संविधान सभाको निर्वाचन भएको दुई वर्ष बितिसक्ता पनि संविधान लेखन सम्पन्न नहुनु राजनीतिक पार्टीका नेताहरूको बेइमानी हो। संविधान सभाको निर्वाचन नहँदै अवधि सकिएको संसद्बाट गणतन्त्रको घोषणा गर्नु पनि बेइमानी थियो। विडम्बना, विधिको शासनको चर्को नारा दिने नेताहरूलाई राजतन्त्र हटाउन कुनै विधि चाहिएन। संसदमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणतन्त्र घोषणा गरे, राजाका अधिकार खोसिदिए, संसद्मा ताली बज्यो अनि मुलुक गणतन्त्र भयो।
सत्ताकै निम्ति देशको आर्थिक अवस्थाले धान्नै नसक्ने ६ सय १ जनाको संविधान सभाको गठन गर्नु पनि बेइमानी थियो। अहिले आएर सत्ता लिप्सा, आरोप प्रत्यारोपमा लागेर संविधान बनाउने महत्वपूर्ण अभिभारा पूरा नगर्ने तर अर्को अर्को ६ महिना कार्यकाल थप्ने प्रयास गरिरहेका छन्। यस्तो बेइमानी पनि सहने हो भने नेपाली जनतालाई इतिहास धिक्कार्ने छ। कुनै पनि हालतमा २०६७ जेठ १४ गते संविधान बन्नुपर्छ। निर्धारित मितिमा संविधान बनाउन नसके नेपाली जनताका तर्फबाट नागरिक समाजले संविधान सभा विघटन गरिदिए हुन्छ। किनभने, यस्ता सत्ता लोलुपहरूबाट अर्को १० बर्षमा पनि संविधान बन्ला भनेर आशावादी हुन सकिँदैन।
संविधान लेखनमा प्रतिबद्ध भए संसद्मा प्रत्यक्ष निर्वाचनबाट बहुमत प्राप्त र संविधान सभाको सबभन्दा ठूलो पार्टीलाई पाखा लगाइने थिएन। निर्वाचनमा हारेका मिलेर संविधान बनाउछौँ भन्नु कति युक्ति संगत हो? यो त सरासर राजनीतिक बेइमानी हो।
अहिले र पहिले सत्तामा रहेका नेताहरूले जनताले गणतन्त्र घोषणापछिका तीन वर्षमा के पाए भनेर लेखाजोखा गर्नु जरुरी छ। हिसाबै गर्ने हो भने गुमाएकै देखिन्छ। दिनहुँको चक्काजाम, बन्द र हडतालले ज्यालाबनी गरेर गुजारा गर्नेको रोजीरोटी खोसिदिएको छ। जनताका आधारभूत आवश्यकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्र यस्ता बन्द र हडतालबाट बढी क्षतविक्षत भएका छन्। निराशा र अभावले मा छटपटाएर युवा वर्गको ठूलो जमात विदेशतिर पलायन भएकोमा कसैलाई चिन्ता छैन। राष्ट्रको ढुकुटीमा संकटको बादल मडारिन थालिसकेको छ। बलात्कार र अपहरणका घटना प्रतिदिन बढ्दै छन्। भ्रष्टाचार धेरै बढेको छ।
गणतन्त्र पछिका नयाँ राजाहरूले पनि जनताको शक्ति बिर्सेको भान परेको छ। जनताकै बलमा दुई सय वर्षभन्दा पुरानो राजसंस्था ढल्यो। राजतन्त्र फ्याँक्दा जनतालेे साथ दिएभन्दैमा अहिले पनि आफूसँगै छन् भन्ने ठान्नु नेताहरूको भुल हो। पूर्व राजा ज्ञानेन्द्रको केही दिन अघिको अर्न्तवार्ताप्रति सामान्य जनताका प्रतिक्रिया हेर्दा उनको आलोचनाभन्दा बढी नेताहरूको अक्षमप्रति रोष व्यक्त भएको देखिन्छ। यसले गणतन्त्र पछिको परिवेशबाट जनता वाक्क भएको संकेत दिएको छ। दुई वर्षअघि ज्ञानेन्द्रले त्यस्तो अभिव्यक्ति दिएका भए सडकबाटै चर्को प्रतिवाद हुन्थ्यो होला।
यी सबैको जड नेताहरूको अकर्मण्यता हो। प्रमुख राजनीतिक दलहरूबीच सहमति भए बाँकी अवधिमा संविधान निर्माण हुन सक्छ। तर, यसका लागि सबै राजनीतिक दलका नेतामा इच्छा शक्ति र त्याग आवश्यकहुन्छ। त्यसका लागि सबभन्दा उपयुक्त विकल्प संसद्को सबभन्दा ठूलो दल माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी संविधान निमार्णको एकमात्र एजेन्डा लिएर अगाडि बढ्नु हो। समयको मागअनुसार पछि संविधान संशोधन पनि गर्न सकिने हुँदा अहिले नै परिपूर्ण संविधान बनाउन खोजेर बनाउँदै नबनाउनुभन्दा जति सकिन्छ राम्रो संविधान बनाएर जारी गरी पछि आवश्यकताअनुसार संशोधन गर्नु उचित हुन्छ।
जतिसुकै सुन्दर संविधान बनाए पनि त्यसलाई कार्यान्वयन गर्न नेताहरूको संस्कारमा परिवर्तन आएन भने खासै उपलब्धि हुने छैन। राजनीतिक असल संस्कार र चरित्रका अभावमा संविधान कागजको खोस्टोमात्र बन्न जान्छ।
बाँकी भएको समय सदुपयोग गर्न छाडेर ६ महिना समय बढाउँदैमा संविधान बन्न भन्नु जनताप्रति बेइमानी हुनेछ। यस्तो बेइमानी गर्ने दुस्साहस गरियो भने त्यसबाट आउने परिणाम सुखद नहुने निश्चित छ। तसर्थ, सम्पूर्ण मतभेदलाई केही समयलाई थाती राखेर संविधान निर्धारित मितिमा जारी गर्नु नै सबैको हितमा हुनेछ। अन्यथा त्यसको परिणाम कति भयानक हुन्छ भन्ने आकलन गर्न पनि कठिन हुनेछ।