उत्खननको सोझो अर्थ खन्नु हुन्छ । अर्थात् केही भेटाउने आशाले जमिनमुनिको अवशेष खनेर खोज्ने कामलाई उत्खनन भनिन्छ । अहिलेसम्म उत्खनन भन्नाले प्राचीन सम्यताको खोजीमा जमिन खन्ने कार्य हो भन्ने बुझिादै छ । तर जानेर अथवा नजानेर अनि कहिलेकाहीँ लोभमा उत्खननका विभिन्न प्रयास हुँदै आएका छन् ।
जमिन खन्नु मात्रै उत्खनन हो भन्ने छैन । त्यसो भएको भए जमिन खोस्रेर गुजारा चलाउने नेपाल उत्खननमा अगुवा भएर निस्कने थियो । परिस्थितिअनुसार अनेक अर्थमा अनेक शैलीमा विभिन्न व्यक्तिले उत्खनन गरेको इतिहास छ । तर उत्खननबाट कहिलेकाहीँ नसोचेको पाइन्छ भने कहिले आफूसाग भएको पनि गुमाउनु पर्ने हुनसक्छ । अझ कहिलेकाहीा त के के न भेट्टाउने आशामा गरेको उत्खननमा हात लाग्यो शून्य पनि हुने गर्छ । हिन्दी भाषामा एउटा उखान छ जसको नेपाली अर्थ हुन आउाछ 'पहाड खनेको मुसा पो निस्क्यो ।'
देव र दानव मिलेर सागर मन्थन गरेको प्रसङ्ग पुराणमा पढ्न पाइन्छ । त्यो पनि एक किसिमको उत्खनन् नै थियो । तर सागर मन्थनबाट विष निस्क्यो जसलाई भोले बाबाले कण्ठस्थ गरेर जगत्लाई जोगाएका थिए रे ।
हामी कहिलेकाहीा निकै घोत्लिने गर्छौं । यसरी चिन्तन गर्ने प्रक्रियालाईर् वैचारिक उत्खनन भन्न सकिन्छ । भनौ, आफूलाई चिन्ने प्रयास पनि उत्खनन नै हो । भनिन्छ, जगत बुझ्न पहिले आफैालाई बुझ्नु जरुरी छ । तर यस किसिमको उत्खननले यदाकदा बेग्लै परिणाम पनि दिने गरेको छ ।
यस्तै उत्खनन्मा लागेका कतिपय विद्वान्ले आफ्नो फरक पहिचान भेटाएको दावी गर्दै आएका छन् । 'जय नेपाल' भन्दै वैचारिक उत्खननमा लागेका कति जना 'लाल सलाम' भन्दै फर्केको उदाहरण सहजै पाउन सकिन्छ । यस्तै उत्खनन गर्दागर्दै 'लाल सलाम' धनुष्टंकार हुादै जदौमा पुगेर फर्केका उदाहरण पनि छन् ।
मै हु भन्नेले प्राचीन शैलीमा अर्थात जमिन खनेर उत्खनन गर्दैनन् । तर यस्ता पात्र सागर मन्थनबाट प्रेरित भएका हुन्छन् । यिनले त पोखरीमा ढुङ्गा हानेर पानीमा तरङ्ग पैदा गरेर पनि आफूले चाहेको भेट्टाउन सक्छन् । तर आफूले चाहेको कुरा नै पाइन्छ भन्ने छैन । त्यसैले उत्खननबाट आएका अपजसी कुरालाई अर्का भोलेबाबा खोजेर जिम्मा लगाउने प्रयास गर्छन् र अर्को उत्खननको मौका पर्खेर बस्छन् ।
इतिहासमा भेटिने यस्ता पात्रको निसाना राजनीति र समाज पनि हुने गर्छ । कहिलेकाहीं आफ्नो प्रहारका कारण उत्पन्न तरङ्गबाट यिनले त केही पाउदैनन् तर समाज र देशले धेरै पाउने गरेको छ । यस किसिमका तरङ्गले कहिलेकाहीा देशको इतिहासलाई नै नयाँ बाटो देखाउने गर्छ ।
अझ कहिलेकाहीँ त उत्खननबाट उत्पन्न हुने यस किसिमका तरङ्गको असर धेरै परसम्म पर्छ । यसले उत्खनन भएको स्थानमा मात्र नभई निकै परसम्म पनि त्यसको परिणामलाई परिवर्तनकारी हुरीका रूपमा पठाएको थुप्रै उदाहरण पाउन सकिन्छ ।
केही बाठा पात्र त उत्खनन प्रक्रियामा सामेल हुनुको साटो छेउमा बसेर रमिता हेर्दै अमृतको प्रतीक्षा गर्छन् । यिनको धुन नै अमृत आए आफूले लिने र विष आए चुप लागेर बस्ने हुन्छ । अझ कहिलेकाहीँ उत्खनन प्रक्रियापछि आएको जसजति अर्कैले लगेको पनि देख्न सकिन्छ । विचरा उत्खनन्कर्ताको भने हात लायो शून्य ।
कोही दुस्साहसी पनि हुन्छन् । आफूलाई निकै वुद्धिमान मान्ने यस्ता पात्र गलत समयमा गलत ढङ्गले उत्खनन गर्ने प्रयास गर्छन् । जसको प्रत्यक्ष असर समाज र राष्ट्रलाई पनि पर्छ । त्यस्तै किसिमको प्रतिक्रिया उनीहरूले पाउँछन् । खोसेर लिन्छु भनेर गरिने उत्खननबाट उत्पन्न भयङ्कर परिणामलाई यस्ता पात्रले थेग्न सक्दैनन्।
आफूसँग भए जतिमा सन्तोष लिनुको साटो अझ झिक्छु भन्ने लोभले देश र समाजमा ढुङ्गा हानेर तरंग उत्पन्न गर्ने यस्ता पात्रको स्थिति भने निकै दयनीय देखिने गरेको छ । यिनको प्रहारबाट समाजमा उत्पन्न तरङ्ग सामान्य पोखरिमा ढुङ्गा हानेपछिको जस्तो भने हुदैन । सुरुमा सामान्य जस्तै देखिने तरङ्गले पछि सुनामीकै रूप धारण गरेर केही ल्याउनुको साटो तिनैलाई सोहरेर लैजाने गर्छ । इतिहास नै मेटिदिन्छ । अर्थात् उत्खननले बनाएको खाडलमा आफैा परिन्छ।