गत साता हामीले गिरिजाबाबुको सपना साकार गर्ने प्रण गर्यौँ। प्रधानमन्त्रीले भन्नुभो-'यस साता भने स्वामीजीको सपना साकार पार्ने संकल्प गर्नु परेकोछ।' अब तपाईँ सोध्नु होला को स्वामीजी? प्रधानमन्त्री मुस्कुराउनुभो- वर्तमान परिप्रेक्षमा स्वामीजी भन्नाले रामदेवजी भन्ने बुझ्नुपर्छ।
उहाँ कसरी स्वामी हुनुभो? तपाईका मनमा जिज्ञासा जाग्न सक्तछ। प्रधानमन्त्रीले भन्नुभो -यो नितान्त सरल कुरा हो, योग गुरु रामदेव हाम्रो विशाल छिमेकका बासिन्दा हुनुहुन्छ र त्यहाँ प्रभावशाली हुनुहुन्छ। त्यस विशाल मुलुकका प्रत्येक प्रभावशाली मानिस हाम्रा स्वामी हुन्। यस अर्थमा रामदेवजी स्वतः हाम्रो स्वामी हुनुभो।
अब तपाईका मनमा अर्को प्रश्न जन्मन सक्छ। उहाँको सपना किन साकार पार्ने? तपाईले प्रश्न गर्नु अगि म तपाईलाई सोध्छु , त्यसो नगरे के गर्ने त? तपाई भन्न सक्नुहुन्छ आफ्ना सपना पो साकार पार्नु पर्छ, अरूका सपना साकार पारेर के हुन्छ?
तपार्इँका कुरा एक किसिमले सही हुन्। तर यहाँ एउटा समस्या छ, आफ्ना सपना साकार पार्न सपना बाँकी हुनुपर्छ। मेरा हकमा आफ्ना सपना सकार पार्ने सम्भावना छैन। किन? तपाईका मनमा अर्को प्रश्न जन्मिन सक्छ। यसको सोझो जवाफ के हो भने , मसँग अब कुनै सपना बाँकी छैनन्।
तपाई तैपनि सोध्न सक्नुहुन्छ - कस्तो कुरा गर्नुहुन्छ? मुलुकको प्रधानमन्त्रीसँग सपना छैनन् भनेर कसरी पत्याउनु? तपाई पत्याउनोस्, नपत्याउनोस् तपाईको खुसी। तर मैले भन्नु पर्दा सत्य भन्नुपर्छ , त्यो सत्य के हो भने , प्रधानमन्त्री हुनुनै मेरो एकमात्र सपना थियो। अब मसँग कुनै सपना छैनन्। प्रधानमन्त्रीले भन्नुभो - वस्तुतः म अरूका सपना पूरा गर्न विवश छु। त्यही भएर अगिल्लो साता मैले भने, गिरिजाबाबुको सपना साकार पार्नुपर्छ। यस साता म भन्दैछु, स्वामी रामदेवका सपना पूरा गर्नुपर्छ।
एकै पटक दुवैजनाका सपना साकार पार्न कसरी सम्भव छ? तपाईका मनमा यो कौतुहल पनि जन्मन सक्छ। वास्तविकता चाँही के हो भने, गिरिजाबाबुका सपना र स्वमीजीका सपनाबीच मौलिक अन्तर छैन। सोध्नु होला कसरी? कसरी भने, गिरिजाबाबुले भन्नुभो - शान्ति र संविधान। यता स्वामीजीले भन्नुभो - योग।
प्रश्न फेरि पनि जन्मन सक्छ , शान्ति , संविधान र योगबीच के साम्य छ? म भन्छु गजबको साम्य छ। गिरिजाबाबुले भन्नुभो - शान्ति तर के भन्नु भएन भने , शान्ति आउँछ कसरी? म वास्तवमा यस कुराले अलमलमा परेको थिएँ। यसैबीच फ्याट्ट स्वामीजी आउनु भयो। उहाँले भन्नुभो- शान्ति आउँछ योगबाट। म त्यसपछि उत्साहित भएँ।
स्वामीजीका शिविरमा पुगेँं। ममात्र होइन विपक्षीदलका विशालकाय कामरेडहरू, मन्त्रीहरू, सेना, प्रहरी, उद्यमी , व्यापारी , कवि , साहित्यकार , सर्वसाधारण सबै सो शिविरमा उपलब्ध हुनुहुन्थ्यो। राष्ट्राध्यक्ष स्वयं झिस्मिसैमा त्यहाँ पुग्नुभो।
मलाई अगिल्लो साताको सम्झना आयो। गिरिजाबाबुको बिदाइका बेला पनि यस्तै भएको थियो। म पनि त्यहाँ गएँ, भाषण गरेँं।
प्रधानमन्त्री बताउँदै जानुभो-स्वामीजीले धुलिखेलमा होम गर्न बोलाउँनुभो, म गएँ। मैले सोधेँं - होम गर्दा के हुन्छ? उहाँले भन्नुभो, शान्ति हुन्छ। मैले सोचेंँ, शान्ति त चाहिएकै छ। त्यही भएर मैले होम गरेँ।
होम गरेर संविधान आउँछ? प्रश्न जन्मन सक्छ। यसको सोझो जवाफ हो, आउँदैन। तर त्यसपछि म भन्नेछु होम गरेमा शान्ति आउँछ।
अब अर्को प्रश्न बाँकी रहन्छ, के होम गरेर मात्र शान्ति आउँछ? मेरो जबाफ हुनेछ, होम गरेरमात्र शान्ति आउँदैन। त्यसो भए के त? तपाईँ अत्तालिएर अर्को प्रश्न गर्न सक्नुहुन्छ। तर यहाँ त्यसो गर्न आवश्यक छैन। स्वामीजीले भन्नुभएको छ, घोडताप्रेको खेती गर्नु, तुलसी रोप्नु , पारिजात हुर्काउनु र नियमित योग गर्नु। उहाँकाअनुसार यी निकै लाभकारी वनस्पति हुन्। यिन्को सेवनपछि योग गर्नाले अवश्य शान्ति आउँछ।
जब शान्ति आउँछ संविधान स्वतः बन्छ। यसरी गिरिजाबाबुको सपना साकार पार्न भनेर म सारा काम छाडेर स्वाामीजीका पछि लागेको हुँ।
अब अर्को प्रश्न सोध्नुहोला संविधान कहिले बन्छ?
यसको सरल जवाफ के हो भने- घोडताप्रे , पारिजात र तुलसीको बोट हुर्कनासाथ। पहिले यी वनस्पति रोप्नुपर्यो, ती हुर्कनुपर्यो, तिनबाट औषधी निकाल्नुपर्यो, त्यसलाई हामी सबैले सेवन गर्नुपर्यो। प्रधानमन्त्रीले थप्नुभो-त्यसपछि योग अभ्यास पनि गर्दै गर्नुपर्यो। यसो गर्नासाथ शान्ति व्याप्त हुनेछ, शान्तिसँगै संविधान आउनेछ।