प्रचण्डले अब गर्लान्?
०३ असोज २०७३
•
६ मिनेट पाठ
प्रचण्डले अब गर्लान्?
नेपालले ४, ७, १५, १९, ४७, ६३ र ७२ साल गरेर सातौं संविधानअन्तर्गत राज्य, समाजको विकास र परिवर्तनको बाटोमा अगाडि बढ्ने जमर्को गरेको छ। परिवर्तनको सपना साकार पार्ने अपेक्षा गरिए पनि अहिलेकै राज्य र समाजको संरचना तथा संस्कारहरुकै जगमा यो संविधानले परिकल्पना गरेका लक्ष्य प्राप्त हुन सक्ला? सबैमा एउटा संशय छ कि यसले पनि कतै पुरानै संविधानहरुको नियति त बेहोर्ने हैन?




दृश्य–१

गत सालको भुइँचालोले घर र आफन्त गुमाएकालाई राज्यले अझै पनि न्याय गर्न सकेको छैन। उनीहरु सरकारको बाटो कुरेर बसेका छन् तर सरकार 'घर यसरी निर्माण गर' सम्म भन्न सक्दैन।

दृश्य–२

अझै पनि राज्य व्यवस्था बलियाहरुको पक्षपोषण गर्ने अनि निर्धाहरुलाई सकेसम्म पेल्ने र केही नलागेमा धोका दिने, छक्काउने तर उनीहरुलाई अधिकार र स्रोतसाधन भने नदिने कुरामा अडिग छ। शक्तिशालीको अगाडि झुक्ने र चाकडी गर्ने अनि आफूभन्दा सानालाई दल्ने र दलाउने आधारभूत चरित्रलाई नै राज्यका निकायले अंगीकार गरिरहेका छन्। जोसँग छ उसैलाई पोस्ने संस्कारद्वारा राज्य र समाजको व्यवस्था सञ्चालित छ भलै कागजमा समानता र न्याय जस्ता कुरा स्वर्ण अक्षरले लेखिएका किन नहुन्।

यतिबेला देशले आफ्ना समस्या आफैँ समाधान गर्न सक्ने आत्मविश्वासी नेता चाहेको छ। हिमाल, पहाड र तराई जोड्ने विशाल छाती भएको र विकास अनि परिवर्तनको स्पष्ट चित्र बोकेको नेतृत्व खोजेको छ।

असमानता, अन्याय र बेथिति अन्त्य गर्न भनेर राज्यले करोडौंको व्ययभारमा अधिकार सम्पन्न निकायहरुको व्यवस्था गरेको छ। तर समाजमा बेथिति ज्युका त्युँ कायम छन्। जनता 'चामल भेटी धामीलाई, व्यथा जति हामीलाई' भन्ने उखानझैं आफैँमा लागु भएको टुलुटुलु हेर्न बाध्य छन् उता सत्तासीनहरुचाहिँ सिटामोट खान हुन्छ कि हुन्न भनेर सोध्नसमेत सात समुद्रपारि गएका गयै छन्। सामान्य कर्मचारी र नेताले रातारात करोडौं जोरजाम गरेको विषय कसैको नजरमा पर्दैन। अर्कोतिर गरिबहरु झन् झन हरितन्नम् भइरहेका छन्।

देशमै जलविद्युत्बाट हजारौं मेगावाट बिजुली निकाल्न सकिन्छ तर सत्तासीनहरु सीमापारिबाट वर्षमा कति बिजुली ल्याउने भन्ने योजना बनाउनमै तल्लीन छन्। पर्यटनको सम्भावना भए पनि यसलाई वास्तवमै फलदायी बनाउनेतर्फ कसैको चासो छैन। जनताको मत र लोकसेवाको उत्तीर्णपत्रलाई भ्रष्टाचारको अनुमतिपत्र ठानुन्जेल मुलुक यस्ता समस्याको चंगुलबाट उम्कन सक्ने छैन।

देशमा उद्योगधन्दा खुल्नु त कता हो कता, उल्टै भएका पनि बन्द हुने क्रममा छन्। खेतीपाती गर्नेको कुनै इज्जत छैन। यस्तो अवस्थामा कामका लागि नविदेशिएर गर्ने के त? देशको स्रोत र साधनको प्रयोग र उपयोगमा अक्षम र बाधक यिनै नेता र कर्मचारीतन्त्रको अप्राकृतिक गठबन्धन दरिलो छ। जसले गर्न खोज्नेलाई रोकेको रोक्यै गर्छ। आफ्नो निहित स्वार्थलाई नै सबैभन्दा सर्वोपरि ठान्ने प्रवृत्ति व्याप्त रहेसम्म यहाँ भइरहने यस्तै हो।

दृश्य–३

यतिबेला देशले आफ्ना समस्या आफैँ समाधान गर्न सक्ने आत्मविश्वासी नेता चाहेको छ। हिमाल, पहाड र तराई जोड्ने विशाल छाती भएको र विकास अनि परिवर्तनको स्पष्ट चित्र बोकेको नेतृत्व खोजेको छ। के अहिलेका प्रधान मन्त्री प्रचण्डले देशको त्यो आवश्यकता पूरा गर्न सक्लान्? पहिलो इनिङमा बोल्ड भएका यी ब्याट्सम्यानले यो पारीलाई शतकीय बनाउलान्? के भूकम्पपीडितको घाउमा मलम लगाउन सक्लान्? आन्तरिक एकता कायम गर्ने कार्यमा सक्षम होलान्? अनि के यो देशमा स्थायी शान्ति स्थापनाका लागि हिजो भएका पीडादायी घटनालाई विश्वले देख्ने र स्याबासी दिनेगरी न्यायपूर्ण मेलमिलापमा रूपान्तरण गर्न सक्लान्? के 'एक घर एक रोजगारी'को मान्यताका लागि कृषिलाई आधुनिकीकरण गर्दै क्रान्तिकारी भूमि सुधार लागु गराउन सक्लान्? यतिबेला उनीपटि्ट तेर्सिएका असंख्य प्रश्नमध्ये मुख्य यिनै हुन् जसमा वर्तमान प्रधान मन्त्रीको भविष्यसमेत निर्धारित हुनेछ।
अर्को समाचार
के प्रचण्डले जातीय पहिचानको व्याख्या गर्लान् ?
१५ असार २०६९
•
१२ मिनेट पाठ
के प्रचण्डले जातीय पहिचानको व्याख्या गर्लान् ?





किशोर नेपाल - बीसौं शताब्दी चामत्कारिक घटनाक्रमहरूको समय थियो। वैज्ञानिक, राजनीतिक, सामरिक र आर्थिक लगायत सबै विषयमा बीसौं शताब्दीको छाप अमिट रूपमा रहिरहनेछ। लोकतन्त्रका लागि बीसौं शताब्दी जति ऊर्जामय रह्यो युद्ध र द्वन्द्वका लागि पनि यो त्यत्तिकै ऊर्जाशील रह्यो। कतै पर्खाल भत्काइयो र कतै पर्खाल लगाइयो। नेपालमा पनि बीसौं शताब्दीको प्रभाव त्यतिकै बाक्लोसँग देखियो।

संसारमा भएका हरेक आन्दोलन र युद्धले समाजलाई जरैदेखि हल्लाएर परिवर्तनलाई जन्म दिने शाश्वत मान्यताअनुरुप नै नेपाली समाज सशस्त्र युद्ध र राजनीतिक द्वन्द्वको चेपमा नराम्ररी फस्यो। तर, कुनै पनि समयमा नेपालीले लोकतन्त्रको मर्म बिर्सिएनन्।

युद्ध र द्वन्द्वले जनताको दृष्टिकोणमा आमूल परिवर्तन ल्याउँछ। आन्दोलन र युद्धले देशहरूको निर्माण पनि गर्न सक्छ र विनास पनि। संसारले यस्ता धेरै विनास भोगिसकेको छ। पहिलो विश्वयुद्धको प्रभाव क्षेत्रीय सीमान्तसम्म विस्तारित थियो। रुसी क्रान्ति पहिलो विश्वयुद्धको हिंसात्मक अभिव्यक्ति थियो। किनभने पहिलो युद्धकालको द्वन्द्व नै युरोपमा केन्द्रित थियो। फ्रान्सको राज्यक्रान्ति र नेपोलियनकालीन युद्धहरू पनि युरोपकेन्द्रित नै थिए। यी युद्ध र द्वन्द्वहरूको प्रमुख उद्देश्य पहिचान र परिचयको खोजी नै थियो।

नेपालमा भएको दशक लामो माओवादी युद्ध र त्यसको उपसंहारका रूपमा संयोजित सर्वदलीय सहभागिताको दोस्रो जनआन्दोलनले जनताको दृष्टिकोणमा आमूल परिवर्तन ल्याए पनि यसका उपलब्धिहरू के हुन? अहिलेसम्म स्पष्ट भएको छैन। जनताका मनोभावना धान, गहुँ, मकै, कोदो र विभिन्न जातका अन्न एकै ठाउँमा मिसिएर असरल्ल परेको अवस्थामा छन्। उपलब्धिका नाममा लोकतन्त्र, मानव अधिकार, विधिको शासन र राज्य पुनर्संरचनाजस्ता प्रचलित शब्दहरूको व्यावसायिक र अपूर्ण खेलमात्र भएको छ। कसैले पनि परिवर्तनका उपलब्धिबारे संगठित अध्ययन गरेको भेटिएको छैन। दलका नेताहरू युद्ध र आन्दोलनका उपलब्धिबारे आफैं पनि रनभुल्लमा परेका छन्। यही अन्योलले चार वर्षको बहस र छलफलपछि पनि संविधान बन्न सकेको छैन। भविष्यमा यसै हुन्छ भन्न सक्ने अवस्थामा कोही पनि देखिएका छैनन्।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग संयुक्त रूपमा जनआन्दोलनको नेतृत्व लिनु भएका माओवादी अध्यक्ष प्रचण्डले संविधान निर्माणको अन्तिम चरणमा आएर नेपालमा जातीय पहिचानसहितको संघीय-संरचना हुनुपर्ने अडान राख्नु भएपछि संविधान निर्माण प्रक्रिया बिथोलिएको छ। यो घटनाले प्रचण्ड स्वयंलाई पनि निकै झस्काएको छ। उहाँको पार्टी विभाजित भएको छ र पार्टी नेतृत्वको सरकार मूल प्रवाहबाट एक्लिँदै जान थालेको छ। यही कारण हो, अहिले उहाँ संविधानसभा पुनर्स्थापना गरेर संविधान निर्माण प्रक्रियालाई फेरि एउटै धागोमा संयोजित गर्न खोजिरहनु भएको छ। यो काम त्यति सजिलो पक्कै छैन। देशका बुद्धिजीवी, नीति-निर्माता र राजनीतिक दलहरूको शीर्ष नेतृत्व भनिने तहमा रहेका व्यक्तिहरू संघीयता र देशकोे मूलभूत संरचनात्मक परिवर्तनबारे खासै गम्भीर देखिएका छैनन्। उनीहरूले न प्रचण्डद्वारा प्रस्तावित जातीय पहिचानसहितको संघीय राज्यको विकल्प प्रस्तुत गर्न सकेका छन, न नयाँ विकल्पको खोजीमा राष्ट्रिय बहस चलाउने साहस गर्न सकेका छन्।

प्रचण्ड स्वयंले पनि जातीय पहिचानसहितको संघीय राज्यको स्पष्ट व्याख्या गर्नुभएको छैन। उहाँले राजनीतिको तीव्र प्रवाहमा पौडिइरहेका बेला भावावेशमा जातीय राज्यको अनुमोदन मात्र गर्नुभएको छ। जातीय नेपाली कि नेपाली जातीय? शब्दहरूमा ठूलो खेल हुन्छ। उदाहरणका लागि युरोप, अमेरिका, अफ्रिका लगायत महादेशमा छरिएर रहेका भारतीयहरूलाई 'भारतीय मूलका' भन्ने गरिन्छ। नेपालमा जातीय राज्यको संरचना भइसकेपछि विश्वभर रहेका नेपालीहरूको मूल के हुनेछ? ती नेपाली मूलका तमु, मगर, शेर्पा, बाहुन, भोटे, तामाङ हुनेछन् कि नेपाली मूलबाटै उछिट्टिएर स्वतन्त्र मूलको अस्तित्व कायम गर्न लाग्नेछन्? नेपाल जातीय राज्यहरूको समूह हुनेछ कि जातीय राज्यहरूको अस्मिता नेपालको एकीकृत अस्तित्वसंगै गाँसिएर रहनेछ? कुरा वैदेशिक रोजगारी, पासपोर्ट र आवागमनको मात्र होइन।

आत्म-निर्णयको अधिकारको चाहना राख्दै आएका विभिन्न जाति, जनजाति र विभिन्न वर्गका मानिसले व्याकुल माइलाको सय थुँगा फूलको गीत सुनेकै भरमा आफ्नो शासकीय अधिकारको तृष्णालाई त्याग्नेछन् भन्ने कसैले सोचेको छ भने त्योभन्दा ठूलो दुःखान्त विचार अर्को हुन सक्दैन।

जातीय पहिचानको राजनीतिमा अलिकति पनि सन्तुलन खलबलियो भने त्यो आगोसँग खेल्नु बराबर खतरनाक हुन्छ। राजनीतिक नेतृत्वले कतै अलिकति सन्तुलन मिलाउन सकेन भने देशमा भयानक आगलागी हुन्छ, जसलाई लाखौं दमकलको प्रयोगले पनि निभाउन सक्दैन। सन् ५० को दशकमा श्रीलंकामा सुरु भएको तमिल र सिंहलीबीचको असमानताको झगडा हजारांै मानिसको ज्यान गइसक्दा पनि टुंगिएको छैन। सन् १९५६ मा एक देश र एक भाषाको नारासहित सिंहली जनताको मार्चको नेतृत्व गर्दै जेआर जयवर्द्धनेले सुरु गरेको आन्दोलनले अन्ततः त्यो देशलाई दुर्गतिको जुन खाडलमा हाल्यो, त्यो हालैको इतिहास हो। यो इतिहासलाई कांग्रेस र एमालेले बुझ्नु बढी जरुरी छ। किनभने तमिल-सिंहली युद्धमा मर्नेहरूमा उदार लोकतन्त्रवादी तमिलको संख्या धेरै थियो।

युगोस्लाभिया अर्को त्यस्तै उदाहरण हो। सनातनीभन्दा बेग्लै परिचय भएका कम्युनिस्ट नेता जोसेप ब्रज टिटोले क्रोएट्स, स्लाभ र मुस्लिमहरूको अस्तित्वलाई मिलाएर एउटै देश युगोस्लाभिया त बनाए। तर, उनको अर्थी उठ्नुभन्दा पहिले नै त्यो देश धुजा-धुजा भयो। मिलोसेभिक राष्ट्रपतिमा चुनिएपछि स्लाभहरू यसरी आक्रमणमा उठे कि क्रोएट्स र मुस्लिम अल्पमतले आत्था पनि भन्न पाएनन। अफ्रिका र युरोपका धेरै देशहरू बहुमत अल्पमतको जातीय झगडामा परेर समाप्त भएका उदाहरण अनेक छन्। जातीय झगडा सँग्रालिएपछि जातिहरू सकिन्छन्। त्यसपछि वंशहरूका बीच कलह सुरु हुन्छ। नेपालका नेताहरूले यो सत्य बुझ्न सकेनन भने नेपाली एकता अक्षुण्ण रहनु कठिन छ।

देशका रूपमा नेपालले अहिले केही कठोर सत्यहरूको सामना गरिरहेको छ। २ सय ५० वर्षअघि स-साना राज्य समूहको संगठनबाट बनेको नेपालको राष्ट्रिय अस्तित्व अविच्छिन्न रहने कि नरहने? विवादको मुख्य पाटो यही हो। तर, यो मुख्य पाटोलाई अहिलेसम्म माओवादीलगायत कुनै राजनीतिक दल, नागरिक समाज, स्वतन्त्र बुद्धिजीवी, मिडिया र कुनैपनि सरोकारवाला छुनसम्म पनि चाहँदैनन। यो स्थितिमा जातीय पहिचान सहितको संघीय संरचनाको माग गर्ने माओवादी पार्टीले आफ्नो भिजन सबैले बुझ्ने गरी प्रष्ट गर्नु जरुरी छ। यसो भयो भने मात्र उसको भिजनमाथि अन्य दलहरूको प्रतिक्रिया आउन सक्छ। जातीय पहिचानसहितको संघीय राज्यको अवधारणा आए पनि यसका राजनीतिक, प्राविधिक र व्यावहारिक आधारको व्याख्या गरिएको छैन। केन्द्रीय शासनमा संघीय संरचनाको साझेदारीका विषयहरू पनि स्पष्ट भएका छैनन्। यो अस्पष्ट र अन्योलको अवस्थामा संविधानसभाको पुनर्स्थापना मात्रैले पनि नयाँ संविधान लेख्न नसकिने प्रष्ट नै छ।

जातीय पहिचानसहितको संघीयताले देशको सार्वभौमिकताको खण्डीकरण नगर्ने ग्यारेन्टी नभएसम्म कुनैपनि जात जाति आश्वस्त हुनसक्ने अवस्था अहिले छैन। जात जातिबीचको आपसी सम्बन्ध शत्रुता, कटुता र ईर्ष्याको हदसम्म पुगेर अमिलिएका बेला स्थापित भ्रमहरु नचिरेसम्म देशमा स्थायित्वको सूर्योदय हुन सक्दैन। दसवर्षे युद्धका निर्माता र युद्धलाई शान्तिको बाटोमा सहज अवतरण गराउने नेताका रूपमा प्रचण्डबाट जातीय पहिचानसहितको संघीयता र देशको एकीकृत परिचयको सम्बन्धबारे प्रष्ट व्याख्या नआएसम्म देशमा नयाँ संविधान बन्न सक्दैन। किनभने, प्रचण्डबाट नआएको व्याख्या अरुबाट आउन सक्दैन।
 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस