हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्ट्याइदिनुपर्ने,
हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रंगरोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ।
- भूपी शेरचन
यी हरफहरूमा भूपीले धेरैअघि भविष्यदृष्टिको सहाराले निकैपछिका गणतन्त्रका राजनीतिक सारथीहरूको मनोवृत्तिमाथि कटाक्ष गरेझैँ लाग्छ। बाटो बरालिएको राजनीतिक यात्रामा सिंहले आफ्नो धर्म छाड्दा स्यालको हुइँयाबाट तर्सिनुपर्ने हदै लाजमर्दो स्थिति हाल दृष्टिगोचर भइरहेछ। राजनीतिमा जब सहमतीय बाटो भत्काएर तुच्छ गणीतीय खेल सुरु भयो, गणतन्त्रका सारथीहरूका लागि शान्ति र संविधान लेखन फगत पाद टिप्पणी बने। र, मुख्य ध्याउन्ना बन्न गयो सत्ताको तुच्छ लुछाचुँडी। संक्रमणकाल लम्बियो। राजनीतिको अग्रगतिमा बे्रक लाग्यो। झन्डै पौने दुई वर्षको समय राजनीतिक कलह र विग्रहमै स्वाहा भयो। र, यसबाट उत्पन्न अन्योल, अराजकता र असुरक्षाको ‰याँसबाट निस्केर थरीथरीका स्याल कराउन थाले। स्यालहरूले कर्कश स्वरमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध हाक्काहाक्की हुइँया पिटे। एकछत्र स्वर्ग गुमेका हिन्दू अतिवादी र राजावादी प्युसाले त मौका पाउँदा अनर्थ चुरिफुरी गर्ने नै भए, विडम्बनावश लाल टोपीधारी संघीयताविरोधी पनि नग्न भेषमा यही पश्चगामी हुलमा घुलमिल हुन पुगे। र, वीरवीरांगनाको उदात्त आत्मबलिदानबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध विषाक्त तरबार उठाउनेको कालो सूचीमा दर्ज हुन गए लट्टे कालीबाबा र पाइलट बाबा, खुमबहादुर खड्का र विजय गच्छदार, चित्रबहादुर केसी र कृष्णप्रसाद भट्टराई एवं कमल थापा र ज्ञानेन्द्र शाह। जब यी काजीहरूले मुख खोले, गणतन्त्रका हाम्रा सारथीहरू त्राहीमाम भए। ती लाचार मुद्रामा स्यालको हुइँयाप्रति प्रतिक्रिया जनाउन विवश भए। र, प्रचण्ड, सुशील र झलनाथले हत्तपत्त गला मिलाएर उद्घोष गरे - अबलाई हामी एक भयौँ। हामी जेठ १४ भित्र संविधान बनाइछाड्छौँ। केजाती गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको आखिर यही त हो। हाम्रा राजनीतिक सारथीहरूलाई अनेक लिखतमा आफूले राजीखुसीले गरेका साझा बाचा पूरा गर्न पुनरुत्थानवादी स्यालहरूले हुइँया पिटेर मिलाइदिनु पर्ने भयो! तिनले धक्का दिएर अगाडि बनाउनुपर्ने भयो! तिनले गिज्याएर, ध्वाँस दिएर र अत्याएर दायित्वबोध गराउनुपर्ने भयो!
वास्तवमा धमिलो पानीमा माछा मार्ने मनसुवाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताविरुद्ध जो विष बमन गर्दैछन्, ती जीवहरू प्रतिक्रिया जनाउन लायकै छैनन्। जब कांग्रेसले गणतन्त्रको ध्वजा बोक्ने अठोट गर्यो, कृष्णप्रसाद भट्टराईले कांग्रेसै त्यागेर राजतन्त्रको पीत ध्वजा बोके। अनि त्यसपछि? त्यसपछि रुग्ण मानसिकताग्रस्त यी मानव राज्यको सुविधा भोग गर्दै परिहासमा लिप्त भए। समयको गतिमा यी छुटे। यिनका लागि लोकमंगल तपसिलको कुरा बन्यो र जनपिराहा राजतन्त्र बन्यो अति प्रिय र पावन अभीष्ट। यिनको हिन्दू राष्ट्रको आग्रह र राजमोह अतीतकालीन पात्रको झुसिलो डकारसिबाय केही होइन। अनि यिनको गनगनप्रति प्रतिक्रिया नै किन गर्नु? खुमबहादुर जनताद्वारा चुनावमा परित्यक्त पात्र हुन्। गच्छदार न थारुका प्रतिनिधि हुन्, न मधेशीका, न पहाडीका। यी केबल आफ्नो सत्तास्वार्थमा समर्पित व्यक्ति हुन्। जानअन्जान राजावादीका पदचिन्ह पछ्याउँदै एकात्मक र केन्द्रीकृत शासनको पक्षमा जिद्दी गर्ने भूपू कम्युनिस्ट चित्रबहादुरहरूका के कुरा गर्नु? उता कमल थापा परे शाही तबेलालाई बैकुण्ठ ठान्ने सनातनी अश्व। सम्झन्छु, यी स्वामीभक्त अश्व ज्ञानेन्द्रको फौजी शासनमा गृहमन्त्री थिए। सडकमा जनसागरको उत्ताल वेग जब उठ्यो, डरले यी शाही गृहमन्त्री कतै एकलासको दुलोमा लुक्न पुगेथे। र, सैनिक जर्नेलहरूले धुइँपत्ताल खोजेर यिनलाई दुलाबाट निकालेथे। राजतन्त्रको शव बोकेर संविधानसभाको चुनावमा जाँदा यी थापा काजीको दुई ठाउँमा जमानतै जफत भएथ्यो। अनि यिनको पुनरुत्थानमुखी रोइलोप्रति प्रतिक्रिया गरेर यिनको हुँदै नभएको भाउ बित्थामा किन बढाउनु?
आयो कुरा अब ज्ञानेन्द्र शाहको। अहो, यिनको स्मरणशक्ति कतिसाह्रो क्षणभंगुर! कुरा हिजोकै त हो। यिनको फौजी हुकुमी ताण्डवविरुद्ध जब राजधानीका सडकगल्लीभरि गगनभेदी जनगर्जन उठ्यो, यिनलाई स्वदेशी र विदेशी सकल जनले लत्याइदिए। र, हिजोसम्म यिनको दरबारको सलामी, मलामी र गुलामीमा लिप्त शाही सेनाले समेत यिनलाई मरेको मूसोलाई उपियाँले त्यागेझैँ त्यागिदियो। र, आफ्नै जनघाती दुष्कर्मद्वारा ढलेको सिंहासनलाई आफ्नै हातले दागबत्ती दिएर, नारानहिटी दरबारका मूल्यवान्जति वस्तुहरु ट्रकमा लादेर, हारेको जुवाडेको जस्तो हतास मुद्रामा मध्यरातमा यी दरबारबाट भागेका थिए। अनि अहिले? अहिले बडो धृष्टता साथ उनै ज्ञानेन्द्र बकबक गर्दैछन् - मलाई राजतन्त्रको अन्त्य भएजस्तो लाग्दैन। जोसँग जनमत छैन, जसको अनुहारमा आभामण्डल छैन, जसमा जनसाधारणप्रति लेसमात्र पनि प्रेम र करुणाभाव छैन, जसको नाममात्र सुन्दा पनि गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताका अगणित पक्षधरलाई दिगमिग लाग्छ, त्यस्ताको बकबकप्रति प्रतिक्रिया गर्नु किन? तर, गणतन्त्रका सारथीहरूले मानौँ थर्कमान् भएझैँ गरी प्रतिक्रिया गरे। र, आफ्नै मानभाउ घटाए।
सडकको भुस्याहा श्वानको स्वभाव विचित्रको हुन्छ। ऊछेउ भएर जब गाडी अगाडि गुड्छ, भुस्याहा चौपाया ज्यान छाडेर गाडीमाथि जाइलाग्न खोज्छ। जब गाडी उसलाई पछाडि छाडेर अगाडि हुइँकिन्छ, भुस्याहा पुच्छर टाँगामुनि लुकाएर पराजित भावमा कुइँकुइँ गर्दै फर्किन्छ। तर, जब गाडी कतै स्थिर हुन्छ, भुस्याहाले गर्नु नगर्नु गर्छ। ऊ खुट्टो उचालेर गाडीका भित्तामा जल चढाउँछ। गाडीमुनि पसेर बिस्ट्याउँछ। मौका परे माथि उक्लेर चालकको आसनमै बस्छ र गाडीमा उपियाँ फैलाउँछ। यो कुरा राजनीतिमा पनि लागु हुन्छ। गणतन्त्रका सारथीहरू सत्तास्वार्थमा लिप्त भएर आफ्नो ऐतिहासिक दायित्वबाट पन्छिँदा राजनीतिको रथ गतिशून्य हुन्छ। र, मौका कुरिबसेका धर्मका बेपारीहरू, अन्धकारका पुजारीहरू, पश्चगमनका प्यादाहरू र लोककल्याणका रिपुहरू श्वान औतारमा रथलाई स्थिरतामै अड्काएर आफ्नो दुनो सो‰याउन मरिमेट्छन्। अहिले भएको त्यही हो।
पुनरुत्थानवादीका चाबुकको तोडले चेत खुलेका गणतन्त्रका दिग्भ्रमित सारथीहरूले राजनीतिको रथलाई गति दिने र यथासमय गन्तव्यमा पुगेरै छाड्ने कसम खाएका छन्। सुन्दा कुरा राम्रै हो। तर, रथ त अझै अचलको अचलै छ। बाइसे मुखियाहरूको माधव सरकार रथको पथमा अजिङ्गर भएर पल्टिएको छ। माओवादी कमरेडहरूको गणीतीय बहुमतबाटै भए पनि सत्तारोहण गर्ने रहर गाइँगुइँ सुनिन थालेको छ। आखिर यो एउटा अजिंगरलाई पन्छाएर रथको पथमा अर्को अजिंगर तेर्सिने न हो। खाँचो त राजनीतिका माउ कर्ता र निर्णायक द्वय माओवादी र कांग्रग्रेसको सहमति पो हो। झिनामसिना दलहरूलाई एक थान मन्त्री, चार थान गाडी र सत्ता दलालीको निष्कण्टक अवसर दिएर बनाइने गणितीय सरकार त यसै पनि छँदैछ। यो खन्चुवा अजिंगरको अग्रगामी विकल्प अर्को खन्चुवा अजिंगर कसरी हुन्छ?
सारथीहरू हो! आँखा खोल। विवेक ब्युँझाओ। छाती फराकिला पार। र, सहमतीय संविधानको जटिल लक्ष्यलाई शिरोपर गरी सहमतीय सरकारको तानाबाना बुन। अन्यथा पश्चगमनका अनिष्टकारी पुरेतहरूले राजनीतिको रथ कब्जा गर्नेछन्, र इतिहासमा गणतन्त्रका सारथीहरू विद्रूप खलपात्रको कित्तामा दर्ज हुनेछन्।