म जन्मिदा गिरिजाप्रसाद कोइराला मेरो पुस्ताको नागरिक हक, अस्मिता र मुक्तिको उदात्त ध्वजा बोकेर संघर्षको मैदानमा होमिइसकेका थिए। म जीवितै छ"दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्घोष गरी उनी महाविश्राममा लीन गए। यात्राको उनको उमङ्गमय प्रस्थान निरङ्कुश जहानिया राणा शासनविरुद्ध विराटनगर जुट मिल्सका मजदुरलाई जगाउने तुफानी अभियानबाट भएथ्यो। उनको अथक, अटल र अविराम यात्रा अत्याचारी राणातन्त्र र शाहीतन्त्रको विनाशपछि समापन भयो।
गिरिजाबाबुको यो नागबेली यात्रा अनेक उकाली र ओराली, हन्डर र ठक्कर, सशस्त्र र निःशस्त्र विद्रोह, दमन र प्रतिरोध, हठ र लचकता, प्रशंसा र भर्त्सनाले भरिपूर्ण एक रंगीन महागाथा हो। र, म हुँ यो महागाथाभित्रको एउटा सानो कथा।
सम्झन्छु, धेरैअघि विराटनगर-फारवेसगन्ज विमान अपहरण र रकम जफत काण्डको लोमहर्षक कथामा सबार भई गिरिजाबाबुको नाउँ पहिलोपटक मेरा कानसम्म आइपुगेको थियो। नामी बीपीका सहोदर भाइ, दुस्साहसिक योद्धा, व्यवहारमुखी राजनीतिका हठी अभियन्ता - हो, यस्तैयस्तै थिए उनको नाउँसँग जोडिएर आएका अलंकार। पछि, उनको नाउँ 'हवल्दार'को विस्मयकारी उपमा जोडिएर मछेउ आयो। सङ्घर्षको व्यवहारप्रति अतिशय लगाव र ज्ञान आर्जनप्रति अपेक्षाकृत कम रुचिका कारण दाज्यै बीपी स्वयंले उनलाई त्यो उपाधि दिएका हुन् भनी काङ्ग्रेसी वृत्तभित्रैबाट गाइँगुइँ सुनिन्थ्यो। समय बित्दै गयो। उनका नयाँ नयाँ विम्बहरू लोकमानसमा प्रक्षेपित हुँदै गए। जनमतसङ्ग्रहपछिको कुरा हो। हाक्काहाक्की कांग्रेसी झन्डा बोकेर देशैभरि चुनाव लड्न पाए पञ्चायती चुनावलाई उपयोग गर्न मिल्ने सशर्त दाबी उनले अघि सारे। तर, सकीर्णमति राजाले उनको दाबी ठाडै खारेज गरिदिए। तैपनि उनलाई राजावादी पञ्च भनेर गिज्याइयो। छयालीस सालपछि उनले 'माले, मसाले, मण्डले एकै हुन्' भन्ने सूत्रवाणीको उच्चारण गरे। र, कम्युनिस्ट वृत्तमा उनी फासीवादी कहलिन गए।
छयालीस सालमा निर्दलीय हुकुमी शासन गयो र बहुदलीय चुनावी शासन फर्केर आयो। शासनको औपचारिक स्वरूप त फेरियो, तर राज्यको त्रूकर, अनुदार र असहिष्णु चरित्र ज्यूँकात्यू रह्यो। र, संसदीय शासन चुनाव जित्ने दलले एकलौटी सत्ता भोग गर्ने थलो बन्यो। नेपाली काङ्ग्रेसका सर्वाधिकारी प्रमुख पनि गिरिजाबाबु नै भए, संसदीय शासनका केन्द्रीय नायक पनि उनै। गणेशमान सिंह पाखा लगाइए र काङ्ग्रेसी वृत्त भावनात्मकरूपले चिरा पर्यो। किसुनजी किनारा लगाइए र काङ्ग्रेसी वृत्तमा भावनात्मकरूपले अर्को चिरा पर्यो। र, काङ्ग्रेस माने गिरिजाबाबु, गिरिजाबाबु माने संसदीयतन्त्र भनेजस्तो विचित्रको विडम्बना सिर्जना भयो। संसदीय शासन आफ्नो मान्छे र आशीर्वाद, नातावाद र कृपावाद, चाकरी र चापलुसी, भ्रष्टाचार र घुसखोरीको पर्यायझैँ बन्न पुग्यो। आखिरमा माओवादी विद्रोहले ल्याएको उथलपुथल र वीरेन्द्र परिवारको वंश विनाशस"गै जर्जर हुन पुगेको संसदीय परिपाटी भुइँफुट्टा राजा ज्ञानेन्द्रका त्रूकर पन्जामा कैद हुन पुग्यो।
जब संसदीय व्यवस्थामाथि ज्ञानेन्द्रको असोजतन्त्रको तरबार बजियो, निकट अतीतमा आफ्नो अगुवाइमा थुप्रिएको राजनीतिक र नैतिक फोहोर सफा गर्न सडकमा ओर्लिएका गिरिजाबाबुसँग रत्नपार्कमा मेरो भेट भयो। अश्रुग्यास, कटबाँस र फोहोर पानीको प्रहारको पर्वाह नगरी वृद्ध र कृषकाय गिरिजाबाबु आन्दोलनका सर्वमान्य कमाण्डर बने। जब सडकमा ती आउँथे, हामीलाई आसश साहस र ढाडस सञ्चार गर्ने देवदूत आएझैँ लाग्थ्यो। ज्ञानेन्द्रको फौजी ताण्डवस"ग हाक्काहाक्की आँखा जुधाउने हाम्रा अग्ला, पत्यारिला र प्रभावी अभिभावक आखिर उनै त थिए। ज्ञानेन्द्रले जब शेरबहादुर देउवालाई गोटीरूपी प्रधानमन्त्री भर्ती गरे, क्षुधापीडित एमालेका लोभी नजर दरबारतिर एकोहोरिए। र, ऊ आधा त्रुटि सच्चियो भन्दै गिरिजाबाबुलाई सडकमा छाडेर लुसुक्क दरबार भित्रियो। एमाले बनेको पूर्व माले त्यसरी शाही निरंकुशताको जुवामा नारिन दरबार भित्रिँदा मलाई गिरिजाबाबुको 'माले, मसाले, मण्डले एकै हुन्' भन्ने सूत्रवचनको झल्झली याद आयो। पछि मकरतन्त्रको उन्मादी बुट जब एमालेका निधारमा बज्रिययो, एमाले टुटुल्को सुम्सुम्याउ"दै लत्रिएर गिरिजाबाबुको अटल अभियानको शरण पर्न विवश भयो।
प्रायः हठझैँ प्रतीत हुने दृढ सङ्कल्प र लचकता गिरिजाबाबुको व्यक्तित्वका दुई अभिन्न पाटा हुन्। राज्ययन्त्रमा जब ऐजेरुरूपी राजा ज्ञानेन्द्रको आतंक व्याप्तभयो, त्यसको प्रतिकार गर्न उनलाई माओवादी विद्रोहीको साथको खाँचो महसुस भयो। उर्लिँदो जनचेतना ध्वनित हुने इतिहासका हलचलकारी पदचाप सुन्दै उनी बाह्र बु"दे लगनगाँठोको तर्जुमामा लागे। उनले स्वदेश र विदेशका अनेक कुनाबाट आइरहेका कठोर दबाबको एकरत्ती पर्वाह गरेनन्। र, उनले इतिहासको एक कालखण्डमा आफै"ले आतंककारी घोषित गरेको माओवादीजस्तो कडा कम्युनिस्टसँग इतिहासको अर्को कालखण्डमा सहकार्यको ढोका खोले। गिरिजाबाबुको इतिहासबोधी चेतनाको एक विलक्षण क्षण थियो त्यो।
राजासँग मिलेर जाने आशयको वीपीको 'राष्ट्रिय मेलमिलाप'को धारणा इतिहासको विशेष परिस्थितिको उपज थियो। परिस्थिति फेरियो तर कतिपय काङ्ग्रेसीहरू मेलमिलापको कालातीत रटनामा अल्झिएर समयको गतिमा पछाडि नै छुटे। शैलजा छुटिन्। खुमबहादुर एन्ड कम्पनी इतिहासको रथ उल्ट्याउन हठ गरिरहेको छ। वागमतीको पुलमुनि त्यत्रोविधी पानी बगिसकेर पनि सन्त नेता भनेर चिनिने किसुनजी अझै उही बासी रटनाको घिडघिडोमा अल्भि्कएका छन्। तर, गिरिजाबाबुले भने समयको धड्कन बुझेर गजपले छलाङ मारे।
नेपाली काङ्ग्रेसमा देशदेशावरले चिनेका, गनेका र मानेका बटवृक्षतुल्य गिरिजाबाबुको उपस्थिति थियो र नै माओवादीसँग बाह्रबुँदेको नाता सम्भव भयो। र नै गणतन्त्र र सङ्घीयताको घोषणा सम्भव भयो। यो चेष्टा र अठोट गर्दा गिरिजाबाबुले ठूलो जोखिम उठाएर आफ्नो इतिहास र सनातनी निष्ठालाई दाउमा राख्नु परेको थियो। क्रमशः संवैधानिक राजा, सजावटी राजा र शिशु राजाको आग्रह गर्दै र स्वदेशी तथा विदेशी जनमतको नाडी छाम्दै गिरिजाबाबुले राजतन्त्रलाई मारीमेटी त्यागेको कथा बडो रोचक छ। उनको यो क्रमिक कायाकल्पमा उनको व्यवहारवादी प्रयोगवादको कार्यनीतिक कौशल निहित छ। राजनीतिमा भयंकर जोखिम उठाउने यो साहस, यो सङ्कल्प र यो अठोट गिरिजाबाबुको लचकदार र दृढनिश्चयी व्यक्तित्वको अविस्मरणीय र अनुकरणीय गुण हो।
गिरिजाबाबुलाई वचन दिएर पनि राष्ट्रपति नबनाएकोमा कमरेड प्रचण्डलाई अहिले पछुतो लागेछ। तर, नाटकीय परिपञ्च मिलाएर कसैलाई अर्पण गरिने पदभन्दा व्यक्तिविशेषले आफ्नो सत्यनिष्ठा, समर्पण र कर्मद्वारा स्वस्फुर्तरुपले जनमानसमा अंकित गरेको सम्मानको पदको महत्व कता हो कता बढी हुन्छ। युगान्तकारी परिवर्तनमा आफूले गरेको योगदानको गुरुताका दृष्टिले गिरिजाबाबु सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रेमी सकल नेपालीका हृदयका राष्ट्रपिता हुन्। वीरहरूको हत्या गर्ने लिखतमा लालमोहर ठोक्ने विलासी राजा त्रिभुवनको सालिक सहिदगेटमा सहिदहरूका शिरमाथि कलंकको बोझका रूपमा सुरक्षित राखिएको छ। सम्मानको त्यो आसन त गिरिजाबाबुको पो हो!
राजनीतिक डबलीको बटवृक्षमुनिको भूमि बटुवाका लागि वर्षात्मा ओत लाग्ने र गर्मीमा शीतल ताप्ने गुनिलो थलो हुन्छ। तर, वटवृक्षको विशालतामुनि उम्रिने बोटबिरुवा भने टाक्सिन्छन्। गिरिजाबाबुको महाविश्रामसँगै नेपाली राजनीतिको अजंगको बटवृक्षले धेरैका लागि ठाउँ खालिगरिदिएको छ र धेरैलाई धेरै कुराबाट मुक्त हुने अवसर पनि दिएको छ। वटवृक्षको नित्य परिक्रमा गरेर, भत्तिभजन गाएर वा चाटुकारी गरेर राजनीतिको तर मार्न जो जो अभ्यस्त भएका छन्, अब तिनले आफ्नै सामर्थ्यको सहाराले उभिन सिक्नुपर्ने छ। बटवृक्षको सेपमा परी टाक्सिएका बोटबिरुवाले अब पर्याप्त प्रकाश, ताप र स्वच्छ, हावा पाएर मौलाउने मौका पाएका छन्। प्रत्येक राजनीतिक संकटमा बटवृक्षको मुख ताक्दै अलोकतान्त्रिक प्रकृतिको शक्तिकेन्द्र कायम राख्न यत्न गर्नेहरूले अब सामूहिक विवेक र सहकार्यद्वारा लोकतान्त्रिक मूल्यको महल खडा गर्ने यात्रातर्फ लम्कनु पर्नेछ।
सोभियत सौन्दर्यशास्त्री लुनाचार्स्कीले मानिसको अवसानको उत्तम प्रकृतिबारे गहन चिन्तन गरेका छन्। सामाजिक-नैतिक दायित्व पूरा गरेर आफ्ना उदात्त कर्मको लोकमङ्गलकारी फल हेर्दै महाविश्राममा लीन हुनु, उनको विचारमा, मानिसको भव्य अवसान हो। यस अर्थमा आफूले सक्नेजति गरिसकेर कीर्तिमान रचेका, राजनीतिको नाभीस्थलबाट सीमान्तकृत हुँदै गएका र उमेर पुगेका गिरिजाबाबुको अवसान सामयिक र भव्य अवसान हो। अब गिरिजाबाबुका सबल गुणबाट प्रेरणा र शिक्षा लिँदै उनका अपुरा सपना पूरा गर्ने जिम्मा उनका उत्तराधिकारी हो। रत्नपार्कका मेरा अगुवा गिरिजाबाबु! मेरो हार्दिक श्रद्धाञ्जलि।