कोइरालालाई यसरी हेर्दा
२५ चैत्र २०६६
•
१४ मिनेट पाठ
कोइरालालाई यसरी हेर्दा
बितेका झन्डै तीन सातामा गिरिजाप्रसाद कोइराला र उनीसँग सम्वन्धित विषयका बारे पत्रपत्रिकामा जेजति लेखियो, त्यसबाट यो स्तंभकार एउटा अनौठौ अन्योलमा परेको छ। पूर्वाग्रह पटक्कै होइन, बरू दृष्टिभ्रम चाहिँ हुनसक्छ ­ साराका साराले सिधा देखेको रूखलाई म बाँगो देखिरहेको छु। तर सच्चा लोकतन्त्रवादीहरू विमतिलाई सहजताका साथ ग्रहण गर्छन् र भद्रताका साथ असहमति जनाउँछन् भन्नेे विश्वास लिएर यो स्तम्भ लेखिरहेको छु।

  कोइरालाको मृत्युपश्चात् उनी ईश्वर नै थिए भन्न बाँकी राखेर संभव भएसम्मका सबै विशेषण उनका लागि प्रयोग गरिसकिएका छन्। उनी नेपालका महानायक, राजनेता, अभिभावक सबै कहलिए। जजसले त्यस्ता विशेषण प्रयोग गरे ती सबैको तर्क के रह्यो भने कोइरालाका कमजोरी नभएका होइनन् तर कुनै पनि व्यक्तिको उपलब्धिलाई समग्रतामा हेर्नुपर्छ र समग्रतामा हेर्दा कोइराला वास्तमै महान नेता थिए। जसरी अरूले कोइरालालाई समग्रतामा हेरेर मूल्यांकन गरे, त्यसैगरी मैले पनि उनलाई समग्रतामै हेरेर मूल्यांकन गर्ने प्रयास गरिरहेको छु। तर म भने उनको भिन्न तस्बिर देखिरहेको छु। मेरा लागि गिरिजाप्रसाद कोइराला २०४६ सालपछिको नेपाली राजनीतिका तीन प्रधान खलनायकमध्ये एक हुन्। दोस्रो खलनायक माओवादी अध्यक्ष प्रचण्ड हुन्, जसले नेपाली समाजमा धेरै लामो समयसम्म श्रापका रूपमा रहिरहने गरी हिंसाको संस्कृतिलाई स्थापित गरिदिए। र, तेस्रो खलनायक पूर्वराजा ज्ञानेन्द्र हुन्, जसले लोकतन्त्रलाई सुढृढ तुल्याउन सहयोग गर्नु सट्टा मौका यही हो भनेर त्यसलाई पूर्ण हठका साथ कुल्चने प्रयास गरे। कोइराला बितेर गइहाले, प्रचण्डलाई पाप पखाल्ने मौका अझै बाँकी छ। पूर्वराजा ज्ञानेन्द्रले भने आध्यात्मिक शुद्धीकरणको बाटो रोजे उनको भलो हुनेछ। प्रचण्ड र पूर्वराजाबारे कुनै बेला छुट्टै चर्चा गर्ने समय आउने नै छ, अहिलेलाई कोइरालाकै प्रसंगमा फर्कौं।

समग्र मूल्यांकनको आधार, समग्र उपलब्धि हुनुपर्छ। नेताको उपलब्धि उसको नेतृत्वकालमा उसले नेतृत्व गरेको दल र देशले पाएको उचाइ हो। बाँकी सबै राजनीतिक यात्राका उतारचढावमात्र हुन्। ती उतारचढावका क्रममा आएका सैद्धान्तिक परिवर्तन आफँैंमा उपलब्धि नहुन सक्छन्। त्यसैले, कोइरालाको सबभन्दा ठूलो देनका रूपमा हेरिएका सैद्धान्तिक परिवर्तनहरू, संविधानसभा र गणतन्त्रलाई अहिले नै उपलब्धि भन्न मिल्दैन। ती अहिलसम्मका लागि नेपालको लामो र दुःखद राजनीतिक यात्राका थप दुईवटा घुम्तीमात्र हुन्। दुर्भाग्य भन्नुपर्छ, गत साठी वर्षदेखि नेपाल निरन्तर राजनीतिक संक्रमणमा छ। जुन क्रममा शासन व्यवस्था, संविधान र सरकार परिवर्तन भए तर देशको मुहार चाहिँ परिवर्तन भएन। ती परिस्थितिले राजनीतिक विश्लेषणका लागि खुराक प्रदान गरे, पुस्तकका पाना भरे, एकएकवटा कालखण्डमा कसैलाई महान र कसैलाई बेइमान बनाए तर त्यसबाट भोको पेट भरिएन, देशमा शान्ति भएन, आर्थिक समृद्धि आएन।

माओवादीहरूलाई मूलधारको राजनीतिमा ल्याउनमा पनि कोइरालालाई ठूलै श्रेय दिइन्छ। पहिलो, माओवादी राजनीतिक मूलधारमा आए या आएनन् त्यो नै प्रष्ट भएको छैन। दोस्रो, माओवादीलाई मूलधारमा ल्याउने काम त कोइरालाले आफ्नै असफल नेतृत्वका कारण खन्न सघाएको खाल्डो पुर्ने प्रयास गरेका मात्र हुन्। त्यसमा पनि त्यो माओवादीको बदलिएको रणनीति, राजाको हठ, भारतको डिजाइन र अझ बढी राजाप्रति कोइरालाको प्रतिशोधको भावना र देशको प्रथम राष्ट्रपति हुने उनको सपनाको परिणाम थियो। त्यस क्रममा नेपालले मधेशदेखि हिमालसम्म के, के गुमायो, राष्ट्रको आत्मामा कति घात पुग्यो र त्यसको दूरगामी असर के, के हुन्छ भन्ने वर्तमान नेताहरू पनि कोइराला जत्तिकै स्वार्थी, शक्तिका भोका र विफल भए भने स्वतः प्रष्ट हुनेछ। वर्तमानका नेताहरूले बिग्रिएको विगतलाई बनाए भिन्दै हो, नत्र नेपालको भावि यात्रा अत्यन्त कष्टपूर्ण हुने देखिन्छ, जसको दोष २०४६ सालपछि सबभन्दा बढी शक्तिमा प्रभुत्व रहेका कोइरालालाई दिनुपर्ने हुन्छ। अनिमात्र प्रचण्ड र पूर्वराजा दोषका भागीदार मानिने छन्। त्यसैगरी कोइराला नभइदिएको भए नेपालको गणतान्त्रिक संक्रमण शान्तिपूर्ण हुँदैनथ्यो भन्नेे पनि धेरैको भनाइ छ। तर वास्तविकता के हो भने २०६२­६३ को जनआन्दोलन अगाडिको कोइरालाका प्रधानमन्त्रीत्वकालहरू र नेतृत्व सफल भैदिएको भए वर्तमान स्थिति आउँदै आउँदैन थियो, बरू नेपाल शान्ति र विकासको बाटोमा लम्किरहेको हुन्थ्यो। कतिपयले कोइराला नहुँदा शान्ति प्रक्रिया बिग्रिनसक्ने आशंका पनि गरिहेका छन्। तर वास्तविकता के हो भने, कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया यति असंगत र अवैधानिक ढंगबाट निर्माण भयो कि त्यो बिग्रियो भने त्यसको दोष कोइरालाको अनुपस्थितिलाई होइन, उनले त्यसको निर्माणमा जेजति नेतृत्व गरे त्यसैलाई दिनुपर्ने हुन्छ। शान्ति प्रक्रिया सफल भयो भने चाहिँ, त्यसको श्रेय वर्तमान नेताहरूलाई दिनुपर्नेछ, जसले असंगत र अवैधानिक विगत हुँदाहुँदै पनि त्यस प्रक्रियालाई सफल तुल्याएको ठहरिने छ।

गिरिजाप्रसाद कोइराला २०४८ सालपछि कयौं पटक देशको प्रधानमन्त्री भए र अधिकांश समय उनैले नेतृत्व गरेको नेपाली कांग्रेसले या त सत्ताको नेतृत्व गर्‍यो वा त्यो सत्ता साझेदार रह्यो। कोइराला देश र दल दुवैको नेतृत्वमा रहिरहे। त्यसबीचमा राजनीतिमा आएको व्यापक भ्रष्टता र विफलता, अनि ठूलो हदसम्म त्यसैका कारण तीव्र गतिमा फैलिएको माओवादी हिंसाको दोष अरूलाईभन्दा धेरै बढी कोइरालालाई जानुपर्ने हो। तर धेरैले त्यसको दोष माओवादीलाई मात्र दिने गरेका छन्। २०४८ सालपछिको प्रजातान्त्रिक राजनीति पथभ्रष्ट नभइदिएको भए माओवादी हिंसाले त्यति सहज मलजल प्राप्त गर्ने नै थिएन। देशको मात्र होइन, कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको अवस्था पनि धेरै बिग्रियो। २०४८ सालको निर्वाचनमा स्पष्ट बहुमत ल्याएको दलको चुनावी नतिजा त्यसपछिका वर्षमा क्रमशः बिग्रिँदै गयो, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताको मानमर्दन गरियो। दल नै फुट्यो र हुँदाहुँदा संविधान सभाको निर्वाचनमा माओवादीबाट नेपाली कांग्रेस नराम्रोसँग पराजित हुनुपर्‍यो। माओवादीलाई उचालेर कोइरालाले नेपाली कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी ठानेका एमालेलाई थचार्न खोजेका थिए तर माओवादीबाट आफैँ पनि त्यसरी थचारिनु पर्ला भनेर उनले सोचेकै थिएनन्। लोकतन्त्रको पर्यायवाची बनेको दलभित्र बलियोरूपमा स्थापित अलोकतान्त्रिक चरित्रका संरक्षक कोइराला नै थिए। उनले आफ्नो दलबाहिर प्रजातन्त्रको राजनीति गरे होलान् तर त्यो सधैँ व्यक्तिगत महत्वाकांक्षा, प्रतिशोध र ईर्ष्याबाट प्रेरित रह्यो। उनले आदर्शको राजनीति कहिल्यै गरेनन्, जसले गर्दा सिँगो राजनीतिप्रति नै योग्य र इमान्दार मानिसमा वितृष्णा बढ्यो। गत २० वर्षमा नेपाल र नेपाली कांग्रेस दुबैको भलो भइदिएको भए, कोइरालाका सबै दुर्गुण तपसिलका विषय बन्ने थिए र उनका उपलब्धि प्रधान हुने थिए। त्यसो नभइदिएका कारण, यस स्तंभकारको आँखामा उनको उपलब्धि न्यून र कमजोरी प्रधान देखिनगयो।

एकजना राजनीतिज्ञका रूपमा २०४६ सालअगाडि गिरिजाप्रसाद कोइरालाले पंचायतविरुद्ध गरेको निरन्तरको संघर्ष उनको ठूलो योगदान हो। राजतन्त्रबाट गणतन्त्रको जटिल संक्रमणलाई शान्तिपूर्ण बनाउन उनले दिएको नेतृत्व, उनको ठूलो योगदान हो। तर सो संक्रमणलाई शान्तिपूर्ण बनाउनकै लागि भनेर नेताका रूपमा कोइरालाले अनेक पक्षसँग भटाभट जेजस्ता सम्झौता गर्दै गए तिनका दूरगामी नकारात्मक असरबाट नेपालले धेरै लामो समयसम्म दुःख पाइरहने छ। समग्र मूल्यांकन भनेको घटना विशेषको मूल्यांकन होइन। त्यो परिस्थितिको सांगोपाँगो मूल्यांकन हो। नेपाली राजनीतिमा २०४८ सालको निर्वाचनपछि कोइरालाको प्रभुत्व स्थापित भयो। त्यसयता नेपाल राष्ट्र र नेपाली कांग्रेसले जेजस्तो दुर्दशाको सामना गर्नुपर्‍यो त्यसका आधारमा कोइराला पूर्णतः विफल नेता हुन्। आफ्नो दल र देश दुवैको सान, सम्मान, शान्ति, प्रगति र अखण्डतामा गहिरो चोट पुर्‍याएर कोही पनि महानायक, राजनेता र अभिभावक कहलिनु नपर्ने हो। तर कहलिए, किनभने सबैले सतहमा जे बहेको छ त्यहीमात्र हेरे। किन हेरे? त्यसको उत्तर, तात्कालिक क्षणलाई हेरेर बहने भावनाको भेललाई समयले साम्य पारेपछि स्वतः स्पष्ट हुँदै जानेछ। समग्रतामा फेरि भनौ, कोइरालाको लामो नेतृत्व कालमा यो देश र उनको दल दुवैले दूरगामी क्षति व्यहोरेको छ। त्यसलाई पुनर्स्थापित गर्न नेपाली कांग्रेस र अन्य दलका नेताहरूले लामो समयसम्म इमान्दार र कठिन परिश्रम गर्नुपर्नेछ। मेरा उनको आँखामा समग्र मूल्यांकन यही हो। विमति राख्नेहरूलाई सम्मान गर्ने नै छु।

 
अर्को समाचार
सहयोग कि असहयोग?
२६ माघ २०७०
•
६ मिनेट पाठ
सहयोग कि असहयोग?
संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बाहिरबाट हेर्दा सभापति सुशील कोइरालालाई पूरै सहयोग गरेजस्तो देखिन्छ। तर, यसो सोच्ने हो भने देउवाले कोइरालालाई सहयोग गरेका हुन् कि असहयोग? छुट्याउनै गाह्रो छ। राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि पार्टीले सर्वदलीय बैठक राख्यो। सभापतिले देउवालाई बोल्न आग्रह गरे।

देउवाले 'बोल्ने कुरा केही पनि थिएन, बोल्नैपर्योक भनेपछि बोलेँ' भन्दै आफ्नो कुरा सुरु गरे, 'पार्टी सभापति एवम् संसदीय दलको नेताको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्नुपर्योह।' त्यसको केही दिन बित्न नपाउँदै महामन्त्रीले पार्टीका सभासद्हरूलाई दिएको चियापानमा पनि त्यस्तै गरे। त्यहाँ पनि देउवाले भने, 'मेरो केही छैन, सभापतिले बोलेको कुरामा पूर्ण समर्थन छ।'
पार्टीभित्र झगडिया नेताका रूपमा चिनिएका देउवाले केन्द्रीय समितिको बैठकमा अन्य दलसँगको छलफलका लागि वार्ता टोलीको संयोजक हुन अस्वीकार गरे। उनले 'सभापतिलाई मात्र पार्टीको निर्णय गर्ने अन्तिम अधिकार रहेको' भन्दै सभापतितिरै देखाए। 
आखिर पानीलौरो साबित 
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले आयोजना गरेको चियापान समारोहमा सोही पार्टीका एक सभासद्ले एमाले अध्यक्ष झलनाथ खनालमाथि टिप्पणी गर्दै भने– 'पानीलौरो'। एउटा पार्टीको अध्यक्षलाई त्यो पनि अर्को पार्टीको सभासद्ले त्यतिसारो नभनेको भए हुन्थ्यो। तर, एमाले संसदीय दलको निर्वाचनसम्म आइपुग्दा ती सभासद्को कुरा पुष्टि भयो। 
मंगलवार अपराह्न भएको संसदीय दलको नेताको निर्वाचनमा खनाल स्थायी समिति सदस्य केपी ओलीसँग २३ मतले पराजित भए। १ सय ७३ जना सभासद्मध्ये खनालले ७५ मतमात्रै प्राप्त गरे। 
पार्टीको इतिहासमा संसदीय दलको नेताका लागि पहिलो पटक भएको चुनावमा पार्टी अध्यक्ष नै पराजित भए। त्यो पनि, झन्डै दुई दशक पार्टी नेतृत्व सम्हालेका वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन हुँदाहुँदै पनि। 

मंसिर ४ को संविधानसभा निर्वाचनमा खनालले कस्तालाई उम्मेदवार बनाएछन्? अघिल्लो संविधानसभामा अन्य पार्टीका नेताहरूले भन्ने गरेका थिए, 'आधा एमाले कांग्रेसजस्तो, आधा एमाले एकीकृत माओवादीजस्तो।' कतै खनालले एमालेका नेतालाई भनेर वितरण गरेको टिकट अन्तै त परेन?
ठट्टामग्न नेता 
अरू दललाई पनि मिलाएर एक वर्षभित्र संविधान जारी गर्ने भन्दै जनतामाझ पुगेका दुई ठूला दल कांग्रेस र एमालेका शीर्ष नेताहरू आफैँ भने मिल्न सकेनन्। घर मिलाउन नसक्नेले अरूलाई मिलाउने र अरूसँग मिल्ने त कुरै भएन। पार्टी प्रमुख नै संसदीय दलको नेता हुने परम्परालाई एमालेले पनि तोड्यो। उसले पनि कांग्रेसलाई पछ्याउँदै दलको नेतामा निर्वाचन गर्योी। निर्वाचनमा शीर्ष नेता भिडिरहँदा अन्य नेताहरू भने हाँसोठट्टामा समय काटिरहेका थिए। 
दलको नेताका लागि केपी ओलीस“ग प्रतिस्पर्धा गरिरहेका अध्यक्ष झलनाथ खनाल भोट माग्दा या दलको कार्यालय बाहिर/भित्र गर्दा हरहमेसा वरिष्ठ नेता नेपालस“गै हुन्थे। 
संसदीय दलको कार्यालय प्रांगणमा स“गै देखिएका अध्यक्ष खनाल र नेपालको फोटो खिच्ने क्रममा दुवै जनाले हा“समजाक गर्न भ्याए। 'कति हाम्रोमात्रै फोटो खिच्नुहुन्छ, लौ आज म तपाईंहरूको फोटो खिच्छु,' अध्यक्ष खनालस“गै कुम जोडेर बसेका वरिष्ठ नेता नेपालले आई–फोन तेर्स्याउ“दै फोटो पत्रकारस“ग ठट्टा गरे। 
खनाल र नेपालको जोडी जमिरह“दा अर्कातिर समूह बनाएर हि“डेका ओली र गौतमको जोडी पनि कम थिएन। ओली अघिअघि लागेर भोट मागिरह“दा पछिपछि लागेर गौतमले सघाइरहेका थिए। 
ओली लाइनमा बसेका सभासद्लाई उखान/तुक्का सुनाउँदै फकाइरहेका थिए। ओलीले भोट मागेको सुनिरहेका ओलीकै लाइनका सभासद् रामेश्वर फुया“लले पनि ओलीलाई जिस्क्याउन भ्याए। 'कमरेड, यस्तै जु“गा भएको फोटो तपाईंको छैन भने मतदाता झुक्किन्छन् नि।' दुइटा समूहमा भोट मागिरहेका दुवै नेता एउटा समूह नजिक हु“दा अर्कातिर टेढिन्थे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस