आपत्तिजनक पत्रकारिता
२६ फागुन २०६६
•
१३ मिनेट पाठ
आपत्तिजनक पत्रकारिता
गत फागुन बीस गते यसै दैनिकको अग्र पृष्ठमा प्रमुखता साथ एउटा समाचार छापियो : 'तीन डिएसपी जमिम हत्याका अभियुक्तसँग निरन्तर सम्पर्कमा' शीर्षकमा । समाचारमा उच्चस्रोतलाई उद्धृत गर्दै बहालवाला तीनजना डिएसपी संचार उद्यमी 'जमिम शाह हत्यामा प्रत्यक्ष संलग्न रहेको दाबी गरिएका भारतीय नागरिक बब्बु भनिने दीपक शाहीसँग सम्पर्कमा रहेको तथ्य खुलेको' बताइएको छ । ती तीन डिएसपीलाई अनुसन्धानको दायरामा नल्याइएको उल्लेख गर्दै पत्रिकामा तीनैजनाको नाममात्र होइन टेलिफोन नम्बर पनि दिइएको छ । तर देशको एउटा प्रमुख पत्रिकाको अग्रपृष्ठमा त्यति जघन्य अपराधमा जोडेर तीन तीनजना प्रहरी अधिकृतको नाम र टेलिफोन नम्बर नै छाप्दा पनि पत्रिकाका संवाददाता स्वयंले भने आफैंँसँग भएको नम्बर प्रयोग गरेर ती तीन जनासँग प्रतिक्रियासम्म लिने प्रयास गरेको देखिँदैन! परिणामस्वरूप भोलिपल्टै ती तीनजना मध्यका एक डिएसपी सुरेन्द्रबहादुर सिंहले यसै दैनिकमै 'समाचार प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नुपर्ने पत्रकारिताको मान्यता संवाददाताले अवलम्बन नगरेको' गुनासो गर्दै आफ्नो भनाइ पाठक पत्रमार्फत् राखे।
नेपालमा अग्रपृष्टमा प्रमुखताका साथ व्यक्तिको मानहानि गरिन्छ तर खण्डन छापिइहाल्यो भने पनि भित्रीपृष्ठको पाठकपत्र खण्डमा सानो ठाउँ दिइन्छ, जसमा धेरैको आँखै नपर्न सक्छ। त्यस पवृित्तलाई तोडेर यस दैनिकले डिएसपी सिंहको खण्डनले अग्रपृष्ठमै प्रमुखतासाथ छाप्यो। यो सराहानीय छ। ती प्रहरी अधिकृतहरू दोषी छन् या छैनन् त्यो भिन्दै हो, तर यस लेखमा उठाउन खोजिएको विषय के हो भने व्यक्तिको पेसा र जीवनै बर्बाद हुने मानहानिपूर्ण प्रकृतिका अत्यन्त आपित्तजनक समाचार नेपाली मिडीयामा बारम्बार आउने गर्छन्, जसलाई न त नेपाली प्रेस न त कानुनले गम्भीरतापूर्वक लिने गरेको छ। त्यस्तै नेपाली प्रेसमा आपत्तिजनक समाचारमात्र होइन पूर्णतः झुटो र अत्यन्त आपत्तिजनक विज्ञापन पनि दिनदिनै छापिने गर्छन्। त्यसलाई पनि न त नेपाली प्रेसले न त कानुनले गम्भीरतापूर्वक लिने गरेको पाइन्छ।

प्रसंग मानहानिको विषयबाट सुरु गरौँ। पत्रकारले सक्दो इमानदारीसाथ गलत कुरालाई उजागर गर्नुपर्छ, त्यसमा कुनै शंकै भएन। तर पक्का नभईकन अधिकांश विषय उठाउनै हुँदैन। गलत समाचार छापेर पहिलो बन्नुभन्दा दोस्रो बनेर सही हुनु राम्रो। पत्रकारिताको आचारसंहिता र मानहानिका कानुन आफ्नो ठाउँमा छँदैछ तर सबभन्दा पहिले पत्रकारले आफूलाई आफूले आरोप लगाउन लागेको व्यक्तिका ठाउँमा राखेर हेर्नुपर्छ र आफूले नगरेको कसुरमा आफ्नो नाउँ पत्रिकामा छापिए आफूलाई कस्तो महसुस होला भनेर सोच्नुपर्छ। यत्ति सोच्ने बित्तिकै धेरै समस्या आफैं हल हुन्छन्। तर यहाँ यस्ता ऊर्जाशील पत्रकार छन् जसको कलम चलेपछि थामिँदैथामिँदैन। तिनले रोकिएर दुईपल्ट सोच्दैसोच्दैनन्।

सार्वजनिक ओहोदामा बसेका व्यक्तिको आचरणसम्बन्धमा सामान्य टिप्पणी गर्दा मानहानि मानिँदैन। उदाहरणका लागि, कुनै टिप्पणीकारले 'उपप्रधानमन्त्री सुजाता कोइरालालाई त लाजै छैन, सबैले आलोचना गर्दागर्दै जे पनि गर्दिन्छिन्। आफैंविरुद्ध छानबिन गरिरहेको लेखा समितिको सभापतिलाई सुटुक्क विदेश लिएर हिँड्दा उनलाई अप्टेरोसम्म लागेन" भनेर टिप्पणी गर्‍यो भने त्यसलाई मानहानि भन्न नमिल्ला। तर एकदमै भरपर्दो समाचारस्रोतले भनेको भएपनि, आफूसँग ठोस प्रमाण छैनभने, 'सुटुक्क विदेश भ्रमणमा लगेको लेखा समितिका सभापतिलाई उपप्रधानमन्त्री कोइरालाले आर्थिक प्रलोभन देखाएको बुझिएको छ' भन्नु चाहिँ स्पष्टरूपमा मानहानि हुनजान्छ। 'छानबिनका क्रममा प्रहरीले फलानोलाई पक्राउ गरेको छ' सम्म भन्दा त्यसलाई परिस्थिति हेरी मानहानि भन्न नमिल्ला तर प्रहरीले आरोपका भरमा पत्र्र्केको व्यक्तिको छातीमा नम्बर टाँसेर खिचेको फोटो छाप्नु चाहिँ मानहानि नै हुनजान्छ। प्रमाण नपुगीकन भ्रष्टाचार, हत्या, अख्तियार दुरुपयोगजस्ता विषयमा आरोप लगाउँदा अत्यन्त विचार पुर्‍याउँनुपर्ने हुन्छ। 'फलानोमाथि पत्रपत्रिकामा भ्रष्टाचारका प्रशस्त आरोप लागाइएका छन्' भन्दा मानहानि हुँदैन तर प्रमाणबिना स्रोतको हवालामात्र दिँदै 'फलानाले यसरी भ्रष्टाचार गरेका रहेछन्' भन्नु चाहिँ मानहानि नै ठहरिन्छ।

व्यक्तिगत जीवनसँग सम्बन्धित पक्ष पनि त्यत्तिकै गम्भीर मानिन्छ। उदाहरणका लागि आचार संहिताको राम्ररी पालना गर्ने र गम्भीर प्रकृतिको पत्रकारिता गर्ने हो भने अभिनेत्री नम्रता श्रेष्ठको यौन प्रकरण भिडियो बारेको समाचार कुनैपनि हालतमा छाप्न मिल्दैनथ्यो। हो, उनी सार्वजनिक छविकी व्यक्तित्व हुन् तर त्यो एकजना वयस्क युवतीले उमेर पुगेको पुरूषसँगको मामिलामा लिएको नितान्त व्यक्तिगत निर्णय थियो। त्यो न त सार्वजनिक स्थानमा गरिएको क्रियाकलाप थियो, न त त्यसबाट सर्वसाधारणलाई असर पर्ने कुनै काम नै भएको थियो। न नम्रता श्रेष्ठले आफू यौन गतिविधिबाट टाडा बसेकी एकजना साधु या शन्तकै रूपमा कहिले आफूलाई प्रस्तुत गरेकी थिइन्। व्यक्तिगत जीवनसँगै सम्बन्धित समाचारका कारण अर्की अभिनेत्री श्रीषा कार्कीले आत्महत्यै गरेको उदाहरण पनि छँदै छ। तर विडम्बना, पत्रकार आचारसंहीता उल्लंघन गरेकोमा दोषी प्रमाणित भएका कतिपय पत्रकार नै पत्रकारिताको निगरानी गर्ने निकाय प्रेस काउन्सिलका पदाधिकारी बनेका छन्। कतिपय पत्रकार आफैं त्यो खाल्डोमा जाकिउँला भन्ने डरले मानहानिका लागि कडा सजायँ दिने कानुन निर्माण गर्न चाहँदैनन्। विद्यमान गाली बेइज्जती ऐन, २०१६ न त वर्तमान परिप्रेक्षका लागि सुहाउँदो छ, न प्रभावकारीरूपमा कार्यान्वयन नै गरिएको छ।

अब गरौं नेपाली पत्रपत्रिकामा छापिने केही विज्ञापनको चर्चा। विकसित देशमा विज्ञापनको अनुगमन गरिने हुनाले सामान्यतया सरासर झुठो विज्ञापन छापिँदैन या सुनिदैन। 'पेप्सोडेन्ट मञ्जनले दाँत माझेपछि म झुठो बोल्दिन' भन्नेजस्ता विज्ञापनले कुनै पनि विकसित मुलुकमा प्रकाशन या प्रसारणका लागि स्वीकृति नै पाउँदैन। तर हामीकहाँ त्यो हरेक दिन रेडियो र टेलिभिजनमा बज्ने गर्छ। त्यति त भयो, भयो, वर्गीकृत विज्ञापन खण्डमा छापिएको यसै दैनिकको एउटा विज्ञापन यस्तो छः 'सेक्स पावर, मेल एण्ड फिमेलः ह्यान्डसम अप, लिंगको लम्बाइ र मोटाइ बढाउने अमेरिकन प्रोडक्ट...।" यस्तो विज्ञापन देशका अन्य प्रमुख अखवारमा पनि दिनदिनै देख्न सकिन्छ। हामीकहाँ विज्ञापन अनुगमन गर्ने निकाय छैन तर अलिकति पैसा आउँछ भन्दैमा जिम्मेवार प्रमुख पत्रिकाले पूर्ण त झुटो र अश्लील विज्ञापन छाप्नुको कुनै पनि हालतमा औचित्य साबित गर्न सकिँदैन।

हालैका साताहरूमा कान्तिपुर प्रकाशनले 'उज्यालोतिर कान्तिपुरसँगै' योजनामार्फत् आफ्ना नयाँ ग्राहकलाई निःशुल्क सीएफएल चिम दुईवटा र हरेक साता गोलाप्रथाद्वारा चारजनालाई इन्भर्टर दिने विज्ञापन जोडतोडका साथ गरिरहेको छ। सो योजनाबाट पैसा, बिजुली र वातावरण 'सेभ' हुने उसको दाबी छ। हो, सीएफएल चिमबाट पैसा, बिजुली र वातावरण तिनै कुरा सेभ हुन्छ। तर इन्भर्टर बाँडेर बिजुली र वातावरण सेभ हुन्छ भनेर कसरी भन्न सकेको हो, यो स्तंभकारले बुझेको छैन। पत्रकारिता तथ्यमा आधारित हुन्छ भने विज्ञापन पनि सके तथ्यमा आधारित हुनुपर्‍यो नसके झुटै चाहिँ हुनुभएन। इन्भर्टरकै पैसामा आउने सौर्य बिजुली उपकरण दिने निर्णय गरेको भए बल्ल पैसासँगै बिजुली र वातावरण पनि सेभ हुन्छ भन्न मिल्नेथियो। तर अहिले जे भनिँदै छ, त्यो त शतप्रतिशत झुटो हो।
'विज्ञापनको सम्पादकीय जिम्मेवारी हामी लिँदैनौं' भनेर सम्पादकले भन्न मिल्दैमिल्दैन। विज्ञापन पत्रकारिताकै अंश हो। सामान्यतया सफल समाचारपत्रमा सम्पादकीय सामग्री र विज्ञापन झन्डै बराबरजस्तै हुने गर्छ। विज्ञापन पनि कतिपय अर्थमा समाचार नै हो। आफूलाई आम्दानी हुन्छ भनेर जानाजान झुटो जानकारी छाप्ने हो भने पत्रपत्रिकाले कुन आधारमा अरूले अनैतिक ढंगबाट कमाएको पैसाका बारे समाचार लेख्ने? यस्ता प्रश्नमा हाम्रा सम्पादक र प्रकाशकहरू गम्भीर भएको देखिँदैन। गलत समाचारको मात्र होइन गलत विज्ञापनको प्रकाशन पनि आपत्तिजनक पत्रकारिता नै हो। प्रकाशन गृहहरूले पत्रकारितासँग सम्बन्धित कानुनलगायत सम्पूर्ण पक्षहरूबारे बेलाबखत आन्तरिक तालिमको व्यवस्था गरे यस्ता समस्यामा संभवतः धेरै कमी आउनेछ।

('नितान्त व्यक्तिगत' स्तम्भ अबदेखि  नागरिकन्युजमा प्रकाशित हुनेछ।)
अर्को समाचार
पत्रकारिता हिरोइजम हैन!
३१ वैशाख २०७६
•
७ मिनेट पाठ
पत्रकारिता हिरोइजम हैन!
मिडिया  काउन्सिल  विधेयक

सरकारले नेपाली सञ्चार क्षेत्र र रञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले विरोध गरे। महासंघले विधेयकमा धेरै आपत्तिजनक प्रावधानहरु समावेश गरीएको भन्दै संसोधन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा पनि गर्यो। बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति कुनैपनि मिडियाहरुलाई मन परेन। प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको  नेपाली सञ्चारजगतको धारणा छ। मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।  यसैको बिरोधमा सञ्चारक्षेत्र आन्दोलित भैरहदाँ पत्रकार कै कारण फेरी नेपाली मिडिया जगतमा बहस सुरु भएको छ। कारण टिभी कार्यक्रमको बिषयलाई लिएर सामाजिक सञ्जाल भरी  पत्रकारहरुनै पत्रकारको पक्ष र विपक्षमा देखा परेका छन्।

प्राय सबैलाई थाहा होला पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन्। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता। पत्रकारिताको आवरणमा आफुलाई मन नपरेको ब्यक्ती वा सस्थाको इज्यत प्रप्तिष्ठामा खलल पार्ने। कुनै ब्यक्तिको मन्जुरी बिना तस्वीर खिचेर पत्रकारितागर्ने ,समाजमा भ्रम फिजाउने खालका बिषय  प्रकासित गरेर अनलाइनलाई हिट बनाउन खोज्नु गलत हो। हो यस्तै कुराले गर्दा नै पत्रकारिता माथि नै प्रश्न चिन्ह उठन थालेको छ।  लोकतन्त्र प्राप्ति पछि सञ्चार क्षेत्र फष्टाएको भएपनि अहिले पनि समाचार सम्प्रेषण,राजनैतिक घटनाक्रमको व्याख्या र तिनिहरुको विश्लेषणलाई महत्व दिइन्छ।  जस्ले गर्दा अन्य कुराहरु ओझेलमा परेका छन्। स्वतन्त्र पत्रकारिताको अभाव भएको छ।

हामिकोमा हिरोइजम ठान्ने पात्रहरुले गर्दा पत्रकारीताको साख घट्दो छ। केही पार्टीका नेता÷कार्यकर्ताको चित्त बुझाउनको लागि पत्रकारिता गर्दैछन्। कसैले मर्दै नमरेको मान्छेलाई कसैले मर्यो भनेर श्रद्धाञ्जली  दिएका छन्।  कसैको मृत्यु नहुँदै ठुला हेडलाईन बनाईदिने हतारकारिता नै विकास भैसकेको छ।

अर्थात पत्रकारिताको नाममा छाडातन्त्र, मनपरीतन्त्र, अधिनायकबाद लाद्न सक्ने स्वविवेकिय अधिकार  झैं ठानेर पत्रकारिता गर्नु पनि त हाम्रो धर्म होइन।  यहाँ पत्रकारिताको नाममा बार्गे्निङ्ग गरेर मिनटमै लाखौं कमाउने पत्रकारहरु पनि छन्। कोहि कार्यक्रममा बोलाएर जानुहोस जानुहोस भन्छन्। कोही प्रहरी झैं पत्रकार भएर नेतालाई केराकार गर्ने पनि छन्। यहिबीचमा पछिल्लो घटनाको एउटा टेलिभिजन कार्यक्रम।

एउटा पत्रकार अथवा प्रस्तोताले आफु कसरी प्रस्तुत हुने भन्ने कुरामा ध्यान दिन नसक्नुमा प्रस्तोताको गल्ती हो। कसैलाई नङ्गाउनको लागी आफै पहिले नाङ्गिनु  पर्छ भन्ने मान्यता पत्रकारले त्याग्नुपर्छ।   डन ,सेलिब्रेटी ,पार्टी ,एनजीओ ,पहिचानवादी ,युट्युव ,असुली ,चाकडी ,हिरोइजम लगाएतका पत्रकारिता  नै आजभोलिका प्रमुख विकृतिहरु हुन।

सोही टिभी कार्यक्रमलाई लिएर पत्रकार भानुभक्त आचार्यले फेसबुकमा लेख्नुभएको छ: “प्रश्नको उत्तर दिने हिम्मत छैन भने तपाई जान सक्नुहुन्छ। यहाँ आएर तपाइँ बकबास नदेखाउनुस्“ भने पछि उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तर्वार्ताकक्ष छाडेर हिँडे। यो एभिन्युज टेलिभिजनको कार्यक्रम हो। पत्रकारले बोलाएका पाहुनालाई इज्जतसाथ व्यवहार गर्नुपर्छ। अन्तर्वार्ता कक्ष भनेको प्रहरीको केरकार शाखा होइन। उत्तर नदिने भए जानसक्नु हुन्छ भन्न मिल्दैन। फेरि पाहुनाले आफूले सोचेजस्तै उत्तर दिनुपर्छ भन्ने पनि छैन। एउटा प्रश्नको उत्तर नआए अर्को प्रश्न सोध्ने हो। पाहुनाले सबै प्रश्नको उत्तर दिनै पर्छ भन्ने छैन।उपप्रधानमन्त्रीले पनि अलि भद्र, शालीन, धैर्य एवम् कूटनीतिक चातुर्यका उपायहरु अवलम्बन गरेर उत्तर दिनुपर्छ। आलोचनालाई शीरोधार्य गर्नुपर्छ। बिना तयारी टिभीमा मुख देखाउन पाइने भयो भनेर कुदिहाल्नु हुँदैन।यस कार्यक्रमका आधारमा पत्रकारको पक्षमा पनि लाग्न सकिएन। उपप्रधानमन्त्रीका पक्षमा पनि लाग्न सकिएन।”तर पत्रकारिता पेसाको दुरुपयोग गर्ने वर्ग लाइ सजाँय दिन कडा कानून नै बनाउनु पर्छ। सत्यतथ्य नबुझी एकोहोरो समाचार प्रकाशन गर्ने, बिना कारण व्यक्तिको सामाजिक इज्जÞतमा आंच आउने, अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउनै पर्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस