कर्मचारीतन्त्रले विश्वभरिनै आलोचना खेपिरहेको छ । यसको आलोचनामा राजनीतिक समुदाय पहिलो पङ्क्तिमा देखिदै आएको छ । कर्मचारीतन्त्र राजनीतिक कार्यकारिणीको स्थायी (तर अप्रीय) संयन्त्र हो । माक्र्सले भनेका थिए-'बुर्जुवा वर्गको समूल नष्टसागै नोकरशाही (उनीहरूले कर्मचारीतन्त्रलाई भन्ने शव्द) को पनि स्वतः अन्त हुन्छ ।' राज्यसत्तामाथि सरकारको नियन्त्रण हुने तर सरकारमाथि चाहिँ कर्मचारीतन्त्रको नियन्त्रण रहने गुनासो र असन्तुष्टि राजनीतिक नेताहरूको हुने गरेको छ ।
योग्य र क्षमतावान कर्मचारी आफ्नै वृत्तिप्रतिको आलोचना, खप्की सहेर पनि राष्ट्रसेवामार्फत् अस्तित्व रक्षाको मार्ग खोजिरहेका हुन्छन् । सरकारी सिन्दूरको महिमा अब रहेन । स्थायी सरकारको प्रशंसा पनि बाँकी छैन । राज्यको इच्छा र मूल्यलाई संस्थागत गर्ने कार्यमा कर्मचारी वर्ग नै मुलुकको कुनाकन्दरामा क्रियाशील छ । निकै असहज अवस्था र आफ्नै पेसाको अस्तित्व स्खलन हुादा पनि राज्यको उपस्थिति उसैमार्फत् हुँदै आएको छ ।
निवर्तमान प्रधानमन्त्रीले सरकारी आवास छाड्ने र निवर्तमान अर्थमन्त्रीले विदा हुने क्रममा कर्मचारीको क्षमता र सहयोग पाएको अभिव्यक्ति दिए । यसबाट केही क्षणका लागि भएपनि नेपाली कर्मचारीतन्त्र गौरवान्वित भयो ।
अल्पविकसित देशमा अहिले पनि स्थायी संयन्त्रप्रति राजनीतिक कार्यकारिणीले इष्र्याभाव राख्ने गर्दछ । नेपालकै सन्दर्भमा भन्दा विगतमा पनि कर्मचारीतन्त्रको योगदान र क्षमताको प्रशंसा कहिल्यै भएन । कर्मचारीका पीडा र दुःखलाई राष्ट्रिय प्राथमिकता सूचीमा राख्ने काम पनि भएन । द्वन्दका क्रममा सैयौ निजामती कर्मचारीले ज्यान गुमाउादा पनि समवेदना र दुःख व्यक्त गरिएन । राजनीतिज्ञमा कर्मचारीलाई सहयोगीभन्दा प्रतिस्पर्धीका रूपमा हेर्ने प्रवृत्ति देखियो । फलतः प्रशासन निर्धाे भयो । मनोबल कमजोर भयो । कर्मचारीको निष्पक्षता, निष्ठा, इमान्दारी र अनुभवको मूल्याङ्कन भएन । आफ्ना नजिक रहेका वा 'हाम्रा'े लाई 'राम्रो' भन्ने ज्याक्सोनियन संस्कृतिको विकास भयो ।
समूह भावनासाथ काम गर्ने निजामती सेवा आफ्नै सहकर्मीप्रति अनुदार र पीडक देखियो । यस सिलसिलाले राज्यको क्षमता र संस्थागत प्रणालीमा पनि र्हास आएको छ । कर्मचारीतन्त्रको मनोबल कमजोर हुनु भनेको सरकारी नीति र राज्यइच्छाको कार्यान्वयन पनि कमजोर हुनु हो । कर्मचारीहरू विभाजित हुादा सेवाको वितरण र न्याय प्रणाली निष्पक्ष हुादैन । समूह भावना कायम गर्न नभए निर्णय र कार्यक्रम कार्यान्वयन पनि कमजोर हुन्छ । यस्ता प्रवृत्तिले कर्मचारी, नेता वा राष्ट्र कसैको पनि हित गर्दैन ।
कर्मचारीतन्त्रप्रति प्राज्ञिक समुदाय प्रशंसक र राजनीतिक समाज आलोचक रहेका थुप्रै दृष्टान्त पाइन्छ । यसो हुनुको खास कारण छन् । राजनीतिक र कर्मचारीको पृथक वृत्ति प्रणाली पहिलो कारण हो । राजनीतिक वृत्ति प्रणाली आवधिक र कर्मचारीको स्थायी हाुदा स्वाभाविक इष्र्या हुनसक्छ । अर्को राजनीतिक समूह शक्तिमा पुग्नेबित्तिकै लोकपि्रय कार्यक्रम छिटोभन्दा छिटो पूरा गराउन चाहन्छ तर कर्मचारीतन्त्र प्रणाली, परम्परा र विधि शासित संयन्त्र हो । यसले प्रणाली विकास गर्नु र निरतरता दिनु आफ्नो धर्म र कर्म मान्दछ । यसैका आधारमा सामाजिक-राजकीय मूल्यलाई संस्थागत गर्न सकिन्छ । राजनीतिक प्रणाली तत्कालको लाभ हेर्छ भने कर्मचारीतन्त्र खास कामका सन्दर्भमा विस्तृत विश्लेषण गरी तत्कालीन र दीर्घकालीन लाभहानिको लेखाजोखा गरेर मात्र निष्कर्षमा पुग्छ । राजनीतिकर्मी प्रायशः चुनावकेन्दि्रत हुन्छन् भने कर्मचारीे जनकेन्दि्रत दृष्टिकोण राख्दछन् । कर्मचारी वर्गमा लामो अनुभव र पेसागत क्षमताका कारण आर्जित स्वायत्तता पनि छ, जुन राजनीतिक समाजमा छैन । यिनै कारण मुलुक चलाउने यी दुई वर्ग एकै नदीका झन्डै दुई किनार बन्ने गर्छन् । राजनीतिक समाज अनुचरको खोजीमा रहन्छ । राजनीतिकर्मी योग्य र इमान्दार भएको गर्वबोध गर्ने व्यक्तिभन्दा कम योग्य, कनिष्ठ र अनुचरहरू नै बढी भरपर्दा सहयोगी होलान् भन्ने ठान्छन् । सहयोगी छान्ने प्रवृत्ति पनि क्षमता सापेक्ष हुनेगर्छ । प्रथम स्तरका नेताले द्वितीय स्तरको सहयोगी रोज्छ भने द्वितीय स्तरको नेताले चतुर्थ स्तरको सहयोगीको साथ लिन्छ । यस स्थितिमा खोजिएको सहयोगी समूह प्रणाली विकासमा भन्दा क्षणिक लाभहानीको कोणबाट हरेक कार्यको मूल्याङ्कन गर्न पुग्छ । त्यसैले हाम्रो प्रशासन जहिले पनि सम्झौतापरस्त भयो भन्ने विज्ञहरुको ठम्याइ ठीकै देखिएको छ ।
नेपालमा सरकार परिवर्तनको सन्देश कर्मचारी अदालाबदलीबाट सुरु हुने गरेको छ । राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्म र पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र सबैले प्रशासन कब्जामा लिएपछि मात्र शक्तिमा रहन सकिन्छ भन्ने ठानेको देखिएको छ । कर्मचारीतन्त्रलाई विश्वासासमा लिएर राज्य चलाउन सकिन्छ भन्ने निष्कर्ष कसैमा पनि देखिएन । पूर्ववर्तीसंाग उठबस गरेका कर्मचारीसंाग पछि आउनेले काम गर्न चाहेनन् । एउटै दलको सरकार भएपनि नेतृत्व फेरिएपछि कर्मचारीतन्त्र चलाउनुको मनोविज्ञान यही हुनुपर्छ ।
भनिन्छ, राजनीति 'पावर' का लागि काम गर्छ त कर्मचारीतन्त्र 'पर्पोज' का लागि । कर्मचारीतन्त्रको त्यो 'पर्पोज' पूरा गर्न राजनीतिको 'पावर' ले साथ दिनुपर्छ । राजनीतिक इच्छालाई आकारमा बदल्ने कर्मचारी शिल्पी हो । यी दुईबीच विश्वासको सङ्कट हुादा देश र जनता मारमा पर्छन् । प्रशासनले व्यावसायिक रूपमा दिएका सूचना, सल्लाह, लाभजोखिमको विश्लेषण र कतिपय अवस्थामा शिष्ट सचेत गराउादा नै राजनीतिक कार्यकारिणीले शक्तिको खेलखेल्न सक्छ । कर्मचारीतन्त्र भनिए वा वुझिए झाै सरकारी प्रशासनको कार्यशैली मात्र होइन, यो आफैमा एउटा संस्थागत र स्वचालित प्रणाली पनि हो । त्यसैले प्रत्येक सरकारले सुरुका दिनदेखि नै आफ्नो संयन्त्रलाई व्यावसायिक, उच्च अभिप्रेरित, मूल्यमा आधारित र स्वचालित बनाई राख्न प्रयत्नरत हुनुपर्छ । अनुभव र व्यवासयिकताबाट खारिएको सबल प्रशासन आउने सरकारलाई हस्तान्तरण गर्नु अगिल्लो सरकारको दायित्व हो । त्यसो भएमा मात्र प्रशासन पनि आफ्नै अनुभवबाट माझिादै खारिादै स्वचालितरूपमा अग्रसर रहन्छ ।

(लेखक नेपाल सरकारका सहसचिव हुन् )