सकसपूर्ण चुनावी घोषणा
११ फागुन २०७३
•
२३ मिनेट पाठ
सकसपूर्ण चुनावी घोषणा
अहिले गरिएको चुनाव घोषणाको ८२ औं दिनमा स्थानीय चुनाव गर्नुपर्ने भएको छ । घोषित मितिअनुसार सफलपूर्वक काम हुन सक्यो भने २०५४ पछि अर्थात २३ वर्षपछि स्थानीय चुनाव हुने मौका मिलेको छ । गणतान्त्रिक पद्धतिअनुसार हुने यो चुनाव पहिलो स्थानीय चुनाव हुनेछ । जे जसरी भए पनि, अन्ततः मधेसी  मोर्चासँगको लामो रस्साकस्सीपछि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले हनुमानी साहस ठानिएको ‘चुनाव घोषणा’ को काम गर्नुभएको छ । मधेसी मोर्चाले पनि पुरानै अडानअनुसार दबाबमूलक आन्दोलन गर्ने सन्देश दिएको छ, चुनावमा भाग लिने÷नलिने भन्ने विषयमा चाहिँ बोलेको सुनिएको छैन । यी आकलन बाहिरका कुरा थिएनन् । यो चुनाव भनेको वर्तमान संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण खुड्किलो हो ।




अहिलेको संविधान जारी गर्दा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला र राष्ट्रपति डा. रामवरण यादवलगायत प्रमुख दलका नेतालाई नेपालमा नेपाली नेताले नेपाल र नेपालीका लागि नेपालीले नै चाहेअनुसार सुधार्दै चलाउन सक्ने आफ्नो मूल कानुन आफैं बनाएर लागु गर्न सक्छन् भनेर प्रमाणित हुन धेरै पटक हुनमान चालिसा पढेर साहस जुटाउनुपरेको सन्दर्भ पनि यस्ता बेला धेरैले सम्झन सक्छन् । त्यतिबेला पनि संविधानको स्वागत गर्ने र जलाउने दुवै काम भएका थिए । संसद् पनि बहिष्कार भएका समाचार आएकै हुन् । यो संविधानमा सबैको स्वामित्व होस् र बढोस् भन्ने आशयले जारी भएकै दिनदेखि संशोधनको कुरा उठेको पनि सत्य हो । तर, संविधान कार्यान्वयन र संशोधन समानान्तररूपमा हुँदै जाने हो कि संशोधन गरेरमात्र कार्यान्वयन गर्ने हो भन्ने कुरा संविधान स्वयंले बोल्ने कुराभन्दा पनि अभ्यासको स्वाभाविकतामा भर पर्ने कुरा हो । अहिले चुनाव पहिले कि संशोधन भन्ने कुराको मतभेदले स्वागत र आन्दोलनको मानसिकता पैदा गरेको हो ।  भइसकेको संविधानको एउटा महत्वपूर्ण बुँदा प्रयोगमा आउँदा यही संविधानको मर्मले स्थापित गरेको स्वतन्त्रताको उपभोग गर्दै आफूलाई चित्त नबुझेको कुरामा विरोध गर्न पाइन्छ र गर्नु पनि पर्छ तर संविधानबाट पृथक भएर होइन, अंगीकार गरेर होस् भन्ने आग्रह राखिएको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । अर्को कुरा, माओवादी आन्दोलनकै कारण अठार वर्षदेखि अवरूद्ध स्थानीय चुनाव माओवादी आन्दोलनकै नेता प्रचण्डले घोषणा गरेर हुन लाग्नु पनि संयोगकै सन्दर्भ भएको छ ।

लामो कसरत गर्दा पनि सरकार र मधेसी मोर्चाबीच सहमति कायम हुन नसकेपछि प्रधानमन्त्रीले चुनाव घोषणा गर्नुभएको हो । तर बिर्सन नहुने कुरा के छ भने चुनाव घोषणा नगर्नका लागि बेहोर्नुपरेको दबाबभन्दा घोषणा गर्नैपर्छ भन्ने बाध्यतामूलक दबाब प्रधानमन्त्रीमाथि चर्को थियो । चुनावबारे समसामयिक घटनाको विकासक्रमको चर्चा गरेर अभिलेखमा राख्दा पछिल्लो पुस्ताले इतिहास पर्गेल्न बस्दा तिनका लागि वस्तुगत आधार मिल्न सक्छ । यसभन्दा अघि, फागुन ८ गते सत्तारुढ दल र मधेसी मोर्चाबीच संशोधन पहिला कि मिति घोषणा पहिला भन्ने विषयमा दिनभर रस्साकस्सी चलिरह्यो । केही सिप लागेन । अन्ततः चुनाव र संशोधन प्रक्रिया सँगसँगै लैजाने सिजेरियन मनस्थितिबाट चुनाव घोषणाको टुंगो लगाउने कुरामा सत्तारुढ दलबीच सहमति भएको समाचारमा आएको थियो । चुनाव त घोषण भयो, संशोधनको कुरा के होला ? भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । संशोधनको प्रक्रिया संसद्मा प्रवेश गरिसकेको अवस्थामा सामान्य बहुमत वा दुई तिहाई बहुमतको बाटोबाट उम्कन प्रस्तावित विधेयकलाई गाह्रो परे समझदारीको बाटोमा लम्काउन सकिने संकेत पनि प्रधानमन्त्रीले दिनुभएको छ ।

केही दिनअघि, नेपाली कांग्रेस र एमालेसँग निर्वाचन मिति छिटो घोषणा गर्ने गरुङ्गो वाचा प्रधानमन्त्रीले गरिसक्नुभएको प्रकाशमा आयो । स्थानीय चुनावको मिति घोषणाको दबाबमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाब दिवस भनेर देशमा पहिलो पटक मनाउने संयोग परेको दिन, फागुन ७ गते शनिबार बिहान नेपाली कांग्रेस र एमालेसँग गरेको वाचा जानकारी दिने र कार्यान्वयन गर्ने हेतुले मधेसी मोर्चाका नेतालाई  बालुवाटारमा बोलाएर र आफू एकदमै अप्ठ्यारोमा परेकाले निर्वाचनको मिति घोषणामा सहमति जनाउन आग्रह गर्नुभएको कुरा पनि प्रकाशमा आएको थियो ।

भनाइ आआफ्ना

स्वाभाविक छ, प्रधानमन्त्रीका धेरै अप्ठेरा हुन्छन् तर चुनावी सकस भनेको प्रधानमन्त्री वा दलविशेषको मात्र नभई  देशकै अप्ठेरो हो ।  प्रधानमन्त्रीले आफ्ना ठोस अप्ठेरा यी यी हुन् भनेर कति भन्नुभयो, त्यो त समाचारमा आएन तर उहाँका अनुनय र अप्ठेरोलाई मधेसका नेताहरुले ठोस नमान्नुभएको भने देखियो । संविधान संशोधन प्रस्तावको टुंगो नलागेसम्म चुनावमा जान नसकिने भनाइ मधेसी मोर्चाको रह्यो ।

प्रधानमन्त्रीको आग्रह प्रतिकार गर्दै मोर्चाका नेताले चुनाव घोषणा गरिएलगत्तै आन्दोलनमा उत्रने चेतावनीसमेत दिएर प्रधानमन्त्रीलाई चुनावको घोषणा नगर्न प्रशस्त दबाब दिनुभयो । यसको जवाफमा मोर्चालाई चित्त बुझाउने र आफ्ना प्रस्तावको तार्किकता प्रस्तुत गर्दै ‘चुनाव घोषणा नगरे प्रतिगमन फर्कन सक्छ’, ‘चुनावको विकल्प छैन’, ‘चुनावको मिति घोषणा गर्न सहयोग पु¥याएको खण्डमा चुनाव घोषणालगत्तै संविधान संशोधन प्रक्रिया सँगसँगै अघि बढाउनमा केन्द्रित हुने’ र ‘तराई मधेसमा स्थानीय तहको संख्या बढाउन सकिने’ जस्ता प्रधानमन्त्रीका तर्क सार्वजनिक भइरहे ।

नेपालका राजनीतिक दलहरुको मेघालुपन अर्थात् ओझेल पर्ने र चम्कन सक्ने अनि चाम्रिन पनि त्यत्तिकै सक्ने असाधारण खुबीले गर्दा अनुमानबाहिरका काम धेरै भएका छन् । अहिले पनि संशोधन र चुनावको कुरा गर्दा आआफ्ना दलमाथि आइपर्न सक्ने सम्भावित परिणामहरुको प्रतिरक्षा कसैले गर्न छाडेको छैन जुन स्वाभाविक पनि हो । इतिहासको संरक्षक र भैपरी संकट टार्ने दाबी गर्दै आएको संसद्मा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पुनर्संरचना र संशोधनको विषयलाई थप छलफल जारी राख्दै वैशाखमै चुनाव गर्नुपर्छ भनेर अरुले भन्दा आतुरता देखाएको कुरा ‘पर्ख र हेर’ को सतर्क रणनीतिका रूपमा ठानियो ।

राष्ट्रियताको विषयलाई अहं मानेर राष्ट्रिय एकता संविधान संशोधनको आधार बन्नुपर्छ भनेर सार्वजनिक विश्वास अरुले भन्दा बढी आर्जन गरेकामा ढुक्क हँुदै आएको प्रमुख प्रतिपक्ष एमालेले संविधान संशोधनको ‘प्रस्तावित विधेयक राष्ट्रिय हित र जनभावना विपरित रहेको’ र यो विधेयक पारित हुन नसक्ने हँुदा अविलम्ब तीनै तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने कुरामा चट्टानी अडान छाडेन ।

अर्कोतिर चौथो शक्तिका रूपमा उदाएको सरकारी पिर्काको धारिलो छेउमा अडिएर आफ्नो संगठनमा राजनीतिक भविष्यको तला थप्नमा ब्यस्त राप्रपाले धारमै रहेर मधेसकेन्द्रित दलहरुलाई समेत सहमतिमा ल्याएर छिटो चुनाव घोषणा हुनुपर्ने सतर्कपूर्ण निर्णय ग¥यो । चुनाव घोषणामा आलटाल गरेको आरोप खेपिरहेको माओवादी केन्द्रका प्रधानमन्त्री नजिकका सल्लाहकारहरु स्थानीय तहको सीमा र संख्यामा मोर्चाको चित्त बुझाउन सकियो भने मिति घोषणा तुरुन्त गर्न सकिनेमा धैर्य र विश्वास प्रदर्शन गरिरहेका थिए । यी सबै राजनीतिक आरोह÷अवरोह अनि परिणामबारे विचार मन्थन गर्दै, बैठक बस्दै गरिरहँदा समय घर्किरहेको थियो, अब आतुरी परिसक्यो, कि चुनाव गर्नुप¥यो नत्र नयाँ राजनीतिक शृंखलामा प्रवेश गर्नुप¥यो । यो आतुरीबीच प्रधानमन्त्रीले फेरि नयाँ किसिमको दबाब बेहोर्नुपर्ने स्थिति नआउला भन्न सकिन्न ।

अहिले, तत्काल देखिएको परिस्थितिजन्य उपचारका रूपमा हुन सक्छ, मधेसमा जनसंख्या र पहाडी क्षेत्रमा  भूगोलका आधारमा सीमा निर्धारण गर्ने र क्षेत्र संख्या बढाउने सूत्रलाई पनि प्राथमिकतामा रखिएको छ । यसै सूत्रका आधारमा दुई नम्बर प्रदेशलगायतका क्षेत्रको सीमा र संख्या टुंगो लगाउँदा मधेसी मोर्चा, एमाले, राप्रपाले कति र कसरी चित्त बुझाउलान् त्यो हेर्ने दिन आउँदैछन् । राष्ट्रिय एकता, राष्ट्रिय स्रोतमा समानुपातिक र न्यायपूर्ण सहभागिता तथा सन्तुलित विकास र क्षेत्र निर्धारणको उत्तर–दक्षिण सिद्धान्तलाई अब नयाँ व्याख्या गरिने हो त ? भन्ने जस्ता प्रश्नको चित्तबुझ्दो उत्तर पक्कै पनि मगिएला ।

कसरतको आकलन 

यी सबै सेरोफेरोमा मिति घोषणा गर्ने प्रसंगलाई लिएर प्रधानमन्त्रीले प्रशस्त परिश्रम गरिराख्नुभएको समाचारमा देखिएको र सुनिएको हो । यो राजनीतिक कसरत नै वर्तमान सरकारको प्राणवायु चल्ने आधारमात्र नभई  उहाँको यो परिश्रम, आशा र परिकल्पनाले नयाँ चित्र देखिरहेको एकथरी राजनीतिक विश्लेषण पनि नभएको होइन । चुनावको मिति घोषणा गर्न सकिए एमालेले आफूले भनेबमोजिम मैदान पाउने वा बनाउने कोसिस गर्नेछ । त्यो मौकाको उपयोगबापत संविधान संशोधनमा सहयोग पु¥याउन सक्ने छाँट देखिन सक्छ । संशोधन प्रक्रिया अघि बढ्न सके मोर्चाको अडानले ओत लाग्नका लागि ठाउँ पाउनेछ । मोर्चा ओत लागेर शीतल हुन सके मोर्चा र माओवादीबीच गठबन्धन दिगो र दरिलो हुन सक्ने आधार बन्नेछ । यतिमात्र होइन, दुई दलको गठबन्धनको यो आधारबाट आउँदो निर्वाचनमा कांग्रेस–एमालेको अहिले कायम वरियता परिवर्तन भई माओवादी र मोर्चाले ती वरियता हासिल गर्न सक्नेसम्मको सपना प्रधानमन्त्रीले मोर्चासँग बाँड्न खोज्नुभयो भने त्यसलाई असहज ठान्न पर्दैन भन्ने तिनको अनुमान थियो । तर अब त्यो पाटो हाललाई कोल्टिएको छ । चुनाव र संशोधनबारे आगामी दिनमा कस्ताकस्ता ध्रुवीकरणका रूप प्रकट हुनेछन् भन्न सकिन्न ।  

यसरी ‘चुनाव’, ‘संविधान संशोधन’ र ‘राष्ट्रियता’ वर्तमान नेपाली राजनीतिमा अहं मुद्दा बनेका छन् । संविधानलाई संस्थागत गर्ने मुख्य आधार चुनाव नै हो । अनि, चुनावमा जाने मुद्दाको आधार पनि संविधानमा निहित प्रावधान हुन् । संविधानमा निहित प्रावधानको मुख्य चुरो राष्ट्रियता हुनुपर्छ भन्नेमा दुई मत हुने कुरै भएन । तसर्थ, यी तीनवटा अहं कुरा एकअर्कामा अविच्छिन्न छन् । मात्र प्रश्न के भने जटिलताको गाँठो फुकाउन कुन तहबाट सुरु गर्ने ? राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न संविधान बनेको हो र बन्नुपर्छ । राजनीतिको यो सार्वभौमिक सिद्धान्तमध्येको एक मुख्य सिद्धान्तलाई आधार मानेर दलहरुले आआफ्ना तर्क राख्न थालेको खण्डमा धेरै कुराको एक निष्कर्ष निस्कन सक्थ्यो कि ? यसो गर्दा दलगत, क्षेत्रगत, नेतृत्वगत तथा व्यक्तित्वगत प्रतिष्ठाको विषयलाई खण्डखण्डमा चिरफार गर्न एउटा छुट्टै मानक बनाएर त्यसमा पहिला सहमत हुन सकियो भने चुनाव पहिले कि संशोधन पहिले भन्ने विवादले निकालेको जटिलतामा धेरै दिन अल्झिरहनुपर्ने थिएन भन्ने सोझो सोचाइ राख्न सकिन्छ । 

चुनावी पृष्ठभूमि

चुनावबारे सरकार र दलहरु अनिर्णित भए पनि निर्वाचन आयोगले प्राविधिक र व्यवस्थापकीय तयारी गर्ने र सरकारले आयोगलाई तयारीको निर्देशन दिने काम भने चली नै रह्यो । स्थानीय चुनावको व्यवस्थापनका  लागि निर्वाचन आयोगको पुस २४ गते बसेको बैठकले माघ १७ गतेभित्र राजनीतिक दलको विवरण अद्यावधिक गर्न आग्रह गरेबमोजिमको काम भइसकेको छ ।

मिति घोषणाका अतिरिक्त निर्वाचनसम्बन्धी पाँचवटा ऐन १२० दिनअगावै सरकारले निर्वाचन आयोगलाई दिएमा  मात्र तयारीको काम सहज हुने भए पनि फागुन ८ गतेसम्म अर्थात ८४ दिनमात्र तयारी समय दिए कठोर परिश्रम गरेर भए पनि २०७४ साल जेठ ११ र २१ गते गरी दुई चरणमा गर्न स्थानीय चुनावसम्बन्धी व्यवस्थापन योजना सरकारलाई आयोगले दिएको थियो । आयोगको त्यो मितिगत मौका पनि गुज्र्यो । नेपाली कांग्रेसले भनेजस्तै वैशाखमै चुनाव एकैसाथ गर्न नसकिए पनि वैशाखदेखि विभिन्न चरणमा गर्न सकिने हुन सक्छ । पहिले पहिलेका चुनावमा एकैसाथ भार धान्न गाह्रो पर्दा, मौसमले साथ नदिँदा, विवाद उत्पन्न भएर स्थगित गर्दा र व्यावहारिक अनुकूलता मिलाउँदा विभिन्न चरणमा चुनाव गराइएका उदाहरण छन् ।

यद्यपि निर्वाचन कसुर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयक २०७३ जस्ता दुईवटा ऐन माघ २९ गते शुक्रबारदेखि जारी भइसकेको अवस्था छ । निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार तथा मतदाता नियमावलीसम्बन्धी ऐन पहिले नै प्रमाणीकरण भइसकेका छन् । अब सरकारले स्थानीय निकायको संख्या र सीमा तय गरिएको कानुनी अभिलेख जसलाई स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन भनेर बुझिन्छ  र चुनावको मिति घोषणा गरेको मस्यौदा निर्वाचन आयोगलाई तुरुन्त दिएमात्र निर्वाचनको प्रक्रिया अघि बढाउन सकिने अवस्था छ । यसपछि मात्र संसद्मा रहेका÷नरहेका र स्वतन्त्र दल र दलका उम्मेदवारहरु चुनावमा होमिन सक्ने वातावरण बन्न सक्नेछ । निर्वाचन आयोगले आफूले मान्यता दिएर दर्ता भएका दलको संख्या १६४ वटा भनी आफ्नो वेबसाइटमा पोस्ट गरेको छ । २०७२ साल पुस मसान्तसम्म १६ वर्ष पुगेका १ करोड ३३ लाख १४ हजार ३१६ जना मतदाताको नाम आयोगमा दर्ता भएका छन् । अद्यावधिक विशेष कार्यक्रमका आधारमा अरु २ लाख ५० हजार मतदाताको नाम दर्ता हुन सक्ने सम्भावना बाँकी नै छ ।

राजनीतिक दलहरुको सहभागितामा पहिलो पटक २०४८ साल जेठ १८ र १५ गते दुई चरणमा गाउँ र नगरको  तथा असार १३ गते जिल्लास्तरको स्थानीय चुनाव भएको इतिहास छ । त्यसपछि दोस्रो पटक २०५४ जेठ ४ मा पश्चिमाञ्चल, मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल र जेठ १३ मा पूर्वाञ्चल र मध्यमाञ्चलका गाउँ र नगरका तथा असार ६ र साउन ४ मा जिल्लास्तरको चुनाव भएको थियो । त्यसबाट निर्वाचितले २०५९ साल असारसम्मको पाँच वर्षे कार्यकाल पूरा गरेयता स्थानीय निकाय प्रतिनिधिबिहीन छ । त्यस वर्ष जेठदेखि असार मसान्तसम्म गर्नुपर्ने चुनाव राज्य द्वन्द्वमा फसेका कारण हुन सकेन ।

२०६३ साल मङ्सिर ५ गते ‘शान्ति सम्झौता’ भयो । माओवादी पार्टीसँग सम्झौता भएपछि देशले शान्ति र गणतन्त्र प्राप्त गरेर जनाधिकार सुनिश्चित भएको भावना व्यक्त गरियो । तर त्यो भावनाअनुसार जनताले आफ्नो अधिकार आफ्नै स्थानीय तहमा प्रयोग गर्ने आशमा बिताएको पनि एक दशक बढी हुन लाग्यो । पदमशमशेरले त अप्ठेरो पर्दा, निर्वाचित नगरपालिका चाहिने भो विचारपूर्वक असल, अनुभवी र लायक प्रतिनिधि छान्नप¥यो भन्ने अपिल गदै २००४ साल जेठ ३ गते चुनाव घोषणा गरेअनुरूप २७ सै दिनमा चुनाव भएको अभिलेख पाइन्छ । अहिले प्रजातन्त्रको युग छ । जनाधिकारका लागि जनयुद्धको नेतृत्व गर्नुहुने स्वयम् प्रधानमन्त्री प्रचण्डले थला परेको चुनावलाई तंग्रिने वातावरण दिन गर्नुहुने प्रयासले कसो किनारा नपाउला ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस