गिरिजाबाबुलाई श्रद्धाञ्जली दिन दशरथ रंगशाला पुग्दा उनी ‘स्लिपिङ ' बुद्धजस्ता लागे। सधैं सेतो दौरा सुरुवाल, कालो कोट र टोपीमा देखिने ‘स्मार्ट' गिरिजाबाबु त्यस दिन दिवंगत गिरिजाप्रसाद कोइराला भइसकेका थिए। कोइराला लामो समयदेखि अस्वस्थ थिए।
अक्सिजनको सिलिन्डर बोकेर शरीरका विभिन्न ठाउँमा घोप्दै उनले आफ्ना लागि मात्रै उपचार गरेका थिएनन्। मोजमस्ती गर्ने यौवनमात्र हैन विश्राम गर्नुपर्ने बुढेसकाल पनि उनले राजनीतिक चिन्तनमा लगाए। सिकिस्त बिरामी छँदा पनि उनले चोरऔंला ठड्याएर राजनीतिक नेताहरूलाई सहमति, सहकार्य र एकताको मन्त्र सुनाउन छाडेनन्।
कोइरालाको अनुपस्थितिमा राजनीतिक प्रक्रिया अवरुद्ध हुनुहुन्न। उनको अभावमा अरू नेताले भजन गरेरर बस्ने? अरू नेताको कमजोरीको मूल्य सधैं कोइरालाले चुक्ता गरिदिनुपर्ने? पछिल्लो समयमा सहमति जप्ने उनै थिए। बाचुन्जेल कसैले सुनेन। बल्ल नेताहरू कोइरालाको मन्त्र सम्झन थालेका छन्। कस्तो विडम्बना, कोइरालाले ब्रम्हनालमा सुतेर नेताहरूलाई सहमति र सहकार्य स्मरण गराउनु पर्यो।
एनेकपा (माओवादी)का अध्यक्षले गिरिजाबाबुलाई अभिभावक भने। संविधान सभा निर्वाचनमा कांग्रेसको चुनावी प्रचारमा गिरिजाबाबु हिँडेनन्। माओवादी सबैभन्दा ठूलो दल भयो। उनले माओवादीलाई बलियो बनाएको आरोप लाग्यो। माओवादीले गिरिजाबाबुलाई राष्ट्रपति बन्न नदिए पनि उनी ढुस्केर बसेनन्। सास चलुन्जेल उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गरिरहे। यस्तो काम त अभिभावकले मात्रै गर्न सक्छ। पुष्पकमल दाहालका भनाइ ठीकै हुन्।
गिरिजाबाबुले ताली र गाली दुवै पाए। विशेषगरी २०४६ सालपछि शासनमा रहँदा उनका केही निर्णय विवादास्पद भए। उनलाई सबैभन्दा बढी लागेको आरोप सत्तालोलुपता थियो। तर, दीर्घायु गिरिजाबाबुको लागि वरदानै भयो। जीवनको उत्तरार्धमा उनले एक जुगमा एक दिन आएको संविधान सभा चुनाव गराए, लोकतान्त्रिक गणतन्त्र स्थापनामा मुख्य भूमिका निर्वाह गरे। विद्रोहीले पनि विश्वास गर्ने बन्नसक्नु पनि गिरिजाबाबुको क्षमतै हो नि। यिनै गुण सम्झेर जनताले गिरिजाबाबुका सबै कमजोरी बिर्सिदिए।
गिरिजाबाबुले नभनुन्जेल देशमा गणतन्त्र आएन। सात, सत्र, छयालीस, बयसठी सबै आन्दोलनमा गिरिजाबाबुले जनताकै साथ रोजे। उनले परेका बेला सधँैं जनभावनाकै प्रतिनिधित्व गरे।
सत्ता र विपक्षका नेता मात्रै होइन, पत्रकार, विदेशी कूटनीतिज्ञ राजनीतिज्ञ सबै कोइराला के बोल्छन् भन्नेमा कान ठाडा पार्थे। शान्ति प्रक्रिया र संविधान निर्माणको ढिलासुस्तीमा गिरिजाबाबुले केही बोलिदिए हुने भन्ने लागिरहन्थ्यो। राजनीतिक अवरोध र सुस्तीको वातावरण उनले जस्तो छाडेर गए, त्यस्तै छ । तर, अब त गिरिजाबाबु बोल्ने छैनन्। सबैले सुन्ने गरी कसले बोल्ला?