सहिद दिवसको औचित्य
१६ माघ २०७३
•
६ मिनेट पाठ
सहिद दिवसको औचित्य
भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिवस हो सहिद दिवस । राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवसअन्तर्गतका सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ । त्यसैको निरन्तरताले यसपटक पनि यो दिवस निम्तेको छ । तिख्खर, स्वादिलो र गौरवसाथ यो वर्ष सहिद दिवस मनाइनुपर्ने हो । तर  इतिहासकै खल्लो र अर्थहीन सहिद दिवस भएको छ । इतिहासदेखि आजसम्म राणा शासनविरुद्धको आन्दोलनदेखि ०६२÷०६३ को जनआन्दोलन दुई, जनयुद्ध, विभिन्न जातीय, मधेस, लैङ्गिक, पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको ‘रूप’ जे–जस्तो भए तापनि ‘सार’ एउटै हो । ती महान् सहिदका भावनाका सार भनेको सदियौंदेखि वञ्चित भएका अधिकारको सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत, समृद्धि र समावेशीसहित सुशासन तथा शान्ति र अमनचयन नै हो । ढिलै भए पनि संविधान प्राप्त गरेपछि नयाँ जोश, जाँगर, उत्साह र उमङ्गका साथ सहिद सप्ताह मनाइएको हुनुपथ्र्याे । नौलो आयामको सहिद दिवस हुनुपथ्र्याे । तर दुर्भाग्यवस सहिद दिवसको रौनक छैन, तुक छैन । केवल समय घुमफिरको कर्मकाण्डी सहिद दिवस बनेको छ ।

केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, सडक र चौतारोको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ ?

संविधान सबै पक्षको चित्त नबुझेको वा मधेसीको माग समावेश नभएको नाममा मुलुक झनै बर्बाद हुँदैछ । जसले गर्दा सम्पूर्ण सहिदको भावनामाथि खेलवाड र कुठाराघात भएको छ । देश र जनताले नयाँ संविधान प्राप्त गरेपछि त झन् सहिद दिवसको औचित्यलाई राजनीतिक दलहरुले नै निरर्थक तुल्याए । झन् तथाकथित संविधानकोे नाममा असोज ३ स्वर्णिम ऐतिहासिक दिन वा असफल कालो दिनका रूपमा विवादित हुने ढंगले काम गरे । सबै दलले आजसम्म निकास दिन नसकेपछि लाज छोप्न र असफलताको आलोचनामय परिस्थितिको ध्यान अन्यत्र मोड्न आरोप–प्रत्यारोपको पराकाष्ठामा पुगेका छन् ।

कुनै बेला फलानो सहिद आफ्नो र ढिस्काना सहिद अर्काको भनेर झगडा गर्ने राजनीतिक दलहरु सहिदलाई आफ्नो सत्ता आरोहणको भ¥याङ बनाइरहेका छन् । सहिदलाई केवल भाडाका खेताला बनाउँदैछन् । केवल उनलाई सत्ता र भत्तामा पु¥याइदिने । सहिदलाई उनको मुनाफाका लगानी सावित गरिएको छ । सहिदका परिवारलाई दुई–चार लाख रकम दिएर राज्यको अरु सबै फाइदा आ–आफूले राख्ने वाणिज्य स्रोत ठानिएको छ ।

कुनै पनि सहिदले अर्थात् उनका भावनाले सीमा छुट्याएको थिएन, जात तोकेको थिएन, पहिचान साँघु¥याएको थिएन । पहाड, हिमाल, तराई वा मधेस जस्ता सीमा छुट्याएर भौगोलिक विखण्डनमा लागेका थिएनन् । आपसी विभाजनको सन्देश पनि दिएको थिएन । न त दलहरुलाई सत्ताको नाफा बाँडफाँट गरी खाऊन् भनी सहादत भएका थिए् । सहिदको आशय अझै असभ्य बन, संविधान सभाहलमै जनावरीय स्वभाव प्रदर्शन गर, माइक, कुर्ची भाँच, बहुमत र अल्पमतको नाममा दमन गर भन्ने अवश्य थिएन । त्यसो त केवल भौतिकमात्र होइन आध्यात्मिकरूपमा सहिदको पुकार हुनुपर्ने हो । उनको नाममा केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, नाममा परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ ?

सहिदका बलिदानले स्थापना भएको लोकतन्त्रमा केवल वाक स्वतन्त्रता र झगडा गर्ने स्वतन्त्रता बाहेक जनताका जनजीविकाका सवाल झन् नाजुक बेहोर्न परिरहेको छ । भूकम्प र नाकाबन्दीको उपहारसहित अनुचित ढङ्गले महङ्गीको मार र भ्रष्टाचारको चपेटा जनताले खेप्नु परिरहेको छ । न्यानो वस्त्र, स्थान र खानपानको अभावमा मर्नेहरुको लास उठाउने चटारोको अवस्था छ । हरेक उत्पीडितसँगको सम्झौता कार्यान्वयनका लागि पुनः आवाज उठाउनु परिरहेको छ । यो वा त्यो अनगिन्ती समस्याले जनता झन् थिचिनु परिरहेको छ । अनि कसरी मनाउने जनताले सहिद दिवस ?
अर्को समाचार
सहिद दिवसको औचित्य
१६ माघ २०७२
•
९ मिनेट पाठ
सहिद दिवसको औचित्य
भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिन हो सहिद दिवस। राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवसअन्तर्गतको सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ। त्यसैको निरन्तरताले यसपटक पनि यो दिवस निम्तेको हो। इतिहासमा सबैभन्दा तिख्खर, स्वादिलो र गौरवका साथ यो वर्ष सहिद दिवस मनाइनुपर्ने हो। तर झण्डै–झण्डै इतिहासकै खल्लो र अर्थहीन सहिद दिवस भएको छ।इतिहासदेखि आजसम्म राणा शासनविरुद्धको आन्दोलनदेखि २०६२/२०६३ को जनआन्दोलन, जनयुद्ध, विभिन्न जातीय, मधेस, लैङि्गक, पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको 'रूप' जे–जस्तो भए तापनि 'सार' एउटै हो। ती महान् सहिदका भावनाको सार भनेको सदियौंदेखि वञ्चित भएका अधिकार सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत,समृद्धि र समावेशीसहित सुशासन तथा शान्ति र अमनचयन नै हो।

ढिलै भए पनि संविधान प्राप्त गरेपछि नयाँ जोश, जाँगर, उत्साह र उमङ्गका साथ सहिद सप्ताह मनाइएको हुनुपर्थ्याे। नौलो आयामको सहिद दिवस हुनुपर्थ्यो। तर दुर्भाग्यवस सहिद दिवसको रौनक छैन, तुक छैन। केवल समय घुमफिरको कर्मकाण्डी सहिद दिवस बनेको छ।

संविधान सबै पक्षको चित्त नबुझेको वा मधेसीको माग समावेश नभएको नाममा मुलुक झन् भयाबह भिडन्तले बर्बाद छ। जसले गर्दा सम्पूर्ण सहिदको भावनामाथि खेलवाड र कुठाराघात भएको छ। देश र जनताले नयाँ संविधान प्राप्त गरेको दीपावलीसहितको यो वर्षको ऐतिहासिक सहिद दिवसको सम्भावनालाई राजनीतिक दलहरुले नै निरर्थक तुल्याए। झन् संविधानकोे नाममा असोज ३ स्वर्णिम ऐतिहासिक दिन वा असफल कालो दिनका रूपमा विवादित हुने ढंगले काम गरे। सबै दलले आजसम्म निकास दिन नसकेपछि लाज छोप्न र असफलताको आलोचनामय परिस्थितिको ध्यान अन्यत्र मोड्न आरोप–प्रत्यारोपको पराकाष्ठामा पुगेका छन्। उल्टै द्वन्द्वको शृंखलामा लाग्दै गर्दा राजनीतिक दलहरु, राज्य र सरकारलाई यो दिवस मनाउन कुनै जाँगर र उत्साह छैन। साँच्चै भन्ने हो भने नैतिकता पनि छैन। यदि सधैँं सहिदको सपना र भावनामाथि खेलवाड गरेर मुलुकलाई द्वन्द्वमा नै जाकिराख्ने हो र यो वा त्यो बखेडामा देशलाई अराजकताको बन्दी बनाइराख्ने हो भने त्यस्ता दलहरुलाई सहिद दिवस मनाउने अधिकार पनि छैन। उनले मनाए पनि पवित्र सहिदको अपमान हुन्छ, बिटुलो हुन्छ।

राणा शासनविरुद्धको बेलादेखि पछिल्लो जनआन्दोलनसम्मले उब्जाएका सहिदहरु सबैको भावना साझा थियो। राज्य परिवर्तनका साथ स्थापित होस्, नयाँ संविधानले सह–अस्तित्व, एकता, उन्नति, प्रगति, सुशासन र लोकतान्त्रिक गणतन्त्रको संस्थागत स्थायित्व हुँदै दीर्घकालीन शान्ति कायम होस् भन्ने मर्म र भावना हो। सबै सहिद साझा हुन् र सपना साझा हुन्। तर खै त ती सपना साकार पार्न गम्भीर भई लागेका?

कुनै बेला फलानो सहिद आफ्नो र ढिस्काना सहिद अर्काको भनेर झगडा गर्ने राजनीतिक दलहरु सहिदलाई आफ्नो सत्ता आरोहणको भर्यादङ बनाइरहेका छन्। सहिदलाई केवल भाडाका खेताला बनाउँदै छन्। केवल उनलाई सत्ता र भत्तामा पुर्याआइदिने। सहिदलाई उनको मुनाफाका लगानी सावित गरिएको छ। सहिदका परिवारलाई दुई–चार लाख रकम दिएर राज्यको अरु सबै फाइदा आ–आफूले राख्ने वाणिज्य स्रोत ठानिएको छ।

कुनै पनि सहिदले अर्थात् उनका भावनाले सीमा छुट्याएको थिएन, जात तोकेको थिएन, पहिचानमा साँघुर्या एको थिएन। पहाड, हिमाल, तराई वा मधेस जस्ता सीमा छुट्याएर भौगोलिक विखण्डनमा लागेका थिएनन्। आपसी विभाजनको सन्देश पनि दिएको थिएन। न त दलहरुलाई सत्ताको नाफा बाँडफाँट गरी खाऊन् भनी सहादत भएका थिए्। सहिदहरुका भावना साँध राष्ट्रियता, एकता, अखण्डता र सम्पूर्ण नेपालीजनको जय–विजय हुने लोकतान्त्रिक मूल्य, मान्यता र जनताको शासन हुने गणतन्त्र हो। सहिदको सहादतको अभिप्राय झगडा गर, लडाइँ गर, शासक बन, पक्षपाती बन र उनको मृत्युलाई फोकटिया प्रमाण्ति गरिदेऊ भन्ने थिएन।

सहिदको आसय अझै असभ्य बन, संविधान सभाहलमै जनावरीय स्वभाव प्रदर्शन गर, माइक, कुर्सी भाँच, बहुमत र अल्पमतको नाममा दमन गर भन्ने अवश्य थिएन। त्यसो त केवल भौतिक मात्र होइन, आध्यात्मिकरूपमा सहिदको पुकार हुनुपर्ने हो। उनको नाममा केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ?

सहिदका बलिदानले स्थापना भएको लोकतन्त्रमा केवल वाक स्वतन्त्रता र झगडा गर्ने स्वतन्त्रताबाहेक जनताका जनजीविकाका सवाल झन् नाजुक बेहोर्नु परिरहेको छ। भूकम्प र नाकाबन्दीको उपहारसहित अनुचित ढङ्गले महँगीको मार र भ्रष्टाचारको चपेटा जनताले खेप्नु परिरहेको छ। न्यानो बस्त्र, स्थान र खानपानको अभावमा मर्नेहरुको लास उठाउने चटारोको अवस्था छ। हरेक उत्पीडितसँगको सम्झौता कार्यान्वयनका लागि पुनः आवाज उठाउनु परिरहेको छ। यो वा त्यो अनगिन्ती समस्याले जनता झन् थिचिनु परिरहेको छ। अनि कसरी मनाउने जनताले सहिद दिवस?

अर्कोतर्फ वास्तविक सहिद नै राज्यले पहिचान गर्न सकिरहेको छैन। कुनै न कुनै राजनीतिक सदस्यता प्राप्त मान्छे रोग, व्याध, हिँडडुल, घरायसी झगडा, दुर्घटना अथवा कुनै दलका निजी स्वार्थका क्रममा भएका मुठभेड जस्तै कुनै पनि क्रममा मर्नेबित्तिकै सहिद घोषणाको दबाब हुने गरेको छ। यही ढङ्गले जाने हो भने हरेक मरेको मान्छे सहिद हुने देश हुनेवाला छ नेपाल। जसले वास्तविक सहिदलाई अपहेलना र खिसी गरिएको प्रमाणित हुन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस