आर्थिक उन्नतिको शिखरमा पुगेका सबैजसो मुलुकको प्रगतिमा शिक्षाको सशक्त भूमिका रहने निर्विवाद छ । हामीकहाँ शिक्षाको महŒवबारे दलले महिमामण्डित गरिरहेका भए पनि यथार्थमा तिनका व्यवहारले बेग्लै सन्देश दिइरहेको छ । दलका गतिविधि शिक्षाको सबालमा ओठेभक्ति मात्र साबित भएका छन् । पछिल्लोपटक सत्तारूढ माओवादी केन्द्रसम्बद्ध विद्यार्थीले काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठको कार्यकक्षमा गरेको बर्बर आक्रमणको जति भत्र्सना गरे पनि पुग्दैन । सत्तारुढ दलका कार्यकर्ताले विश्वविद्यालयमा हथौडा लिएर गई आक्रमण गरेर आफ्नो चरित्रको यथार्थ बयान दिएका छन् । स्कुल÷कलेज सरस्वतीका मन्दिर हुन् ।
त्यहाँ अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषणका निम्ति स्थान हुन्छ । तर, आफ्नो राजनीतिक अभीष्ट सिद्धिका निम्ति यस्ता संस्थामा आक्रमण गरेर कुनै बहादुरी प्रदर्शन हुँदैन । बरु त्यसले ती दलको सैद्धान्तिक आधार कमजोर हुँदै गएको सन्देश आम रुपमा दिन्छ । विश्वविद्यालयलाई कानुनले मात्र होइन, यसको प्राज्ञिक प्रकृतिका कारण पनि स्वायत्त रहने व्यवस्था गरेको छ । यस्ता संस्थाले आवश्यकताअनुसार आफ्नो पाठ्यक्रम आफैँ तय गर्छन्, आफैँ पढाउँछन् र परीक्षा पनि आफैँ लिन्छन् । यस्ता संस्थामा बल प्रयोग गरेर आफ्ना आकांक्षा लाद्न खोज्नुले कुनै अर्थमा पनि एउटा सुसंस्कृत समाज निर्माणको परिकल्पनालाई टेवा पु¥याउन सक्दैन ।
मुलुकका सबैजसो शैक्षिक संस्था धराशयी अवस्थामा छन् । त्यसमा पनि विशेष गरी सरकारी विश्वविद्यालय र शैक्षिक संस्था साधनस्रोत हुँदाहुँदै पनि दिनानुदिन शैक्षिक स्थिति खस्किएको अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय यसको ज्वलन्त उदाहरण हो । सबैभन्दा पुरानो र धनी संस्था भएर पनि त्रिवि अहिले सबैभन्दा दीनहीन अवस्थामा रहेको छ । सत्ता वा प्रतिपक्षमा रहेका सबैजसो दलले यसको पवित्रता समाप्त पारेका छन् । तीनमहिने संगिनी सुई दिनेजस्तो गरी आवधिक रुपमा गरिने दलीय नियुक्तिले यसका पदाधिकारीलाई अत्यन्तै कमजोर बनाएको छ ।
दलले जसोजसो भन्छन्, उसैउसै गरी भइरहेका नियुक्तिले प्राज्ञिक कर्मलाई सघाएको छैन । पदमा पुग्न कुनै न कुनै रुपमा आर्थिक र अन्य प्रभाव प्रयोग भइरहेको छ । पञ्चायतका बेलासमेत त्रिभुवन विश्वविद्यालयका अनुसन्धानमूलक काम गर्ने सेडा, सिनासजस्ता संस्थाले गर्ने अध्ययन÷अनुसन्धानको चर्चा हुने गरेको थियो । अहिले यी संस्थाले आफ्नो गौरवमय परम्परालाई बचाउन सक्ने अवस्था छैन । सबैजसो दलले भागबन्डाका आधारमा गर्ने नियुक्तिले संस्थालाई जर्जर बनाएको छ । यी संस्थामा अध्ययन गर्ने विद्यार्थीले पनि आफूलाई गौरवको अनुभव गर्न सक्ने अवस्था छैन । विश्वविद्यालयको छाप विद्यार्थीको जीवनभरि रहन्छ । तर, त्रिभुवन विश्वविद्यालयजस्ता संस्थाले त्यो गौरवपूर्ण उपस्थिति देखाउन छाडिसकेका छन् ।
केही वर्षअघि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले कम अंक पाएको रिसमा आगजनी गरेका थिए । पुस्तक जलाउने त्यो जत्थालाई सम्झेर अभि सुवेदीजस्ता प्राध्यापक र लेखकको मन द्रविभूत भई त्यसैका आधारमा साहित्य सिर्जनासमेत गरेका थिए । त्यो शैक्षिक क्षेत्रको कालो धब्बाको सम्झना अहिले पनि भइरहेको छ । त्यति मात्र होइन, त्यसयता धेरैपटक विश्वविद्यालय, कलेज र स्कुलमा आक्रमण भएको छ । कक्षाकोठामा पढाइरहेका मुक्तिनाथ अधिकारीजस्ता शिक्षकको हत्या भएको छ । त्यो विगतको कहालीलाग्दो अवस्थाबाट अझै पनि सिकेको देखिएन ।
सबै विश्वविद्यालयले निराशाको खेती मात्र गरिरहेका बेला शैक्षिक उन्नयनका निम्ति क्रियाशील काठमाडौं विश्वविद्यालयमा आक्रमण गर्नेहरू मुलुकका शत्रु हुन् भन्न कुनै कसर बाँकी राख्नुपर्दैन । नेपालमा जुन–जुन संस्थाले राम्ररी काम गर्छन्, तिनीमाथि नै आक्रमण गर्नु भनेको नियोजित पनि हो । डा. श्रेष्ठको कार्यकक्षमै आक्रमण गर्नुको अर्थ हो– तिनले उनको शैक्षिक योगदानलाई पनि त्यसैगरी धराशयी पार्न खोजेका छन् । वास्तवमा यस्ता आक्रमणका पछाडि उनलाई निरुत्साहित गर्ने उद्देश्य रहेको देखिन्छ । धुलिखेलको बन्जर डाँडोलाई स्वास्थ्य सेवाको नमुना थलोका रुपमा धुलिखेल अस्पताल बनाउन उनले गरेको योगदानको जति बयान गरे पनि पुग्दैन । काठमाडौं विश्वविद्यालयलाई यो रुपमा ल्याउन अहोरात्र खट्ने शिक्षासेवी सुरेशराज शर्माका पदचिह्नमा डा. श्रेष्ठ हिँडिरहेका छन् ।
यथार्थमा उनी शर्माका सही उत्तराधिकारी हुन् । शैक्षिक क्षेत्रको उत्कृष्टताका लागि काम गरिरहेका ठाउँमा यस किसिमको आक्रमणलाई कुनै अर्थमा पनि सही थाप्न सकिन्न । यो प्रवृत्तिलाई निरुत्साहित गर्न सत्तारुढ दलकै व्यक्ति भए पनि कारबाही गर्न खुट्टा कमाउनु हुँदैन । यो आततायी आक्रमणलाई निरुत्साहित गर्दै डा. रामकण्ठ र उनको टिमलाई शैक्षिक उन्नयनका निम्ति मार्गप्रशस्त गर्नुपर्छ । माओवादी वा अन्य कुनै पनि दलले यस्तो विध्वंसात्मक ‘क्रान्ति’ रोक्नुपर्छ ।