जनतालाई धोका नहोस्
२९ कार्तिक २०७३
•
८ मिनेट पाठ
जनतालाई धोका नहोस्
यस वर्षका दशैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वकोे माहोल बिस्तारै सकिएको छ। हुन पनि चाडपर्वमा नेपाली निकै रमाउने परम्परा छ। कुनै बेला यस्तै मौका छोपेर राजनीतिकरूपमा गम्भीरखालका निर्णयसमेत हुने गरेका थिए। यसपटक यस्तै रमाइलोका बेला भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिनको राजकीय भ्रमण सकेर फर्किएका छन्। सधैँ नेपालका नेतालाई उतै बोलाएर यसो गर, उसो गर भनेर आदेश दिने गरेकामा १८ वर्षपछि नेपालमै आएर के कस्ता निर्देशन दिए, उक्त भ्रमण कसका लागि उत्पादक र राज्यका लागि के कति प्रत्युत्पादक भए, त्यो सबै समयसँगै खुल्दै जानेछ। केही क्षणलाई ढाँट्न/छल्न सकिएला तर आजको दुनियाँमा ढाँटेका कुरा लुकाइराख्न गाह्रो छ। जसरी माओवादीले भारतसमक्ष उसलाई आघात पुर्‍याउने कुनै काम नगर्ने, उसको हितविपरित नजाने प्रतिबद्धता जाहेर गरेर नेपालमा आतंक मच्च्याइरहेका बेला ज्वाइँ जसरी बसेर मोज गरेको कुरा समय आएपछि खुल्यो। त्यसैगरी राष्ट्रपति मुखर्जीले दिएका निर्देशन र तिनलाई पूरा गर्ने प्रतिबद्धता जनाउनेहरुको पनि पर्दाफास हुँदै जाने नै छ। संविधान संशोधनका लागि तयार पारिएको भनी हालै बाहिर आएको प्रस्ताव त्यसैको संकेत हुन सक्छ।

एमालेसहित एमाओवादी सांसदहरुले दर्ता गराएको महाभियोग विफल हुँदा आफूहरु हारेको ठान्ने र संविधान संशोधनको सर्तमा महाभियोग पास गराएर जितेको अनुभूति गरियो भने त्यो राष्ट्रका लागि ठूलो धोका हुनेछ।

नेपालको राजनीतिमा यतिबेला लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग र मधेसी मोर्चालाई (साँचो अर्थमा भारतलाई) खुसी पार्न गरिने संविधान संशोधनका लागि संसद्मा दर्ता हुने प्रस्ताव बढी चर्चामा छन्। यी दुवैलाई सरसर्ती हेर्दा संसद्मा बहसको विषय बन्ने भए पनि लोकमानविरुद्धको महाभियोग नेपालको शासन व्यावस्थासँग र संविधान संशोधनको विषय भारतको असन्तुष्टिसँग गाँसिएको छ। संंविधान संशोधनको स्वामित्व आफूले लिए जसरी नेपालका नेतालाई मात्र होइन, विदेश भ्रमणमा जाँदासमेत भारतले नेपालको संविधान अपूर्ण छ भन्न छाडेन। हालैमात्र सञ्चार माध्यमहरुमा आएको संविधान संशोधनका लागि तयार पारिएको प्रस्तावमा जे/जस्ता बुँदा राखिएका छन् यो त्यसैको सम्बोधन हो। 'हावा नचली पात हल्लँदैन' भन्ने नेपाली उखानझैँ सरकारले जतिसुकै खण्डन गरे पनि संविधानमा गर्न लागेको संशोधनको प्रस्ताव त्यही नै हो। यसले कुन नेपाली नागरिकलाई फाइदा पुग्छ? मधेसी नेपाली जनताले यही चाहेका हुन त?

नेका, एमाओवादी र मधेसी दलका नेताहरु एकै ठाउँबाट निर्र्देशित छन। एमाले नेतृत्व सरकारलाई गिराउन त्यही शीक्तले यिनीहरुलाई प्रयोग गरेको थियो। यी तीन शक्ति मिल्दा संसद्मा दुई तिहाई पुग्थ्यो भने संविधान संशोधन भारतले भनेभन्दा एक कदम अगाडि बढेर गरिसक्थे। आजका दिनसम्म त्यसलाई रोक्ने काम भयो। जसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ। अब सवाल रह्यो एमाले आफ्ना भनाइमा कहिलेसम्म अडिग रहन सक्छ? नेपाली राजनीतिमा सधँै विन–विनको कुरा हुने गरेको छ। अहिलेको विन–विन भनेको लोकमानविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्तवामा नेका, एमाओवादी र मधेसी दलले साथ दिने, ती दलले राखेको संविधान संशोधनको प्रस्तावमा एमालेले साथ दिने। के यी त्यसरी टुंग्याउने विषय हुन सक्छन्? एमाले त्यसखालको सहमतिमा गयो भने यो उसका लागि आत्मघाती कदम हुनेछ।

ल्ाोकमानले जुन शैलीले काम गरेका छन् त्यो उपयुक्त छैन। जसका बारेमा नेका र एमाओवादीका कतिपय संासद सहमत छन्। महाभियोग पास हुने/नहुने कुरा कुनै एउटा पार्टीको प्रतिष्ठासँग गाँसिने विषय बन्नुहुँदैन। विगतमा पनि यसखालका महाभियोग दर्ता भएकै थिए। त्यतिबेला कुनै किसिमको सौदावाजीको आवश्यकता परेन। महाभियोग पास नभए पनि सम्बन्धित व्यक्तिलाई राम्रो पाठ सिकाउने काम भयो। एमालेसहित एमाओवादी सांसदहरुले दर्ता गराएको महाभियोग विफल हुँदा आफूहरु हारेको ठान्ने र संविधान संशोधनको सर्तमा महाभियोग पास गराएर जितेको अनुभूति गरियो भने त्यो राष्ट्रका लागि ठूलो धोका हुनेछ। लोकमानविरुद्ध चलेको बहस र विदेशीलाई खुसी पार्न गरिने संविधान संशोधनको कहीँ कतै मेल खानै सक्दैन। महाभियोग फेल हुँदा एक जना व्यक्तिले तोकिएको अवधिसम्म काम गर्न पाउने हो भने औचित्यबिनाको संविधान संशोधन गर्दा यसको असर मुलुकमा दीर्घकालसम्म पर्नु हो।

राजनीतिक हिसावले नेका, मधेसी मोर्चाको निकटतम शक्ति हो। त्यसैले सिमानामा धर्ना बसेकाहरु रातारात सुशील कोइरालालाई भोट हाल्न संसद् छिरेका थिए। अहिलेकै कुरा गर्ने हो भने मधेसी पार्टीहरु प्रचण्डलाई भोट हाल्न हौसिँदै र रौसिँदै आए। यी तीनमध्ये नेका र मधेसी दल जति निकट छन् त्यति एमाओवादी छैन। तर पनि फलामलाई फलामले काट्न सजिलो हुने भएको हुँदा त्यसलाई प्रयोग गरिएको हो। तर पनि यतिखेर एकै ठाउँबाट निर्देशित यी तिनै दललाई टक्कर दिने शक्ति भनेको एमालेमात्र हो। यस्तो बेला एमालेले पनि विगतमा भन्दा गम्भीर भएर जनताको भावना बुझ्न आवश्यक छ। यसका लागि विगतमा गरिएका जस्ता चुक्ने गल्ती उसले अब झुक्किएर पनि गर्नुहुन्न। समग्रमा भन्दा नेपाल र नेपालीमाथि धोका नहोस्, जनताको यही चहाना छ।
अर्को समाचार
जनतालाई धोका नहोस्
०७ माघ २०७०
•
१५ मिनेट पाठ
जनतालाई धोका नहोस्
यही माघ ८ गते संविधान सभाको अधिवेशन सुरु हुँदैछ। नयाँ जनदेश र जोसका साथ सभासद्हरू संविधान सभामा प्रवेश गर्दैछन्। उनीहरूसँग नयाँ संविधान दिएर देशलाई निकास दिने वाचाको भारी छ भने आफ्ना निर्वाचन क्षेत्रका जनताको उर्लादो आकांक्षा पूरा गरेर जवाफदेही हुनुपर्ने जिम्मेवारी पनि छ।यो बोझिलो कार्यभार सभासद्हरूले कसरी उठाउलान् त्यो हेर्न बाँकी नै छ तर उनीहरू जनताको निरन्तर निगरानीमा छन्। जनताले जनादेशको नवीकरण गरिदिएर पुनः विजयी हुन सफल केही अनुभवी सभासद्ले बुझेकै होलान् नि जनता निर्वाचनमा जवाफदेहीको परीक्षण गर्दा कति कठोर बन्न सक्छन्? तर धेरै नयाँ अनुहार संविधान सभामा नवप्रवेशी छन्। उनीहरूले पनि निर्वाचनको बेला हलुका वाचा गर्नु कति महंगो पर्छ भन्ने चाँडै नै बु‰नेछन्। ताओवादी दर्शनका प्रवर्तक चिनियाँ दार्शनिक लाओत्सेले भनेका छन् ­'अरूको नेता हुन खोज्नेले सर्वसाधारणको भाषा बोल्नुपर्छ, अरूभन्दा अगाडि हुन खोज्नेले उनीहरूको ठीकपछाडि हिड्नु पर्छ'। जनताका प्रतिनिधि हौँ भन्नेले यो गुरु मन्त्र बु‰नुपर्छ। राजनीतिज्ञहरूलाई ' महाभुलहरूको उत्तराधिकारी' (सक्सेसर अफ ब्लन्डर) भन्ने गरिन्छ। अघिल्लो संविधान सभाको 'महाभुल' लाई यो संविधान सभाले सच्याउन सक्यो भने देशलाई निकास दिन सक्छ। असफल विगत भए पनि नयाँ संविधान सभा र सभासद्हरूलाई शंकाको सुविधा भने छ।

पहिलो संविधान सभा असफल भएकालेे यो संविधान सभा मौका परीक्षामा छ। यसमा पनि सफल हुन नसक्ने हो भने यो उत्कृष्ट राजनीतिक अभ्यास नेपालमा पूर्णतः असफल सिद्ध हुनेछ। देश सँधै निकासविहीन हुन सक्दैन र यस परिस्थितिमा विविध स्वार्थहरूको गठबन्धनबाट संविधान त बन्नेछ, तर यसरी बन्ने संविधान लोकतन्त्रविरुद्धको 'उल्टो लहर' हुनसक्ने खतरा हुन्छ। हैटी, सुरिनाम होस् वा फुजिमोरीको शासनकालको पेरु, लोकतन्त्रको बहालीपछि अलोकतान्त्रिक व्यवस्थातिर फर्केको उदाहरण हुन्। अफ्रिकी देश नाइजेरिया सन् १९८४ मा र सुडान १९८९ मा यस्तै प्रतिगमन भएको थियो। यी पाठहरू सिकेर दोस्रो संविधान सभा सफल बनाउन सबै सभासद्हरू कठोर परिश्रममा लाग्न आवश्यक छ। यसका लागि अधिवेशनको सुरुआत नै राम्रो हुनुपर्छ।

भनिन्छ, राम्रो सुरुआत आधा सफलता हो। अधिवेशन उद्घाटनको दिन नै जनतामा नयाँ विश्वास सिर्जना गर्ने काम होस्। पहिलो संविधान सभा उद्घाटन भएको दिन २०६५ जेठ १५ मा राजाको भविष्य बारे निर्णय गरिने कुरा पूर्वनिर्धारितै थियो। उक्त दिन गणतन्त्र घोषणाको ऐतिहासिक दिन भएको थियो। यसपटक यस्तो कुनै ऐतिहासिक कदमको सम्भावना नभएकाले सभासद्हरूले सर्वसम्मत प्रतिबद्धता व्यक्त गर्नुपर्छ। 'हामी यस संविधान सभाका सदस्यहरू एक वर्षभित्रमा मुलुकलाई नयाँ संविधान दिने वाचासहित नेपाली जनताको नाममा शपथ खान्छौं' भन्ने। पहिलो बैठकमा प्रतिबद्धता व्यक्त गरिएमा यो ऐतिहासिक घटना हुनेछ। फ्रान्समा सन १९८९ मा 'स्टेट्स एसेम्ली' का सदस्यले यस्तै शपथ खाएका थिए जसलाई युरोपको इतिहासमा 'टेनिसकोर्टको शपथ' का रूपमा चर्चित छ। उनीहरूले घोषणा गरेका थिए­ 'जबसम्म हामी फ्रान्सका लागि एउटा संविधान दिँदैनौं तबसम्म हामी छुटि्टने छैनौ'।

पंडित जवाहरलाल नेहरूले स्वतन्त्रतापछिको सम्बोधनमा भनेका थिए­ 'अतीत हाम्रा लागि प्रस्थान विन्दु हुनेछ र हाम्रा लागि नयाँ इतिहास सुरु हुँदैछ, त्यो इतिहास जहाँ हामी काम गर्नेछौँ र अरूले हाम्रा बारेमा लेख्नेछन्'। दोस्रो संविधान सभा पहिलो संविधान सभाप्रति कृतघ्न हुन सक्दैन। यद्यपि, नयाँ जनादेशयुक्त यस सभालाई पुरानाको बिरासत धान्नै पर्ने बाध्यता भने छैन। तर, विगत चार वर्षको अभ्यासमा केही असल र सत्यको अंश पनि छ भन्ने बु‰नु आवश्यक छ। ती असल कामको स्वामित्व ग्रहण गरेर विवादित विषयमा नयाँ जनादेश अनुरूप टुंग्याउनु बुद्धिमानी हुनेछ। विगतको संविधान सभाले जहाँजहाँ बाटो बिराएको छ त्यो पनि अहिलेको लागि शिक्षा हुन सक्छ। विगतमा पनि प्रतिनिधित्व गरेका सभासद्हरूको उपस्थिति अहिले उल्लेख्य रहेको स्थितिमा उनीहरूको अनुभव फलदायी हुनसक्छ। संविधानका मुख्य आधारभूत विषयहरू शासकीय स्वरूप, राज्यको पुनर्संरचनाजस्ता केही पक्षबाहेक अन्य कुरामा सहमति बनेकै हो। त्यसैले स्वामित्व ग्रहण गर्न सकिने विषयहरू अध्ययन गर्न सबै पक्षको प्रतिनिधित्व हुने गरी समिति निर्माण गरेर त्यसको प्रतिवेदन पूर्ण अधिवेशनमा पेस गर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ। यसबाट नीति चयन गर्ने कार्य बोझ संविधान सभाको लागि कम हुनेछ र एक वर्षभित्र नयाँ संविधान दिन समय पुग्नेछ।

संविधान सभाले शिक्षा लिनुपर्ने अर्को विषय चाहिँ सदनबाहिरका राजनीतिक खेललाई रोक्नु हो। विगतमा संविधान सभाभित्र भन्दा तारे होटेल र रिसोर्टका बन्द कोठामा गैरसंवैधानिक अभ्यास बढी भए। संविधान सभाको अवसानको एउटा प्रमुख कारण यो पनि थियो। जनप्रतिनिधिको मूल थलो संविधान सभा नै हो र यो त्यही रूपमा स्थापित हुनुपर्छ। संविधानका अन्तरवस्तुको बारेमा विमर्श र विवाद गर्ने त्यहीँभित्र हो। यसबाहेकको भूमिगत स्थलको खोजी अब गरिनु हुन्न। एकजना पूर्वसभासद्ले सूचनाको हकसम्बन्धी एक कार्यक्रममा आफ्ना पीडा पोख्दै भनेका थिए ­ 'सभासद्हरू नै सूचनाको हकबाट वंचित गराइए, संविधान सम्बन्धमा के सहमति भइरहेछ हामीमध्ये पाँच प्रतिशतलाई पनि थाहा थिएन'। सभासद्हरूले बु‰नुपर्छ उनीहरू जनताका प्रतिनिधि हुन् र उनीहरूले नै जनताप्रति जवाफदेही बहन गर्नुपर्छ।

अबको संविधान सभा 'हाइटेक' हुनेछ भन्ने सुनिएको छ। मतदाताले आफ्ना प्रतिनिधिको भूमिकाको मूल्यांकन गर्न पाउन् भन्नाका लागि संविधान सभाका कार्यवाहीहरूको प्रत्यक्ष प्रसारण गरिनुपर्छ। सभासद्हरूले आधुनिक संचार माध्यममार्फत् मतदाताहरूसँग दोहोरो संचारसम्बन्ध कायम गर्न सक्नुपर्छ। संविधान सभा सचिवालयले 'इन्ट्रानेट' मार्फत् सभासद्हरूलाई सुसूचित बनाउन सक्नुपर्छ। सभासदहरूले अहिलेको लोकतन्त्रमा जनतामा निहित सार्वभौमसत्ता चुनावबाट प्रतिनिधिहरूमा प्रत्यायोजन हुन सक्दैन भन्ने बु‰नुपर्छ । यसर्थ संविधान सभाका समितिहरूका कार्यसम्पादनका क्रमममा बढीभन्दा बढी जनसहभागिता गराइनुपर्छ। विशेषज्ञ, पर्यवेक्षक वा आमन्त्रितका रूपमा सरोकार राख्ने र विज्ञहरूसँग व्यापक परामर्श गरिनुपर्छ। यसबाट बनेको मसौदालाई जनताले स्वामित्व लिने बनाउन जनताको अभिमत लिने प्रबन्ध गरेमा मात्र व्यावहारिक र लोकतान्त्रिक संविधान बन्न सक्छ।

संविधान सभाले व्यवस्थापिका संसद्को काम पनि गर्ने भएकोले यसको ध्यान संविधान निर्माणभन्दा शासकीय काममा बढी गएको विगतले देखाएको छ। भनाइ के छ भने 'संसद्ले शासन गर्दैन, सरकारले शासन गर्छ'। संसद् शासकीय काममा नभएर कार्यकारीलाई उत्तरदायी बनाउने काममा (एकाउन्टेबिलिटी फंक्सन) केन्द्रित हुनु जरुरी हुन्छ। गएको व्यवस्थापिकामा केही संसदीय समितिको शासकीय कार्यमा देखिएको अत्याधिक रुचि आलोचनाको विषय बनेको थियो। राज्यका तीन अंगका आआफ्नै भूमिका र दायित्व हुन्छन् र यसैबाट शक्ति सन्तुलन हुन्छ भन्ने ज्ञान सभासद्हरूलाई पक्कै हुनुपर्छ। अब यसबाट संसद् पर रहनुपर्छ र आफ्नो संपूर्ण ध्यान सरकारलाई उत्तरदायी बनाउने एवं प्रभावकारी विधायनमा केन्द्रित गर्नुपर्छ। सभासद्हरू दलको 'ह्विप'मा निरीह बन्नुभन्दा राष्ट्रिय हित र राष्ट्रियताका लागि अन्तरात्माको आवाज बोल्न सक्ने हुनुपर्छ। सत्तारुढ दलले आफ्ना 'ब्याकबेन्चर' सभासदहरूलाई सरकारको उचित आलोचना गर्न छुट दिनुपर्छ।

नेपोलियनले भनेका थिए­ ' मेरो युद्धले मलाई अमर बनाउने छैन, मेरो 'सिभिल कोड'ले अमर बनाउने छ'। विगतमा असफल राजनीतिक दलका नेता समयमै लोकतान्त्रिक संविधान दिएर देशलाई निकास दिएमा सफल मानिनेछन्। कुनै काम सहीरूपमा गर्दैमा नेता बन्न सकिँंदैन। नेता बन्न त सही काम गर्नुपर्छ। असल नेता इतिहासको पात्रमात्र हुँदैन स्वयं इतिहास बनाउँछ। विगतमा देखिएका कमीकमजोरी हटाएर आफूलाई इतिहासमा सुरक्षित राख्ने अवसर अहिले नेताहरूले पाएका छन्। त्यसलाई सदुपयोग गर्न सकेनन् भने जनता कतिसम्म कठोर हुन सक्छन् भन्ने अनुभव गर्ने भुक्तभोगीहरू नै अहिले नेतृत्वमा छन्। पंक्तिकारले यस पटकको निर्वाचनमा पर्यवेक्षकका रूपमा रुपन्देही जिल्लाका केही ग्रामीण भेगमा गएर मतदाताहरूसँग अन्तरक्रिया गर्दा अनौठो अनुभव गरेकोे छ। त्यहाँका सर्वसाधारण मतदाताले आफ्ना विगतका प्रतिनिधिहरूप्रति आलोचना गर्दा प्रयोग गरेका शब्द लेखमा उतार्न नै सकिँदैन। जनता निकै सचेत भइसकेका छन् र उनीहरू साँच्चै जागिसकेका देखिन्छन्। यसबाट समयमै शिक्षा लिएर जनताप्रति जवाफदेही नहुने हो भने आगामी निर्वाचन लड्नु अहिलेका सभासदहरूलाई निकै भारी पर्ने सहजै अनुमान गर्न सकिन्छ।

जवाहरलाल नेहरूले स्वतन्त्रतापछिको एउटा सम्बोधनमा भनेका थिए ­ 'तारा कहिले पनि नअस्ताउन्, आशामाथि कहिले पनि धोखा नहोस् '। नेपाली जनताले देशको निकास, शान्ति र संवृद्धिका लागि एक पटक फेरि पुरानै दलहरूलाई फरक हैसियतसहित विश्वास सुम्पेका छन्। परीक्षामा एक पटक फेल भइसकेकालाई नै सच्चिने अवसर दिएका छन्। सेनामा तालिममा एक पटक अनुत्तीर्ण हुनेलाई 'चरण झरेका' भन्ने गरिन्छ। यी चरण झरेकालाई अर्को पटक तालिम लिने अवसर दिने गरिन्छ। आशा गरौँ, हाम्रा नेताहरू यसपटक सफल हुनेछन्। जनताले विश्वास गरेर खटाएका प्रतिनिधिले घात गर्ने छैनन्। संविधान निर्माण अहिलेको पहिलो प्रथमिकता हो। यसबाहेक दलीय राजनीतिबाट विमुख हुंदैगएका अहिलेका युवा मतदाताका आफ्नै सपना छन् – देशभित्र अवसर पाइयोस्, बेरोजगारीबाट मुक्त हुन पाइयोस्, गरिखान पाउने शान्तिपूर्ण वातावरण बनोस् र कमसेकम हातमुख जोड्न विदेशमा पसिना बगाउन नपरोस्। जनताको आशामाथि धोखा नहोस्, हाम्रा सभासद र नेता समयमै सचेत होऊन्!
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस