एक्काइसौं शताब्दीको यस घडीमा आइपुग्दासम्म पनि प्राकृतिक स्रोतले भरिपूर्ण देश नेपाल, अति कम विकसित मुलुकमा दरिएको छ। मुलुकको गतिहीन अवस्थालाई मध्यनजर गर्दा राज्यले तय गरेको सन् २०२२ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गराउने एवं २०३० सम्ममा मध्यम आय भएका मुलुकको स्तरमा पुर्याउने लक्ष्य महत्वाकांक्षी बन्ने हो कि भन्ने शंका बढेको छ। कतिपय विकासे आयोजनाको हकमा वन तथा वातावरण संरक्षणका मौजुदा नीति, कानुन तथा नियमहरु बाझिएका र बाधक देखिएका छन्। बजेटमार्फत् आएका कार्यक्रम कार्यान्वयन तहमा ल्याउन वा अभियानका रूपमा सञ्चालन गर्न जे/जस्ता बाधा–अड्काउ भए पनि सबैलाई फुकाउन सक्नुपर्छ।
ऊर्जा क्षेत्रको महत्व नबुझ्ने नेपाली शायदै होलान् तर विद्यमान कानुनमा उल्लेखनीय सुधार नगरी मौजुदा बाधा–व्यवधानबाट सहजै मुक्ति पाइने छैन वा सो परिधि तोड्न कोही तयार हुने छैन। बरु उक्त कानुन र नियमको जालो तेर्स्याइ भाँजो हाल्ने प्रवृत्ति हाबी हुनेछ/भइरहेको छ। यसले गर्दा 'न रहे बाँस न बजे बाँसुरी' भन्ने भनाई चरितार्थ भइरहेको छ। उदाहरणका लागि एउटा जलविद्युत् आयोजनाले अध्ययनको थालनीसँगै वन क्षेत्रको स्वीकृतिका लागि वन मन्त्रालयको निर्णय २०६८, संरक्षण क्षेत्रमा आयोजनाको कुनै भू–भागले छोएको खण्डमा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ र ऊर्जा मन्त्रालयको कार्यविधि, २०६८ अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। ऊर्जा संकटकाल लागेको भए पनि राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्ययोजना, २०७२ ले उल्लिखित व्यवस्थालाई सम्बोधन गर्न छुटाएको छ। यस्ता प्रावधानले न वन जोगाउन सकिएको छ न बिजुली बनाउनै। वन जोगाउन सकिएको भए आज घर, कार्यालय जताततै ताइवान, चीन र मलेसियाका फर्निचरले भरिभराउ हुँदैनथे होला। जनताले घर बनाउँदा झ्याल, ढोकाको चौकोस नपाउने अवस्था पनि आउँदैन थियो होला।
सरोकारवाला निकाय सबैले निर्वाहमुखी उज्यालोले मात्र होइन पर्याप्त ऊर्जा उपलब्ध भएमा मात्र वन तथा वातावरण क्षेत्रको पनि उन्नति हुन्छ भन्ने श्ााश्वत तथ्य भुलिरहेका छन्। आज इकोनोमी मजबुत भएका खुम्बु क्षेत्रमा समेत आयातीत एलपि ग्यास डोको चढेर पुगेको छ। वर्ष दिनका लागि चाहिने दाउरा राख्ने कटेराहरुमा सिलिन्डरका चाङ देखिन थालेका छन्। तर आर्थिक हैसियत कमजोर भई गरिबीमा पिल्सिएका त्यहीँका अधिकांश बासिन्दाहरु अहिले पनि खाना पकाउन र कोठा तताउन वन–जङ्गलकै भर परेका छन्। जसले गर्दा इकोलोजीको हैसियत अपेक्षाकृत सुधार्न सकिएको छैन। पहाडी भेगमा समेत आर्थिक उपार्जनमा लागेकाहरु दाउरा खोज्नुभन्दा महँगै भए पनि ग्यासको डिपोमा लाइन बस्न थालेको अनि कैयन्ले गोबर ग्यास जोडेको यथार्थले निर्वाधरूपमा पर्याप्त ऊर्जा प्राप्त भएमा आयात प्रतिस्थापनमात्र नभई स्वच्छ ऊर्जाका माध्यमबाट वन तथा वातावरण क्षेत्रको सुधार अवश्यम्भावी छ भन्ने तथ्य आत्मसात गर्न सकिएको छैन। यसले वन–जङ्गलले सञ्चित गर्ने कार्बनको स्टक पनि स्वतःबढ्न जान्छ र कार्बन व्यापारको दायरा फराकिलो पार्दै सम्भाव्य बनाउन सकिन्छ भन्नेतर्फ सरोकारवाला निकायको ध्यान पुगेको छैन।
जिम्मेवार निकायका निर्णयकर्तालाई आफ्नो जिम्मेवारी निर्वाह गर्दा निर्धक्क हुने वातावरण पनि बनाउनुपर्छ। मनमा कानुनी सन्त्रास बोकेर भए पनि निर्णय गर्नुपर्छ भन्ने अपेक्षा गर्नु व्यावहारिक हुँदैन। तर यो वा त्यो बहाना बनाएर ढिलासुस्ती गर्ने अनि १८० डिग्री घुम्ने गरी कलम चोब्नेतर्फ उन्मुख हुने विद्यमान अवस्थामा भने निश्चय नै आमूल परिवर्तनको खाँचो छ।
इकोलोजीको मात्रै ख्याल गर्दा इकोनोमी मजबुत हुन सक्दैन। इकोलोजी–इकोनोमी डिलेमा भनेको सायद यही हो। मुलुकमा उपलब्धअपार जलसम्पदाको अधिकतम उपयोग गर्न सकेको भए आज आन्तरिक स्रोतको परिचालनमा सुधार हुन्थ्यो, भारतले यतिविघ्न हेप्न र चेप्न किमार्थ सक्दैनथ्यो अनि ऊर्बर उमेरका युवाहरुले आफ्नो गाउँ–बस्तीलाई बिरानो बनाएर, खेत बाँझो राखेर इकोनोमीका लागि खाडी मुलुकको प्रचण्ड गर्मीमा भौंतारिन पर्दैनथ्यो। त्यसैगरी ३ महिने शिशुलाई समेत काखी च्यापी कठ््यांग्रिदो हिमाली पाटनमा गाउँ नै खाली गराएर यार्सागुम्बा टिप्न जानु पनि पर्ने थिएन होला। वातावरण क्षेत्रका अध्येताले यसलाई 'ग्रिन इकोनोमी' को संज्ञा देलान् तर रोजी–रोटी, लाला–बालाको शिक्षा–दीक्षा, वर्ष दिनका लागि चाहिने नून/तेल र लत्ता–कपडाको जोहो गर्ने वा गर्जो टार्ने एउटै तर बाध्यात्मक विकल्पका रूपमा हिमाली भेगका बासिन्दाले क्रमशः यसलाई मौसमी व्यवसायका रूपमा अँगाल्न थालेका छन्। कैयन्ले यसबाट आर्थिक हैसियत पनि सुधारेका होलान् तर धेरैले ज्यान हत्केलामा राखेका छन् अनि केहीले ज्यानै पनि गुमाएका छन्। राज्यले यसलाई नियन्त्रणभन्दा पनि नियमनमात्रै गर्ने र त्यसमा लागेकाको सुरक्षा र व्यावसायिकता विकास गर्नेतर्फ पाइला चाल्नुपर्छ। वातावरण विनाशकै राग अलापेर फेरि पनि इकोलोजीको मात्रै रक्षार्थ कामकार्बाही अगाडि बढ्यो भने नागरिकको खान–लाउन पाउने सार्वभौम तथा खाद्य सम्प्रभुताको अधिकार किमार्थ सुरक्षित राख्न सकिँदैन।
छिमेकी मुलुक चीनले त्यस्तै हिमाली क्षेत्र र संसारकै अग्लो स्थान अर्थात ५००० मि.को उचाइबाट अक्सिजनधारी रेल कुदाउने मार्ग बनाउँदा उच्च हिमाली वातावरणको विनाश केही हदसम्म भयो होला तर त्यसले मुलुकको आर्थिक क्रियाकलापमा कायापलट गरेको तथ्य भुल्नुहुँदैन। हामी भने उस्तै प्रकृतिको हावापानी भएको क्षेत्रमा आयोजना लान खोज्दा इकोलोजीको भाँजो तेर्स्याइहाल्छौं। केही समयअघि चीनले ब्रह्मपुत्र नदी किनार वरपर रातारात जङ्गल हुर्कायो भन्ने सनसनीपूर्ण समाचार आयो। हामीले पनि १८ औं सार्क शिखर सम्मेलनका बेला माइतीघर मण्डलादेखि सूर्यविनायकसम्मको सडकको मध्यभागमा कात्तिक महिनाको अन्त्यतिर आएरमात्रै दुवो, धुपी, करबिर, बैंसलगायतका विभिन्न प्रजातिका बिरुवा रोप्यौं र राम्रो हेरचाह पुर्याउन सक्यौं जसले गर्दा आज पनि त्यो क्षेत्र हेर्न लायक छ। जबकि राज्यका अन्य ठाउँमा मध्यवर्षामा रोपिएका बिरुवा पनि हुर्काउन सकिएको छैन। कागजमा हेर्ने हो भने सायद वृक्षारोण गर्ने ठाउँ छैन होला नेपालमा तर वन–जङ्गलको अवस्था दुरुह छ।
अन्तर्राष्ट्रिय वातावरणीय सन्धि–सम्झौता र मान्यता पनि गरिब, कमजोर र अति कम विकसित मुलुकमा मात्रै कार्यान्वयन गर्न सहज हुने रहेछ। रक्तचन्दनकै ओसार–पसारको कुरा गर्ने हो भने यसको व्यापार र प्रयोगमा आबद्ध भारत र चीन दुवै राष्ट्र साइटिसका सदस्य हुन्। तर सन्धिको कार्यान्वयन नेपालमा मात्रै भएको देखिन्छ। हामीले त दुई विशाल मुलुकबीच भएकाले पारवहन विन्दुको तुलनात्मक फाइदा लिन सक्नुपर्ने होइन र? हामी न रक्तचन्दन उब्जाउँछौ न प्रयोग नै। वन विभागको परिसरमा केही वर्षदेखि थन्केर बसेका नेपाली व्यवसायीका रक्तचन्दनका ट्रकको अवस्थाले नै झल्काउँछ हाम्रो निरीहता। १८ करोडभन्दा बढी मूल्यको रक्तचन्दन कुहिन थालेको छ। प्रायः सबै विकसित मुलुकले आफ्नो स्रोत–साधनको अधिकतम सदुपयोगले नै आ–आफ्नो मुलुकको विकास गरेका हुन्। खाडीमा डिजेल, पेट्रोल छ भने हाम्रो देशमा अपार जलसम्पदा। यही सम्पदालाई विकासे डिजेल बनाउन किन ढिला गर्ने? डिजेल, पेट्रोलले कार्बन उत्सर्जन बढाउँछ तर जलविद्युत्ले घटाउँछ।
नेपालमा पनि स्वदेशी तथा विदेशी लगानीमा ठूला जलविद्युत् आयोजनाहरु बन्ने वातावरण क्रमशः बन्दै गएको छ। जलविद्युत् आयोजनाहरु आफूले सोचेको भूगोलमा मात्रै निर्माण गर्न सकिँदैन, यसका लागि प्रकृतिप्रदत्त भू–भाग चाहिन्छ। त्यसैले निर्जन क्षेत्र, गल्छी, खोँच, भीर–पहरा अनि कहिलेकाहीँ घना जङ्गल, बाक्लो बस्ती र संरक्षण क्षेत्र पनि पर्न सक्छ। 'मौकामा हीरा फोर्नु' भनेझैं धेरै पाउन केही गुमाउन पनि हिम्मत गर्नुपर्छ। त्यसैलाई 'इन्भारोमेन्टल ट्रेडअफ' भन्छन् सायद! जलविद्युत् आयोजनाले इकोनोमीमात्रै होइन इकोलोजीको पनि भरथेग गर्छ। आयोजना अवस्थित जिल्लालाई लोडसेडिङ्ग मुक्त गराई उद्योग, कलकारखानाको जग बसाउन टेवा पुर्याउँछ। सर्वसुलभरूपमा प्राप्त हुने बिजुलीले विद्युत्मा आधारित उद्योगहरु खुल्न जाँदा जिल्लाभित्रै रोजगारीको नयाँ अवसर सिर्जना हुन गई युवा जनशक्ति विदेशिने क्रमलाई विस्तारै अन्त्य गर्न सकिन्छ। आयोजना निर्माणका चरणमा श्रमिकका रूपमा आयोजनामा प्रवेश गरेको स्थानीय मान्छे आयोजनाको निर्माण कार्य सकिँदा/नसकिँंदै प्राविधिक (वेल्डर, हेल्पर, प्लम्बर, इलेक्ट्रिसियन आदि) बनिसक्छ र अर्को आयोजनाका लागि अदक्षबाट अर्ध–दक्ष कामदारका रूपमा आफूलाई तयार बनाइसक्छ। यसले उसको आत्मविश्वास अभिवृद्धि भै प्रतिस्पर्धी बजारमा आफूलाई उभ्याउन सफल हुन्छ। यसका अतिरिक्त आयोजना सम्पन्न भएपछि वार्षिक करोडौं राजस्व राज्य र सम्बन्धित जिल्लाले पाउँछ। जनताले सेयर किन्न पाउँछन्। त्यसैले विकासका लागि बाधक नीति–नियमलाई समयानुकूल परिवर्तन गर्दै जानु आजको टड्कारो आवश्यकता हो।

वातावरण विनाशकै राग अलापेर फेरि पनि इकोलोजीको मात्रै रक्षार्थ कामकार्बाही अगाडि बढ्यो भने नागरिकको खान–लाउन पाउने सार्वभौम तथा खाद्य सम्प्रभुताको अधिकार किमार्थ सुरक्षित राख्न सकिँदैन।