझ नकारात्मक होइन र?'
'किमार्थ होइन।' मन्त्रीजीले भन्नुभो- मानिस अब रातको समयमा निश्चिन्त सुत्न सक्छन्। उहाँले बताउनु भो- यसरी निश्चिन्त सुत्न पाउनु भनेको निन्द्रा पर्याप्त पुग्नु हो, जब निन्द्रा राम्ररी पुग्छ मान्छे स्वस्थ हुन्छ, स्वस्थ नागरिक देशको सम्पत्ति हो।' मन्त्रीजीले सोध्नु भो- 'के सम्पत्ति नराम्रो कुरा हो? '
'होइन।' पत्रकारले भने- सम्पत्ति राम्रो कुरा हो।
'म पनि त्यही भन्छु।' मन्त्रीजीले भन्नुभो- सम्पत्तिले समृद्धि ल्याउँछ, सम्पन्नता ल्याउँछ जब देशमा सम्पन्नता आउँछ, त्यपछि गणतन्त्रको संस्थागत विकास हुन्छ। मन्त्रीजीले पुनः प्रश्न गर्नुभो- 'के गणतन्त्रको संस्थागत विकास आवश्यक छैन?'
'आवश्यक छ।' पत्रकारले भने- गणतन्त्रको संस्थागत विकास राम्रो कुरा हो।'
'म पनि यही भन्छु।' मन्त्रीजीले भन्नुभो- 'गणतन्त्रको संस्थागत विकास हाम्रो गन्तव्य हो।'
'तर खुलेआम मान्छे मारिन थाले।' पत्रकारले भने- 'कसरी हुन्छ गणतन्त्रको संस्थागत विकास? '
'गणतन्त्र आयो कसरी?' मन्त्रीजीले भन्नुभो- 'पहिले यस प्रश्नको जबाफ खोज्नोस्।'
'कसरी आयो?' पत्रकारले भने- 'तपाईँ नै जबाफ दिनोस्।'
'नेपाली जनताको बलिदान ले।' मन्त्रीजीले भन्नुभो- 'हजारौँ मानिस मारिएपछि गणतन्त्र आयो। '
'गणतन्त्र ल्याउन मान्छे मरे।' पत्रकारले सोधे- गणतन्त्र आइसकेपछि किन मर्नुपर्यो?
'गणतन्त्र संस्थागत गर्न।' मन्त्रीजीले भन्नुभो- ' हिजो गणतन्त्र ल्याउन बलिदान चाहिएको थियो आज गणतन्त्र जोगाउन देशले बलिदान मागेको छ।'
'जनताले सधैंँ बलिदान दिनुपर्ने?' पत्रकार रिसाए- तपाईँले केही दिनु पर्दैन?
'के दिने?' मन्त्रीजीले भन्नुभो- मैले दिन के बाँकी छ?'
'राजीनामा।' पत्रकारले भने- 'तपाईँ राजीनामा दिन तयार हुनुहुन्छ?'
'छैन।' मन्त्रीजीले भन्नु भो- 'यो परम्पराविरुद्ध हुन्छ।'
'कसरी?' पत्रकारले सोधे- जनताले बलिदान दिनुपर्ने, तपाईँ चाहिँ राजीनामासम्म नदिने :
'जनताले बलिदान दिनु परम्पराको निर्वाह गर्नु हो।' मन्त्रीजीले भन्नुभो- 'मैले राजीनामा नदिनु पनि परम्पराको सम्मान गर्नु हो।'
'कसरी त्यसो भन्नु हुन्छ?' पत्रकारले सोधे- 'आफ्नो फाइदाका लागि जे पनि भन्ने?'
आजसम्म कुनै गृहमन्त्रीले मान्छे मरेका कारण राजीनामा दिए? मन्त्रीजीले भन्नुभो - 'बताउन सक्नुहुन्छ?'
'दिएनन्।' पत्रकारले भने- कसैले दिएको सम्झना छैन।
'दिएको भए पो सम्झना हुन्छ।' मन्त्रीजीले भन्नुभो- बरु उनीहरू अडिग भएर बसिरहे। तिनले परिस्थतिको सामना गरे, माग्नेहरूले मागी रहे, तिनले बुझेका थिए राजीनामा माग्दैमा दिनु उचित होइन।
'किन उचित होइन?' पत्रकारले सोधे- शान्ति सुरक्षा नदिने मन्त्रीको राजीनामा माग्नु कसरी अनुचित हुन्छ?'
'किनभने यसले मगन्ते संस्कृति प्रोत्साहित हुन्छ।' मन्त्रीजीले भन्नुभो- मगन्तेहरू प्रोत्साहित हँुदा मुलुक गरिब हुन्छ। मन्त्रीजीले के पनि बताउनु भयो भने मुलुक गरिब हुनु भनेको गणतन्त्र संस्थागत नहुनु हो। गणतन्त्र संस्थागत भएन भने, भद्रगोल भयो भने के हुन्छ?
'अराजकता बढ्छ।' पत्रकारले भने- अराजकता बढ्यो भने गोलमाल हुन्छ।
तपाईँ अराजकता चाहनुहुन्छ? मन्त्रीजीले सोध्नुभो। तपाईँ गोलमाल चाहनुहुन्छ? मन्त्रीजीले सोध्नुभो। तपाईँ भद्रगोल चाहनुहुन्छ? मन्त्रीजीले सोध्नु भो र आफँै जबाफ दिनुभो- 'चाहनु हुन्न।'
'अराजकता कसले चाहन्छ?' पत्रकारले भने- कसैले चाहँदैन।
'म पनि चाहन्न।' मन्त्रीजीले भन्नुभो- 'त्यही भएर राजीनामा दिन्न।'
'मगन्तेहरू बढ्छन भनेर राजीनामा नदिने हो?' पत्रकारले सोधे- त्यही लेखौँ?'
'लेख्नोस्।' मन्त्रीजीले भन्नुभो- 'मगन्ते बढ्नु मुलुकको हितमा छैन।'
'त्यसो भए उनीहरुले माग्न छाडेपछि राजीनामा दिने हो?' पत्रकारले सोधे- 'त्यस्तो लेखी दिऊँ?'
'माग्न छाडेपछि किन राजीनामा दिने?' मन्त्रीजीले भन्नुभो- मागविपरीत काम गर्नु मन्त्रीको काम होइन। सोध्नुभो- हामीले जनभावनाको कदर गर्नु परेन?