कोरोनापछिको व्यापार
०१ चैत्र २०७९
•
५ मिनेट पाठ
कोरोनापछिको व्यापार
कोरोना–१९ पछिका पाँचौँसम्मका लहरले बन्दाबन्दीको अवस्थाबाट अर्थतन्त्र पूर्ववत् अवस्थामा फर्किँदै जानेछ। उक्त अवधिका बन्दाबन्दीका कारण देशमा खाद्यान्न, स्वास्थ्यसम्बन्धी, पानी एवम् हल्का कृषिबाहेकका ७० प्रतिशत उद्योग २०७७।७८ र आंशिकरूपमा त्यसपछि पनि ठप्प भएका देखिन्छ।




व्यापार घाटा उच्च, आयात, निर्यातमा ठूलो अन्तर रहँदै आएको छ। उद्योग क्षेत्र संकुचन हुँदै आएको छ। यो अवस्था सन् २०२३ सम्म कायम हुने ठूला देशले पनि आंकलन गरेका छन्। आन्तरिक उत्पादनमा कमी हुँदै आएकाले २०७९।८० र आउँदा वर्षमा यस्तो जारी रहने देखिएकाले अबका बजेट र कार्यक्रमले दिगोखालका निकासी वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्ने प्रयास गरिँदै जान आवश्यक छ। निर्यात प्रबद्र्धनका लागि हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरी बृहत् उत्पादन गर्न आवश्यक छ। तर ७५३ स्थानीय तहमा पालिकास्तरीय औद्योगिकग्राम स्थापना गरी औद्योगिक उत्पादन बृहत्रूपमा गर्न खाँचो छ। चीनको सेज र जापानको ओभिओपीमा गरिएको औद्योगिकीकरण प्रयास संसार प्रसिद्ध छ। दूरगामी सोच नभएर उत्पादन र ब्रान्डिङ गर्न नसक्दा दिगो निकासी प्रबद्र्धनका प्रयास विफल भए। ओभिओपीको धारणा देशमा २०६३।६४ मा सुरु भएको थियो। यसले ४३ जिल्ला ओगट्न सक्छ।

बैंक तथा वित्तीय संस्थाले ध्यान दिई उत्पादन लागत कम गर्ने, गुणस्तरीय उत्पादन र सरल तरिकाले सुपथ मूल्यमा सामान उपलब्ध गर्ने हो भने आन्तरिक बजेटका साथै निकासीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। २०७९।८० को पहिलो सात महिनाको अर्थतन्त्रको व्यापारिक चित्रणतर्फ नियाल्दा २०७९।८० को माघ महिनासम्म कुल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले कमी आइ यो सात महिनामा निर्यात सब भन्दा बढी २९.०३ प्रतिशतले घटेको छ। माघ २०७९ मसान्तसम्म आयातमा भने १९.९ प्रतिशतले कमी आएको छ। २०७९ माघसम्म देशले ८ खर्ब २५ अर्ब ७३ करोड रुपियाँ व्यापार घाटा बेहोरेको देखिन्छ। २०७९ माघ मसान्तसम्म पौने २ खर्बको इन्धन आयात भएको छ। २०७९ माघ मसान्तसम्म नेपालबाट सबै भन्दा धेरै १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको छ भने ८ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात भएको छ। यस्तै रु. ४ अर्ब भन्दा बढीको अलैँची र २ अर्बभन्दा बढीको चिया निर्यात भएको छ।

आ.व.२०७९।८० को अघिल्लो सात महिनामा ९ खर्ब १९ अर्ब १६ करोडको वस्तु आयात हुँदा निर्यात भने ९३ अर्ब रु. ४३ करोडको छ। जसका कारण सवा आठ करोड खर्ब व्यापार घाटा हुन गएको छ। तथापि आ.व. २०७९।८० मा १८.७१ प्रतिशतले कमी आएको छ। २०७९ माघ मसान्तसम्म नेपालको कुल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार भएको छ। यस सात महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशत मात्र भएको देखिन्छ।

माघ २०७९ मसान्तसम्म कारोबार भएको वैदेशिक व्यापारबाट रु. २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख भन्सार राजस्व उठेको छ। २०७९।८० माघ मसान्तसम्म भारतबाट रु. ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरका आयात भएको छ। तर ६६ अर्ब भन्दा बढीको सामान भारतमा नेपालबाट निर्यात भएको छ। भारतसँग मात्र नेपालको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोडभन्दा बढीको रहेको छ।

आर्थिक वर्ष २०७८।७९ मा नेपालमा १६४ देशबाट रु. १९ खर्ब २१ अर्ब भन्दा बढीको सामान आयात भएको छ। भारतबाट २०७८।७९ मा नेपालले रु. १२ खर्ब १५ करोड २७ लाख भन्दा बढीको सामान आयात गरेको थियो। रु. १२ खर्ब भन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरका सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्र २०७८।७९ मा रु. १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। २०७८।७९ मा चीनबाट रु. २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएकोमा रु. ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु. २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो। चीनसँगको आयातसंँगै निर्यात वृद्धि हुँदै आएको छ। २०७८।७९ मा नेपालले रु. २ खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी कुल वस्तु निर्यात गरेको थियो। २०७७।७८ मा नेपालले रु. १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखको निर्यात गरेको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ। २०७८।७९ मा देशको व्यापार घाटा रु. १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो। आ.व. २०७७।७८ मा व्यापार घाटा रु. १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबरको थियो। २०७८।७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो तर २०७७।७८ को तुलनामा २६.१५ प्रतिशतले बढी रहेको छ। २०७७।७८ मा नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो।

कृषिप्रधान देशमा रु. २ खर्ब ५० करोडको खाद्यान्न आयात हुनु हीनताबोधको विषय भएको छ। २०७८।७९ मा वार्षिक बजेट भन्दा झण्डै रु. ३ खर्ब बढीको आयात, १७ खर्बको बढीको व्याापार घाटा रहेको देखिन्छ। एक वर्षको अवधिमा नेपालले १९ खर्ब २० अर्बको आयात गरेको देखिन्छ। २०७८।७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्बको थियो। २०७८। ७९ मा व्यापार घाटा १७ खर्ब २० अर्बको रहेको छ। २०७८।७९ मा नेपालको सबभन्दा बढी इन्धनको आयातमा खर्च भएको छ। एक वर्षको अवधिमा नेपालले रु. ३ खर्ब ८३ अर्बभन्दा बढीको इन्धन आयात गरेको छ। नेपालले इन्धनपछि सबभन्दा बढी खाद्यान्न, फलामजन्य सामग्री, इलेक्ट्रोनिक वस्तु आयात बढी गरेको छ।

व्यापार घाटा सब भन्दा बढी भारतसँग भएको छ। नेपालले भारतबाट १२ खर्ब १५ करोडको सामान आयात गरेको छ। भारतबाट १२ खर्बभन्दा बढी सामान आयात हुँदा केवल ५५ अर्ब २२ करोड बराबरको सामान मात्र भारतर्फ निर्यात भएको छ। भारतसँग मात्र १० खर्ब ४४ अर्ब ९३ करोड भन्दा बढीको व्यापार घाटा बेहोरेको छ। भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोडको व्यापार घाटा रहेको छ। एक वर्षमा नेपालको २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार रहेको छ। आ.व. २०७७।७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्याापार गरेको थियो।

(लेखक निकासीमा विद्यावारिधि हुन्।)  
अर्को समाचार
कोरोनापछिको शिक्षाबारे के भन्छन् परामर्शदाताहरू?
३० पौष २०७८
•
७ मिनेट पाठ
कोरोनापछिको शिक्षाबारे के भन्छन् परामर्शदाताहरू?
नारायण बजाज
शैक्षिक परामर्श विज्ञ




विदेशमा उच्च शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरू विदेशीने क्रम विगत दुई दशकदेखि बढ्दो छ। मैले विद्यार्थीहरूलार्य अन्तराष्ट्रिय शिक्षाबारे शैक्षिक परामर्श दिने क्रममा कुरा गर्दा ऊनीहरूलाई विदेशी शिक्षाबारे सामान्य जानकारी समेत नरहेको पाएको छु। आजका युवाहरू साथीभाईको लहडमै विदेशीने गरेको पाइएको छ। उनीहरूमा केरिअर परामर्शको निकै कमी रहेको छ। कतिपयले सूचना पाए पनि त्यो अधुरो छ। विदेश जान रुचि भएका विद्यार्थीहरू आफू कुन देश जाने हो त्यसबारे निश्चित हुनु पर्छ।  

देश निश्चित भएपछि त्यस देशमा भएका विश्व विद्यालयहरू बारे डिजिटल माध्यमबाट आवश्यक जानकारी प्राप्त गर्नु पर्छ। विदेशी विश्वविद्यालयहरूको अधिकारिक नेपाली प्रतिनिधिबारे समेत विश्वविद्यालयको आधारिक वेबसाइटबाट जानकारी गर्न सकिन्छ। अभिभावकहरूले समेत छोरा छोरीलाई विदेश पढ़न पठाउँदा आवश्यक वितिय वयस्थापन गरेपछि मात्र पठाऊनु उपयुक्त हुन्छ। विद्यार्थीहरूले विदेश अध्ययन जानु करीब एक वर्ष अघि देखिनै अग्रिम तयारी सुरू गर्नु उपयुक्त हुन्छ। किन की विदेशी शिक्षण संस्थाहरूको भाषा लगायतका अन्य मापदण्डहरूबारे तयारी गर्नु पर्छ।

उद्धव खड्का
अध्यक्ष, हब इन्टरनेशनल एजुकेशन 

हामी सहजकर्ता हौं। अध्ययनका लागि विदेश जाने कुरालाई सहज बनाउने काम हामी गछौं। विदेश जाने विद्यार्थी ठगिन्छ भने ऊ मुर्ख हो। विद्यार्थीलाई कसैले ठग्नै सक्दैन। जसले विश्व विद्यालयको अफर लेटर आजैको भोलि चाहिन्छ भन्छ ऊ ठगिने सम्भावन हुन्छ। सबै कुराको प्रक्रिया हुन्छ। प्रक्रियालाई फ्लो गर्नेले ठगिनु पर्दैन।  

कोरोनापछिको अवस्था र कोरोनाकै अवस्थामा हाम्रो यो क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्रका रूपमा घोषणा गरेको उद्योग हो। लामो समयसम्म हाम्रो व्यापार व्यवसाय ठप्प रह्यो। सीमा नै बन्द भएपछि हाम्रो व्यवसाय बन्द हुनु स्वभाविक थियो। सामान्य अवस्थामा जान लागेका बेला कोरोनाको नयाँ भेरियन्टले थप असर पर्ने सम्भावना छ।  

मनोज पराजुली
एमडी एजुकेशन फस्ट

कोरोना सुरु भएको एक/डेढ वर्ष हाम्रो लागि अप्ठेरो थियो। विद्यार्थीहरू पैसा तिरेर पनि अनलाइन पढ्नुपर्ने अवस्था थियो। तर पछिल्लो समय क्यानडा नेपालबाट विद्यार्थीको आकर्षक मुलुक बनेको छ। भिसा सक्सेस रेट पनि उच्च छ। त्यो नेपालको लागि उच्च ग्रोथ रेट भएको मुलुक पनि हो। अमेरिकामा परामर्शदाताभन्दा बाहिरबाट जानेको संख्या उच्च छ तर बेलायत, न्युजील्याण्ड, क्यानडा, अस्ट्रेलिया र जापान जस्ता मुलुक एजेन्ट आधारित मुलुक हुन्। जहाँ विद्यार्थी प्रायः परामर्शदातामार्फ नै जाने गरेका छन्।  

अस्ट्रेलिया र न्युजील्याड बाहेकका मुलुकले सीमा पनि खुला गरेको छ। बेलायतको ग्रोथ रेट सबैभन्दा राम्रो छ। तर त्यहाँ गएर नेपाली विद्यार्थीहरू सर्भाइभ र सस्टेन गर्ने अवस्था के हुन्छ भन्ने कुरा आगामी दिनमा थाहा होला। विद्यार्थी धेरै जाने मुलुक क्यानडा र युके नै हो।

दिपकराज भूसाल
एमडी, इन्लाइटन एजुकेशन इन्टरनेशनल

हिजो इलाइट वर्गमात्र अध्ययनका लागि विदेश जाने जुन प्रचलन थियो हामी जस्ता परामर्शदाता संस्थाका कारण देशको दुरदराजमा रहेको व्यक्ति पनि विदेशमा गएर पढ्ने अवस्था सिर्जना भएको छ। नेपाली विद्यार्थी ठूलो संख्यामा जाने मुलुक जापानको सीमा खुला नहुँदा त्यहाँ पढ्न जानका लागि प्रवेशाज्ञा पाएका र पैसा बुझाई सकेका विद्यार्थी दुई वर्षदेखि समस्यामा छन्। उनीहरूले अध्ययन प्रक्रिया, भिसा अनुमतिलगायतका कुरालाई रोकेका छैनन्। तर सीमा बन्द गरेको छ। जसले गर्दा विद्यार्थी अभिभावक, विद्यार्थी र शैक्षिक परामर्श क्षेत्रका मान्छेलाई पनि समस्यामा पारेको छ।  

प्रेम पाण्डे
डलफिन एजुकेशन

बेलायतमा उच्चशिक्षा पछि थप दुई वर्ष काम गर्न पाउने समाचार बाहिरिएसँगै नेपाली ठूलो संख्यामा नेपाली विद्यार्थीले अध्ययन प्रक्रिया अघि बढाएका कारण कोरोना सुरु भएपछि पनि नेपाली विद्यार्थी जाने क्रम जारी नै भयो। अर्काे तर्फ त्यही बेला बेलायत युरोपियन यूनियनबाट बाहिरियो। जसले गर्दा बेलायतमा थप अपसर पनि सिर्जना भयो। त्यहाँ सुरुमा अनलाईन क्लासहरू नै लिनुपर्ने अवस्था थियो। त्यति हुँदा पनि नेपाली विद्यार्थीहरूले अवसर पाएको देखिन्छ। बेलायत पुगेका विद्यार्थीले खासै समस्या भोगेको देखिदैन। यो क्षेत्रमा ठगिने सम्भावना हुँदैन किनभने सबै कुरा पारदर्शी छ। पलिले के थियो तर अहिले त्यस्तो अवस्था छैन।  

फिलिप डिसी
संस्थापक सिइयो, राइटपथ करिअर काउन्सिलिङ

कोरोनाकै बीचमा पनि हामी सकारात्मक बाटो तर्फ अघि बढिरहेका छौं। विश्वले गोभिडसँगै जिउनुपर्ने अवस्था छ। हामीले विद्यार्थी पठाउने मुलुकमा ९० प्रतिशतभन्दा बढी मुलुकले खोप प्राप्त गरिसकेका छन्। मास्टर्स गर्न जाने विद्यार्थीका लागि बेलायत एक उपयुक्त गन्तव्य हुनसक्छ।  

अन्य मुलुकहरूमा दुई वर्षे मास्टर्स छ भने बेलायतमा एक वर्षे मास्टर्स कार्यक्रम रहेको छ। त्यस्तै समयसँगै ट्युसन शुल्क पनि बचत हुने भएकाले बेलायतमा विद्यार्थीको आकर्षत देखिरहेका छौं। अस्ट्रेलियाको सीमा खुला हुँदा यसले नयाँ आयाम पनि थपेको छ। समस्याकैबीच कतिपय मुलुकमा देखिएका सम्भावनाले गर्दा हामी सकारात्मक बाटोमै छौं।  

विराज पाण्डे
कार्यकारी निर्देशक, एजुकेशन पार्क

कोरोनाका बेला अस्ट्रेलियालेलगायतका कतिपय मुलुकले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि आफ्ना नागरिकलाई सरह सेवा सुविधा दिए। बेलायतमा पनि सरकारले त्यहाँ रहेका विद्यार्थीलाई आर्थिक सुविधा दियो। त्यो कुराले नेपाली विद्यार्थीलाई पनि आकर्षण गर्‍यो। कोरोनाकै कारण विद्यार्थीहरूलाई समस्या भएको छैन। एउटा विद्यार्थी राम्रो परामर्शदातासम्म पुग्छ भने उसले जान चाहेको मुलुकमा भएका अवसर र सम्भावनाका बारेमा राम्रोसँग ज्ञान प्राप्त गर्न सक्छ। साथै उसले थप अवसरका सम्भावनका बारेमा जानकारी पाउन सक्छ। उसले आफूले अध्ययन गरेभन्दा पनि धेरै ज्ञान परामर्शदाताबाट पाउन सक्छ। हामीलाई आउने जानकारी र विद्यार्थीले पाउने जानकारी एउटै हो।  

विष्णुहरी पाण्डे
इक्यान, निवर्तमान अध्यक्ष

अस्ट्रेलियामा भिषा लागेको ४ हजार एक सय विद्यार्थी नेपालमा थिए। उनीहरूलाई त्यहाँ पठाउनका लागि इक्यानका तर्फबाट विभिन्न पहल भए। त्यसका लागि त्यहाँ रहेका सरोकारवाला निकाय र नेपालमा रहेको अस्ट्रेलियाली दूतावाससँग पनि कुरा गर्‍यौं। त्यतिबेला विद्यार्थीले पक्कै पनि समस्या भोगे।  

त्यसमध्य कतिपय विद्यार्थीको कोर्ष अन्तिम चरणमा पुगेको थियो। अहिले त्यसमध्य ३४ सय देखि ३५ सय विद्यार्थी अस्ट्रेलिया गइसकेका छन्। नेपालबाट तीन प्रकारका विद्यार्थी विदेश जान्छन्। उच्च शिक्षा पछिका कोर्ष, पिआर टिआर प्राप्त गर्ने वा त्यो नभए पनि फर्किएर आउने भन्ने सोचले त्यहाँ गएका हुन्छन्। ठूलो मात्राका विद्यार्थी अध्ययन पनि गर्ने र पार्ट टाइम काम गर्ने किसिमका छन्।  

प्रकाश पाण्डे
अध्यक्ष इक्यान

कोरोना महामारी पछि भिषा आवेदन गरेर पनि नेपालमा बसेका विद्यार्थीले समस्या भोग्नु स्वभाविक थियो। तर हामी सबैले पहिलो पटक यस किसिमको परिस्थिति भोगेका थियौं। यो न हाम्रो नियन्त्रणमा थियो न नेपाल वा विदेशी सरकारको नियन्त्रणमा थियो। हामी सबैका लागि यो नयाँ परिस्थिति भएकाले एकले अर्काबाट के कस्तो सहयोग हुन्छ भनेर अपेक्षा राख्ने कुरा स्वभाविक थियो। तर हामी सबै कोरोनाबाट कसरी बच्ने भन्ने नै थियो।  

त्यतिबेला कतिपय मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई नलिने अवस्था थियो। त्यस्तो अवस्थामा विद्यार्थीले हामीसँग सहयोगको अपेक्षा राख्नुभयो। तर हाम्रो मुख्य ध्यान विद्यार्थीको पैसा डुब्लाकीभन्दा पनि यो परिस्थिबाट कसरी बाच्ने भन्नेमै रह्यो।  

एन्डु पौडेल
ग्रेस इन्टरनेशनल एजुकेशन

कोरोनाका बेला हामै संस्थाका सदस्यलाई सुरक्षित राख्नेदेखि उनीहरूको रोजगारीको सुरक्षा गर्नुपर्ने चूनौति हामीसँग थियो। जुन हामीले गर्‍यौँ पनि। महामारीका बेला सरकारी तवरबाट कतिपय सहयोग भएपनि कतिपय अवस्थामा सरकारले थप बन्देज गर्न खोजेको जस्तो पनि देखिन्छ।  

जस्तो मेडिकल शिक्षाका लागि नेपाली विद्यार्थीहरूलाई विदेश पठाउन रोक्न खोजेको हो कि जस्तो पनि महसुस हुन्छ। विद्यार्थी के का लागि पठाउने गरेका छौँ भन्ने कुरा सरकारले बुझेको छैन कि भन्ने लाग्छ। यो कुरा सरकारले नबुझ्दा हाम्रो क्षेत्र पछि परेको हो कि जस्तो लाग्छ। उच्च पदमा हुनेहरूले आफ्ना छोराछोरीहरू हाम्रै संस्थाहरूबाट बाहिर गइरहेका छन्। उनीहरूका छोराछोरीहरूलाई विदेशमा गएर पढ्ने वातावरण हामीले सिर्जना गरिरहेका छौँ तर यो क्षेत्रलाई संस्थागत समाधानतर्फ लैजाने कुरामा उहाँहरू चुकिरहनु भएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस