जेठ १५ को मध्यरात ...
तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला केही बेरमा भन्नेवाला थिए, 'मेरो सपना पूरा भएको दिन आज नै हो, सायद राष्ट्रको सपना पूरा भएको दिन पनि आज नै हो ।'
जेठ १५, २०६५ बुधबार । आन्तरकि साजसज्जा भर्खर सकिएको संविधानसभा हल बिहान एघार बजेबाटै प्रधानमन्त्री पर्खिरहेको थियो । राति साढे नौ हुन लागिसकेको थियो । बालुवाटारमा दलहरुको बैठक बल्लतल्ल टुंगिएको थियो । त्यसपछि मन्त्रिपरिषद्को आकश्मिक बैठक सकेर नेताहरू नयाँ बानेश्वर पुग्न थालेका थिए ।
प्रधानमन्त्रीले देखेको 'आफ्नो सपना र सायद राष्ट्रकै पनि सपना' कोरल्न सजिलो भएन ।
संविधानसभाको पहिलो बैठक, त्यत्रो ऐतिहासिक कार्यसूचि । बैठक बस्नै साढे दस घन्टा ढिलो हुँदा सपना फेरएिला भन्ने चिन्ता बढ्दै गइसकेको थियो । मध्यरातसम्म बैठक बस्न सकेन भने संवैधानिक संकट आउने थियो । प्रधानमन्त्रीलाई क्यै गरी बालुवाटारबाट हिँड्न नदिने, वार्तामै अल्झाइरहने, वार्ता क्यै गरी सुल्झिहाले पनि संविधानसभा हल पुग्न नदिने सम्भावित तानावानाको चिन्ता फैलिएको थियो ।
माथिल्लो तलामा राजदूतहरु साउती गर्न थाले । एकले अर्कालाई हातको इशाराले देखाउँदै थिए, टाढा अगाडि रोष्ट्रमछेऊ भुईंमा एउटा मुसो दौडिरहेको रहेछ । ठूलो हाँसो चल्यो । दिनभरकिो पट्यारलाग्दो प्रतीक्षाबीच एउटा मुसोले नेपालको ऐतिहासिक साँझ अलि खुकुलो बनाइदियो ।
मुसोले हँसाएको केहीबेरमा बाहिर बम विष्फोटनको ठूलो आबाज आयो । हलभित्र उङरिहेकाहरू झस्किए । राजदूतहरु पनि हृवारर्र निस्किए । जापानी राजदूतले मेरो पाखुरा च्याप्प समात्दै भने, 'ल भन्नुस् किन आज बिहानदेखि यस्तोविधि बैठक रोकिएको हो ? अब कतिखेरमा बैठक बस्न थाल्छ ? कारण के हो ? कस्तोविधि रनभुल्ल किन हो ? बिहान एघार बजे भनियो, आयौं, दिउँसो तीन बजे भनियो, आयौं, साँझ छ बजे भनियो, समयमै आयौं । अनि ख्वै त बैठक सुरु भएको ?'
मैले उनलाई तल बैठकतिर हतारहतार महान्यायधिवक्तालाई भर्खर दौडाइएको बताइदिएँ । उनले अनुमान गर्न पाए, संवैधानिक र कानुनी बन्दोबस्त भइसकेको रहेनछ । दोस्रोपल्ट बम विष्फोटन भयो । त्यसको आबाज अघिभन्दा चर्को सुनियो । फिनिश, बंगलादेशी र श्रीलंकाली राजदूतले बम विष्फोटन कसले गराएको भन्ने प्रश्न गर्न मलाई घेरे । रणवीर सेना नामको समूहले जिम्मा लिंदै थियो जसले अघिल्लो दिनदेखि केही सामान्य विष्फोटन गराउँदै आएको थियो, पर्सि माओवादीको गणतन्त्र विजयसभाछेऊ रत्नपार्कमा पनि गर्दै थियो । मैले आफ्ना सहकर्मीले पठाएको एसएमएस उनीहरुलाई देखाइदिएँ- 'कोही घाइते छैन । हामी उभिरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमी गेटमा विष्फोट भएको हो, हिजोको जस्तै सुतली बम रहेछ । एभरेष्ट होटलछेऊ पड्केको बमले पनि कसैलाई घाइते पारेको छैन ।'
यहाँ बैठक सुरु हुन नदिने गरी अड्केको चाहिँ केमा हो भन्दै राजदूतहरू सोध्न थाले । राष्ट्रपतिको कार्यक्षेत्र र निर्वाचन प्रक्रिया अहिल्यै प्रष्ट गर्ने र त्यसबारे संविधान संशोधन त्यही राति गर्नेबारे छलफल जारी थियो । अन्तरमि संविधानले त्यही पहिलो बैठकसम्मको जिम्मेवारी लिएको थियो, केहीबेरमा गणतन्त्र कार्यान्वयन गरेपछिको व्यवस्था तत्काल टुंगो लगाउनुपर्ने थियो ।
हलबाहिर हामी निस्कँदा अघिसम्म नयाँ बानेश्वर चोकमा गणतन्त्र घोषणा छिटो गर्न दबाव दिँदै नाचगान गररिहेका नागरकिहरुको बोल्ती बन्द भएजस्तो थियो । रात बढ्दै थियो ।
देशले ०७ सालमा पहिलोपल्ट गरेको वाचा पूरा हुने क्षण आयो । संविधानसभाको पहिलो बैठक सुरु हुने भयो । मर्यादापालकले 'माननीय सदस्यहरु, सभाध्यक्षज्यू' भन्दै चिच्याए । निद्रालु आँखामा झुमिरहेकाहरु झस्किए । अध्यक्षता गररिहेका जेठा सभासद् कुलबहादुर गुरुङ सरासर मञ्चतिर उक्लिए । रीतिपूर्वक केही सूचना पढे, प्रधानमन्त्रीलाई निम्त्याए । त्यो ऐतिहासिक पल आउंदै थियो ।
प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर कागज निकालेनन् । हडबडाएजस्तै, अल्मलमा परेजस्तै । उनी तनावमा थिए । उनको पछिल्लोभागको टोपीमुनि कपालका केही छरएिका लामा रौं निस्किएको ठूलो पर्दामा देखिन्थ्यो । उनले संविधानसभालाई संसदजस्तै गरी अध्यक्षलाई सभामुख भनिदिए, अनि सभासद्हरुलाई सांसद । संविधानसभाको नाम पनि लिएनन् । गणतन्त्र घोषणा गर्न लागेको पनि भनेनन् । कविता फुरेजस्तो गरी भनिदिए, 'यो मेरो सपना पूरा भएको दिन हो र सायद राष्ट्रको पनि सपना पूरा भएको दिन ।'
'सपना पूरा भए' पनि भव्य सभाहलको चम्किलो प्रकाशमा उनी खिन्न अनुहारमा रोष्ट्रमबाट फर्किए । फर्किने बेला उनले थपेका थिए, 'सहकार्य, सहमति, आपसी विश्वासबाटै आजको दिन निर्माण भएको हो, यो हाम्रो पुँजी हो । एक यूगमा एक दिन एकपल्ट आउँछ भनेर पहिला पनि मैले भनेको थिएँ, त्यो आजै हो ।' त्यति भनेर तल झर्दै सरासर नेकपा -माओवादी) का नेता पुष्पकमल दाहालछेऊ पुगे, हात मिलाएर बिदाइ लिए । नेकपा -एमाले) महासचिव झलनाथ खनाललाई परैबाट हात हल्लाएर बाहिर गए ।
'मलाई अलिकति अप्ठ्यारो लागिरहेछ,' रोष्ट्रमबाट उनले भनेका थिए, 'आफ्नो प्रस्ताव पढ्न म मन्त्री रामचन्द्र पौडेलका लागि सभामुखसँग निवेदन गर्छु ।' त्यसपछि गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गणतन्त्र कार्यान्वयन घोषणा र संविधान संशोधन विधेयक प्रस्तुत गर्नुपर्ने थियो ।
राजीनामा नगरी सत्ता छाड्न नचाहेको भन्दै माओवादीले सडकमा कोइरालाको दोहोलो काड्दै थिए । नेपालको पहिलो राष्ट्रपति बन्ने कोइरालाको 'सपना' पूरा हुन नदिन माओवादी कटिबद्व थियो । त्यहीकारण माओवादीलाई सरकारको नेतृत्व सुम्पिन कोइरालाले झण्डै चार महिना लगाइदिए । त्यस रात सरकार गठन र विघटनका लागि सामान्य बहुमत भए पुग्ने गरी संविधान संशोधन गर्ने सहमति जुटिसकेको थिएन ।
राति साढे ११ बजे गणतन्त्र प्रस्ताव पारति गरी संविधानसभाको पहिलो बैठक सकियो । दश मिनेटपछि व्यवस्थापकीय भूमिकाका लागि सभाको अर्को बैठक बस्दै थियो । राष्ट्रपति र उपराष्ट्रपतिका लागि अन्तरमि संविधानमा संशोधन गर्नुपर्ने थियो । राष्ट्रपतिको कार्यक्षेत्र, हैसियत र भूमिकाबारे दिनभर बालुवाटारमा गलफत्ती भएको थियो । माओवादी बाठा निस्किए, राष्ट्रपतिलाई यति अधिकार दिऊँ भन्ने कि त्यो राष्ट्रपति कार्यकारी हुन पुगोस् र आफैं लिन सकियोस्, नभए राष्ट्रपतिलाई यति पनि ठाउँ नदिऊँ भन्ने कि त्यो पद कुनै दलले लोभ नगरोस् ।
दलहरूबीच गणतन्त्र घोषणाको दिनको असमझदारीको असर एक वर्ष पूरा हुँदा प्रष्ट देखिइसकेको छ । संविधानसभा मुसो दौडिने लगभग कामविहीन कोठामा सीमित हुन पुगेको छ भने देशमा बम विष्फोटन रोक्नसक्ने गरी गृहप्रशासन बलियो हुनै सकेको छैन । नेताहरूले गणतन्त्रमार्फत देखेको 'सपना' फरक-फरक भएकै परिणाम त होइन यो ? सायद।

narayan@nagariknews.com