बढ्दो वन क्षेत्रको घट्दो साख
०७ वैशाख २०८०
•
६ मिनेट पाठ
बढ्दो वन क्षेत्रको घट्दो साख
भाौगोलिक हिसावले सानो भए पनि वन क्षेत्र र जैविक विविधताको हिसाबले नेपाललाई सम्पन्न मानिन्छ। कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्रफल वन जंगलले ढाकेको देखाएको छ। दक्षिण एसियाका अन्य देशको तुलनामा यो ठूलो क्षेत्र हो। विडम्बना, वनसम्पदामा धनी भएकामा गर्व गर्ने देश भए पनि वनको उचित व्यवस्थापन गर्न नसक्दा मलेसिया र इन्डोनेसियाको काठमा निर्भरता बढेको छ। नेपालको वन नेपालीकै लागि भने ‘लंकामा सुन छ, कान मेरो बुच्चै’ जस्तो भएको छ।

यो र ऊ बहानामा नेपालका वनको व्यवस्थापन र सदुपयोग कार्य रोक्न लगाउने अनि स्वदेशी आवश्यकता पूर्तिको बहानामा बर्सेनि अरबौँ मूल्यका काठ र पैदावर विदेशबाट आयातगर्ने र पैसाको धन्दा चलाउने काम निरन्तर चलिरहेको छ। यसरी देशलाई परनिर्भर बनाएर लुट्को खेती गर्ने काम नेपालका केही व्यापारी र उनीहरूलाई सहयोग गर्ने भ्रष्ट राजनीतिले गरिरहेको छ।

भाौगोलिक हिसावले सानो भए पनि वन क्षेत्र र जैविक विविधताको हिसाबले नेपाललाई सम्पन्न मानिन्छ।
यो आर्थिक बर्षको चालु अवधिसम्म मात्र करिब १८ अर्ब रूपैयाँ बराबरको काठ एवं फर्निचर विदेशबाट आयात गरिएको छ। देशभित्रकै वनको बुद्धिमत्तापूर्ण व्यवस्थापन गर्ने हो भने वार्षिक करिब १२ करोड क्युविक फिट काठ उत्पादन गर्न सकिन्छ। यसरी नेपालभित्र हुने वार्षिक करिब तीन करोड क्युविक फिट काठको माग गरेर पनि ठूलो परिणामको काठ विदेश निर्यात गरे अरबौँ रूपैयाँ आम्दानी गर्न सकिन्छ।

स्वदेशमै काठ उत्पादन हुन सके आयातित आल्मुनियम, फलाम एवं प्लास्टिकजन्य सामग्रीमा समेत भारी मात्रामा कटौती गर्न सकिन्छ। जसबाट राष्ट्रले अर्बौं रूपैयाँ बचत गर्न सक्छ।

यो आर्थिक बर्षको चालु अवधिसम्म मात्र करिब १८ अर्ब रूपैयाँ बराबरको काठ एवं फर्निचर विदेशबाट आयात गरिएको छ।
दुर्भाग्य, सरकारबाट यसबारे कुनै प्रतिबद्धता र व्यावसायिक योजना सार्वजनिक भएका छैनन्। यसरी आफ्नै देशभित्र मौजुदा वन व्यवस्थापन गरेर वन पैदवारमा समेत देशलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन नसक्ने सरकारले समृद्धि यात्रामा वन क्षेत्रको योगदानको कुरा किन गर्ने?

नेपाललाई जडीबुटीको भण्डार भन्ने गरिन्छ। सरकारले न जडीबुटी खेतीपातीमा स्थानीय किसानलाई प्रोत्साहन गर्न सकेको छ न त उद्यम प्रवर्द्धनमा निजी क्षेत्रलाई उपयुक्त वातावरण निर्माण गरेको छ। जडीबुटीको दिगो व्यवस्थापन गरेर विशेष गरी हिमाली भेकका जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउन सकिने प्रशस्त सम्भावना छन्। तर केही निश्चित व्यापारीको हातमा जडीबुटीको व्यापार सुम्पिएर त्यसबाट प्राप्त हुने सानो रकमको राजश्वमा नै सरकार मस्त देखिन्छ।

दुर्भाग्य, सरकारबाट यसबारे कुनै प्रतिबद्धता र व्यावसायिक योजना सार्वजनिक भएका छैनन्।
जडीबुटीकोे दिगो व्यवस्थापन र व्यावसायीकरण गरी त्यस भेगका समुदायहरूको आर्थिक उन्नयनसँग जोड्ने योजना तथा कार्यक्रम न केन्द्रीय सरकारसँग छ न त प्रदेश सरकारहरूसँग नै। जडीबुटी प्रबर्धन र विकासका नाउमा बर्सेनि केही रकम व्यवस्था गरेर आफ्ना कार्यकर्ता पोस्नेबाहेक नेताले आम जनतासम्म पुग्ने काम गरेको केही देखिँदैन।

सरकार स्वयंको व्यवस्थापनमा रहेको ऐतिहासिक सिंहदरबार वैद्यखाना समेतलाई गुमनाम पारिएको छ। कमिसनको चक्करमा फसेके कारण स्वास्थ्य मन्त्रालयले सिंहदरबार वैद्यखानाको समेत पुनःउद्धार गर्न सकेको छैन। अरू कुरा त कता हो कता।

वन तथा वातावरण मन्त्रालयले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी नाम गरेको सेतो हात्ती पाल्दै आएको छ। तर सरकारी दानापानीमा बाँचेको यो हात्तीले आफ्नो औचित्य पुष्टि गर्न कहिल्यै सकेन। कम्पनीले जडीबुटी उत्पादन तथा प्रशोधनका लागि नयाँ प्रविधि र सिप बोकेर किसानको खेतबारीमा पुग्नुपर्ने दायित्व कहिल्यै सम्झेन। सरकारी पैसामा काठमाडौंमा बसेको कम्पनीले उद्यम विकास गरेर जनताको आर्थिक उन्नतिमा टेवा पुर्‍याउने सोच कहिल्यै बनाएन।

सरकार स्वयंको व्यवस्थापनमा रहेको ऐतिहासिक सिंहदरबार वैद्यखानासमेतलाई गुमनाम पारिएको छ।
नेपालका लागि पर्यटन व्यवसायलाई आर्थिक विकासको महत्वपूर्ण आधार मानिएको छ। यथार्थमा प्राकृतिक सम्पदा तथा भूदृश्य आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन्। राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र अवलोकन र पदयात्रामा आउने पर्यटकबाट सरकारले बर्सेनि करिब चार अर्ब भन्दा बढी राजश्व संकलन गर्दै आएको छ। तर यति ठूलो संभावना बोकेको क्षेत्रमा पूर्वाधार विकास गरेर पर्या-पर्यटन उद्योग प्रवर्धन गर्ने कार्यमा सरकार मौन छ। लगानी शून्य बराबर छ। यथार्थमा नेपालको पर्या-पर्यटन व्यवसाय भगवान भरोसामा चल्दै आएका छन्।

जैविक विविधता र पर्यावरणीय क्षतिमा सरकारको कुनै दृष्टिकोण छैन। राजनीति पहुँचबाट केही व्यापारी, कथित धर्म गुरुले सरकारी वन तथा संरक्षण क्षेत्र अतिक्रमण गरेर रिसोर्ट, मठमन्दिर र रोपवे निर्माण गरिरहेकै छन्। वन मन्त्रालय र यसका निकायले निसंकोच यस्ता कार्यलाई छूट दिएका छन्। र,यस्ता गैरकानुनी कार्य रोक्ने दिशामा वन मन्त्रालय र यसका निकायको मौनता बुझिनसक्नुको छ।

नेपालका लागि पर्यटन व्यवसायलाई आर्थिक विकासको महत्वपूर्ण आधार मानिएको छ। यथार्थमा प्राकृतिक सम्पदा तथा भूदृश्य आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुन्।
वनलाई पनि खेतीबारीको जस्तै व्यवस्थापन गर्न सकिन्छ। तर यसका लागि अध्यायन/अनुसन्धान जरुरी छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र त छ तर त्यसले वन अनुसन्धान र अध्ययनलाई कुनै निरन्तरता र परिणाम दिन सकेको छैन।

वन व्यवस्थापनमा देशमा ठूला बहस र विमर्श चलिरहेका छन्। नेपालका कुन वनमा कस्तो वन संबर्धन प्रणली उपयुक्त हुन्छ तथा वैज्ञानिक वन व्यस्थापनका विषयमा भएका बहसमा यस केन्द्रले तथ्य र तथ्यांकसहित कुनै आधिकारिक प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन। यसबाट केन्द्रको हैसियत माथि उठ्न सकेको छैन।

जागिरमा छँदै चाँजोपाँजो मिलाउने अनि अवकाश भएपछि लगत्तै परियोजनामा सल्लाहकार, परमर्शदाता बन्नेको बोलवाला रहेको छ। युवा र दक्ष ऊर्जावान वन प्राविधिकले मन्त्रालयभित्र अवसर पाउनु सगरमाथा चढ्नु जस्तै उकालो छ।

परिणामतः मन्त्रालय र विभागले आफ्ना कार्यक्रम र कार्यशैलीमा मौलिकता ल्याउन सकेका छैनन्। नयाँ ऊर्जावान अधिकृतहरू मन्त्रालय र विभागमा भए पनि तिनै अवकाशप्राप्त हाकिमको छायाँमा छन्।

वन व्यवस्थापनमा देशमा ठूला बहस र विमर्श चलिरहेका छन्।
वन तथा वातावरण मन्त्रालयका विज्ञ वन विकासका मेरुदण्ड हुन्। तर मन्त्रालयसँग जनशक्ति विकासका लागि समयसापेक्ष नीति, कार्ययोजना नहुँदा पहुँचको आधारमा केही निश्चित मान्छेले अवसरको पटक-पटक उपयोग गरिरहेका छन्। वन ऐन र नियमावली त बनेका छन् तर यी ऐन र नियमावलीको कार्यान्वयनमा जटिलता मात्र छैन संघीय सरकार र प्रदेश सरकारअन्तर्गत वनका निकायबीच सम्बन्धसमेत खलबलिएको छ।

कुनै बेला मजबुत मानिएको वन संगठन आज आएर छिन्नभिन्न बन्न पुगेको छ। त्यस्तै वन विकासको गुणस्तरमा दूरगामी प्रभाव पार्ने नेपाल वन प्राविधिक परिषद्को गठन प्रक्रिया सरकारको बेवास्ता र राजनीतिक खिचातानीका कारण अवरुद्ध छ।
अर्को समाचार
कोप–२८:विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा
१८ मंसिर २०८०
•
८ मिनेट पाठ
कोप–२८:विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा
'हाम्रा हिमनदीका एक तिहाइ हिस्सा गुमाइसकेका छौँ। वैज्ञानिकहरुले यस शताब्दीको अन्त्यसम्म थप एक तिहाइ हिस्सा गुमाउने चेतावनी दिएका छन्। योभन्दा डरलाग्दो विषय अरु हुनै सक्दैन। हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनैपर्छ', संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटेरेसलाई साथैमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहालले भने।

हिमाल र हिमाली क्षेत्रमा बदलिँदै गएको तस्बिरको यथार्थ विवरण प्रधानमन्त्रीले सुनाउँदै गर्दा विश्वका नेताहरुको ध्यान आकृष्ट भएको सहजै अनुभव गर्न सकिन्थ्यो। संयुक्त अरब इमिरेट (युएइ)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री प्रचण्डसँगै महासचिव गुटेरेसले पनि नेपालको हिमनदी पग्लिदै गएको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। यस पटकको सम्मेलनमा विश्वसमुदाय माझ नेपालले आफ्नो विषय प्रष्ट रुपमा राखेको छ। त्यसमा पनि हिमाल र हिमाली क्षेत्रको मुद्दा यसपटक मुखर रुपमा उठेको छ। यो आफैँमा महत्वपूर्ण छ।  

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस आफैँले गत कात्तिकमा नेपालको चारदिने भ्रमण गरेर यथार्थ विवरण लिएका थिए। अन्नपूर्ण र सोलुखुम्बुको भ्रमण गरेर हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर आफैँले अनुभव गरेर फर्केका उनले सचित्र तथ्य पेश मात्रै गर्नु भएन, विश्व समुदायलाई प्रकृति संरक्षणमा थप सचेत हुन आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले कोप–२८ को उद्घाटन सत्र, सम्बोधन सत्र तथा नेपालले आयोजना गरेको ‘राउण्ड टेबल’ छलफल सत्रमा विश्वव्यापीरुपमा बढ्दो तापक्रमले हिमाललाई यातना दिइएको बताउँदै त्यसलाई पहिले बचाउन आग्रह गरेका थिए।  

नेचर साइनमा सन् २०२३ को फेबु्रअरीमा प्रकाशित एक प्रतिवेदनअनुसार नेपाल, पाकिस्तान, कजाकस्तानसहित एशियाका उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने जोखिम बढेर गएको छ। जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा हिमाली क्षेत्रमा देखा परेको छ। विश्वव्यापीरुपमा तापक्रम बढ्दै जाँदा हिमाल पग्लने क्रम उल्लेखनीयरुपमा बृद्धि हुँदा हिमताल फुट्ने जोखिम बढेको सो प्रतिवेदनमा उल्लेख छ। हिमताल फुट्दा विश्वका एक करोड ५० लाख मानिस प्रत्यक्ष जोखिममा पर्नेछन्।

विश्वका डेढ करोड मानिस हिमतालको ३० माइल आसपास बसोबास गर्ने भएकाले हिमताल फुट्दा उनीहरू नै सबैभन्दा पहिले मारमा पर्नेछन्। सोही प्रतिवेदनमा यस शताब्दिको अन्त्यसम्म विश्वका कूल हिमनदीमध्ये आधाभन्दा बढी हराएर जाने उल्लेख छ। बाह्रै महिना हिउँ देखिने हिमाल क्रमशः काला पहाडमा परिणत हुनु आफैँमा डरलाग्दो सङ्केत हो। जलवायु सङ्कटको असरका कारण समयमा हिउँ नपर्नु, परेको हिउँसमेत लामो समय नबस्नु, हिमाली क्षेत्रमा लामखुट्टेलगायतका किराहरुको प्रकोप बढ्नुलाई अथ्र्याइएको छ।  

पानीको मूल नफुट्नु, अनावृष्टि, अतिवृष्टि, चरम खडेरीलाई पनि त्यसको अर्को विकराल सङ्केतका रुपमा लिइएको छ। सामान्यतया हिमाली क्षेत्रमा बाढी पहिरो आउँदैन भनिए पनि गत मनसुनमा मुस्ताङमा बाढी, पहिरो जाँदा त्यहाँको जनवीजन प्रभावित हुन पुग्यो। यस्तै, २०७८ असार १ गते मेलम्ची नदीमा भीषण बाढी आउँदा भत्किएको संरचना अझै पुनःनिर्माण भइसकेको छैन। काठमाडौँ उपत्यकाको पानीको स्रोत मानिएको सो नदीको पानी अझै नियमितरुपमा ल्याउन सकिएको छैन।

बाढी पहिरोका कारण हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा मात्रै झण्डै रु ८० अर्ब बराबरको क्षति पुगेको विवरण छ। बाढी गएलगत्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनअनुसार मेलम्चीमा भीषण बाढी आउनुको पछाडि त्यसको जलाधार क्षेत्रमा हिमताल विष्फोट हुनु हो। जीवाश्म इन्धनको बढ्दो प्रयोग, अत्यधिकमात्रामा कोइलाको उत्खनन् र प्रयोग, डढेलोका कारण विश्वव्यापीरुपमा तापक्रममा वृद्धि भएको छ। त्यसले ओजन तहमा ठूला प्वाल पारेको छ।  

ठूला र शक्तिशाली देशले अन्धाधुन्धरुपमा कार्बन डाइअक्साइड उत्सर्जन गरिरहेका छन्। त्यसको नकारात्मक असरको सिकार विशेषगरी हिमाली देशहरु भइरहेका छन्। सामान्यता, हिमाल पग्लनुलाई जलवायु सङ्कटको सबैभन्दा स्पष्ट र देखिने सङ्केतका रुपमा जानकारहरुले आँैल्याएका छन्। अध्येताले २०७७ माघमा भारतको उत्तराखण्डको चमोलीमा हिमबाढी आउनुको पछाडि पनि हिमताल विष्फोटलाई प्रमुख कारणको रुपमा लिएका छन्। बाढीका कारण निर्माणमा रहेका आधा दर्जन जलविद्युत् आयोजना प्रभावित भएका थिए।  

स्याटेलाइटबाट प्राप्त तस्बिर तथा कम्प्युटर मोडलिङबाट जलवायु परिवर्तनका कारण हिउँ पर्ने मात्रा र अवस्थामा परिवर्तन देखा परेको छ। हिमाली क्षेत्रमा रहेको कमजोर चट्टान तथा कम माटोका कारण पानीको मात्रा बढ्दै जाँदा साना तलाउ क्रमशः ठूला तालमा रुपान्तरित हुन जान्छ। त्यस्ता तालहरु क्रमशः फुट्दै जान्छन् र पानी तल्लोतटीय क्षेत्रमा बाढी आउँछ।  

उत्तरी तथा दक्षिणी धुव्र एवं अन्र्टाटिकामा रहेको बरफैबरफको साम्राज्य पग्लदै जाँदा समुन्द्रमा पानीको सतह बढ्न जान्छ। त्यसले टापु देशमा बढी समस्या निम्त्याउनेछ। फिलिपिन्स र माल्दिभ्सजस्ता देश समुन्द्रमुनि पर्ने अवस्था आउनेछ। यस्तै, वर्मादेखि इरानसम्म फैलिएको हिन्दूकुश क्षेत्रमा सयौँ हिमताल विस्फोट हुँदा त्यसले पहाडी देश बढी मर्कामा पर्नेछन्। हिमताल विष्फोट हुँदा तल्लो तटीय क्षेत्रमा अर्बौं डलर बराबरको क्षति हुनेछ।  

यही तथ्यका आधारमा विश्वका एक सय ८० मुलुकका ५० हजार प्रतिनिधिमाझ संयुक्त राष्ट्रसङ्घका महासचिवले अन्टार्टिका र नेपालमा हिउँ पग्लेको विषय सुरुमै उठाएर विश्व समुदायको ध्यानाकर्षण गराए। कोप–२८ को उद्घाटन शत्रमा महासचिव गुटररेसले भने, 'केही दिनअघि अन्टार्टिकाको बरफमा थिएँ। केही समयअघि नेपालको पग्लिरहेका हिमनदी माझ थिए। यी दुई ठाउँ धेरै टाढा छन्, तर सङ्कटमा एकताबद्ध छन्। ध्रुवीय बरफ र हिमनदी हाम्रो आँखा अगाडि हराउँदै छन्, जसले भूःस्खलन र बाढीबाट बढ्दो समुद्रमा विनाश निम्त्याइरहेको छ।'  

महासचिव गुटेरेसले गत कात्तिक ११ देखि १५ सम्म नेपाल भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले सोलुखुम्बु र अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका। भ्रमणका क्रममा स्थानीय बासिन्दासँग अन्तरक्रिया गरेर गुटेरेसले जलवायु परिवर्तनको यथार्थ विवरण पत्ता लगाएका थिए। उनले विश्व समुदायको ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री दाहालले पनि हिमाल जोगाइदिन सोही तरिकाले नै आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले पनि हिमालय मानव सभ्यता, पारिस्थितिक प्रणाली र जैविक विविधताको जग भएकाले त्यसलाई जोगाउनै पर्ने बताएका थिए। हिमालले विश्वसमुदायको सेवा गरेको र तल्लोतटीय क्षेत्रका मानिसका लागि जीविकाको प्रमुख स्रोतका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमाथि भएको अन्याय अब रोकिनुपर्ने बताए।  

सन् १९४१ यता हिमपहिरो र हिमताल फुट्नेजस्ता ३० भन्दा बढी प्राकृतिक प्रकोपका घटनामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको यस क्षेत्रमा अध्ययन गर्दै आएका अध्येताहरुको भनाइ छ। नेपाल, भारत, पाकिस्तानमा हिमपहिरो, हिमताल फुट्नेलगायतका विपद्ले धेरै मानिस प्रभावित भएका छन्। जानकारहरुका अनुसार सन् २०२२ मा मात्रै पाकिस्तानमा १६ वटा हिमताल विस्फोट भएको थियो।  

नेपाल र चीनबीच एक हजार नौ सय ८९ किलोमिटर लामो सीमाना छ। प्रमुख नदीका रुपमा रहेका कोशी, नारायणी र कर्णालीको जलाधार क्षेत्र पनि चीनको तिब्बत नै हो। ती नदी जलाधारमा तीन हजार छ सय २४ हिमताल पहिचान भएको छ। ती हिमतालमध्ये नेपालतर्फ ७० र एक हजार पाँच सय नौ वटा चीनको तिब्बतमा पर्छ। इसिमोडको अध्ययनअनुसार ४७ वटा हिमताल विष्फोटको खतरामा रहेका छन्। नेपालले च्छोरोल्पा र इम्जा हिमतालको पानी केही घटाएर सङ्कट कम गरेको छ।  

वि.सं. २०७३ असार २१ मा भोटेकोशी नदीमा आएको बाढीको पछाडि पनि तिब्बतमा रहेको गोङवातोङसो ताल विष्फोटलाई लिइएको थियो। सो बाढीका कारण झण्डै रु दुई अर्ब बराबरको क्षति भएको थियो। भोटेकोशी किनाराका कैयौँ पक्की घर, तीन वटा पुल र ४५ मेगावाट क्षमताको भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। जोखिमपूर्ण अवस्थामा रहेका हिमतालको पानी घटाउँदै जाने, पूर्वसूचनाका लागि प्रविधिको जडान, विपद्को पूर्वतयारी गर्नु अत्यावश्यक रहेको छ। उत्तरी छिमेकी देश चीनसँग उच्चस्तरीय सूचना आदानप्रदान संयन्त्रको विकास गर्नु पनि उत्तिकै महत्वपूर्ण छ।  

विश्व समुदायको ध्यान आकृष्ट गर्ने हिमाल र त्यससँगै रहेको हिमतालको जोखिम कम गर्नु अत्यावश्यक भइसकेको छ। विश्वव्यापी रुपमा तापक्रम बढ्दा हिमनदी माथितिर सर्दै जान्छ। हिमताल विष्फोट हुँदा हिमाली क्षेत्रमा मानिस मात्रै नभई तल्लोतटीय क्षेत्रमा हजारौं मानिस प्रभावित हुनेछन्। नदी किनारमा निर्माण भइरहेका सयौँ जलविद्युत् आयोजना त्यसबाट प्रत्यक्ष रुपमा समस्यामा पर्नेछन्। त्यसको पछिल्लो उदाहरण नै भोटेकोशी जलविद्युत् आयोजना हो।  

प्रधानमन्त्री दाहालले कोप–२८ मा नेपालका सन्दर्भ जोड्दै भन्नुभए जस्तै मानव समुदायका लागि महत्वपूर्ण मानिएको हिमाल जोगाउनका लागि विश्वव्यापी रुपमा बढ्दो तापक्रम नियन्त्रण गर्नैपर्छ। कोप २८ को घोषणपत्र सार्वजनिक हुँदा यी र यस्ता विषय सम्बोधन हुने अपेक्षा गर्न सकिन्छ। नेपाल जस्ता देशले जलवायु वित्त र हानि नोक्सानी कोष मार्फत शर्तरहित अनुदान पाउनुपर्ने माग रुपमा उठेको छ।  

सन् २०२२ मा अमेरिकी अध्ययन संस्था नासाको नेतृत्वमा गरिएको एक अध्ययनअनुसार, यदि तापमान पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री माथि पुग्यो भने मानव उत्पन्न सङ्कटका कारण थप जोखिम देखिनेछ। सन् २०२३ लाई अत्यधिक गर्र्मीको वर्षका रुपमा चित्रण हुँदै गर्दा आगामी दिन झनै सङ्कटपूर्ण देखिएको छ।  

यस वर्ष विश्वको तापक्रम पूर्व औद्योगिक औसतको तुलनामा करिब एक दशमलव एक डिग्रीले बढेको छ। अझै, विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने मार्गबाट अझै टाढा रहेको देखाउँछ। विश्वव्यापी औसत तापमान सन् दुई हजार एक सयसम्म दुईदेखि चार डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ। यदि त्यसो भएको खण्डमा चरम मौसमजन्य घटना निम्तने चेतावनी दिइएको छ।

विषम घटनाहरुबाट जोगिन दुबइमा जारी कोप–२८ मा हानी नोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ। विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर र जोखिममा रहेका राष्ट्रले हानी र नोक्सानी कोषको माग गरेपछि उक्त कोषको सुरुआत गरिएको हो। कोषले नेपालजस्ता देशको हितका खातिर काम गर्नुपर्ने माग यस पटक जबर्जस्तरुपमा उठेको छ। हरितगृह ग्यासको उत्सर्जनलाई क्रमशः कटौती गर्ने, जिवाश्म इन्धनको प्रयोग घटाउने र वातावरण संरक्षणमा ध्यान दिने तथा धनी र औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ। त्यसबाट हिमाल जोगिने र प्राणी जगतको एक मात्र घरका रुपमा रहेको पृथ्वी नै जोगिने छ। रमेश लम्साल/रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस