गर्नुपर्ने त राज्यले हो तर मिर्गौला रोगीलाई ठूलो गुन लगाइन्, आनी छोइङ डोल्माले।
नेपालमा मिर्गौलासम्बन्धी रोगको उपचारमा भएको प्रगति प्रशंसा योग्य थोरै विषयमा पर्छ। शिक्षण र वीर अस्पतालमा १५ महिनाअघि सफल मिर्गौला प्रत्यारोपण सुरू हुँदा त्यसलाई उत्साहपूर्वक हेरिएको थियो। नेपालमा धेरै वर्षदेखिको प्रयासपछि मिर्गौला प्रत्यारोपण सुरू भएको हो। नेपालमा सेवा नहुँदा अधिकांश बिरामी भारत गएर प्रत्यारोपण गराउँथे। भारतमा प्रत्यारोपण गराउँदा झण्डै १६ देखि २० लाख खर्च लाग्थ्यो। नेपालमा प्रत्यारोपण गर्दा करिब साँढे तीनदेखि ५ लाख रुपैयाले पुग्छ। तैपनि, प्रयोगशालाको अभावमा प्रत्यारोपण पूर्व मिर्गौला दिने र लिनेबीच 'क्रस म्याच' एवं रगतमा औषधिको मात्रा परीक्षण गराउन प्रत्येक पल्ट ५५ हजार र दुई साताको समय लाग्थ्यो। अब त्यो काम २४ घण्टाभित्र र २५ हजारमा नै हुने भएको छ। यो सम्भव भएको छ - आनी छोइङ डोल्माको अगुवाइमा।
राज्यका लागि डेढ करोड रुपैया खासै ठूलो रकम हैन तर, त्यही काम गर्न पनि गैरराज्य पक्षले सक्रियता देखाउनु पर्यो। सरकारले केही वर्ष यता मिर्गौला र मुटु रोगको उपचारका लागि आर्थिक सहायताका नाममा करोडाँै रुपैया बाँढ्दै आएको छ तर डेढ करोडको अभावमा उपचारमा भएको उपलब्धि प्रभावहीन भएको थियो। मिर्गौला प्रत्यारोपणमा चिकित्सकहरूले पाएको सफलतालाई सार्थक बनाउन सरकारपछि पर्यो आनीले उछिनिन्।
आनीले आरोग्य फाउन्डेसन ग्रुपमार्फत् नेपालमा एचएलए (ह्युमन ल्युकोसाइटिस एन्टिजिन) प्रयोगशाला स्थापना गर्न लाग्ने रकम करिब डेढ करोडको रकम जुटाउने अभियान घोषणा गरिन्। यसबाट नेपालमा धेरै अंगको प्रत्यारोपण संभव हुनेछ। दुवै मिर्गौला बिग्रेर मरेकी आमाको सम्झनामा उनले यो अभियान थालेकी हुन्। आनीको यस अभियानमा साथ दिएका छन् - प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठ, उनकी धर्मपत्नी नविना, चर्चित कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, डा.विमल थापा र चार्टर एकाउन्टेन्ड सुदर्शन पाण्डेले।
प्रयोगशालाको स्थापनाका लागि स्वास्थ्य मन्त्रालयसँग शिक्षण र वीर अस्प्तालले पटक पटक आग्रह गरेका थिए। त्यसको महत्वसमेत बुझाएका थिए। चिकित्सकहरू नै सचिव रहेको स्वास्थ्य मन्त्रालयले एचएलए प्रयोगशाला स्थापना गर्ने पहल नगर्नु दुःखद विडम्बना हो।
अंग प्रत्यारोपण ऐनले अझै पनि अंगदानलाई सहज बनाएको छैन। बाबुतर्फका नाताले दिन पाएपनि आमातर्फका नाताले अंग दान गर्न पाउँदैनन्। बाबुतर्फका नातामा दाता नभएकाहरू अझै विदेशै जानुपर्ने अवस्था छ। अंगदान गरेर कसैको जीवन बचाउन चाहनेले अंग दिन सजिलो बनाउनुपर्छ। अपराध रोक्ने नाममा राम्रो कामलाई प्रतिबन्ध लगाउनु राम्रो होइन।
मिर्गौला प्रत्यारोपण गरेपछि मानिसले जीवनभर मासिकरूपमा छ देखि २४ हजारको औषधी खानुपर्छ। अंग प्रत्यारोणपछि बाँचेकाहरूलाई स्वाभिमानपूर्वक जीवन यापनको अवसर जुटाउन राज्यले अग्रसरता देखाउनुपर्छ। प्रयोगशाला बनेपछि ब्रेन डेथ भएकाको नेपालमै अंग प्रत्यारोपण हुनसक्छ तर त्यसका लागि कानुनी आधार चाहिन्छ। आनीको प्रयासले प्रयोगशाला त बन्छ तर कानुन बनाउन मन्त्रालयै अगाडि सर्नुपर्छ।
प्रत्यारोपण कार्य सुरु गरेका वीर र शिक्षण दुवै अस्पतालमा अझै पनि त्यसैका लागि छुट्टै अप्रेसन कक्षा छैन। त्यही कारणले सातामा वीरमा एउटा र शिक्षणमा दुईटामात्र प्रत्यारोपण हुनसक्छ। नेपालमा वर्षमा ७ सय मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। जीवित अंगदाताबाट भन्दा ब्रेन डेथ भएकाबाट अंग लिएर प्रत्यारोपण गर्ने अवस्था र संरचनामा तयार गर्न सके उपचारको गति बढ्ने थियो । यसमा राज्य अग्रसर भएर स्वास्थ्य मन्त्रालयले गुमेको प्रतिष्ठा जोगाउला कि?