मध्य दिनको धप्धपी बलेको घाममा धुवाँ र धुलो उडाउँदै आएको जलवाहक मिनी ट्याङ्कर मेरो गेटबाहिर घ्याच्च रोकियो। चालक गुरुजीले छिमेकीको ट्याङ्कीमा लगेर पाइप जोडे। मिनी जेनेरेटरको कर्कश आवाजले मेरा कानलाई गाँज्यो। आफ्नो ट्याङ्की हेरेँ। पानी दुई अम्मलजति छ। पिँधमा 'स्वच्छ' खाने पानीमा बगेर आएको माटो थिग्रिएको छ र त्यसमा सल्बलाइरहेका छन् गँड्यौला। पानी छ दिनमा एकचोटि आउँछ। सिङ्गै तीन दिन बाँकी छन्। मेरो धापिएको छातीबाट उछ्वासको मुस्लो उठ्छ। गाँठ्ठे! ठूलो माछोले साना माछा खाने माल्थस बाबाको बर्बर अर्थशास्त्रका अनुयायीले दुनियाँलाई प्याक्प्याकी तड्पाउँदै मार्ने भए।
पानीको देशमा पानी नहुनाको दुःखले सताइएका काकाकुलरूपी छिमेकी कौसी र छतमा निस्के। र, तिनले घुटुक्क थुक निल्दै दुर्लभ पानीको दर्शन गर्न थाले। गुरुजीलाई सोधेँ - भाइ, यो कुन झरनाको पानी हो? गुरुजी रहेछन् बडो ठट्टाप्रेमी। भने - दाइ, यो महाङ्काल झर्नाको पानी हो। महाङ्काल पानी ट्याङ्कीमा खरिद गरी ल्याइएको रहेछ। सुनेर मैले जिब्रो टोकेँ। नियमित ग्राहकलाई छ दिनमा एक तुर्को पानी पठाउँछ। पानी मालिकको भेषधारी त्रू्कर ठूलो माछो अहोरात्र ट्याङ्कीमा भरेर पानी बेच्दो रहेछ। खरिदको दररेट नि गुरुजी? गुरुजी उवाच - डेढ सय रुपियाँमा पन्ध्र सय लिटर। अनि विक्रीको दररेट? छ सय रुपियाँ लिन्छु, दाइ। लाइनमा कुर्न तीनचार घन्टा लाग्छ। अनि गाडी, तेल, लेबर...। राज्यका मालिक भइखाएका ठूला माछाले कमिसन कुम्ल्याएर निजी क्षेत्रको कुनै ठूलो माछोलाई खानेपानी संस्थान सुम्पिए। अनुदार उदारीकरणको मत्स्यन्यायमा आधारित प्राथमिकताको सूचीमा विपन्न र निमुखा पाद टिप्पणीभन्दा पनि तल पर्छन्। धनपतिलाई बेच्न ट्याङ्कीमा पानी जति पनि छ। तर, विपन्न र निमुखालाई दिन छैन। धारामा पानी घटेर दस प्रतिशतमा झरिसक्यो। तर, पानीको महसुल जत्तिको तत्ति छ। कान्तिपुरी नगरीका विपन्न र निमुखाहरू निर्जलीकरण, लुतो र जुम्राको आक्रमणमा परी भुतुभुतु मर्ने खतरा बढ्दो छ। यो जल तस्करी, यो अपराध र यो त्रू्करताको कथा सुनिदिने निकाय र पात्र न राज्यमा छ, न सरकारमा। सरकारमा हेर्नु हुने अनुहार एउटा पनि बाँकी छैन। मत्स्य न्यायको ध्वजा बोक्ने माल्थसका चेलाहरू सोच्दा हुन् - जल अभावको प्रकोपले यी मर्दा जनसंख्याको सन्तुलन मिल्छ। लाग्छ, अर्थशास्त्रका माल्थस बाबाको मत्स्य न्यायमुखी मतमा शासनतन्त्रका माधवको मौन सहमति छ। तिनको नाकैमुनि अत्याचार व्याप्त छ, तर तिनलाई एकरत्ती पर्वाह छैन।
खाने पानीको बागडोर अराजकताको अखाडा भन्न सुहाउने आवास तथा भौतिक योजना मन्त्रालयका मुठ्ठीमा छ। मन्त्री छन् ननिको पृष्ठभूमिमा हुर्केर ननिका प्रवृत्तिहरूको गुजुल्टो बोकेका श्री विजय गच्छदार। कठोर तथ्य भन्छ - यी गच्छदार भयंकर द्रव्यपारखी छन्। कुन्नि, खाने पानीको खुला तस्करी यिनैको रचना पो हो कि? खानु नहुने जिनिस खान बानी लागेकालाई अभच्छेको स्वाद राम्रै थाहा हुन्छ। गच्छदार बाबु! भन त, जल तस्करीको अंशभागको स्वाद कस्तो हुन्छ? उत्तर दिन उनलाई फुर्सद छैन। माधवपछिको माधवजस्तै माधव मै हुँ - उनी भन्छन्। माधवपछि प्रधानमन्त्री पद मेरै खल्तीमा भन्दै उनी कुर्लिँदा छन्। अनि माधव? बरा, माधवलाई झन् फुर्सद छैन। राष्ट्रिय सुरक्षा र नागरिकको जीवनरक्षा उनको चासोमा पर्दैनन्। उनको चासोमा पर्छ फगत कुर्सी दिलाइदिने श्रीहजुरको सेवा र आफ्नो कुर्सीको सुरक्षा। र, अहिले मसिन रिडेबल पासपोर्ट (एमआरपी)को छपाइ भारतलाई टक््रयाएर उनले राष्ट्रिय सुरक्षाको साँचो पनि उतैका ख्वामित्का पवित्र चरणमा सभक्ति अर्पण गरेका छन्।
माधव आजसम्म महाकाली सन्धिरूपी कीर्तिमानबाट चिनिन्थे। अहिले त्यो कीर्तिमानलाई माथ गर्ने अर्को कीर्ति थपिन आयो एमआरपी काण्ड। महाकाली सन्धिलाई राष्ट्रघात भनियो। र, सो घातका एक जण्ड स्रष्टा माधव मानिए। सन्धिको नेपथ्यको कुटिल कथा एकदमै रोमहर्षक छ। माधव एमालेका प्रथम पुरुष थिए। सन्धिको पक्षमा पार्टीलाई लतार्न तिनले तीनतीन पटक मतदान गराए। मधौरु मनमोहन अधिकारी शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका थिए। हुनै लागेको महाकाली सन्धिप्रति उनको कठोर विमति थियो। तर देवराज घिमिरेलाई मनमोहनको नक्कली वारिसे बनाएर माधवले बहुमत पुर्याए। त्यो सब केका लागि? भक्तिमार्गमा लागेर दक्षिणका ख्वामित्हरूलाई प्रसन्न तुल्याई तिनको कृपाबाट सत्ताभोग गर्नका लागि? देशको हित, सम्पदा, प्रतिष्ठा र गरिमा खोलैखोला बगेर जाओस्। तर, जसरी हुन्छ सत्तारोहण गर्नैैपर्छ, एकबारको जुनीमा धित मर्ने गरी सत्तासुखको स्वाद लिनैपर्छ। अनि धनदौलत, नाम, ख्याति, कीर्ति, सालिक, मलामी...। कागजी सिद्धान्तमा के छ? भावुक आदर्शमा के छ? अन्तरे भन्छ - जे छ त्यो सब त सत्तामा पो छ!
लाग्छ, माधव र तिनको सरकारका सकल हरुवाहरू आफूलाई हारको माला पहिराइदिने जनतासँग हदैसम्म प्रतिशोध लिन कटिबद्ध छन्। व्यवस्थापिका-संसद जनमतको आधिकारिक र वैध सन्तान हो। माधव सरकार यही संस्थाबाट उब्जिएको हो। तर, माधवमा आफूलाई जन्म दिने संस्थाप्रति भयानक प्रतिशोधकारी द्रोह दृष्टिगोचर भइरहेछ। सार्वजनिक लेखा समिति हरुवाको होइन, जितुवाको टोली हो। टोलीले भन्यो - माधव, नियम मिचेर पासपोर्ट छपाइ भारतलाई नदेऊ। तर आफ्नो भाग्यनिर्माता प्रभुको खटनसामु लत्रिँदै माधवले लेखाको निर्देशलाई कुल्चिए। सुरक्षाविद्हरूले भने - माधव, नेपालको आन्तरिक सुरक्षाको साँचो भारतलाई नसुम्प। तर, सुनेको नसुन्यै गर्दै माधवले सिकारु चोरले झैँ चोर बाटो गरी साँचो लगेर उतै सम्पिदिए। जब लेखाले ठिङ्गे लगाएर केरकार गर्यो, माधव गलेर गोबर भए। त्यो किन तलकालाई दिएको, माधव? माधववाणी फुर्यो - परिस्थितिको वाध्यताले गर्दा दिएको। त्यस्तो के वाध्यता पर्यो, माधव? दिल्लीको कूटनीतिक दबाबले मलाई झुकायो, सुजाता मैयाँको राजनीतिक घुर्कीले मलाई गलायो। त्यसैले गर्दाहुँदी .....।
माधवले गर्नु गरे। सार्वभौम संसद्को ठाडै अवज्ञा गरे। लोकमत र लोकतान्त्रिक मान्यताको हरपल उपहास गरिहिँड्ने माधवलाई सार्वभौम भनिने संसदले अब के गर्ला? हो, माधवले गर्नु गरे। यी मनुवा जानाजान अटेर गर्दै राष्ट्रिय सुरक्षामाथि बज्राघात गर्न तम्सिए। आत्मसम्मान एवं इमानको दुर्भीक्षबाट पीडित यी माधवलाई स्वाधीनता र स्वतन्त्रतालाई जीवनभन्दा प्रिय ठान्ने नेपालीले अब के गर्लान्? आयो कुरो अब कठपुतलीको। हिजोसम्म माधवीय जम्बोरीलाई 'कठपुतली' भन्दा सरकारका जण्ड प्रतिरक्षकहरू दारा किट्दै पाखुरा निमोठ्थे। तिनले माधवलाई इतिहासको परीक्षामा चिट चोराएरै भए पनि अकठपुतली साबित गर्न भगीरथ प्रयास गरे। तर, अहिले आफ्नो वास्तविक स्वरूपमा प्रकट भएर माधव कठपुतलीको परीक्षामा उच्च दर्जामा उत्तीर्ण भएका छन्। एमआरपी काण्ड तिनको भव्य लव्धांकपत्र हो। अहो, कठपुतलीका प्रतिरक्षकहरूलाई अब परेन कि आपत्! तिनले अब कठपुतलीलाई कठपुतली नै भन्लान् कि राष्ट्रिय माटोमा उमि्रएको कञ्चन राष्ट्रवादी सरकारको रट लगाइरहलान्? बरा एमालेलाई झन् कत्रो आपत्! धेरै कुरा छाडेर पनि जनवाद र राष्ट्रवादको माला जप्न उसले अझै छाडेको छैन। एमालेले अब आफ्ना वरिष्ठ नेता माधवको यो अति असुन्दर कर्मलाई के भन्ला? महाकाली सन्धिपछिको अर्को महान् कृति? एमालेको अधोमुखी यात्राको एक महान् छलाङ? अथवा एमालेका निधारको कसैगरी कहिल्यै मेट्न नसकिने कुरुप, विरुप र वीभत्स कलंक? कि एमाले माधव गुरुको स्वामीभक्ति, कुर्सीलिप्सा र लज्जाहीनतासामु लज्जावती झार भएर सदाझैँ लत्याकलुतुक गली नै रहला?
आखिर खाने पानी नभएर के भो? काकाकुल नगरीका तृषित आत्माहरुलाई कठपुतलीको नग्न नृत्यको परम आनन्द मनग्गे उपलव्ध भएकै छ।