वन कर्मचारी र भ्रष्टाचार
०६ वैशाख २०७४
•
१४ मिनेट पाठ
वन कर्मचारी र भ्रष्टाचार
निजामती प्रशासनमा भ्रष्टाचार यसरी व्याप्त छ कि विकास कार्यक्रम, ठेक्कापट्टा, कार्यालय सामान खरिद र मुद्दा फैसला गर्दासमेत अभियुक्तसँग रकम असुल गरेर पनि गढबढ गर्ने गरिन्छ । वनमा काठको प्रजातिअनुसारको दररेट कायम गरी भ्रष्टाचार गर्ने गरिँदै आइएको छ । निजी जग्गाको काठको छोडपुर्जी दिँदासमेत सालाखाला बकाइनोको रु. १०, साल–खयरको रु. १००, सिसौको रु. ५०, उत्तिसको रु. २० प्रतिक्युफिट आदिका दरले रेट कायम गरिएको छ । कतिपय बेला जिल्लाबाट प्रतिवर्ष निकासी हुने काठको परिमाण हेरेर माथिल्लो निकायबाट कर्मचारी त्यहाँ सरुवा गरिन्छ । जिल्लामा उठाएको रकम माथिसम्म भागबन्डा गर्छन् । छोडपुर्जी दिँदा रकम लिनु गलत हो भन्ने कुरा वन प्राविधिक साथीहरूसँग गर्या भने बिनाहिच्किचाहट यो त सिस्टम भइसक्यो भन्छन् । काठका ठेकेदार पनि आनाकानी नगरी क्युफिटका आधारमा कर्मचारीलाई रकम दिन्छन् । यस्ता अवैध र गोप्य लेनदेनका कारण पनि बजारमा काठको मूल्य आकासिँदो छ । कहिलेकाहीँ लेनदेनमा हिसावकिताव नमिल्दा मात्रै ठेकेदारले अख्तियारलाई खबर गरिदिन्छन् र वन कर्मचारी पक्राउ परेका घटना बाहिर आउने गरेका छन् । 

२०७३ चैत १५ मा जिल्ला वन कार्यालय, कास्कीका सहायक वन अधिकृत घूस लिएको नगद रकमसहित अख्तियारले पक्रेको खबर सञ्चारमाध्यममा सेलाउन नपाउँदै त्यसको पाँच दिनपछि नै बर्दिवासमा अमिनलाई घूससहित नियन्त्रणमा लिएको समाचार आउँदा मलाई उदेक लाग्यो । कहिले पुलिस पक्राउ पर्छन्, कहिले जिल्ला प्रशासन र मालपोत कार्यालयका कर्मचारी त, हुँदाहुँदा अख्तियारमै काम गर्ने कर्मचारी पनि पक्राउ परे भन्ने समाचार आउँछ । यसरी हेर्दा कर्मचारीलाई अख्तियारले पक्रन्छ, कारबाही गर्छ भन्ने कुरातर्फ कुनै डर नै छैन भने अख्तियारको कारबाहीको के अर्थ भयो त ?

हामी बेलैमा सच्चिने कि नसच्चिने ? हरेक ३÷३ महिनामा एक जना वन प्राविधिकलाई अख्तियारले पक्रेर मुद्दा चलाओस् र वन पेशाको बदनाम होस्, के हामी यस्तो कष्ट बेहोर्न तयार छाँै त ? अर्थात हरेक वन प्राविधिकको घाँटीमा तरबार झुण्डिएको छ र यही हविगत भएमा जोसुकै पनि अख्तियारको फन्दामा पर्न सक्ने सम्भावना छ । किन हुन्छ यस्तो पटकपटक ? के कर्मचारीलाई अख्तियारको कारबाहीले कुनै प्रभाव पार्न सक्दैन ? पछिल्लो समय पक्राउ पर्नेले पनि यी सबै समाचार पढेकै, सुनेकै र देखेकै हुन्छन् तर त्यसपछि पनि किन पक्राउ पर्ने क्रम रोकिँदैन ? किन नियन्त्रण हुँदैन भ्रष्टाचार, किन मोलाहिजा, लोभलालचमा फसिरहन्छन् उनीहरू ? अब सोच्नुपर्ने बेला आएको छ ।

मैले साथीहरूसँग यसबारे चर्चा गरेँ । उनीहरू भन्छन्– हिसावकिताव गरेर यो काम हुन्छ । साथीहरूले कमाइ गर्ने पटकको हिसाव गर्छन्, कमाए कमाइहालिन्छ भन्ने हुन्छ । मैले भनेँ, बदनामी हुन्छ, इष्टमित्र, श्रीमती, बालबच्चा, आफन्त, नातेदार, साथीभाइलाई हुने पीडाबारे सोच्नुपर्दैन ? मैले यो पनि भनेँ कि धन कमाएर घरघडेरी किन्यो, त्यसमा श्रीमती छोराछोरी बुहारी, नातिनातिनी हालीमुहाली गर्छन् । उनीहरू जेलमा कहिलेकाहीँ स्याउ केरा बोकेर भेट्न आउलान् । दुई चार महिना नियास्रो मान्लान्, त्यतिमात्र हो । जेलमा उनीहरू बस्नुपर्दैन, त्यहाँ बस्नुपर्ने त आफू नै, त्यसैले आफूले दुःख पाइपाइ यो सबै किन गर्नुपर्याे?

राज्य र सिंगो मानव समाजले पनि भौतिक सुखसुविधालाई नै पहिलो प्राथमिकता दिएको छ । तर यथार्थमा त्यो सुख क्षणिक हुन्छ भन्ने कुरा जबसम्म हामीले मानिसको भावनामा जगाउन सक्दैनौँ तबसम्म यस्ता कुरा भई नै रहन्छन् । बढे योगी र त्यागी नेता पनि भौतिक सुख र इन्द्रिय तृप्तिीका लागि मरिहत्ते गर्छन् भन्ने कुरा पटकपटकका हाम्रा अनुभवबाट हामी सबै प्रष्टै छौँ । त्यसैले अहिलेको एउटैमात्र विकल्प हो– एसी भक्तिवेदान्त स्वामी प्रभुपादद्वारा लिखित पुस्तक अध्ययन गरी कसरी आफूलाई कृष्णभावनामा लगाएर भौतिक सुख सुविधाभन्दा अलौकिक आनन्द प्राप्त गर्ने दिशातर्फ उन्मुख हुन सक्छौँ भन्ने ज्ञान हासिल गरौं । यसैबाट मात्रै हामी यो भ्रष्टाचारको समस्या समाधान गर्न सक्नेछाँै ।  कलि युगमा योग, ध्यान, साधनाबाट पनि इन्द्रियलाई नियन्त्रण गर्न सकिँदैन । यसको एकमात्र विकल्प कृष्णभावनाभावित हुनु नै हो । यस ज्ञानबाट हामीलाई दुःखसुख, लाभ÷हानि र विषम परिस्थितिमा पनि समभाव राख्न सिकाउँछ ।

इन्द्रिय कति बलवान हुन्छन् भन्ने कुरा श्रीमद्भागवद्गीता (२.६०) मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ– यततो ह््यपि कौन्तेय पुरुषस्य विपश्चितः । इन्द्रियाणी प्रमाथीनि हरन्ति प्रसभं मनः ।। हे अर्जुन ! इन्द्रियहरू कति बलवान र वेगवान छन् भने तिनीहरूलाई नियन्त्रण गर्ने प्रयत्नशील विवेकी मानिसको मनलाई पनि तिनले बलपूर्वक हरण गरिदिन्छन् । कृष्णकृपामूर्ति श्री श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपाद श्रीमद्भागवत गीता यथारूपमा उक्त श्लोकको तात्पर्यमा विश्वमित्र र मेनकाको प्रसंग कोट्याउँदै विश्वमित्र जस्ता सफल योगी पनि कसरी इन्द्रियलाई वशमा पार्न नसक्दा मेनकाको अगाडि लाचार हुनुप¥यो, उनको सौन्दर्यका अगाडि वर्षौंसम्मको ध्यान, तपस्या, साधनले घुँडा टेक्नुप¥यो भन्ने कुरा उल्लेख गर्नुभएको छ ।

प्रभुपाद आफ्ना टीकामा व्याख्या गर्नुुहुन्छ– ‘भौतिक सुख भनेको मरुभूमिको मृगतृष्णामा देखिने पानी जस्तै झुटो सुख हो । मरुभूमिमा पानीले तिर्खाएको जनावरले पानी नभए पनि पानी भएजस्तो मान्छ, त्यसको पछि दौडन्छ र अन्त्यमा त्यसको मृत्यु हुुन्छ । हामीलाई थाहा छ, मरुभूमिमा पानी छैन । पानी जस्तो देखिने भनेको सूर्यको परावर्तनमात्र हो तर यो कुरा जनावरलाई थाहा हुँदैन । इन्द्रिय वासनाको परिपूर्तिबाट प्राप्त हुने सुख भनेको मरुभूमिमा देखिने पानी जस्तै झुटो हो । जसरी पाँच इन्द्रिय तृप्तिका लागि बत्तीको उज्यालो देखेर पुतलीको नाश हुन्छ, संगीतको मीठो धून सुनेर मृगहरू सिकारीको जालमा फस्छन्, जिब्रोको स्वादका लागि बल्छीमा थापेको चारोमा माछा फस्छ, बीनाको गन्ध सुँघेर कस्तूरी फन्दामा पर्छ त्यस्तै ढोइको स्पर्शले गजराज पासोमा पर्छ । 

अपराधीले सोच्छ– ‘मैले ती वस्तु पाएँ भने म खुशी हुन्छु ।’ अनि, उसले ती वस्तु प्राप्त गर्न जीवनमा ठूलो जोखिम लिएर अपराध गर्छ । चोरलाई थाहा हुन्छ, यदि ऊ समातियो भने प्रहरीले उसलाई सजाय दिन्छ, तैपनि ऊ चोरी गर्ने गरिरहन्छ किन ? ऊ इन्द्रिय वासनाको परिपूर्ति गर्न पागलजस्तै हुन्छ, त्यसैले चोरी गर्छ, भ्रष्टाचार गर्छ । 

प्रभुपाद लेख्नुहुन्छ– पक्राउ परे पर्छु भन्ने पागलपन हुन्छ, भौतिक सुखका लागि, इन्द्रिय सुखका लागि ऊ त्यसैमा लिप्त हुन्छ । उसलाई पक्राउ परुँला, जेल जाउला, मेरो बेइज्जती हुन्छ, मेरो घर÷परिवारले दुःख पाउँछन्, उनीहरू चिन्तित हुन्छन् भन्ने कुनै कुराप्रति उसले ध्यान दिँदैन । त्यसैले हामीलाई इन्द्रिय वासनाको परिपूर्ति गर्न बलपूर्वक लगाउने ती अपवित्र इच्छा आकाङ्क्षालाई हृदयबाट बाहिर निकालेर हृदय पवित्र बनाउनुपर्छ ।’ इन्द्रियवासनाको परिपूर्तिलाई त्याग गरेर हामीले आध्यात्मिक सुख प्राप्त गर्न प्रयास गर्नुपर्छ । कृष्ण भावनामृत भएपछि अन्य कुराप्रतिको मोह नै भङ्ग हुन्छ । अरु कुराले उसलाई आकर्षित नै गर्न सक्दैन । त्यसैले कृष्णभावनाको स्वाद पाएको व्यक्तिमात्र इन्द्रिय भोग, भौतिक सुखलाई तुच्छ ठान्छ । प्रभुपाद लेख्नुहुन्छ– वैदिक साहित्यमा यो पनि लेखिएको छ भ्रष्टाचार गरेर चोरी गरेर पुलिस वा अख्तियारले पक्रन सकेन भनेर ढुक्क नुहुनुहोला । अख्तियार र पुलिसले थाहा नपाएर पक्रेन भने पनि तपार्इँले यसको सजाय अनिवार्य भोग्नुपर्छ भनिएको छ । 

यस्तो पीडाबाट र सजायबाट सरकारी कर्मचारी र वन प्राविधिकलाई बचाउन पनि श्रीमद्भागवतगीता यथारूप उनीहरूलाई पढाउनुपर्छ । यथारूपमा इन्द्रिय तृप्तिलाई कसरी नियन्त्रण गर्न सकिन्छ, हाम्रो दायित्व के हो ? पैसा कमाउने पागलपन कसरी उत्पन्न हुन्छ ? त्यो पागलपन के हो ? त्यसलाई कसरी हटाउन सकिन्छ भन्ने तरिका र सुझाव सिकाइएको छ । भ्रष्टाचारमा संलग्नहरूलाई पक्रने मुद्दा चलाउने खर्च, समयको बर्बाद, जोखिम आदि झन्झट भन्दा भ्रष्टाचार हुनै नदिनेतर्फ ध्यान जानुपर्छ । त्यसैले सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा खर्चने बजेटबाट श्रीमद्भागवतगीता यथारूपको ज्ञान कर्मचारीलाई दिने हो भने सरल तरिकाले भ्रष्टाचारमा उल्लेखनीय नियन्त्रण हुन सक्थ्यो । हाम्रो मनस्थिति र सोचलाई परिवर्तन गर्न श्रीमद्भागवतगीता यथारूपले हामीलाई दिशानिर्देश गर्छ । जब जब मेरा इन्द्रियहरू यताउता भाग्न थाल्छन् तबतब मैले श्रीमद्भागवतगीता यथारूप पढ्न थाल्छु अनि मेरा इन्द्रिय स्वतः वशमा आउँछन् र मेरा सबै लोभमोह हराएर जान्छन् । 

प्रमुख संरक्षण अधिकृत, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय 
अर्को समाचार
मालपोत कार्यालय पर्साका कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
२७ पौष २०८०
•
१ मिनेट पाठ
मालपोत कार्यालय पर्साका कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर
मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। कार्यालयका तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन्।

मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता, लेखापाल नागेन्द्रप्रसाद चौधरीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

न्यायाधीश टेकनारायण कुँवर, नारायण सिंह राई र रितेन्द्र थापाको इजलाशले गएको बुधबार चारै जनालाई दोषी ठहर गरेको हो। अदालतले  चारै जनालाई सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएको छ।

मालपोत कार्यालयमा रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७९ साल चैत २८ गते चारै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको थियो।

अख्तियारले उनीहरुले मालपोत कार्यालयमा आर्थिक वर्ष २०७२र७३ मा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजस्व रकम नियमअनुसार दाखिला नगरी हिनामिना गरेको पाइएको थियो। विभिन्न मितिमा जग्गा किनबेचको क्रममा उठाएको राजस्व रकम दाखिला नगरी हिनामिना गरी भ्रष्टाचारजन्य कसुरमा संलग्न रहेको पाइएको अख्तियारले जनाएको थियो।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध ९३ लाख ६६ हजार २०९, तत्कालीन कार्यालय प्रमुख गमबहादुर विश्वकर्माविरुद्ध एक लाख ४१ हजार ८२५ रुपैया बिगो माग गर्दै मुद्दा दायर गराएको थियो।

यसैगरि कार्यालयका तत्कालीन नायवसुब्बा मदन प्रसाद गुप्ता र तत्कालीन लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध जनही ९५ लाख ८ हजार ३४ रुपैयाँ बिगो माग गरिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस